नाइमा मोबिलिटी एक्स्पोमा विद्युतीय गाडीको लहर, ५ लाखदेखि २० लाखसम्मको छुट

काठमाडौं । नेपाली अटोमोबाइल जगतको सबैभन्दा ठूलो मेला ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ राजधानीको भृकुटीमण्डपमा उत्साहका साथ सुरु भएको छ ।  नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले पहिलो पटक आयोजना गरेको यो एक्स्पोले स्पष्ट संकेत गरेको छ कि अब नेपाली अटो बजार पूर्ण रूपमा विद्युतीय गाडी (ईभी) तर्फ केन्द्रित भएको छ । एक्स्पोको पहिलो दिनमै बुधबार दुई दर्जनभन्दा बढी नयाँ मोडलका सवारीसाधन सार्वजनिक भएका छन् । एक्स्पोमा अधिकांश कम्पनीहरूले नयाँ विद्युतीय मोडलहरू सार्वजनिक गरेका छन् भने केहीले पेट्रोल र हाइब्रिड गाडीका नयाँ संस्करण पनि प्रदर्शन गरेका छन् । ग्राहकहरूलाई आकर्षित गर्न कम्पनीहरूले भारी छुटलगायतका विभिन्न स्किमहरू ल्याएका छन् ।  कुन ब्राण्डको के छ अफरहरू ? प्रोटोन शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले मलेसियन ब्रान्ड प्रोटोनलाई नेपाली बजारमा भित्राएको छ । चिनियाँ अटोमोबाइल ‘जीली’ सँगको सहकार्यमा निर्मित ‘प्रोटोन ई मास ७’ दुई भेरिएन्टमा सार्वजनिक गरिएको हो । जसमा प्राइम भेरिएन्ट र प्रिमियम भेरिएन्ट रहेका छन् । प्राइम भेरिएन्टको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसमा ४९.५२ किलोवाट ब्याट्री र ३४५ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।  प्रिमियम भेरिएन्टको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार यसमा ६०.२२ किलोवाटको ठूलो ब्याट्री र ४१० किलोमिटर रेन्ज दिन्छ । यसमा विश्वकै सबैभन्दा उन्नत मानिएको ‘सर्ट ब्लेड ब्याट्री’ प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ । एक्स्पो अफरअन्तर्गत ४० प्रतिशत डाउन पेमेन्टमा ४ वर्षसम्म शून्य प्रतिशत ब्याजदरको आकर्षक योजना ल्याइएको छ । साथै ८ वर्षको असीमित किलोमिटर वारेन्टीले ग्राहकलाई थप विश्वस्त पारेको छ । हुन्डाई लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको स्टलमा हालै सार्वजनिक भएको ‘क्रेटा ईभी’ लाई मुख्य आकर्षण बनाएको छ । तर सबैभन्दा ठूलो घोषणा भने नेपालमै एसेम्बल गरिएका गाडीहरूमा केन्द्रित छ । नेपालमा निर्मित गाडीमा कम्पनीले नवलपरासीको रामग्राममा रहेको एसेम्ब्ली प्लान्टमा बनेका भेन्यू र क्रेटा मोडलहरूमा १० वर्षको निःशुल्क सर्भिसिङको अफर दिएको छ । एक्स्पो अवधिभर गाडी बुकिङ गर्ने ग्राहकका लागि विशेष नगद छुट, एक वर्षको निःशुल्क बीमा, सडक करको सुविधा र लक्की ड्रमार्फत एक जनालाई भियतनाम भ्रमणको अवसर प्रदान गरिने कम्पनीले जनाएको छ । जीकर र निशान पायोनियर मोटर कर्पले आफ्नो प्रिमियम ईभी ‘जीकर एक्स’ को मूल्यमा भारी कटौती गरेको छ । ८५ लाख रुपैयाँ पर्ने यो गाडी नाइमा मोबिलिटी एक्स्पो र दशैंको लागि मात्र ७० लाख रुपैयाँमा उपलब्ध गराइएको छ । यो १५ लाखको छुट हो ।  यसैगरी, एसपीजी अटोमोबाइल्सले जापानिज ब्रान्ड निशानको चर्चित ईभी ‘लिफ’ अहिलेसम्मकै ठूलो छुट दिएको छ । ६५ लाख रुपैयाँ पर्ने यो गाडी एक्स्पो अवधिभर ४५ लाख रुपैयाँमा उपलब्ध गराएको छ । जुन २० लाख रुपैयाँ छुट हो ।  बीवाइडी चिनियाँ विद्युतीय गाडी बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले मोबिलिटी एक्स्पोमा आफ्नो नयाँ र बहुप्रतीक्षित ह्याचब्याक ‘एटो वान’ (सिगल) सार्वजनिक गरेको छ । सानो र किफायती गाडी खोज्नेहरूका लागि यो उत्कृष्ट विकल्प बन्न सक्ने कम्पनीले दाबी गरेको छ । यसमा बस भेरिएन्टको मूल्य २८ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । यसले २३० किमि रेन्ज दिने कम्पनीको दावी छ ।  यसैगरी, टप भेरिएन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ  । यसको रेन्ज ३०० किमि रहेको कम्पनीले जनाएको छ । फक्सवागन  फक्सवागनले पावर र पर्फर्मेन्स रुचाउनेहरूका लागि १.५ लिटर टर्बो इन्जिनसहितको टाइगुन र भर्टुस जिटी सार्वजनिक गरेको छ । यसमा प्रयोग भएको ‘एसीटी टेक्नोलोजी’ ले कम स्पिडमा दुईवटा सिलिन्डर मात्र सक्रिय गराई इन्धन बचत गर्ने कम्पनीको दाबी छ । जसले १ हजार ५ सय सीसीको गाडीमा पनि १२–१३ किमि प्रतिलिटरको माइलेज दिन्छ । ग्रेट वाल मोटर्स  जीएमडब्लुले आफ्नो प्रिमियम हाइब्रिड एसयूभी ‘ट्यांक ५००’ लाई मुख्य आकर्षण बनाएको छ । जसको मूल्य २ करोड १५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । साथै विद्युतीय गाडी ‘ओरा ०३’ मा विशेष अफर अन्तर्गत ३९ लाख ९९ रुपैयाँमा उपलब्ध गराइएको छ । जसमा ७ किलोवाटको चार्जर र एक वर्षको बीमा निःशुल्क छ । म्याक्सस प्रिमियम र लग्जरी एमपीभी खोज्नेहरूका लागि म्याक्ससले ‘मिफा ७’ सार्वजनिक गरेको छ । यसको मूल्य १ करोड २५ लाख तोकिएको छ भने एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूलाई २० लाख रुपैयाँ र ई–टेरोन पिकअप बुक गर्नेलाई ५ लाख रुपैयाँ नगद छुट लगायत अन्य विशेष अफरहरू दिएको छ ।  सात सिट क्षमता भएको यो लक्जरी एमपीभीलाई म्याक्ससको नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले भित्र्याएको हो । एमजी  एमजीले आफ्नो नयाँ गाडी ‘आईएम ६’ प्रदर्शनमा राखेको छ । जसको रेन्ज ४५० किलोमिटर छ । यसको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ रहेको छ । साथै कमेट, एमजी ४ र जेडएस ईभीजस्ता मोडेलमा पनि आकर्षक अफरहरू छन् ।  चेरी (ओमोडा/जेको) चेरीले आफ्नो नयाँ मोडल जेको जे ५ लाई एक्स्पोमा ५६ लाख ९९ हजार रुपैयाँको विशेष मूल्य दिएको छ । यो गाडी ६० लाख ९९ हजार रुपैयाँको मूल्यमा सार्वजनिक गरेको थियो ।  हेनरी बोल्ट्स एक्स्पोमा यो ब्रान्डले आफ्नो नयाँ मोडेल सी प्रो सार्वजनिक गरेको छ । जसमा १ लाख ५० हजार रुपैयाँ छुट छ भने पुरानो मोडेल एचमा २ लाख ५० हजार रुपैयाँको छुट दिइएको छ । फोर्थिङ लक्ष्मी इ-मोबिलिटीले नयाँ ब्रान्ड फोर्थिङको ‘फ्राइडे ईभी’ सार्वजनिक गरेको छ । जसको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो गाडी आजै सार्वजनिक गरिएको हो । सनलङ ब्लू कर्पोरेशन प्रालिले सनलङको १२ र १३ सिटे माइक्रोभ्यान एक्स्पोमा सार्वजनिक गरेको छ । सनलङले दुईवटा माइक्रो ईभी भ्यान यु वान ४७ लाख ४७ हजार रुपैयाँ र यु २ ५१ लाख ५१ हजार रुपैयाँमा विशेष स्किमहरू ल्याएको छ ।  कामा कामाले आफ्ना ईभी ट्रक र भ्यानमा १० हजारदेखि ५० हजारसम्मको नगद छुट, २ लाखको मूल्य कटौती र एक वर्षको बीमा तथा सडक करको सुविधा दिएको छ । यो गाडीको आधिकारिक वितरक त्रिवेणी ग्रुप हो । लिपमोटर यो ब्रान्डले सी १०, बी १० र टी ०३ जस्ता मोडलहरू प्रदर्शनमा राखेको छ । सी १० को मूल्य ६४ लाख ९९ हजार रुपैयाँ र टी ०३ को मूल्य २७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स हो । क्यारी लक्ष्मी ग्रुप अन्तर्गतको यो ब्रान्डले आफ्ना १५ र १६ सिटे ईभी भ्यानहरू केभिन १ र केभिन २ लाई क्रमशः ५८ लाख ५६ हजाररुपैयाँ र ६३ लाख ६ हजार रुपैयाँको मूल्यमा सार्वजनिक गरेको छ । टोयोटा टोयोटाले ‘यारिस क्रस हाइब्रिड’ र भर्खरै सार्वजनिक गरेको ‘प्राडो एलसी २५०’ लाई मुख्य आकर्षण बनाएको छ । हाइब्रिड गाडीमा ८ लाखसम्म र प्राडोमा ११ लाखसम्मको छुट प्रदान गरिएको युनाइटेड ट्रेडर्स सिन्डिकेटले जनाएको छ ।  मित्सुबिसी मित्सुबिसीले आफ्ना पजेरो स्पोर्ट, एक्लिप्स क्रस र आउटल्यान्डर जस्ता गाडीहरूमा भारी छुटको व्यवस्था गरेको छ । तर कुनमा कति अफर भनेर खुलाएको छैन । लियोन मोटर्स नेपालका लागि आधिकारिक वितरक हो।  केइ यस्तै विद्युतीय गाडी केइले पनि नाइमा मोबिलिटी एक्स्पो अवधिभर ९ लाखसम्मको छुट दिएको छ । 

गोगोरो स्कुटर अब झनै मुल्यवान, नेपालमा पहिलो पटक बाइब्याक कार्यक्रम सुरु

काठमाडौं । गोगोरो स्कुटरको नेपालका लागि आधिकारिक पार्टनर नेब्युलाइनर्जीले नेपालमै पहिलो पटक विद्युतीय दुईपांग्रे सवारीका लागि बाइब्याकग्यारेन्टी कार्यक्रम सुरु गरेको छ । कार्यक्रमले ग्राहकहरूलाई थप भरोसादिलाउँदै नेपालीबजारमा ब्राण्डको दीर्घकालीन प्रतिबद्धता पनि देखाएको छ । कार्यक्रममार्फत गोगोरो नेपालमा निश्चित रिसेल भ्यालु दिने पहिलो विद्युतीय दुईपांग्रे सवारी ब्रान्ड बनेको छ । कार्यक्रम साउन १९ गतेदेखि आधिकारिक रूपमा लागू भएको छ । यस अन्तर्गत गोगोरोले अब आफ्ना स्मार्ट स्कुटर किन्नेहरूलाई ढुक्क बनाउने गरी ५ वर्ष वा ४० हजार किलोमिटर अवधिभित्र १ लाख रुपैयाँको बाइब्याक भ्यालु ग्यारेन्टी गर्नेछ । कम्पनीका अनुसार विद्युतीय सवारी साधन (ईभी) प्रयोगकर्ताहरूको मुख्यचिन्ता भनेको ब्याट्री बिग्रँदै जानु हो । जसले रिसेल भ्यालु घटाउँछ । तर गोगोरोले यस समस्याको समाधान ब्याट्री स्वापिङ प्रविधिबाट गरेको छ । परम्परागतईभीहरुमा ब्याट्री सवारीधनीकै हुन्छ भने गोगोरोमाग्राहकले ब्याट्री किन्ने होइन, बरु गोगोरोद्वारा नै सञ्चालित ब्याट्री स्वाप स्टेशनमा स्वाप गर्ने हो । यसकै परिणामस्वरूप, गोगोरो बाइब्याकग्यारेन्टी दिन सक्ने स्थितिमापुगेको छ र नेपालको विद्युतीय यातायात बजारमा भरोसा र दीर्घकालीन मूल्यको नयाँ मापदण्ड स्थापना गरेको छ । 'गोगोरो नेपालको यातायातको भविष्य हो' नेब्युलाइनर्जीका जनरल म्यानेजर चिरञ्जीवीशाहले भने,'सुरुदेखि नै हामीले गरेको लगानीले यही प्रतिबद्धता झल्काउँदै आएको छ । हामीले काठमाडौंभर ४५ वटा ब्याट्री स्वापिङ स्टेसनको नेटवर्क निर्माण गरेपछि मात्र सेवा सञ्चालन सुरु गरेकाथियौं । आजहामी त्यो प्रतिबद्धतालाई अझ अगाडि बढाउँदैछौँ ।'

फक्सवागनका दुई मोडल भर्टुस र टाईगुन नेपाली बजारमा

काठमाडौं । नेपाली उपभोक्ताको मागलाई मध्यनजर गरी जर्मन ब्राण्ड फक्सवागनको लागि नेपालको एक मात्र आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल प्रालिले नाइमा अटो शोमा भर्टुस सेडान र नयाँ टाईगुन गाडीको लञ्च गरेको छ ।  यी दुवै गाडीहरूमा यस सेग्मेन्टको सबैभन्दा पावरफुल १.५ लिटरको टर्वो पावर इन्जिन जडान गरिएको छ । अत्याधुनिक प्रविधिद्वारा सुसज्जित यी दुवै गाडीहरूमा पावरको आवश्यकता अनुसार दुई वा चारै सिलिन्डरद्वारा चल्ने १५०० सी.सी. बाट १५० हर्ष पावर उत्पादन गर्न सक्षम फ्युल इफिसेन्ट इन्जिन रहेको छ ।  वट्रस जी टी सेडान र टाईगुन एसयूभी विश्वकै उच्च स्तरको सुरक्षा मापदण्ड एन क्यापमा पाँच तारा पाएका मोडल हुन् । फक्सवागन भर्टुस सेडान भएता पनि हाल नेपालमा उपलब्ध धेरै एसयूभीभन्दा पनि बढी अर्थात् १८० मि.मि. को ग्राउण्ड क्लियरेन्सका साथ आउँछ । बलियो च्यासिस, पावरफुल इन्जिन तथा उच्च ग्राउण्ड क्लियरेन्सले गर्दा सहर होस् वा ग्रामीण सडक सबै ठाउँमा यो गाडी लान सकिन्छ । नेपालको बाटोमा सुहाउँदो, १८८ एमएमको ग्राउण्ड क्लियरेन्स तथा अत्याधुनिक सेभेन स्पिड गियरबक्सका साथ लञ्च गरिएको यस एसयूभीमा सम्पूर्ण सुरक्षा तथा कम्फर्टटका फिचरहरू राखिएको छ । उदाहरणका लागि ६ वटा एयर ब्याग, इलेक्ट्रोनिक स्टायविलिटी कन्ट्रोल, हिल होल्ड कन्ट्रोल इत्यादि दुवै मोडलमा राखिएको छ ।