कलैयामा यामाहाको नयाँ शोरुम, थ्रि एसको सुविधा
काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बारा जिल्लाको कलैया उपमहानगरपालिकामा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले मोटर्समार्फत ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । कम्पनीले यस क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई पुर्ति गर्ने उद्देश्यले यामाहा मोटरसाइकलको डिलरसिप स्थापना गरेको हो । उक्त शोरुमको उद्घाटन प्रमुख अतिथि तथा कलैया उममहानगरपलिकाका मेयर राजेश राय यादवले गरेका थिए । श्री मोटर्सबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउनेछन् । ‘विश्वमै परिचित र विश्वसनीय मोटरसाइकल ब्रान्डको सोरुम स्थापना गर्न पाउँदा गौरव महसुस गरेका छौं,’ श्री मोटर्सका अध्यक्ष सोनालालप्रसाद केशरीले भने, ‘यो क्षेत्रमा यामाहाका मोटरसाइकलको लोकप्रियता धेरै छ । अब यामाहाका मोटरसाइकल किन्न अन्त धाइरहनु पर्दैन । शोरुममा हाई–टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन रहनेछन् जसले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन् ।’ यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी तीन मोडेल छन् भने मोटरसाइकलमा एफजेड–एस एफआई, आर १५, एसजीआरआर, सलुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् । यामाहाले केही महिनाअघि नेपाली बजारमा २५० सीसी क्षमता भएको एफजी२५ ‘द अल्टिमेट स्ट्रिट फाइटर’ सार्वजनिक गरेको थियो । छोटो अवधिमै एफजी२५ सबैभन्दा बढी खोजिएको मोटरसाइकल बन्न सफल भएको छ । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइन्छ ।
सुजुकीको पहिलो रिटेल मिट सम्पन्न, १४० वटा आधिकारिक आउटलेटहरुकाे सहभागी
काठमाडौं । सिजी मोटोकर्पको नेपालकालागि आधिकारीक विक्रेता सुजुकी फोर ह्विलर र सुजुकी अटोमोटिभ डिभिजनको पहिलो रिटेलरमिट काठमाडौंमा सम्पन्न भएको छ । रिटेलमिटमा मुलुकभरका १ सय ४० वटा आधिकारिक आउटलेटहरु सहभागी थिए । सुजुकीका रिटेलरहरुको क्षमता अभिवृद्धि तथा उनीहरुलाई विभिन्न किसिमका इन्सेन्टिभहरुको घोषणागर्ने प्रमुख उद्धेश्य सहित सो कार्यक्रम आयोजना भएको थियो । त्यस क्रममा रिटेलरहरुले ब्यवसाय सम्वन्धी आफूलाई लागेको जिज्ञासा राखेका थिए । सिजी मोटोकर्पले रिटेलर नेटवर्कवाट सुजुकी सर्भिस पार्टसका ग्राहकहरुमा सरल तरिकावाट उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा सुजुकिका सर्भिस तथा स्पेयर्स पार्ट डिभिजनका डिजिएम श्याम श्रेष्ठले गुणस्तरीय पार्टको प्रयोग र त्यसका फाइदाबारे जानकारी गराएका थिए । देशभर छरिएका सुजुकिका रिटेलरकै कारण उपभोक्ताले सस्तो र सरलरुपमा गुणस्तरिय सामान पाउन सकेको उनले बताए ।
एमएडब्लुले दियो नेपाल प्रहरीलाई दुई वटा स्कुटर, सबै ब्रान्डका स्कुटरलाई ‘फ्रि वास’ सर्भिस
काठमाडौं । यामाहाले नेपालमै पहिलो पटक ‘स्कुटर डे’ (स्कुटर दिवस) मनाएको छ । मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पुर्याएको योगदानको कदर गर्दै यामाहाले ७ मार्चलाई ‘स्कुटर डे’का रुपमा मनाएको हो । स्कुटर डेको अवसरमा नेपाल ट्राफिक प्रहरीका एसएसपी उमेश रञ्जितकार (बायाँ)लाई विशेष यामाहा स्कुटर हस्तान्तरण गर्दै एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल । पहिलो ‘स्कुटर डे’को अवसरमा यामाहाले आफ्ना सबै सर्भिस सेन्टरबाट ‘फ्रि स्कुटर वाश’को अफर दिएको थियो जसमा विभिन्न ब्रान्डका स्कुटर चढ्ने राइडरले व्यापक सहभागिता जनाएका थिए । ‘पहिलो स्कुटर डेलाई स्मरणीय बनाउन हामीले स्कुटर राइडरहरुलाई निशुल्क स्कुटर वासको अफर दिएका थियौं । राइडहरुबाट हामीले निकै राम्रो प्रतिक्रिया पायौं,’ एमएडब्लुका सर्भिस हेड शरद मिश्रले भने, ‘नेपालभरका यामाहा सर्भिस सेन्टरबाट विस्तृत विवरण आइनसके पनि हजारौंको संख्यामा राइडरहरु आफ्नो स्कुटर धुलाउन आएको जानकारी पाएका छौं ।’ बुधबार यामाहाका सर्भिस सेन्टरहरुमा अन्य ब्रान्डका स्कुटरहरुको पनि भीड लागेको थियो । ‘हामीले फेसबुकबाट फ्रि वास अफरबारे सूचना पाएका थियौं । पहिला त हल्ला जस्तो मात्र लागेको थियो तर यामाहाले वास्तवमै फ्रिमा वास गरिरहेको रहेछ,’ यामाहाको त्रिपुरेश्वस्थित सर्भिस सेन्टरमा साथीहरुसँग स्कुटर वास गराउन आएका लक्ष्मण व्यञ्जनकारले भने, ‘मेरो लागि यो अनौठो अनुभव भयो ।’ ट्राफिकलाई दुई वटा स्कुटर यसैबीच, ‘स्कुटर डे’कै अवसरमा एमएडब्लुले नेपाल ट्राफिक प्रहरीलाई दुई वटा साइरनजडित यामाहा स्कुटर हस्तान्तरण गरेको छ । एमएडब्लुका प्रबन्ध निर्देशक विष्णु अग्रवालले ट्राफिक एसएसपी उमेश रञ्जितकारलाई स्कुटरको साँचो हस्तान्तरण गरेका थिए । कार्यक्रममा एसएसपी रञ्जितकारले यामाहाको प्रयासलाई धन्यवाद दिँदै अटोमाबाइल कम्पनीहरुले अन्य फिचरका साथसाथै सुरक्षालाई पनि प्राथमिकता दिनुपर्ने बताए । ‘अहिले दैनिक दर्जनौं दुर्घटनाहरु हुन्छन् । यसलाई रोकथाम गर्नमा अटोमोबाइल कम्पनीहरुको भूमिका हुन्छ,’ उनले भने, ‘तपाईंहरुले पनि चालकहरुलाई कसरी सुरक्षित यात्रा गर्ने भन्ने सिकाउन सक्नुहुन्छ ।’ एमएडब्लुका प्रबन्ध निर्देशक विष्णु अग्रवालले यामाहा सामाजिक उत्तरदायित्वप्रति सदा प्रतिबद्ध रहेको बताए । ‘हामीले विगत केही वर्षदेखि युवालाई लक्षित गरी यामाहा सेफ राइडिङ साइन्स (वाईएसआरएस) नामको सडक सुरक्षा सचेतना कार्यक्रम चलाइरहेका छौं । यामाहाबाट तालिमप्राप्त हाम्रा प्रशिक्षकहरुले काठमाडौं र बाहिरका कलेज तथा अन्य संघसंस्थामा गएर सुरक्षित यात्राबारे तालिम दिइरहेका छन्,’ उनले भने । वाईएसआरएसबाट हालसम्म पाँच हजारभन्दा बढी युवा लाभान्वित भइसकेको पनि उनले जानकारी दिए । यामाहाले बिहीबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालकै अग्रणी, सम्भवतः नेपालकै पहिलो स्कुटरचालक कमला श्रेष्ठलाई सम्मान गरेर यामाहा स्कुटर हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ ।