तीन दिने बिल्डकन एक्स्पो सम्पन्न, बुकिङ्ग गर्ने ग्राहकलाई दुई वर्षसम्म विशेष छुट

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित तीन दिने छैटौं ‘बिल्डकन इन्टरनेशनल एक्स्पो २०२०’ सम्पन्न भएको छ । भारतको कम्पनी महिन्द्रा एण्ड महिन्द्राद्वारा उत्पादित निर्माण उपकरणहरुको अधिकृत बिक्रेता दुगड ब्रदर्स एण्ड सन्सले “आम्दानी जती तपाईको, खर्च जती हाम्रो” नाराका साथ उक्त प्रर्दशनी आयोजना गरी सम्पन्न गरेको हो । महिन्द्राले आफ्ना उत्पादनहरु मोटर ग्रेडर(जी-९०), ब्याकहोई लोडर(भीएक्स-९०) र ब्लाजो-२५ ट्रिपर प्रर्दशनीमा राखेको थियो । साथै, उक्त उत्पादनहरुमा विभिन्न स्किमहरु ल्याएको कम्पनीले ग्राहकहरुलाई जानकारी गराएको छ । प्रर्दशनीमा राखिएका विभिन्न मोडलका निर्माण उपकरणहरु ब्याक हो लोडर, ग्रेडर आदी सामाग्रीहरु कम लागत उच्चतम प्रयोग, सस्तो संचालन खर्च, सरल तथा अत्याधुनिक प्रबिधि, उच्च माईलेज र बेजोड कार्य क्षमताको विषेशता रहेको कम्पनीका निमार्ण उपकरणका प्रमुख तारा थापाले जानकारी दिए । साथै, कम्पनीले एसी क्याबिन तथा नन एसी क्याबिनमा ग्राहकहरुको छनौटको आधारमा ब्याकहोई लोडर उपलब्ध गराउँदै आएको छ । जसले बजारमा रहेका अन्य मेसिनभन्दा कम ईन्धन खपत गर्दै शीघ्र तथा उच्च कार्य संपादन गर्न सक्ने ई मेसिनहरु २ वर्ष अनलिमिटेड हायोर वारेन्टीको सुविधा रहेको उनले बताए । आफ्ना उत्पादनहरु ग्राहकहरुमा बिक्री वितरणकाे लागि कम्पनीले स्पोर्ट फाईनान्सको व्यवस्था गर्दै आएको छ । साथै, उक्त एक्स्पोमा बुकिङ्/डेलिभरी लिएका ग्राहकलाई एक लाख रुपैयाँ नगद छुट, दुई वर्षसम्म सम्पूर्ण सर्भिस म्याटेरियल फ्रि अफ कष्टमा उपलब्ध गराउने कम्पनीले जानकारी गराएको छ ।

भ्यालेन्टाइन डेलाई लक्षित गर्दै टाटा मोटर्सकाे ‘भ्यालेनटाइन विक ह्विल अफ लभ’ आयोजना हुँदै

काठमाडौं । टाटा मोटर्सले भ्यालेनटाइन डेलाइ लक्षित गरेर ‘टाटा मोटर्स भ्यालेन्टाइन विक ह्विल्स अफ लभ’ नामक विशेष कार्यक्रमको आयोजना गरेको छ । टाटा मोटर्सको थापाथलीस्थित सोरुममा फेब्रुअरी १३ देखि १५ सम्म यस कार्यक्रमको आयोजना हुने भएको छ । यस अवधि भित्र सोरुममा आउने ग्राहकहरुलाई टाटा मोटर्सले मनोरञ्जनात्मक प्रस्तुति सहित विभिन्न उपहारहरुले स्वागत गर्ने भएको छ । ग्राहक टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ आकर्षक तथा अत्याधुनिक डिजाइनका टाटाको गाडिहरु एच फाईभ नेक्सन, टियागो र टिगोर लगाएतका गाडिहरुको अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् । सोरुममा आएर टाटाको जुनसुकै मोडलको गाडीहरु खरिद गर्ने ग्राहकहरुलाई कपल टुर टु माल्दिभस, बुकिङ्ग गर्ने ग्राहकहरुलाई डाइमण्ड रिङ्ग, प्रत्येक भ्याल्युएसनमा पफ्र्यूमको साथै निःशुल्क जेन्युइन एसेसरिज, डोर प्राइज, एक वर्षको निःशुल्क रोड टयाक्स तथा टेस्ट ड्राइभ गर्ने ग्राहकहरुलाई पनि आकर्षक उपहारहरु प्रदान गरिनेछ ।

सुजुकीले ल्यायाे ‘खुसीको साँचो’ अफर, सवा दुई लाख नगद छुटसहित बीमा सुविधा सित्तैमा

काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेताता सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘खुसीको साँचो’ नामको नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत सुजुकीका नयाँ ग्राहकले अधिकतम दुई लाख २५ हजारसम्म नगद छुट, दुई लाख रुपैयाँ एक्सचेन्ज बोनस र एक वर्षको निशुल्क बीमाको सुविधा पाउने छन् । सीमित अवधिका लागि ल्याइएकाे यो अफर नेपालमा रहेका सुजुकीका सबै ३५ वटै डिलर उपलब्ध हुनेछ । सबैभन्दा बढी प्रडक्ट रेन्ज रहेको सुजुकीले हाल नेपालमा अल्टो के१०, एसप्रेसो, सेलेरियो, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, एसक्रस, इर्टिगा, एक्सएल६, इको भ्यान, इको कार्गो र सुपर क्यारी बिक्री गर्दै आएको छ ।