टाटा एच५ एसयूभीः सुरुवाती मूल्य साढे ५८ लाख, यस्ता विशेषताले बनायो चर्चित
काठमाडाैं । टाटा मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले केहि महिना अघि नेपालमा लञ्च गरेको एच५ एसयूभी निकै नै चर्चामा रहेको छ । यसको सुरुवाती मूल्य नेपाली बजारमा ५८ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । नेपालमा टाटा एच५ को एक्सइ, एक्सएम, एक्सटि र एक्सजेड गरी ४ अलग भेरियन्टहरु उपलब्ध रहेका छन् । ठुलो बनावट र ठुलै क्याविन रहेको यस एसयूभीको अफरोडिङ्ग क्षमता गज्जबको रहेको छ । यस कारको फिचरहरुको रुपमा जेनोन एचआईडी प्रोजेक्टर हेडल्याम्प्स, १७-इञ्च अलोए व्हिल्स लोगो प्रोजेक्सन सहितको आउटसाइड रियर भ्यू मिरर्स, एलईडी टेल लाइट्स, ८.८-इञ्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ८-वे एडजस्टेवल ड्राइभर्स सिट, ७-इञ्च कलर टीएफटी डिस्प्ले भएको इस्ट्रुमेन्ट क्लष्टर, एम्प्लिफायर सहितका ९ ओटा जेबीएलको स्पिकर जस्ता विशेषताहरु समावेश छन् । सेफ्टी फिचरको रुपमा भने एच५ मा ६ ओटा एयरब्यागहरु, एबीएस सिस्टम, ईबीडी सिस्टम, रियर पार्किङ्ग सेन्सर, चाइल्ड सेफ्टी लक, हिल होल्ड कन्ट्रोल, रोल ओभर मिटिगेशन, कर्नरिङ्ग स्ट्याविलिटी कन्ट्रोल लगायत समावेश छन् । टाटा एच५ मा प्रयोग भएको इञ्जिन १९५६ सीसी ४ सिलिण्डर टर्बो चाज्र्ड डिजेल इञ्जिन हो जसले १४० पीएसको पावर र ३५० एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी यस कारमा ६-स्पिड म्यानुअल गियरबक्स दिइएको छ भने कारले १५ केएमपीएलको माइलेज प्रदान गर्दछ । ५ सिटर यस एसयूभीको लम्वाई ४५९८ मिलिमिटर, चौडाई १८९४ मिलिमिटर र उचाई १७०६ मिलिमिटर रहेको छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ २०५ मिलिमिटर र बुट स्पेश ४२५ लिटरको रहेको छ । त्यसैगरी, ५० लिटरको फ्युल ट्याङ्क क्यापासिटी रहेको एच५ को अगाडिको चक्काहरुमा डिस्क र पछाडिको चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएको छ । हाल नेपाली बजारमा टाटा एच५ का ४ भेरियन्टहरु मध्ये एक्सइको मूल्य ५८ लाख ५५ हजार रुपैयाँ तोकिएको छ भने एक्सएमको मूल्य ६५ लाख ९९ हजार रुपैयाँ, एक्सटिको मूल्य ७० लाख ९९ हजार रुपैयाँ र एक्सजेडको मूल्य चाहिँ ७५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
हार्ले डेभिडसनले कम मूल्यका बाइक उत्पादन गर्ने, लक्षित बजार एशिया
काठमाडाैं । अमेरिकन मोटरसाइकल उत्पादक कम्पनी हार्ले डेभिडसनले चाइनिज मोटरसाइकल कम्पनी चेज्याङ् च्याङ्जाङ्सँग साझेदारी गर्दै एशियाली बजारका लागि भनेर साना सीसीका मोटरसाइकल उत्पादन गर्ने भएको छ । चेज्याङ् च्याङ्जाङ् वेनेली ब्राण्डको प्यारेन्ट कम्पनी पनि हो । हार्लेको सानो मोटरसाइकल यस प्रकारको हुनेछ भन्ने किसिमको संकेत गर्ने फोटो पनि वाहिरीसकेको छ । विभिन्न अनलाइन मिडियाहरुका अनुसार हार्लेको सो मोटरसाइकल ३३८ सीसीको हुनेछ भने सो मोटरसाइकल आगामी जुन महिनामा सार्वजनिक गरिनेछ । त्यसैगरी ३३८ सीसी हार्ले डेभिडसन बेनेलीको ३०२ प्ल्याटफर्ममा आधारित हुने अनुमान गरिएको छ । सो प्ल्याटफर्मका मोटरसाइकलमा बेनेलीले ३०० सीसी प्यारालल ट्वीन इञ्जिन समावेश गरेको छ जसले ३८.२६ एचपीको पावर र २६.५ एनएमको टर्क उत्पादन गर्दछ । निर्माण पश्चात् हार्लेको सो मोटरसाइकललाई शुरुमा चाइनामा सार्वजनिक गरिनेछ भने त्यसपछि मात्र थाइल्याण्ड, इण्डोनेशिया, भियतनाम, फिलिपिन्स, मलेशिया, जापान, इण्डिया र नेपाल लगायतका देशहरुमा पुर्याइनेछ । हाल नेपाली बजारमा उपलब्ध हार्ले मोटरसाइकलको न्यूनतम मूल्य २२ लाख रुपैयाँ पर्दछ भने उक्त ३३८ सीसीको मोटरसाइकल नेपाली बजारमा आइपुग्दा अझ कम मूल्य पर्न जाने निश्चित छ । आफ्नो लुक्स, साउण्ड, पावर, कम्फर्टनेस लगायतका कारण संसारभर कैयौं प्रशंसकहरु कमाउन सफल रहेको ब्राण्ड ‘हार्ले डेभिडसन’ को नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स प्रा.लि. रहेको छ ।
हुण्डाईले उड्ने ट्याक्सी ल्याउँदै, अमेरिकामा गरियो उडानसहितकाे प्रदर्शनी
काठमाडाैं । हुण्डाई मोटर कम्पनी र उबरको साझेदारीमा फ्लाइङ्ग ट्याक्सीको निर्माण हुने भएको छ । ‘एस-ए१ कन्सेप्ट’ नाम दिइएको उक्त वाहनलाई अमेरिकाको लास भेगास स्थित कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) मा केहि दिन अघि प्रदर्शन गरिएको थियो । हुण्डाईका प्रवक्ताले जनाए अनुसार यस पटक प्रदर्शन गरिएको वाहन एउटा कन्सेप्ट वाहन मात्र भएको र सन् २०२३ मा भने यसको पहिलो उत्पादनलाई सार्वजनिक गरिनेछ । एस-ए१ कन्सेप्ट फुल इलेक्ट्रिक वाहन हुनेछ जसले ४ जना प्यासेन्जर बोक्न सक्ने क्षमता राख्दछ । यस वाहनलाई शहरी क्षेत्रको बढ्दो ट्राफिकलाई लक्षित गर्दै निर्माण गरिएको हो । यसले ठाडो उडान र ठाडो अवतरण गर्नसक्छ । यो ट्याक्सी२९० केएमपीएचको स्पीडमा हावामा उड्न सक्छ । त्यसैगरी, जमीन भन्दा २००० फिट माथि सम्म उडान भर्न सक्छ । हुण्डाईका अनुसार यस ट्याक्सीले फुल चार्जमा १०० किलोमिटरको यात्रा तय गर्न सक्छ । तर खुशीको कुरा के हो भने यसलाई चार्ज गर्न केवल ५ देखि ७ मिनेटको समयनै पर्याप्त हुन्छ । यस वाहनमा साना साना प्रोपेलरहरु जडान गरिएका हुन्छन् जसले यसलाई उडान भर्न मद्दत पुर्याउँछन् । प्रोपेलर भन्नाले हेलिकप्टरमा प्रयोग भएजस्ता पंखा आकारका यन्त्र हुन् जसले तीव्र गतीमा घुमेर ट्याक्सीलाई उड्नमा मद्दत गर्दछ । यी प्रोपेलरका आकार सानो हुनाले यसले हेलिकप्टरले जस्तो ठुलो आवाज उत्पन्न गर्दैन जसका कारण ध्वनी प्रदुषणको समस्या पनि रहँदैन । यसका साथै धेरै प्रोपेलर जडान गरिएको कारणले नै यो हेलिकप्टर भन्दा सुरक्षित रहेको कम्पनीको दावी छ । सार्वजनिक भएको शुरुवाती अवस्थामा यस वाहनमा पाइलटको आवश्यकता परेपनि पछि भने प्रविधिको विकाससँगै पाइलटले गर्ने सम्पूर्ण काम वाहनले अटोमेटिकरुपमै गर्न सक्ने प्रविधी समावेश गरिनेछ भनी हुण्डाईले जनाएको छ ।यस वाहनलाई हुण्डाईले निर्माण गर्ने र उबरले चाहिँ एयरस्पेश सपोर्ट सर्भिस, ग्राउण्ड ट्रान्सपोर्टेशनमा कनेक्शन, कस्टमर इन्टरफेस लगायतमा एरियल राइड शेयर नेटवर्क मार्फत सहयोग गर्ने भएको छ । उबरको यो सहयोगले ट्याक्सीलाई गन्तव्यसम्म पुर्याउनमा मार्गदर्शन गर्दछ ।