सुजुकी डिजायरको फेसलिफ्ट भर्जनको कार सार्वजनिक, २२ किलोमिटर माइलेज
काठमाडौं । सीजी मोटोकर्पले सुजुकीको बेष्ट सेलर मोडल डिजायरको फेसलिफ्ट भर्जन कार नेपाली बजारमा सार्वजनिक गरेको छ । हियर टेक च्यासिस प्ल्याटफर्ममा आधारिट भइ निर्माण गरिएकाले कारको वजन हल्का भएको र पीयसको रोबष्ट च्यासिस डिजाइनका कारण कारमा यात्रा गर्नेका लागि भने अझ सुरक्षित भएको कम्पनीले बताएको छ । सुरक्षामा विशेष ध्यान दिइ निर्माण गरिएको कारका सबै भ्यारियण्टमा डुअल एयरब्याथ र एबीएसलाई स्ट्याण्डर्ड सुरक्षा फिचर्सका रुपमा उपलब्ध गरिएको छ । कारको बाहिरी सजावत पूर्ण रुपले परिमार्जन गरिएको छ । यसले गर्दा कारलाई आफ्नो श्रेणीकै सर्वाधिक स्टाइलिस लुक्स प्राप्त भएको छ । पछिल्लो संस्करणका तुलनामा नयाँ कारको चौडाइ ४० एमएम फराकिलो रहेको छ । साथै, कारमा लामो ह्विल बेसको प्रयोग गरिएको छ । यसले कारको आन्तरिक भागलाई थप स्पेशियस र आरामदायी बनाएको कम्पनीको दावी छ । कारको उपयोगितामा थप बढावा दिने सोचका साथयसको बुट स्पेश पनि थप बढाएर ३ सय ७८ लिटर बनाइएको छ । कारमाप्रिमियम सेडानमा झैँ किलेस एण्ट्रिज, डीआरएल, रियर भेण्ट सहितको स्वचालित एसी, डायमण्ट कट अलोइ लगायत अत्याधुनिक सुविधापनि उपलब्ध गरिएका छन् । साथै,कारमा एण्ड्रोइड अटोमाआधारित स्टेट अफ आर्ट ईन्फोटेनमेण्ट प्रणाली (भारतीय निर्मित कारमै पहिलो) र ठूलो टच स्क्रिन प्रणाली मार्फत एप्पल कार प्लेको सुविधा पनि उपलब्ध गरिएको छ । कारलाई पूर्ण परिक्षण गरी सफलता हात पारिसकेको के१४ ईञ्जिनले शक्ति प्रदान गर्छ । के१२ ईञ्जिन विशेष गरी शक्ति र २२ किलोमिटर प्रति लिटर माइलेज दिने ईञ्जिनका रुपमा परिचित छ ।
यामाहाले ल्यायो ‘क्यास इन्स्ट्यान्ट अफर’, लकी ड्रमा एक लाख रुपैयाँ नगद पुरस्कार
काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ‘क्यास–इन–ओ’ अर्थात् ‘क्यास इन्स्ट्यान्ट अफर’ नामक नयाँ योजना ल्याएको छ । इन्टरप्राइजेजलेमहान चाड दसैं र झिलिमिली पर्व तिहारलाई लक्षित गरी यो योजना ल्याएको हो । यस योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले तुरुन्तै सात हजार रुपैयाँ छुट, साप्ताहिक लकी ड्रमार्फत एक लाख रुपैयाँ पुरस्कार र बम्बर पुरस्कारमा ब्रान्ड न्यु स्कोडा र्यापिड जित्न सक्ने कम्पनीले जनाएको छ । ‘दसैं र तिहारको रौनकलाई थप उल्लासमय बनाउन हामीले यो अफर ल्याएका हौं । हामीलाई आशा छ स्योर सट डिस्काउन्ट, साप्ताहिक पुरस्कार र बम्पर पुरस्कारको योजनाले हाम्रा ग्राहकहरु सन्तुष्ट हुनेछन्’ यामाहा डिभिजनका सहायक महाप्रबन्धक दिपक रौनियारले भने, ‘अब यामाहाका ग्राहकले महान चाड दसैं र तिहारमा यामाहा मोटरसाइकल तथा स्कुटरको रोमाञ्च अनुभव गर्न पाउनेछन् । यो समय यामाहाका दुईपांग्रे सवारीसाधन किन्ने सबैभन्दा उत्तम समय हो किनभने ग्राहकले आफूले तिरेको पैसाको उच्चतम मूल्य पाउनेछन् । हामीले यो योजना ग्राहकको सुविधालाई ध्यानमा राखेर ल्याएका हौं ।’ नयाँ योजनाअनुसार यामाहा मोटरसाइकल वा स्कुटरको खरिदमा ग्राहकले तुरुन्तै सात हजार रुपैयाँ नगद छु पाउनेछन् । साथै, यामाहाका ग्राहकले साप्ताहिक रुपमा हुने लक्की ड्रमा एक लाख रुपैयाँ पुरस्कार जित्न सक्नेछन् । यो लक्की ड्रको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनको ‘द इभिनिङ सो एट सिक्स’ र यामाहा नेपालको फेसबुक पेजमा हरेक सोमबार प्रत्यक्ष प्रसारण हुनेछ । यसका अलावा, यामाहाका ग्राहकले बम्पर पुरस्कारका रुपमा युरोपमै चर्चित कार स्कोडा र्यापिड जित्न सक्नेछन् । यामाहाले भर्खरै नेपाली बजारमा एफजी२५ सार्वजनिक गरेको थियो । अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि रहेको एफजी२५मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको छ । बाइकमाथि नियन्त्रण सहज यसको वजन कम (१४८ केजी) गरिएको छ । यी विशेषताहरुले एफजी२५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड-क्लास, स्ट्रिट फाइटर’ बनाएको छ । एफजी२५ को मूल्य सीमित अवधिका लागि तीन लाख ४४ हजार नौ सय रुपैयाँ कायम गरिएको छ । दसैं अफर यामाहा एफजी२५मा पनि लागू भए पनि नगद छुट पनि उपलब्ध हुने छैन । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर र एफजी सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइन्छ ।
नुवाकोटको बट्टारमा अग्नि ग्रुपको नयाँ आधिकारिक सर्भिस सेन्टर
काठमाडौं । अग्नि ग्रुपले नुवाकोटको बट्टारमा महिन्द्राका युटिलिटि भेइकल्सका लागि आफ्नो आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले आधारिकारिक सर्भिस सेन्टरका रुपमा उत्सुक अटोमोबाइल्स् प्रा.लि.लाई नियुक्त गरेको हो । उक्त सर्भिस सेन्टरको उद्घाटन विदुर नगरपालिकाका मेयर सन्जु पण्डित तथा उद्योग बाणिज्य संघ नुवाकोटका अध्यक्ष तारा बहादुर कार्कीले गरेका थिए । नयाँ स्थापना गरिएको सर्भिस सेन्टरबाट महिन्द्रा युटिलिटि भेइकल्सहरुको सर्भिसिङ्ग तथा जेन्यून स्पेयर पार्ट उपलब्ध हुने छन् ।अग्नि ग्रुपको मुख्य उद्देश्य भनेकै ग्राहकहरुलाई सहज एवं गुणस्तरीय सेवा प्रदान गर्नु रहेको छ साथै उक्त सर्भिस सेन्टरले नुवाकोट तथा तथा आसपासका वासिन्दाहरुलाई न्यूनतम मूल्यमा विश्वस्तरीय सेवा तथा सुविधा पाउने विश्वास लिएको कम्पनीले जनाएको छ । अग्नि ग्रुप प्रा.लि अन्तर्गतअग्नी इन्कर्पोरेटेड प्रा.लि., अग्नि इनर्जी प्रा.लि., अग्नि मोटोइन्क प्रा.लि., बालाजू अटो वक्र्स प्रा.लि.रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् ।