महिन्द्राको नयाँ शोरुम नक्शालमा, पिक अप गाडी मात्र पाइने

काठमाडौं । नेपाल अधिराज्यभर विभिन्न मोडलका महिन्द्रा गाडी तथा ट्याक्टर विक्रि गर्दै आएको अग्नि इन्कर्पोरेटेड नेपालले नयाँ शोरुम नक्शालमा स्थापना गरेको छ । आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले स्थापित गरिएको उक्त शोरुममा महिन्द्राको पिक अप गाडि मात्र राखिएको छ । उक्त शोरुमको उद्घाटन महिन्द्रा एण्ड महिन्द्राको चिफ अफ इन्टरनेशनल अपरेशन अरबिन्द म्याठु र इन्टरनेशनल अपरेशनका उपाध्यक्ष सन्जय जादवले गरेका छन् । ग्राहकहरुलाई सहज एवं सुलभ सेवा दिने उद्देश्यले नक्शाल स्थित शोरुममा पिक अप गाडिमात्र राखिएको कुरा प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै, ग्राहकहरु माझ आफ्नो प्रस्तुतीलाई अझै बलियो बनाउँदै आज नक्शाल स्थित शोरुमले शहरको मूख्य क्षेत्रबाटै ग्राहकहरुलाई विश्वस्तरीय ब्राण्ड एक्सपिरियेन्स् प्रस्तुत गर्ने विश्वास कम्पनीले लिएको छ । अग्नि ईन्कर्पोरेटेड प्रा.लि नेपालको लागि महिन्द्रा एण्ड महिन्द्रा गाडीहरुको (एम् यु भि तथा ट्र्याक्टर) बेच्ने एक मात्र आधिकारिक विक्रेता हो । कम्पनीले हाल आएर नेपाल अधिराज्यभर आफ्ना विभिन्न डिलरहरु मार्फत् महिन्द्रा एण्ड महिन्द्रा गाडीको बिक्री वितरण गर्दै आएको छ । बिक्रीपछिको ग्राहकमुखी सेवा तथा स्पेयरपार्टहरुको सर्वसुलभता नै अग्नि ईन्कर्पोरेटेडको मुख्य विशेषता रहेको छ ।

१० वर्षभित्र विद्युतीय सवारी साधन चलाउन प्रस्ताव

काठमाडाै ।  सांसद गगनकुमार थापाले काठमाडाैं उपत्यकामा वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधन सञ्चालन गर्नुपर्ने संकल्प प्रस्ताव व्यवस्थापिका–संसद्मा आज दर्ता गरेका छन् । प्रस्तावमा सांसद रामेश्वर फुयाँल, दीपकप्रसाद कुइँकेल, कौशर शाह र कान्ता भट्टराईले समर्थन गरेका छन् । उपत्यकाको वायुप्रदूषणको प्रमुख कारण पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन प्रतिस्थापन गरी विद्युतीय सवारी साधनको प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने प्रस्तावमा उल्लेख छ । संकल्प कार्यान्वयनका लागि कार्यतालिकासहितको कार्ययोजना बनाउन र नीतिगत, व्यवस्थापकीय, वित्तीय र संरचनागत व्यवस्था गरी कार्यन्वयन गर्नका लागि सरकारलाई निर्देशन दिन पनि प्रस्ताव गरिएको छ । विद्युतीय गाडीको प्रयोग बढाउन आवश्यक प्रोत्साहनका लागि निश्चित अनुदानको व्यवस्था गर्न र पेट्रोलियम पदार्थको खरिद गर्दा तिर्नुपर्ने वातावरणीय करलाई वातावरण संरक्षणकै लागि सदुपयोग गर्न प्रस्तावमा माग गरिएको छ । प्रस्तावमा सन् २०१६ को विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले वायु प्रदूषणलाई जनस्वास्थ्य संकटका रुपमा लिएको तथा प्रदूषणमा करिब ६० प्रतिशत हिस्सा गाडीको धुवाँका कारण भएको बताइएको छ । –––

टाटाले ल्यायो ‘शक्तिशाली’ पिक अप गाडी ‘योद्धा’, ६ महिनापछि नयाँ भेरियन्ट थपिने

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालीले टाटा मोटर्सको योद्धा नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार यसको पिकअप क्षमता १२ सय ५० केजीसम्मको छ । जुन पिकअप गाडीमा सबैभन्दा बढी क्षमता हो । उद्घाटन कार्यक्रममा बोल्दै टाटा मोटर्सका कमर्सियल भेहिकल इन्टरनेशनल विजनेश यूनिटका भाइस प्रेसिडेन्ट रुद्ररुप मैत्रले पिकअप सेग्मेन्टका गाडीको अत्याधिक मागलाई मध्य नजर गर्दै  नेपाली बाटोले खोजेअनुसारको गाडी भित्र्याएको बताए। उनले भने, ‘भारतमा लन्च गरेपछि यसलाई हामीले कहाँ लन्च गर्ने भनेर खुब सोचेका थियौं । यसो बुझ्दा ६५ प्रतिशत यसको बजार हिस्सा रहेकोले नेपालमा नै लन्च गर्ने टुंगोमा पुगियो ।’ नेपालमा कमर्शियल भेहिकल दुई तिहाई भाग ओगटेको उल्लेख गर्दै उनले नेपालमा यसको बजार विस्तार उपयुक्त रहेको बताए । ‘योद्धा’ नामपछाडिको कारण खुलाउँदै उनले भने, ‘हामीले ‘योद्धा’ नाम कुनै ‘लडाकू’ को रुपमा राखेका होइन । सच्चा मनले चाहने वाला जोकोहीलाई पनि दिल खोलेर सहयोग तथा सहकार्य गर्न तयार रहने पात्रको रुपमा योद्धालाई चरितार्थ गर्न खोजेका छौं । त्यस्तै योद्धा भेहिकलले साच्चै यो गूण अवलम्बन गरेको छ ।’ सिप्रदीले यसलाई नाडा अटो शो मार्फत नेपाली बजारमा सार्वजनिक गरेको थियो । टाटाको पछिल्लो डिआइ मोडलको पिक अपभन्दा योद्धाको पिकअप बढी रहेको कम्पनीको दाबी छ । डिआइ पिकअपको लोड क्षमता जम्मा ११३० केजी मात्र थियो । विभिन्न भेरियन्टमा उपलब्ध यो गाडीमा ८५ एचपिको शक्तिशाली तीन लिटर इञ्जिन तथा २५० एनएमको टर्क रहेको छ ।अबको ६ महिनामा योद्धा प्ल्याटफर्मका नयाँ भेरियन्टका गाडीहरु थप्ने उनले जानकारी दिए । यसमा भएको अन्तराष्ट्रिय स्तरमो क्याबिन स्पेसले चालक र यात्रु सबैलाई आरामदायी प्रदान गर्ने कम्पनीको दाबी छ । यसको ग्राउण्ड क्लियरेन्स २६२ एमएम रहेको छ । यसमा तीन वर्ष वा तीन लाख किलोमिटरसम्मको वारेन्टी दिइएको छ । ‘सात योद्धा सात चुनौती’ सिप्रदीले विहिबारदेखि ‘सात योद्धा सात चुनौती’ नामक मजबूति परिक्षण अभियान सुरु गरेको छ । यस अभियान अन्तर्गत फलफूल तथा तरकारी, फर्निचर, ग्यास, पोल्ट्री, माछा, दूध ढुवानीकर्ता क्यास भ्यान र कन्स्ट्रक्सन साइट लगायतका विभिन्न सात क्षेत्रका ग्राहकलाई ६ फरक क्षेत्रमा ५० दिनसम्मको मजबूति परिक्षणका लागि पठाइनेछ । यसले गाडीको ग्राउण्ड क्लियरेन्स र मजबूतीलाई प्रमाणित गर्ने कम्पनीले जानकारी दिएको छ । दसैंमा अफर टाटाले दसैंका लागि गाडी किनौं उपहारै उपहारमा रमाऔं अफर ल्याएको छ । टाटाले बस, एमएचसी ट्रक तथा टिपरको खरिदमा आइफोन सेभेन प्लस, ५० इञ्चको सोनी स्मार्ट एलइडी टिभी, १३ इञ्चको  म्याकबुक एयर, निकोनको नर्मल लेन्स भएको डि५५०० डिजिटल क्यामरा, सामसङको २५५ लिटर फ्रिज र बाली वा फुकेटका लागि चार रात र पाँच दिनको ट्राभल अफर ल्याएको छ । त्यस्तै आइएलसिभी, पिकअप वा प्यानल भ्यानको खरिदमा आइफोन सेभेन, ४८ इञ्चको इन्टरनेट टिभी, डेल ३४८० आइ५ ल्यापटप, निकोनको डिजिटल क्यामरा, सामसङको फ्रिज वा ब्याङकक वा दुबइको लागि टुरको अफर ल्याएको छ । त्यस्तै दुईको खरिदमा सुजुकी जिक्सर स्कुटर, सुजुकी लेट्स डिटी राखेको छ । बाली, सिंगापुर र मलेसियाको लागि आठ रात र नौ दिनको टुर अथवा मरिसस टावरमा चार रात पाँच दिनको टुर राखिएको कम्पनीले जानकारी दिएको छ ।