स्विडेनका सडकमा सामान बोकेर कुद्छन् चालक बिनाका गाडी, प्रतिघण्टा ५ किलोमिटर

स्विडेन। बिना ड्राईभरको सामान ओसारपसार गर्ने गाडी सामान्य ट्राफिक नियम पालना गर्दै स्विडेनको सार्वजनिक सडकमा प्रयोग भईरहेको छ। टि-पोड नाम दिईेको उक्त विशाल गाडी करिब २४ हजार किलोको रहेको छ। यधापी उक्त गाडी पूर्णरुपमा आँफै भने चल्दैन, रिमोट अपरेटरले एक ठाउँमा बसेर यसको गतिविधीलाई नियन्त्रण गर्दछ। ‘यो गाडी बन्नु यातायात प्रविधीको लागि कोसेढुंगा हो,’ टि-पोड बनाउने रोबर्ट फ्ल्याकले बताए। प्रयोग गर्ने समय स्वीडिश यातायात नियामकहरूले टि-पोडको गति भने कडा नियम लगाएको छ र यो सिमित दुरिमामात्र गुड्न पाउँछ। यसको सिमा ५ किलोमिटर प्रति घण्टा मात्र रहेको छ र यसले दुई स्थानमा मात्र सामान ओसार पसार गर्न पाउँछ। उक्त गाडी यात्रा गर्ने क्षेत्रमा संचारको आधुनिको प्रविधीको प्रयोग भएकोले गाडी कन्ट्रोल रुमको पहुँचबाट टाढा भने जान सक्दैन। गाडीले जर्मन लजिक्स्टिक र सामान पुर्याउने कम्पनी डिबी स्केनकरको सामाग्री ओसारपसार गर्दछ। ईनराईडले यसको प्रयोगको लागि अन्य कम्पनीहरुसँग पनि कुरा भईरहेको बताए। ड्राईभर बिना चल्ने कार तथा यस्ता सामान ओसारपसार गर्ने गाडीको संसारभरमा परिक्षण भईरहेको छ। यस्ता प्रविधिको विशेष गरेर विमानस्थलहरुमा प्रयोग हुने गरेको छ। बेलायत तथा अन्य राष्ट्रले कन्ट्रोल रुमबाट अपरेटरले यसलाई नियन्त्रण गर्ने अवस्थामा मात्र सार्वजनिक क्षेत्रमा यस्ता सवारीसाधनलाई चल्न दिने व्यवस्था रहेको छ। क्यालीफोर्नियले पनि ड्राईभर बिनाको गाडीलाई सार्वजनिक स्थानमामा चलाऊने पर्मिट दिएको छ। बिबिसिको सहयोगमा

यातायात समितिलाई ५ दिनभित्र कम्पनी दर्ता गरिसक्न आग्रह, ‘नगरे महासंघले जिम्मा लिदैन’

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ । महासङ्घ र सरकारबीच भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासङ्घका सदस्यलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न महासङ्घले आग्रह गरेको हो । महासङ्घले आज सूचना प्रकाशित गरी कम्पनी दर्ता ऐन २०६३ को दफा ९ को उपदफा १ थप गरिएको १(क) अनुसार कम्पनी दर्ता गर्न महासङ्घमा आवद्ध यातायात व्यवसायीलाई शेयर सदस्य बनाई यातायात व्यवस्था कार्यालयमा पेश गरी सिफारिश लिई कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गर्नुपर्ने बताएको छ । महासङ्घका महासचिव सरोज सिटौलाले सरकार र महासङ्घबीच भएको सहमतिअनुसार सबै यातायात समितिलाई कम्पनीमा दर्ता हुनुपर्ने बताए । “पाँच दिनभित्र कम्पनीमा दर्ता नहुने यातायात समितिको जिम्मा महासङ्घले लिँदैन”, उनले भने । देशभर चल्ने सार्वजनिक सवारीसाधन यातायात समिति र केही सवारीसाधन कम्पनीमा दर्ता भएर सञ्चालित छन् । रासस

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर शुरू, शून्य व्याजदरमै पाइने

काठमाडौं । सुनधारा स्थित सिटिसी मोबाइल हबमा मोबाइल एक्सचेन्ज मेला शुरु भएको छ ।  शून्य प्रतिशत व्याजदरमा नयाँ मोबाइल खरिद गर्न सकिनेछ। सिटिसी मोबाइल एक्सचेन्ज मेलामा मोबाइल खरिद गर्ने ग्राहकले अधिकतम ६० प्रतिशतसम्म छुटमा पाउने मोबाइल हबले जनाएको छ । हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर पनि राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्राण्डका मोवाइल बितरण गरिनेछ । मोबाइल हबमा मोबाइल किन्न वा मर्मत गर्न आउने ग्राहकलाई निशुल्क पार्किङको व्यवस्था गरिएको छ । साे मेलामा एमआइ, आइफोेन, सामसङ, सोनी, जियोनी, ओप्पो, एचटिसी, जेडटिइ, हुवावे, कुलप्याड, लेनेभो, वान प्लस, नोकिया, कलर्श, मोटोरोला, जोप्पो, ओबिआइ लगायत २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध रहेको जानकारी दिएका छन् ।