विद्युतिय गाडी किन्नेलाई धक्का, सरकारले ८० प्रतिशत कर बढायो
काठमाडाैं । मौखिक रुपमा सरकारले वातावरणलाई मध्येनजर गर्दै विद्युतिय गाडीको प्रयोगलाई प्राेत्साहन गर्ने भनेपनि त्यो व्यवहारमा भने उल्टो देखिएको छ । डिजेल पेट्रोलबाट चल्ने सवारी साधनलाई विस्थापित गरी आधुनिक र विद्युतिय सवारी साधनहरुलाई प्रोत्साहन दिने सरकारको रणनीति परिवर्तन भएको हाे । सरकारले विद्युतिय गाडीलाई त्यति प्राथमिकतामा राखेको व्यवहारबाट देखिँदैन । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तुत बजेटमा विद्युतीय सवारी साधनमा कर ह्वात्तै बढेकाे छ । उनका अनुसार विद्युतीय सवारी साधनमा ८० प्रतिशत भन्सार शुल्क कायम गरिएको छ । अब २ सयदेखि ३ सय किलोवाट क्षमताका मोटर जडान भएका सवारीमा ७० प्रतिशत र त्यसभन्दा माथि किलोवाट क्षमता भएका मोटर जडान भएका सवारीमा ८० प्र्र्तिशत अन्तःशुल्क लाग्ने उनले बताए । यो भन्दा अगाडि सो शुल्क् शुल्क यसअघि १० प्रतिशत थियो भने भ्याट १३ प्रतिशत थियो । यस्तै, ५० किलोवाटसम्मका मोटर जडान भएका कारमा ३० प्रतिशत अन्तःशुल्क लगाइएको छ भने ५० देखि १ सय किलोवाटसम्म मोटर जडान भएका सवारीमा ४० प्रतिशत अन्तःशुल्क कायम गरिएको बजेटमा उल्लेख छ । सयदेखि १ सय ५० किलावाटसम्मका मोटर जडान भएका सवारीमा ५० प्रतिशत अन्तशुल्क लगाइएको छ । यस्तै, १ सय ५० देखि २ सय किलोवाट मोटर जडान भएका सवारीमा ६० प्रतिशत अन्तःशुल्क लगाइएको छ ।
कियाको विद्युतीय गाडी बुकिङ गरेकाले लकडाउन खुले लगत्तै चलाउन पाउने
काठमाडौं । नेपालमा कियाको विद्युतीय गाडी निरो बुकिङ गरेका ग्राहकले लकडाउन खुलेलगत्तै उक्त एसयुभी चलाउन पाउने भएका छन् । नेपालका लागि कियाको एकल अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले लकडाउन खुलेलगत्तै बुकिङ गरेका ग्राहकलाई उक्त गाडी हस्तान्तरण गर्ने तयारी गरेको हाे । उक्त गाडीको कन्साइनमेन्ट (खेप) कोरियाबाट नेपालका लागि एक हप्ता अगाडि नै चलान भइसकेको छ । लकडाउन खुल्दासम्म गाडी नेपाल आइसक्ने भएकोले कम्पनीले बुकिङ गरेका ग्राहकलाई गाडी नेपाल आइपुग्नेबित्तिकै हस्तान्तरण गर्ने योजना बनाएको हो । एकपटकको फुल चार्जमा ४८० किलोमिटरसम्म गुड्ने उक्त एसयुभी नेपाली कार पारखीले निकै रुचाएर बुकिङ गरेका छन् । यसमा ६४ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । यसको १५० किलोवाटको इलेक्ट्रिक मोटरले २०१ बिएचपी पावर र ३९५ एनएम टर्क उत्पादन गर्छ । यो एसयुभी स्टार्ट गरेको ८ सेकेन्डभित्रै १०० किलोमिटरको गतिमा कुद्न सक्छ । डिसी फास्ट चार्जरबाट पूरा चार्ज गर्न ८० मिनेट लाग्ने यो गाडी भित्रिएपछि नेपाली बजारमा सर्वाधिक माइलेज दिने विद्युतीय एसयुभीमा यही पर्नेछ । निरो सन् २०१९ को पहिलो त्रैमासबाट एसियाली बजारमा बिक्री सुरु गर्ने निर्माता कम्तीको योजना अनुरुप नेपाल आउन लागेको हो ।
लकडाउनको समयमा बेनेलीले ल्यायो यस्तो अफर
काठमाडौं । लकडाउनको समयमा बेनेलीले बाइक खरिदकर्तालाई लक्षित गरी नयाँ अफर ल्याएको छ । उक्त अफर अन्तर्गत तीन प्रकारका अप्सन रहेको छ । जसमध्ये बेनेली बाइक खरिदकर्ताले एउटा मात्र छान्नु पर्ने छ । पहिलो अप्सन अन्तर्गत बाइक खरिदकर्ताले ८ हजार रुपैयाँसम्मको नगद छुट पाउने भएका छन् । त्यस्तै, दोश्रो अन्तर्गत ज्याकेट, हेलमेट, ग्लोभ्स लगायतका बेनेली सेफ्टी गियर रहेको छ । त्यसैगरी, तेश्रो अप्सन अन्तर्गत इन्जिन आयल र आयल फिल्टर समेत गरी १ वर्षको फ्री सर्भिसिङ प्राप्त गर्न सक्ने छन् । यो अफर एक महिनाको लागि लागू हुने छ । यस बारेमा थप जानकारी लिनका लागि ९८०१२३३०२५ मा सम्पर्क गर्न वा बेनेलीको वेबसाइटमा लगइन गर्न सकिने छ ।