बेनेली बाइकको १० दिने एक्सचेन्ज क्याम्प फागुन २८ गतेदेखि 

काठमाडौं । नेपाल केटीएम ईन्टरनेशनल ट्रेडिङ,बेनेली बाइकका लागि अधिकृत डिलरले १० दिने एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ । उक्त क्याम्प फागुन २८ गतेबाट चैत ७ गतेसम्म हुनेछ । यस एक्सचेन्ज क्याम्प नक्साल र कुपन्डोलको बेनेलीका अधिकृत शोरूमहरुमा आयोजना हुन गइरहेको छ। यस शिविरमा, ग्राहकहरुले आफ्ना कुनै पनि ब्रान्डका दुई पाङ्रे साधन बेनेली बाईकसँग उत्तम मुल्याङ्कनमा साट्न सक्ने छन्। बेनेलीले यी १० दिनमा कुनै पनि मोडलको खरिद गर्दा आकर्षक छुट पनि दिने छ । ग्राहकहरूले लक्की ड्रमार्फत बाइकको सामानहरू, जस्तै ग्लोब्स, हेलमेट र ज्याकेट पनि जित्ने मौका प्राप्त गर्न सक्ने छन् ।

विभिन्न मोडेलका ईकोस्पोर्ट नेपाली बजारमा, यस्ता छन् मूल्य

काठमाडौं । नेपालका लागि आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले फोर्ड इकोस्पोर्ट सार्वजनिक गरेको छ । भारत स्टेज भिआइमा आधारित इकोस्पोर्ट पुरानो २०१९ को मूल्यमा नै निरन्तरता दिइ बजारमा ल्याएको हो । यस अनुसार २०२० फोर्ड ईकास्पोर्टको पेट्रोल गाडीको मुल्य रु. ३८.९९ लाखबाट र डिजेल गाडीको रु. ३९.९९ लाखबाट शुरु हुनेछ । यसबाट ग्राहकले नयाँ मुल्य निर्धारण हुनुभन्दा पहिला बुकिङ्ग गरी फाइदा उठाउन सक्ने छन् । २०२० मा सार्वजनिक यो गाडी ड्राइभिङ्गको लागि रमाइलो, शक्तिशाली र पेट्रोल डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको कम्पनीको दाबी छ । ईकोस्पोर्ट डिजेलमा फोर्डको विश्वस्त र भरपर्दो बिएसभिआइमा आधारित १.५लि टिडीसिआइ डिजल इन्जिन रहेको छ । जसले १००पिएस पावर र २१५एनएम टर्की के प्रदान गर्दछ र यो म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ । लाइन अपमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५लि टिआइ भिसिटी पेट्रोल इन्जिन समावेश छ । जसले १२२पिएस पावर र १४९एनएम टर्की प्रदान गर्दछ । पेट्रोल इन्जिन पाँच स्पिड म्यानुअल ट्रान्समिसन र ६ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ । २०२० संस्करण इकोस्पोर्ट ३ वर्ष वा १ लाख किमिको वारेन्टीका साथ आउने यी गाडीहरुको सेग्मेन्टमा सबैभन्दा कम स्वामित्व खर्च रहेको छ । यस संस्करणमा पनि ईकोस्पोर्टले आकर्षक वाहिरी बनावट, आरादायी भित्री बनावट तथा स्टाइललाई कायम राखेको छ । साथै, यो सनरुफजडित भेरियन्टमा पनि उपलब्ध छ । ईकोस्पोर्टमा ग्राहकहरुका लागि अतुलनीय सुरक्षा, आरामदायी सवारीका साथै हरेकपल कनेक्टेड रहन उच्चतम प्रविधिहरु जडान गरिएको छ । मूल्य सूची  

बेनेलीकाे होली अफरः सात नयाँ मोडेल नेपाली बजारमा

काठमाडौं । इटालियन मोटरसाइकल ब्रान्ड बेनेलीले होली अफर सार्वजनिक गरेको छ । नेपालको लागि बेनेलीको अधिकारीक बिक्रेता केटीएम इन्टरनेश्नल ट्रेडिंगले विभिन्न मोडलका मोटरसाइकल बजारमा ल्याएको हो । उक्त अफर अन्तर्गत बेनेलीको सात नयाँ मोडेल जसले प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्ने र नेपाली राईडरलाई फाइदा पुर्याउने उद्देश्य रहेको छ । कम्पनीका अनुसार निम्न सबै मोडेलहरू दुई वर्ष ईन्जिन वारेण्टीको रहेको छ । १९११ देखि  मोटरसाइकल पारखीबीच एक बैग्लै पहिचान बनाएको यस कम्पनीले थ्रीएस (सेल्स्, स्पेएर, सर्भिस) को सुबिधा नेपालको विभिन्न ठाउँमा सजिलैसँग उपलब्ध गराउँदै आइरहेको छ । बेनेली मोटर साइकलहरू सबै सवारको आवश्यकता पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्नका लागि सिर्जना गरिएको कम्पनीले दाबी गरेको छ ।