एमभी दुगडले नेपाली बजारमा ल्यायो जेसिट्स इभी स्कुटर, कति पर्छ मूल्य ?

काठमाडौं । नेपाली बजारमा जेस्टिस् इभी स्कुटर सार्वजनिक भएको छ । एम.भी दुगड़ ग्रुपले नेपालमा पहिलोपटक सोमबार एक कार्यक्रम गर्दै उक्त स्कुटर सार्वजनिक गरेको हो । कम्पनीले विद्युतीय सवारी साधनको क्षेत्रमा आफ्नो सहभागिता जनाउँदै इन्डोनेसियन ब्रान्ड जेनिट्सको स्कुटर नेपालमा भित्र्याएको हाे । रातो, सेतो र कालो गरी ३ वटा रंगमा उपलब्ध भएको यस स्कुटरको उद्घाटन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्घाटन गरेका थिए । नयाँ प्रविधी र आकर्षक डिजाइन रहेको यस स्कुटरमा नेपाली बाटोकाे लागि सुहाउँदो रहेको कम्पनी बताउँछ । कम्पनीको अनुसार यो नेपालमा भएको अहिलेसम्मको सबैभन्दा ठूलो टायर भएको विद्युतीय स्कुटर रहेको छ ।   यस्तै, अन्य इभी स्कुटरमा नभएको प्रविधी मोनोसक र ड्राइभ बेल्ट यस स्कुटरमा रहेको र स्कुटरको ब्याट्री डिट्याचेबल भएकाले निकालेर पनि सुरक्षित राख्न सकिने कम्पनीले बताएको छ । आधुनिक दुई डिस्क ब्रेक सुविधाहरुले सुसज्जित यस स्कुटर ब्रेक हान्दा ब्याट्री स्वचालित रुपमा रिचार्ज हुने कम्पनी बताउँछ । यस स्कुटरमा ५ किलोवाटको विद्युतीय मोटर जडान हुनुकाे साथै ७२ भोल्ट र २० एएच लिथियम आयन ब्याट्री रहेको छ । यस स्कुटलरलाई एकपटक फूल चार्ज गरेपछि १०० किलोमिटरसम्मको यात्रा तय गर्न  सकिने कम्पनीले बताएको छ । अधिकतम गति ७६ किलोमिटर प्रतिघण्टा रहेको यस इभी स्कुटरको ब्याट्री ९० मिनेटमा फूल चार्ज हुन्छ । कम्पनीले डबल ब्याट्रि जडान भएको यस स्कुटरको मूल्य ४ लाख १० हजार र सिंगल ब्याट्रि जडान भएको स्कुटरको मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकेको छ ।  

एक्साइडको नयाँ मोटरसाइकल ब्याट्री नेपाली बजारमा

काठमाडौं । एक्साइड ब्राण्डको एक्सप्लोर नामक नयाँ ब्याट्री नेपाली बजारमा सार्वजनिक गरिएको छ । सबै प्रकारका मोटरसाइकलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङले यसको बिक्री वितरण आरम्भ गरेको हो । कम्पनीका अनुसार ‘स्पिल प्र्रुफ’ डिजाइन गार्ड, ग्यास रिकम्बिनेसन प्रणाली, एवम् लिड क्याल्सियम प्रविधिजस्ता  विशेषता यस ब्याट्रीमा छ । ब्याट्रीमा पानी कहिल्यै थप्नु नपर्ने र फ्याक्ट्रीबाट नै चार्ज भएर आउने कम्पनीले जनाएको छ । ‘एक्सप्लोरको डब्बामा पोली प्रोपिलिन प्लास्टिक र सिन्थेटिक रेजिनको प्रयोग गरिएको छ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘४८ महिना लामो वारेन्टी भएको यस ब्याट्रीले प्रयोगकर्तालाई मर्मत सम्भारको झन्झट टाढा राख्दछ ।’      

सुजुकीको ग्राण्ड भिटारा र नयाँ ब्रेज सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । सुजुकीको ग्राण्ड भिटारा र न्यू ब्रेजा गाडी सार्वजनिक भएको छ । नेपालको लागि सुजुकी गाडीहरूको आधिकारिक वितरक सिजी मोटोकर्पले शुक्रबार एक कार्यक्रम गर्दै दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक गरेको हो । नयाँ संस्करणको ग्राण्ड भिटारामा अरु गाडी भन्दा फरक बाहिरी डिजाइन देख्न पाइने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यस गाडीमा भारतीय बजारमै पहिलो पटक, अत्याधुनिक र कम इन्धन खपत गर्ने ‘फूल आइबर्ड’ प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ । ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट–जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु उपलब्ध छन् । नयाँ ब्रेजामा भएको हाई-टेक सुविधाहरू नेपाली सडकको लागि उपयुक्त हुने कम्पनीको बताउँछ । एसयूभी सेग्मेन्टमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने बिश्वास कम्पनीले लिएको सीजी होल्डिंग्सका कार्यकारी निर्देशक करण चौधरीले बताए । ‘पछिलो समयमा नेपाली बजारमा एसयूभीको माग उच्च छ, हाम्रो सडकमा ड्राइभिङ गर्न योग्य एसयूभी उचित हुन्छ, ग्राहकले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने गर्दछन्, यसमा सेगमेन्ट–फर्स्ट सुविधाहरू, प्रिमियम इन्टेरियर, आकर्षक डिजाइन र उन्नत अटोमोबाइल प्रविधियुक्त नयाँ ग्रान्ड भिटारा र ब्रेजा, यो सेगमेन्टमा गेम चेन्जर हुनेछ,’ उनले भने । यस्तो छ विशेषता नयाँ ग्रान्ड भिटारा १.५ लिटर पेट्रोलमा स्मार्ट हाइब्रिड र इन्टेलिजेन्ड हाइब्रिड गरी दुई इन्जिन विकल्पमा उपलब्ध छ । १४६२ सिसी डिस्प्लेसमेन्ट रहेको नयाँ ग्रान्ड भिटारामा २,६०० एमएम ह्विलबेस र १७ इन्चको टायर रहेको छ । हाइब्रिड यो गाडीमाः विद्युतीय मोटर र पेट्रोल इन्जिन जडान भएको छ । गाडीमा फरक बाटोको लागि फरक–फरक ड्राइभ मोडहरू जस्तै इभी, इको, पावर र नर्मल छन् । राम्रो माइलेज २७.९७ कि.मि./लिटर यस गाडीले २१.११ कमिलोमिटर प्रतिघण्टासम्म उत्कृष्ट माइलेज दिन्छ । २५०० मिलिमिटर अग्लो ब्रेजा गाडीको अधिकतम पावर ७५.८ किलोवाट र ६००० आरएमपी रहेको छ । साथै यसमा ४८ लिटर इन्धन अट्न सक्ने टयाङ्की रहेको छ । यस्ताे छ मूल्य