भन्सार दिवसमा नाडाले गर्यो करसम्बन्धी प्रशिक्षण कार्यक्रम
काठमाडौं । अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) ले ६८औं भन्सार दिवसको अवसरमा भिसिटिएस सम्बन्धि प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रम बिहीबार होटेल याक एण्ड यति दरबारमार्गमा सम्पन्न भएको हो । नाडाका अध्यक्ष कृष्ण दुलालले भन्सार कर तथा भिसिटिएस सम्बन्धी विस्तृत जानकारी दिने उद्देश्यले प्रशिक्षण कार्यक्रम संचालन गरेको बताए । उनले सातवटै प्रदेशमा संस्थागत सदस्यहरु मार्फत प्रशिक्षण कार्यक्रम अघि बढाइने बताउँदै सन्दर्भ मूल्य हटाएर व्यवसायीले स्वघोषणा गरिएको मूल्य कायम हुनुपर्ने बताएका छन् । भन्सार विभागका महानिर्देशक सुमन दाहालले काठमाडौंमा १३ वटा कर कार्यालय भए पनि एउटा मात्रै भन्सार कार्यालय भएको बताउँदै भन्सारसँग नागरिकको साक्षात्कार हुन नसकेको उल्लेख गरे । साथै, भन्सारका गतिविधि, कामहरुका विषयमा जानकारी दिन प्रशिक्षण कार्यक्रमले सहयोग गर्ने दाहालले बताए ।
मन्दीको बेलामा टाटाकाे बजार हिस्सा बढ्यो, इकोस्पोर्ट र ब्रेजालाई नेक्सनको टक्कर
काठमाडौं । नेपाली बजारमा सवारी साधानको किनबेच निकै सुस्ताएको अवस्थामा कार तथा जीप सेगमेन्टमा टाटा मोटर्सका उत्पादनको बिक्री बढेको छ । गत वैशाखसम्ममा नेपाली बजारमा कार जीप सेगमेन्टमा टाटाको बजार हिस्सा १० प्रतिशत थियो । पुस मसान्तसम्ममा यो हिस्सा १३.८ प्रतिशत भएको नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले जनाएको छ । जतिबेला टाटाको हिस्सा १० प्रतिशत थियो त्यतिबेलासम्म उसका उत्पादनहरु सुमो, स्ट्रोम, एम्बुलेन्स, बोल्ट, जेस्ट, टिगोर, टियागो, नेक्शन र हेक्सा बिक्री हुने गरेकाे थियाे । यस अवधिमा टाटाले केही उत्पादनहरु बन्द गर्यो । नेपालमा पनि सुमो, स्ट्रोम, एम्बुलेन्स, बोल्ट र जेस्टको बिक्री बन्द भयो । जबकी एक वर्षअघिसम्म टाटाका कार जीपको कुल बजारको ६० प्रतिशत हिस्सा सुमो, स्ट्रोम र एम्बुलेन्सले लिएका थिए । हाल सिप्रदीले टाटाका जम्मा ४ वटा मोडेल मात्र बिक्री गर्दै आएको छ । त्यसमा टिगोर, टियागो, नेक्शन र एच५ रहेका छन् । पाँच प्रकारका उत्पादनहरु बन्द हुँदा पनि नेपाली अटो बजारमा टाटाकाे हिस्सा भने १० बाट बढेर १३.८ प्रतिशत पुगेको छ । भन्सारबाट नेपाल भित्र्याएका अन्य ब्राण्डका सवारी साधनको संख्यासँग सिप्रदीले बिक्री भईसकेको सवारी साधनको संख्यासँग तुलना गरिएको सिप्रदीले जनाएको छ । ‘भन्सारबाट भित्रिएका अन्य ब्राण्डका सवारी साधानको संख्यासँग टाटाको बिक्री भईसकेको संख्यासँग तुलना गरेका छौं । स्टकमा भएको सवारी हामीले यसमा जोडेका छैनौं’ सिप्रदीका एक कर्मचारीले नाम नखुलाउने सर्तमा बताए । यदि टाटाले पनि भन्सारबाट भित्रिएका आफ्ना सम्पूर्ण मोडेलहरुलाई आधार मानेको थियो भने उसको बजार हिस्सा अझ बढेको देखिने थियो । ‘सुमो, स्ट्रोम र एम्बुलेन्स बजारमा भइरहन्थे भने त झन् अहिले टाटाको बजार सेयर २० प्रतिशतको हाराहारीमा पुग्ने थियो’ उनले भने । कसरी बढ्यो टाटाको सेयर ? टाटाको बजार हिस्सा बढ्नु मुख्य कारणका रुपमा उसले परिवर्तन गरेका सेल्स टेक्निकहरुलाई लिएको छ । ‘हामीले रिसर्च एण्ड डेभलपमेन्ट तर्फ बढि मिहिनेत गरिरहेका छौं । उपभोक्ताको चाहाना र बिक्रीपछिको सेवालाई प्रभावकारी बनाउँदै लगेका छौं’ उनले भने । कमर्सियल गाडीतर्फ बजारमा लगभग एकछत्र राज गरेको सिप्रदीले प्यासेन्जर सेगमेन्टमा ठिक समयमा प्रवेश गरेकोले नतिजा राम्रो ल्याउन सकेको सिप्रदीको विश्लेषण छ । सिप्रदी नेपाल हरेक वर्ष बढी कर तिर्ने कम्पनीको रुपमा नेपाल सरकारबाट सम्मानित समेत हुदै आएको छ । प्रभावशाली ब्राण्ड ‘नेक्सन’ टाटाले नेक्सनलाई नेपाली बजारमा भित्र्याए पश्चात् नेक्सन हाल सीयूभी सेग्मेन्टमा ३० प्रतिशत बजार सेयर ओगट्दै हाइयेस्ट सेलिङ्ग प्रोडक्ट बन्न पुगेको कम्पनीकाे भनाइ छ। त्यसैगरी हाल सेडान सेग्मेन्ट तर्फ भने टिगोरले प्रथम स्थान ओगट्न सफल भएको सिप्रदीको जनाएको छ । नेपालकाे कार बजारमा सबैभन्दा ठूलो हिस्सा भनेको ह्याचब्याक सेग्मेन्टको हो जसमा प्रतिष्पर्धा गर्नका लागि टाटासित राम्रो प्रोडक्ट सुरुवातबाटै थिएन । सो सेग्मेन्टमा बृद्धि ल्याउनका लागि टाटाले उपलब्ध मोडेलको नयाँ भेरियन्टहरु लिएर आयो । यसले गर्दा टाटाको ह्याचब्याक तर्फको हिस्सा ६ प्रतिशतले बढ्दै हाल ८ प्रतिशतसम्म पुग्न सफल भएको छ । ६ प्रतिशत ह्याचब्याकमा बृद्धि हुनासाथ टाटाको कुल बजार हिस्सा बढेर १३.८ प्रतिशत हुन पुगेको हो । ब्रेजा र इकोस्पोटलाई चुनौति नेक्सनको बजार हिस्सा बढिरहँदा यसले मारुती सुजुकीको ब्रेजा र फोर्डको इकोस्पोर्टको बिक्रीमा ठूलो धक्का लाग्न पुगेको बताइएको छ । मारुती सुजुकीले नेक्सनसँग प्रतिष्पर्धा गर्नका लागि नै ब्रेजाको मूल्यमा ६ लाख रुपैयाँ घटाइसकेको छ । तैपति उपभोक्ताको रुची नेक्सनतर्फ बढी देखिन्छ । विगतमा बैंकिङ्ग क्षेत्रका कर्मचारीहरुको रोजाइमा रहेको इकोस्पोर्ट स्थान पनि टाटा लिन लागेको छ । ‘आज हरेक बैंकले एउटा न एउटा नेक्सन लिएका छन् । सुपरमार्केट वा विग कन्फेरेन्स एरियामा गएर हेर्नु भयो भने सीयूभी सेग्मेन्ट नेक्सन नै धेरै देख्न सक्नुुहुन्छ’ उनले भने । यसैगरी सेडान सेग्मेन्टमा मारुती सुजुकी डिजायरको बजार हिस्सा पनि टाटाको टिगोरले खाइदिएको, ह्याचब्याक तर्फको मारुती सुजुकी सेलेरियो र हुण्डाई आइ१० सँग टाटाको टियागोले कडा प्रतिष्पर्धा गरिरहेको पनि उनको दावी छ । युवा वर्गप्रति लक्षित आफ्नो विल्कुलै नयाँ उत्पादन अल्ट्रोज एसयूभीलाई टाटाले यहि माघ महिनाको अन्त्यतिर नेपाल भित्र्याउने तयारी गरेको छ । यस प्रिमियम एसयूभीको नेपाली बजार प्रवेष पश्चात् यसले मारुती सुजुकी बलेनो, होण्डा ज्याज, टोयोटा ग्लान्जा र हुण्डाई आई२० जस्ता मोडेलहरुसँग कडा प्रतिष्पर्धा गर्नेछ । गत नोभेम्वर महिनामा टाटाले एच५ लञ्च गर्यो जसले विस्तारै मार्केट लिँदै गइरहेको छ । यस्ता कारणले गर्दा कम्पनीको शेयर थप बढ्ने सिप्रदीको विश्वास छ ।
महिन्द्रा एक्सयूभी ३००ले पायो फाइभ स्टार सुरक्षा रेटिङ, भारतीय गाडीमध्ये उत्कृष्ट
मुम्बई। २०.७ अर्ब अमेरिकी डलरको महिन्द्रा ग्रुपको एक हिस्सा महिन्द्रा एण्ड महिन्द्राले आफ्नो कम्प्याक्ट एसयूभी- एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ पाएको घोषणा गरेको छ । यो विश्वव्यापी सम्मानसहित एक्सयूभी ३०० ग्लोबल एनसीएपीद्वारा परीक्षण गरिएका सबै फाइभ स्टार रेटिङ प्राप्त भारतीय सवारी साधनहरूमध्ये सर्वाधिक अंक प्राप्त गर्ने पहिलो सवारी साधन बनेको छ । एक्सयूभी ३०० बालबालिकाहरूको सुरक्षामा पनि फोर स्टार रेटिङ पाउने पहिलो भारतीय सवारी साधन उल्लेखनीय बनेको छ। फाइभ स्टार रेडिङका लागि छेउबाट पर्ने धक्काको असर कम हुने प्रदर्शन पूर्वशर्तमध्ये एक हो र छेउबाट पर्ने धक्का (साइड इम्प्याक्ट) को असर कम हुने प्रदर्शनमा सबै फाइभ स्टार रेटिङ पाएका कारहरूमध्ये एक्सयूभी ३०० को प्रदर्शन सबैभन्दा उत्तम छ । यो उपलब्धीका बारेमा प्रतिक्रिया व्यक्त गर्दै महिन्द्रा एन्ड महिन्द्राको अटोमोटिभतर्फका प्रेसिडेन्ड राजन वाढेराले भने- “यो महिन्द्राका लागि गर्वका क्षण हो, फाइभ स्टार रेटिङले सुरक्षाप्रति हाम्रो निरन्तर प्रतिबद्धतालाई दोहोर्याउँछ । आजका जागरुक ग्राहकहरूले आफ्नो किनमेलको निर्णय लिने समयमा सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्ने गर्छन् र हामीले एक्सयूभी ३०० लाई भारतमा सबैभन्दा सुरक्षित सवारी साधनमध्ये एक बनाएका छौं । मलाई विश्वास छ, यो मान्यताले हामीलाई साथसाथै भारतीय अटोमोटिभ उद्योगलाई पनि भारतीय सडकमा गुड्ने सबै किसिमका सवारी साधनहरूमा समान किसिमका सुरक्षाका मापदण्डमा अगाडि बढ्नका लागि प्रेरित गर्नेछ ।” महिन्द्रा एक्सयूभी ३०० मा ७ वटा एयरब्याग, सबै चार वटै पाङ्ग्रामा डिस्क बे्रक, फ्रन्ट पार्किङ सेन्सर र हिटेड ओआरभीएमहरुसहितका ‘फर्ष्ट-इन-सेगमेन्ट’का थुप्रै विशेषताहरुले यसलाई अतुलनीय बनाएको छ । आज एक्सयूभी ३०० ले उपभोक्ता कार सुरक्षा परीक्षण निकायहरूको छाता निकाय ग्लोबल एनसीएपीद्वारा फाइभ स्टार रेटिङको सम्मान प्राप्त गरेर भारतमा सवारी साधन सुरक्षाको नयाँ मानक कीर्तिमान स्थापना गरेको छ । हालै जर्मनीमा महिन्द्रा एक्सयूभी ३०० को औपचारिक ग्लोबल एनसीएपी परीक्षण गरिएको हो । ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ एक्सयूभी ३०० नेपालभरि रहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध छन् ।