ह्यून्डाई कोना ईलेक्ट्रीक कार ५७३१ मिटर अग्लाे हिमाल उक्लियाे, गिनिज वर्ल्ड बुकमा नयाँ रेकर्ड

काठमाडौं । ईलेक्ट्रीक एसयुभि कोनाले गिनिज वर्ल्ड रेकर्डको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । ह्यून्डाई कोना ईलेक्ट्रीक पहिलो ईलेक्ट्रीक एसयुभि हो, जसलाई ५ हजार ७ सय ३१ मिटरको उचाईमा टिबेटको साउला पाससम्म चलाइएको थियो । यो चढाई पश्चात् कोनाले ५ हजार ७ सय १५.२८ मिटर उचाईको अन्य ईलेक्ट्रीक कारको पछिल्लो रेकर्ड तोडेबापत सो उपाधि हासिल गरेको हो । कोना ईलेक्ट्रीकले ईलेक्ट्रीक भेहिकल सम्बन्धी विभिन्न भ्रमहरुलाई तोडेर ईलेक्ट्रीक क्रान्ति ल्याउन सफल भएको छ । ईमिशन इम्पोसिबल मिशन अन्तर्गत, कोना ईलेक्ट्रीकले विश्वको सबैभन्दा अप्ठ्यारो भू–भागमा पर्फमेन्स गर्दा कुनै सम्झौता नगरी आफ्नो क्षमतालाई प्रमाणित गरेको छ । गिनिज वल्र्ड रेकर्डका एड्जुडिकेटर ऋषी नाथले सर्वाधिक उचाईमा पुग्ने ईलेक्ट्रीक कारको लागि हासिल गरेको यो उपाधिका लागि ह्यून्डाई मोटरलाई बधाई दिएका छन् यो उपलब्धीसँगै ह्यून्डाईले इतिहासमै कीर्तिमानको नयाँ मापदण्ड बनाउन सफल भएको छ । यो सफलतासँगै कोना ईलेक्ट्रीक कठोर परिस्थितिहरुमा ज्यादै विश्वसनीय रहेको कुरा प्रमाणित गरेको छ । यस अभियानमा कोना ईलेक्ट्रीकले न्यून तापक्रम, निरन्तर हिमपात र बरफिलो परिस्थिति जस्तो कठोर मौसमी अवस्थामा एउटा सच्चा एसयुभि सरह प्रदर्शन गरेको थियो । कोना ईलेक्ट्रीकमा रहेको ईलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोलले जस्तो सुकै बाटोको अवस्थामा पनि गाडी स्टेबल रहने कुरा पुष्टि गरेको छ । प्रविधि र पर्फमेन्स बेजोड समिश्रण रहेको यो ग्रीन कार सर्वाधिक उचाईमा पुगेर रेकर्ड राख्ने पहिलो ईलेक्ट्रीक गाडी हो ।   यस अभियानको दौरानभरि नै कोना ईलेक्ट्रीकलाई पोर्टेबल चार्जरको मद्दतले चार्ज गरिएको थियो । कारलाई कार किन्दा प्रदान गरिने स्ट्याण्डर्ड पोर्टेबल चार्जरले रातभरि चार्ज गरिएको थियो । शिखरमा चढाउँदा पनि यसको पर्फमेन्समा कुनै समस्या देखा परेको थिएन । शिखरबाट ओर्लिने बेला चाहिं स्मार्ट पावर रिजेनेरेशन सिस्टमको मद्दतले गाडीले ड्राईभिङ्ग रेन्जलाई कम्प्लीमेन्ट गरेको थियो । यस सफलताले कोना इभिको पावरफुल  प्रदर्शन गरेको र जस्तो सुकै मौसमी अवस्था र भू–भागमा उत्कृष्ट पर्फमेन्स दिने सुनिश्चितता प्रदान गरेको छ ।

महिन्द्राको ‘भीएक्स-९० ब्याकहोई लोडर’ नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । भारतको प्रतिष्ठित कम्पनी महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको बिक्री वितरक दुगड ब्रदर्स एण्ड सन्स प्रा.ली.ले ‘भीएक्स-९० ब्याकहोई लोडर’ लाई नेपालमा लञ्च गरेको छ । कम्पनीले निर्माण सामग्री प्रर्दशनी ‘नेपाल ब्युल्डटेक २०२०’को तोश्रो दिन उक्त ‘भीएक्स-९० ब्याकहोई लोडर’ लञ्च गरी नेपाली बजारमा बिक्री वितरण शुरु गरेको हो । एमभी दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगड, महिन्द्रा ट्रक्स एण्ड बस नेपालका लागि सेल्स मेनेजर गौरव पाण्डे, महिन्द्रा निर्माण सामाग्री नेपालका लागि सेल्स मेनेजर सद्दाम मोहोमद र दुगड़ महिन्द्रा निर्माण सामाग्रीका हेड अफअपरेसन तारा थापाले संयुक्त रुपमा उक्त लोडरको लञ्चिङ गरेका हुन् । त्यसै कार्यक्रममा ५ जना ग्राहकलाई ब्याकहोई लोडर (भीएक्स-९०) को चाँबी हस्तान्तरण गरिएकाे कम्पनीले जनाएको छ । दुगड महिन्द्रा निर्माण सामाग्रीका हेड अफ अपरेसन तारा थापाका अनुसार ब्याकहोई लोडर (भीएक्स-९०)का विशेषता यस्ता छन्ः नेपालको बाटो र माटोलाई सुहाउदो यी विभिन्न मोडलका निर्माण उपकरणहरु ब्याक हो लोडर, ग्रेडर आदि कम लागत उच्चतम प्रयोग, सस्तो संचालन खर्च, सरल तथा अत्याधुनिक प्रविधी, उच्चतम माईलेज तथा बेजोड कार्य क्षमताका विशेषता रहेको छ । अत्याधुनिक प्रविधि उच्च फिनीसीङ्ग क्षमताको साथमा साना, मझौला तथा फराकिला बाटोमा समय सापेक्ष प्रयोग गर्न सकिने भएकोले कम लागतमा आधुनिक मापदण्डको स्तरमा बाटोहरु निर्माण गरी देशको निर्माण जगतमा क्रान्ति ल्याउने कम्पनीको विश्वास छ । यसैगरी, भीएस-९० ब्याकहोई लोडरले कम लगानीमा बजारमा रहेका अन्य मेसिनभन्दा भन्दा कम ईन्धन खपत गर्ने कम्पनीले जानकारी दिएको छ । उक्त ‘नेपाल ब्युल्डटेक २०२०’ को अवसरमा मोटर ग्रेडर (जी-९०), ब्याकहोई लोडर(भीएक्स-९०) र ब्लाजो-२५ ट्रिपर प्रर्दशनीमा राखिएको थियो ।

मारुती सुजुकीको ‘डिजायर’: यस्ता विशेषताले बन्यो सेडान सेग्मेन्टको कडा प्रतिद्वन्द्वी

काठमाडाैं । मारुती सुजुकीको ‘डिजायर’ नेपाली बजारमा सेडान सेग्मेन्टमा कडा प्रतिद्वन्द्वीको रुपमा उभिएको कार हो । मारुती सुजुकीको नेपालका लागि आधिकारीक बिक्रेता सीजी मोटोकर्प प्रा.लि.ले डिजायरको भिएक्सआइ र जेडएक्सआइ गरी दुई भेरियन्टहरु नेपाली बजारमा बिक्रीवितरण गर्दै आइरहेको छ । कम्पनीले भिएक्सआइको मूल्य ३२ लाख ७९ हजार रुपैयाँ तोकेको छ भने जेडएक्सआइको मूल्य चाहिँ ३६ लाख २९ हजार रुपैयाँ तोकेको छ । डिजायर एउटा सवकम्प्याक्ट सेडान कार हो । यस कारको फिचर्सका रुपमा अटो गियर सिफ्ट, रियर एसी भेन्ट्स, स्मार्ट प्ले इन्फोटेन्मेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, स्मार्ट किलेश इन्ट्री, पुस स्टार्ट–स्टप बटन, स्टेयरिङ्ग एड्जस्टमेन्ट, १२ भोल्टको ब्याट्री लगायतका विशेषताहरु रहेका छन् । सेफ्टी फिचरहरुको रुपमा चाहिँ यस सेडानका अगाडिका सिटमा दुइओटा एयरब्याग, एबीएस सिस्टम, ईबीडी सिस्टम, चाइल्ड सेफ्टी लक, पावर डोर लक, सिट बेल्ट वार्निङ्ग जस्ता विशेषताहरु रहेका छन् । डिजायरमा प्रयोग गरिएको ११९७ सीसी पेट्रोल इञ्जिनले ८२ बीएचपीको पावर र ११३ एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी यस कारमा ५ गियरहरु रहेका छन् भने कारले २२ केएमपीएलको माइलेज दिन्छ । ५ सिटर यस कारको ग्राउण्ड क्लियरेन्स १६३ मिलिमिटर, बुट स्पेश ३७८ लिटर र फ्युल ट्याङ्क क्यापासिटी चाहिँ ३७ लिटरको रहेको छ । त्यसैगरी, यस कारका अगाडिका चक्काहरुमा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएका छन् । कम्पनीका अनुसार अहिलेको विशेष अफर अन्तर्गत यस कारको खरिदमा १ लाख ३० हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सकिनेछ ।