टोयोटाले पूरा गर्यो ६ दिने ‘रस टु मुस्ताङ’ यात्रा

काठमाडौँ । टोयोटाले ७ वटा रस एसयुभीद्वारा गरिएको ६ दिन लामो मुस्ताङ्ग यात्रा पूरा भएको छ । फरक प्रकारका भौगोलिक अवस्थिति, धरातल र सडकहरु पार गर्दै मुस्ताङ्गसम्मको यात्रा पूरा गरिएको कम्पनीले जनाएको छ । फागुन २० देखि काठमाडौँबाट शुरु भएको यात्रा फागुण २६ गते पोखरामा आएर सकिएको हो । टोयोटाको नयाँ एसयुभी रसले खराव पहाडी सडक कुनै समस्या र रोकावट बिना आफ्नो यात्रा पूरा गरेको कम्पनीले जनाएको छ । टोयोटाको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता युनाइटेड ट्रेड सिण्डिकेटका सदस्य र विभिन्न मिडियाकर्मीहरुको संयुक्त सहभागितामा यो यात्रा सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ । रस टु मुस्ताङ्गमा सहभागी टोलीले टोयोटाको पोखरा स्थित डिलर अटो ओयज प्रालिको शोरुम बाट पुन र्यालीको आयोजना गरेका थियो । उक्त र्यालीमा पोखरास्थित टोयोटाका ग्राहक र मोटरका शौखिन अन्य ग्राहकहरुको उल्लेख्य सहभागिता रहेको थियो । उक्त र्याली आयोजनापछि १५ टोयोटा रश गाडीको शोरुम बुकिङ भएको छ ।

सगरमाथा र ईस्ट्रनबीच संझौता, दुर्घटनामा परेको गाडी बनाउँदा नगद तिर्नु नपर्ने

काठमाडौँ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा भएका आईसर कम्पनीका गाडीहरुको दुर्घटना भई क्षती पुगेकोमा ईस्ट्रन एजेन्सी प्रालिको आधिकारिक सर्भिस सेन्टरमा नगद भुक्तान गर्नु नपर्ने भएको छ । गाडी बनाउदा बीमितले नियमान’सार प्राप्त गर्ने रकम सोझै ईस्ट्रन एजेन्सी प्रालि अन्तर्गगतका सर्भिस सेन्टरहरुलाई सगरमाथा इन्स्योरेन्सले भुक्तानी गर्ने र सो भन्दाअधिक रकम बीमितले भुक्तानी गर्ने गरी सम्झौता भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी लि. र ईस्ट्रन एजेन्सी प्रालिबीच सोमबार क्यासलेस भुक्तानी सम्वन्धि सम्झौता भएको हो । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रम’ख कार्यकारी अधिकृत चंकी क्षेत्री र ईस्ट्रन एजेन्सी प्रालिका प्रमुख कार्यकारी अधिकृत एण्ड प्रवन्ध निर्देशक प्रकाश पौडेलले क्यासलेस भुक्तानी सम्वन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त अवसरमा यस सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले आफ्ना ग्राहकले आफुलाई समस्या परेको समयमा गाडी मर्मतका लागी रकमको ब्यवस्था गर्नु पर्ने झन्झटबाट मुक्त हुने गरी सुबिधा ल्याएको बताए ।

एक हजार ५४८ सवारीकाे पाङ्गामा ट्राफिककाे ताल्चा, जरिवाना १००० रूपैयाँ

काठमाडौं ।ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार ५४८ सवारी साधनलाई कार्यवाही स्वरुप ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा ताल्चा) लगाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न उक्त सवारी साधनमा ‘ह्वील लक’ लगाएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई विशेष कारवाहीअन्तर्गत ‘ह्वील लक’ लगाएको बताए । “बाटोमा जथाभावी पार्किङ गरेर हिँड्ने सवारी साधनलाई कारवाहीस्वरुप ह्वील लक लगाएर कारबाही गरेका हौँ”, उनले भने । मङ्सिर ८ गतेदेखि शुरु गरिएको उक्त अभियानमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनलाई ‘ह्वील लक’ लगाएर कारवाही गरिँदै आएको हो । महाशाखाले सडकलाई अवरोध पुर्याउने गरेर जथाभावी रुपमा पार्किङ गर्ने सवारी साधनलाई ह्वील लकसँगै रु ५०० देखि एक हजारसम्म जरिवना गर्दै आएको छ । ट्राफिक प्रहरीले ‘ह्वील लक’ लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारवाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने कुरा भने विस्तृत विवरणसहित तयार पारेको ‘स्टीकर’ चालकतर्फको झ्यालमा टाँस्ने गरेको छ । महाशाखाका अनुसार ‘ह्वील लक’ खुलाउन ‘स्टीकर’मा लेखिएको ट्राफिक प्रहरीको मोबाइल वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्नुपर्ने व्यवस्थासमेत गरेको छ । यस्तै महाशाखाले लेन अनुशासन कारवाही, मादकपदार्थ सेवन (मापसे) कारवाही, सिसीटिभी कारवाही, गोप्रो बडिवान क्यामरालगायतका कारवाही गर्दै आएको छ ।