कम्प्युटरमा समस्या आउँदा टोयोटाले रोक्यो काम

एजेन्सी । यान्त्रिक गडबडीका कारण टोयोटा मोटरले उत्पादनसम्बन्धी सबै काम रोकेको छ । कम्प्युटर प्रणालीमा उत्पन्न खराबीका कारण जापानमा रहेका कम्पनीका १४ मध्ये १२ वटा एसेम्ब्ली प्लान्टको सञ्चालन मंगलबार बिहानैदेखि स्थगन गरिएको जनाइएको छ । टोयोटा मोटरका प्रवक्ताका अनुसार कारखानामा उपभोक्ताले मंगलबार बिहानैदेखि सवारी साधनका पार्टपुर्जा अर्डर गर्न नपाएकाे र  कम्प्युटर प्रणाली कहिले सञ्चालन आउँछ  भन्ने स्पष्ट छैन । फुकुओका प्रिफेक्चरको मियाता प्लान्ट र दाइहात्सु मोटर कम्पनीको क्योटो प्लान्ट बाहेक २५ कारखाना प्रभावित भएका छन् । गत वर्ष फेव्रुवरीमा टोयोटाले कम्पनीमा सरसामान र उपकरण आपूर्तिकर्ता कोजिमा इन्डस्ट्रिज कर्पोरेशनको प्रणालीमा समस्या हुँदा देशभरका सबै कारखाना बन्द भएका थिए । त्यस बेला १४ वटै कारखानामा काम नहुँदा १३ हजार सवारी साधन उत्पादन रोकिएिको थियो ।

सुजुकीले नेपालमा सुरु गर्यो जिम्नीको डेलिभरी, यस्ता छन् फिचर

काठमाडौं । सुजुकीले नेपालमा जिम्नीको डेलिभरी सुरू गरेकाे छ । नेपालका लागि सुजुकी ब्रान्ड चारपांग्रे सवारीसाधनको आधिकारिक वितरक सीजी होल्डिंग्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीटी मोटोकर्प तथा सीजी नेक्स्टजेनले अन्तर्राष्ट्रिय बजारमा बहुप्रतिस्थित एसयूभी जिम्नी ‘द अल्टिमेट अफ रोदर’ को डेलिभरी नेपालभरिका शोरुमबाट सुरु गरेको छ । जिम्नी नेपालको सबैभन्दा प्रतिक्षित गाडीमध्ये एक हो । ट्र्रुअफ–रोड एसयूभी जिम्नीले ५०  वर्षभन्दा बढीको विरासतको गर्व गर्दछ। सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो । जुन हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ । यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सका साथ डिजाइन गरिएको छ । यो एसयूभी एक समर्पित उन्नत ४डब्ल्यूडी प्रणाली, अल ग्रिप प्रोसँग आउँदछ भने ब्रेक लिमिटेड स्लिप डिफरेन्सियल र ३ लिंक रिजिड एलेक्स सस्पेन्सनजस्ता अफ–रोड सुविधा समावेश गरिएको छ । अफ–रोड बाटोका लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीमा २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोलजस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधा समावेश गरिएका छन् । कम्पनीका अनुसार ५–ढोके सुजुकी जिम्नीको भारतमा निकै राम्रो माग रहेको छ, जसका कारण यसको वेटिङ पिरेड पनि निकै लामो छ । यो नेपाली ड्राइभिङ कन्डिसनका लागि सबैभन्दा उपयुक्त एसयूभी भएकोले कम्पनीले नेपालमा छिटो उपलब्ध गराउन जानकारी गराएको थियो । ‘जसको नतिजा हामीले भारतमा भन्दा कम वेटिङ पिरेडमा पहिलो ब्याच डेलिभर गरेका छौँ । हामी विश्वस्त छौँ कि नेपाली ग्राहकले नयाँ जिम्नीसँग नयाँ अनुभव सिर्जना गर्नेछन् । त्यस अनुभवलाई अभिवृद्धि गर्न कम्पनीले विभिन्न जिम्नी–केन्द्रित गतिविधिहरु पनि निकट भविष्यमा लन्च गर्नेछ’, कम्पनीले भनेको छ।

जोखिम मोलेरै अटो–शो गर्न लागेका हौं, बजार भाइब्रेट हुने अपेक्षा छ : अध्यक्ष थापा

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष धुव्र थापाले व्यवसायीहरूले जोखिम मोलेल अटोमोवाइल प्रदर्शनी आयोजना गर्न लागेको बताएका छन् । आगामि भदौ २६ गतेदेखि आयोजना हुन लागेको १५ औं अटो शोको बारेमा जानकारी दिन सोमबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा थापाले यस्तो बताएका हुन् । ‘अवस्था नाजुक भए पनि अटो बजारलाइ भाइब्रेट गराउने उद्देश्यले जोखिम मोलेर प्रदर्शनी आयोजना गर्न लागेका छौं’, थापाले भने । विगतका वर्षहरुमा कुल व्यापारको ४० प्रतिशत प्रदर्शनीबाट र बाँकी बिक्रि हुने गरेको थियो भने बाँकी ६० प्रतिशत अरू १० महिनामा गाडी बिक्री हुने गरेको थापाले बताए । प्रदर्शनीको घोषणा गर्नासाथ अनपेक्षित हिसाबले बुकिङ आएको पनि थापाले बताए । ‘बुकिङ ओपन हुँदा हामीमालाई स्टल बुकिङ नै नहुने हो कि भन्ने शंका थियो । तर, अनुमान भन्दा धेरै राम्रो बुकिङ आएको छ’, थापाले भने । उनले भृकुटी मण्डप सानो र गाडी पार्किङको लागि असहज भएको हुँदा धेरै स्टिल राख्न नसकिएको बताए । नाडाका सचिव एवम अटोशो संयोजक अनुपकुमार बरालले प्रदर्शनीमा ठूला तथा साना गरी १२० वटा स्टल र ब्लकहरु रहेको जानकारी दिए । प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता रहने बरालले बताए । प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सीयल भेइकल, ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, व्याट्री, पार्टपूर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहने बरालले जानकारी दिए । आगामी भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डामा नाडा अटो एक्स्पो २०२३ आयोजना हुँदैछ । ६ दिनसम्म चल्ने अटो एक्सपोमा आकर्षक विद्युतीय तथा कर्मसियल भेइकलको प्रदर्शनी हुने नाडाले बताएको छ । भिडियो