हिरोले गर्यो ‘एक्स्ट्रीम १६०आर’ लाई शोकेस, ६० केएमपीएच सम्मको स्पीड केवल ४.७ सेकेण्डमै पुरा गर्न सक्ने

काठमाडौं । हिरोले आफ्नो विल्कुलै नयाँ मोटरसाइकल एक्स्ट्रीम १६०आरलाई शोकेस गरेको छ । हिरोले यस मोटरसाइकललाई आगामी मार्च महिनामा भारतिय बजारमा आधिकारीक रुपमा सार्वजनिक गर्ने भएको छ । लञ्च पश्चात यो मोटरसाइकलले आफ्नै १५० सीसी मोटरसाइकल एक्स्ट्रीम स्पोर्टसकाे स्थान लिनेछ । कम्पनीले यस मोटरसाइकललाई ड्रम र डिस्क गरी दुई भेरियन्टहरुमा उपलब्ध गराउनेछ । एक्स्ट्रीम १६० आरले स्पोर्टी र एग्रेशिभ स्टाइलिङ्ग पाएको छ र यो स्टाइलिङ्ग हिरोले केहि महिना अगाडि प्रदर्शन गरेको कन्सेप्ट बाइक एक्स्ट्रीम १आर सँग प्रभावित छ । यो मोटरसाइकल सेग्मन्टकै पूर्ण एलईडी लाइटिङ्ग भएको मोटरसाइकल पनि हो । त्यसैगरी यसमा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, इञ्जिन साइड स्ट्याण्ड कटअफ स्वीच र हजार्ड ल्याम्प्स लगायत विशेषता पनि समावेश छन् । हिरोले यो बाइकलाई ह्वाइट, रेड र ब्लु गरी तिन कलर अप्सनमा ल्याउनेछ । यो बाइकमा बीएस६ मापदण्डको १६० सीसी एयर–कुल्ड फ्युल–इन्जेक्टेड इञ्जिन समावेश गरिएको छ जसले १५ एचपीको पावर र १४ एनएमको टर्क उत्पादन गर्दछ । ५ गियर भएको यो बाइकको तौल १३८.५ केजीको मात्र रहेको छ । यो बाइकको पावर टु वेट रेशियो सेग्मेन्टकै राम्रो रहेको छ जसले गर्दा बाइकले ० देखि ६० केएमपीएचको स्पीड केवल ४.७ सेकेण्डमै पुरा गर्न सक्दछ । कम्पनीले एक्स्ट्रीम १६०आर लाई सेग्मेन्टकै फास्ट मोटरसाइकलको संज्ञा दिएको छ । डाउनट्युब फ्रेममा निर्माण भएको यो मोटरसाइकलमा अगाडितर्फ टेलिस्कपिक फर्क र पछाडि भने ७–स्टेप एड्जस्टेवल मोनोशक जडान गरिएको छ । त्यसैगरी यसको दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ भने सेफ्टी फिचरको रुपमा चाहिँ सिङ्गल–च्यानल एबीएस समावेश गरिएको छ । हिरोले यसको ड्रम भेरियन्टको पछाडिको चक्कामा ड्रम ब्रेक जडान गर्नेछ । हिरोले सो मोटरसाइकलको लागि मूल्य घोषणा भने गरेको छैन । तर सधैंजसो सेग्मेन्टमै कम मूल्य पर्ने मोटरसाइकल ल्याउँदै गरेको कुरालाई विचार गर्ने हो भने यो मोटरसाइकलको मूल्य पनि सेग्मेन्टमै सस्तो पर्ने अनुमान लगाउन चाहिँ सकिन्छ । एक्स्ट्रीम १६०आर बजारमा आएपछि यसले बजाजको पल्सर एनएस१६०, होण्डाको सिबि हर्नेट १६०आर, सुजुकीको जिक्सर र यामाहाको एफजि भी३ लगायतका मोटरसाइकलहरु सँग प्रतिष्पर्धा गर्नेछ । 

महिन्द्रा एक्स यूभी ३००ले पायो ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड

काठमाडौं । महिन्द्रा एक्स यूभी ३०० ले ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड प्राप्त गरेको छ । उक्त अवार्ड भारतमा बिक्री हुने कारहरुमध्ये उच्चतम स्तरको सुरक्षाप्रदर्शन गरेका सवारी साधन निर्माताहरूलाई मात्र प्रदान गर्छ । महिन्द्रा एक्स यूभी ३०० ले जनवरी महिनामा मात्र वयस्कहरूमा फाइभ स्टार सुरक्षा रेटिङ र बालबालिकाहरूको सुरक्षाका लागि फोर स्टार रेटिङ पाउन सफल भएको थियो । जुन यो अभियानअन्तर्गतको उच्चतम स्कोर हो । ग्लोबल एनसीएपीका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत डेभिड वार्डले भने, ‘महिन्द्रा र भारतीय अटो उद्योगका लागि ऐतिहासिक क्षण हो, जुन मुलुककै लागि सवारी साधन सुरक्षा प्रदर्शनका लागि महत्वपूर्ण विन्दु बनेको छ । सन् २०१८ मा हामीले ‘सेफर च्वाइस’ अवार्ड च्यालेन्ज स्थापना गरेपछि एक भारतीय सवारी साधन निर्माताले यस ढंगबाट सुरक्षाका नेतृत्व लिइरहेको देख्दा उच्चतम सन्तुष्टि मिलेको छ ।’ यो एक्स यूभी ३००, चित्ताकर्षक (हेड–टर्निङ) र चितुवाबाट प्रेरित डिजाइन, ‘फन टू ड्राइभ’ प्रदर्शन, उत्कृष्ट वर्गको सुरक्षा विशेषता, हाइ–टेक विशेषता वर्गमा पहिलो तथा उत्कृष्ट आन्तरिक सजावट/बनावटले यसलाई रोमान्चक र बहृत् प्याकेजसहितको यो वर्गका सवारी साधनमा एक मानकका रूपमा स्थापित भएको छ । यो पेट्रोल र डिजेल इन्जिनका दुवै विकल्पमा उपलब्ध छ । एक्य यूभी ३००को मूल्य पेट्रोल डब्लूफोर मोडल ३९ लाख ७५ हजार र डिलेज डब्लूफोर मोडल ४१ लख २५ हजार तोकिएको छ भने यो नेपालभरका सबै अग्नि इन्कर्पोरेटेडका डिलरहरूमा उपलब्ध छ । ग्लोबल एनसीएपीले सन् २०१८ मा सम्पन्न भएको दिल्ली अटो एक्स्पोका क्रममा ‘सेफर च्वाइस’ अवार्डको स्पष्र्धा शुरु गरेको हो । यो प्रतिष्ठित पुरस्कारका लागि योग्य हुनका लागि कार मोडल एनसीएपीको बजार परीक्षण प्रोटोकलको नवीनतम संस्करणअनुसारको मोडलले सवारीसाधनमा वयस्कका सुरक्षामाफाइभ स्टार स्कोर प्राप्त गर्नु अनिवार्य छ । मोडलमा विद्युतीय स्थिरता नियन्त्रण (इएससी) हुनुपर्छ र संयुक्त राष्ट्र संघको नियमयूएन १३ एच, यूएन १४० वा जीटीआर ९ अनुसारका प्रदर्शन आवश्यकताहरू पूरा गरेकै हुनु पर्नेछ । मोडलले संयुक्त राष्ट्र संघीय नियमयूएन १२१ वा जीटीआर ९ अनुसारको पैदल यात्रु सुरक्षा आवश्यकताहरू पूरा गरेको हुनु पर्नेछ । जसलाई ग्लोबल एनसीएपीद्वारा चयन गरिएको प्रयोगशालामाबजार इकाईमा मान्यताप्रदान गरिसकेको छ ।

 बीएस६ इञ्जिन सहित हुण्डाई भेन्युको नयाँ संस्करण आउँदै, थपिनेछन् यस्ता विशेषता

काठमाडाैं । हुण्डाईले २०२० संस्करणको ‘भेन्यु’ लाई अर्को महिना भारतिय बजारमा सार्वजनिक गर्ने भएको छ । पहिलेको भेन्युको तुलनामा नयाँ भेन्युमा विभिन्न परिमार्जनका साथै केही फिचरहरु पनि थप गरिने भएको छ । प्रमुख परिमार्जनको रुपमा २०२० भेन्युमा बीएस६ मापदण्डको १.५–लिटर डिजेल इञ्जिन जडान गरिनेछ । हाल बजारमा उपलब्ध रहेको भेन्युमा बीएस४–मापदण्डको १.४–लिटर डिजेल इञ्जिन समावेस छ । नयाँ भेन्यु पहिलेजतिनै भेरियन्टहरुमा उपलब्ध हुनेछ । थप फिचरहरुको रुपमा चाहिँ इन्ट्री–लेभल ई र मिड लेभल एस भेरियन्टहरुले अल्टरनेटर म्यानेजमेन्ट सिस्टम (एएमएस) को विशेषता पाउनेछन् जसले ब्याट्रीको आयुलाई बढाउन मद्दत गर्दछ । त्यसैगरी एउटा टप भेरियन्ट एसएक्सले चाहिँ क्रमशः टायर प्रेशर मोनिटरिङ्ग सिस्टम र बाँकी टप भेरियन्ट एसएक्स प्लस र एसएक्स (ओ) ले चाहिँ थप एउटा १२–भोल्टको ब्याट्री पाउनेछन् । यसका प्रतिष्पर्धी महिन्द्रा एक्सयुभि३००, मारुती सुजुकी भिटारा ब्रेजा, फोर्ड इकोस्पोर्ट र टाटा नेक्शन लगायतहरु नयाँ इञ्जिनका साथ अपडेट भएर आइसकेका छन् । भेन्युमा अटोमेटिक गियरको अप्सन उपलब्ध छैन भने टाटा नेक्सन, एक्सयुभि३०० र किया सोनेट लगायतमा चाहिँ यो फिचर समावेश छ । त्यसैले भेन्युको लागि यी कारहरु कडा प्रतिष्पर्धीको रुपमा उभिएका छन् । नयाँ इञ्जिन र थप फिचरहरु समावेश गर्नुले भेन्युको लोकप्रियता बजारमा बढाउला कि यसको बजार प्रदर्शन आफ्नो प्रतिष्पर्धी भन्दा फितलो भएर जाला ? त्यो त समयले नै बताउने छ ।