आईएमई मोटर्स एनपीएलको ब्याकअप पावर पार्टनर र ट्राभल पार्टनर

काठमाडौं । आईएमई मोटर्सले नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन २ को ब्याकअप पावर पार्टनर र ट्राभल पार्टनरको रूपमा काम गर्ने भएको छ ।  यससम्बन्धी सम्झौतापत्रमा नेपाल क्रिकेट संघको तर्फबाट सचिव पारस खड्का र आईएमई मोटर्सको तर्फबाट डीजीएम सुशिल सुवेदीले हस्ताक्षर गरे । सम्झौताअनुसार आईएमई मोटर्सले नोभेम्बर १७ देखि डिसेम्बर ७ सम्म हुने एनपीएलमा लेपावर र अशोक लेल्यान्ड ब्रान्डले इलेक्ट्रिसिटी पावर ब्याकअप र यातायात सुविधा उपलब्ध गराउने छन् । पावर पार्टनरको रूपमा लेपावरले सम्पूर्ण इलेक्ट्रिकल ब्याकअप उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसका लागि आवश्यक सेटअप, अपरेसन र लगातार रूपमा अनुगमन गर्नका लागि प्राविधिक जनशक्ति समेत उपलब्ध गराउने छ । त्यसैगरी, ट्राभल पार्टनरको रूपमा अशोक लेल्यान्डले बस लगायतका सवारीसाधन उपलब्ध गराउने छ । इभेन्टसँग सम्बन्धित खेलाडी, अम्पायर ओसारपसार कार्यमा यी सवारी साधनको प्रयोग हुनेछ । यसका लागि अनुभवी ड्राइभरसमेत कम्पनीले उपलब्ध गराउने छ । आईएमई मोटर्सले उच्चतम प्रदर्शन र इन्धन किफायतीपना उपलब्ध गराउने गरी डिजाइन गरिएको हिनो इन्जिनद्वारा सञ्चालित लेपावर जेनसेट नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।  यसले नेपालको सहरी, औद्योगिक र व्यावसायिक क्षेत्रको पावर सोलुसनमा महत्त्वपूर्ण योगदान दिने गरेको कम्पनीको भनाइ छ । त्यसैगरी, अशोक लेल्यान्डका पिअकप देखि लाइट कमर्सियल भेइकल, हेभी ड्युटी ट्रक, विभिन्न मोडलका ट्रिपर, प्यासेन्जर र स्कुल बस लगायतका विभिन्न सवारीसाधन उपलब्ध छन् ।  

विराटनगरमा पनि प्रोटोन ईमासको शोरुम

विराटनगर । जगदम्बा मोटर्स प्रालिअन्तर्गतको नेपालकै अग्रणी इलेक्ट्रिक सवारीसाधन ब्रान्ड प्रोटोन ईमासले शुक्रबार विराटनगरमा अत्याधुनिक थ्रीएस शोरूमको औपचारिक उद्घाटन गरेको छ । नयाँ शोरुमको सञ्चालनले नेपालभर ईभी नेटवर्क विस्तार गर्ने प्रोटोन ईमासको लक्ष्यमा योगदान पुर्याउने जगदम्बा मोटर्सले विश्वास लिएको छ । शोरुमले विराटनगरका प्रोटोन ईमासका ग्राहकहरूलाई देशभरको समान प्रिमियम मापदण्डसहितको सुविधा उपलब्ध गराएको छ ।  शोरुममा विस्तृत बिक्री परामर्श, प्राविधिक दक्षतासहितको सेवा सुविधा, मूल स्पेयर पाट्र्स उपलब्धता जस्ता सम्पूर्ण सुविधाहरू एकै ठाउँबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । उद्घाटन समारोहमा नाडा कोशीका अध्यक्ष दिल्लीराम आचार्यसहित स्थानीय सरोकारवाला, उद्योगी, व्यवसायी लगायतको उपस्थिति थियो ।  उद्घाटन समारोहमा बोल्दै जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले विराटनगरमा शोरुम खोल्न पाउँदा खुसी व्यक्त गरे । पूर्वदेखि पश्चिमसम्म आफ्नो उपस्थिति विस्तार गरिरहेको प्रोटोन ईमासले सफा, स्मार्ट र दिगो गतिशीलतालाई नेपाली परिवारहरूले सहजै अपनाउन सकून् भन्ने लक्ष्यसहित आफ्नो यात्रालाई निरन्तर अघि बढाइरहेको हो ।

होण्डाले २००१ देखि २०१४ सम्मका मोडेलका गाडीहरुमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने

काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘सेफ्टी रिकल’ अभियानको घोषणा गरेको छ ।  यस अभियानअन्तर्गत कम्पनीले सन् २००१ देखि २०१४ सम्मका मोडेलका होण्डा गाडीहरूको एयरब्याग पूर्ण रूपमा निःशुल्क परिवर्तन गर्ने भएको छ । यो ुसेफ्टी रिकलु अभियान होण्डा मोटर कम्पनी, जापानको विश्वव्यापी अभियानको एक हिस्सा हो ।  ग्राहकप्रतिको आफ्नो उत्तरदायित्वलाई मनन गर्दै स्याकार ट्रेडिङले नेपालमा पनि यो अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरेको हो । यस अभियान अन्तर्गत ज्याज, अकर्ड, सीआर-भी, सिभिक, सिटी र स्ट्रिम मोडेलका गाडीहरू समावेश गरिएका छन् । कम्पनीले यी गाडीहरूको एयरब्याग कुनै पनि शुल्क नलिई दक्ष प्राविधिकहरूद्वारा परिवर्तन गरिदिने व्यवस्था मिलाएको छ । स्याकार ट्रेडिङले उल्लेखित मोडेलका गाडीधनीहरूलाई आफ्नो गाडी यस अभियानमा समावेश छ वा छैन भनी यकिन गर्न र तुरुन्तै अपोइन्टमेन्टका लागि नजिकको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।