नाडा अटो शोमा सार्वजनिक गरिँदै प्रिमियम सेडान दिपल एल०७

काठमाडौं । आगामी ११ भदौदेखि सुरु हुने नाडा अटो शोमा चाँगान नेपालले दिपल एल०७ प्रिमियम ईभी सेडान सार्वजनिक गर्ने भएको छ । नेपालमा छोटो समयमै लोभलाग्दो सफलता हासिल गरेको दिपल एस०७ प्रिमियम ईभीपछि चाँगन नेपालले सेडान दिपल एल०७ सार्वजनिक गर्ने भएको हो । सार्वजनिक भएको चार महिनामै दिपल एस०७ लाई फ्युचरिस्टिक डिजाइन र इनोभेटिभ फिचरका कारण नेपाली ग्राहकले मन पराएको कम्पनीले जनाएको छ । अब एल०७ ले एस०७लाई स्थापित गरेको अटोमोबाइल प्रविधिको मापदण्डको सीमालाई अघि फैलाउने विश्वास चाँगानको औपचारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले लिएको छ । डिजाइनका हिसाबले एल०७ सेडानलाई एल०७ जस्तै मास्टरपिस मान्न सकिन्छ । डिजाइनको हेरिटेज मानिने इटालीको टुरिनमा डिजाइन गरिएको यो ईभीले डिजाइन क्षेत्रको ओस्कार भनेर चिनिने रेड डट अवार्ड-२०२३ प्राप्त गरेको कम्पनीले जनाएको छ । फ्रेमलेस डोर र इलेक्ट्रिक हिडन डोर ह्यान्डल सिस्टमसहितको स्लिक एरोडाइनामिक प्रोफाइललाई अझ अब्बल बनाएको छ । पानोरामिक ग्लास रुफले सुन्दरतालाई मात्र बढाएको छैन ओपन र लक्जरियस अनुभव दिलाउने कम्पनीको भनाइ छ । संगीत, फोन कल र फोटो खिच्ने लगायतका फंक्सनका लागि एस०७ को ‘जेस्चर कन्ट्रोल’ को माध्यमबाट हातको संकेतबाट कमान्ड लिनसक्छ । कम्पनीका अनुसार यसमा ‘अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले’ ९एआर एचयूडी० रहेको छ जसले ‘रियल टाइम नेभिगेसन’ लगायत अन्य महत्त्वपूर्ण सूचना दिन्छ जसले ड्राइभिङलाई सहज मात्र बनाउँदैन सुरक्षित पनि बनाउँछ । दिपल एल०७ मा ईभी डेडिकेटेड ‘ईपीए१ प्ल्याटफर्म’ छ जसमा ९९ किलोवाट क्षमताको एल०७ मा ६६।८ किलोवाट आवरको ब्याट्री रहनेछ जसले सिंगल चार्जमा आकर्षक ५३० किलोमिटरको रेन्ज दिनेछ । लामो यात्राका लागि यो सेडान लक्जरियस र क्यापाबल दुवै हुनेछ । यसका साथै यसमा रियर ह्विल ड्राइम रहनेछ जसले सन्तुलित पर्फमेन्स दिनेछ । यसको प्रयोग भएको एड्भान्स डिजिटल ब्याट्री म्यानेजमेन्ट सिस्टमले इनर्जी इफिसेन्सीलाई सबल बनाउनेछ । साथै, क्याबीनको बीचमा १५।६ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको छ जुन टचस्क्रिनलाई ‘इन्टर्‍याक्ट’ गर्ने यात्रुतिर आफैं फर्कन्छ । दिपलमा ‘वेलकमिङ सिट’ पनि रहेको छ जसले ड्राइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाइ अनुसार सिटको पोजिसनलाई आफैं मिलाइदिन्छ । दिपलमा पछाडि मात्र होइन अगाडि बोनेटमा पनि सामान राख्नका लागि ७० लिटरको ‘फ्रंक’ स्पेस रहेको छ । यसमा रहेको १९ इन्चको विशाल टायरले ईभीलाई आकर्षक मात्र बनाउँदैन यसको पर्फमेन्समा पनि सुधार ल्याउँछ । साथै, यसमा चार ‘ड्राइभिङ मोड’ (इको, कम्फर्ट, स्पोर्ट र कस्टमाइज) रहेको छ जसले ड्राइभरलाई चाहेको जस्तो ड्राइभिङ अनुभव दिलाउने कम्पनीको भनाइ छ । सुरक्षाका लागि दिपल एस०७ मा ‘इन्टरेक्टिभ एडाप्टिभ क्रुज कन्ट्रोल’ सहितको ‘इन्टेलिजेन्ट एडास २.५’, ६ वटा एअर ब्याग, ‘अटोमेटिक इमर्जेन्सी ब्रेकिङ’, ‘ड्राइभर फ्याटिग मनिटरिङ सिस्टम’, ‘सेफ डिस्टेन्स वार्निङ’, ‘ट्रान्सपेरेन्ट च्यासिस’ सहितको ३६० क्यामेरा, ‘ड्राइभ भिडियो रेकर्डर’, ‘डिस्ट्रयाक्स वार्निङ’ लगायत धेरै व्यवस्था रहने कम्पनीले जनाएको छ ।

नाडा अटो शो : ७० प्रतिशत ईभीको सहभागीता, अग्रिम टिकट बुकिङमा क्यासब्याककाे सुविधा

काठमाडौं । ‘नाडा अटो शो २०२४’ को तयारी पूरा भएको छ । भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको नाडा अटो शोको तयारी पूरा भएको हो । नाडा अटोमोबाईल्स एसोसिएसन अफ नेपालले मंगलबार पत्रकार सम्मेलन गर्दै शोको तयारी पूरा भएको जानकारी दिएको छ । यस पटकको शोमा विगत भन्दा भव्य हुने दाबी नाडाले गरेको छ । नाडाका अध्यक्ष करण चौधरीले विगतभन्दा यस पटकको अटो शो भव्य हुने बताए । टाटा डट इभी मुख्य प्रायोजक रहको उक्त शोको सह प्रायोजकमा भने शिखर इन्स्योरेन्स र सर्भो लुब्रिकेन्स रहेका छन् । उक्त शोमा प्रवेशका लागि अनलाइनबाट नै टिकट काट्न सकिने जनाइएको छ । शोको टिकटिङ पार्टनरका रूपमा खल्ती वालेट रहेको छ । उक्त अटो शोले अटोमोबाइल क्षेत्रको नवीनतम प्रविधिहरूको व्यापक प्रदर्शन गर्ने नाडाको दाबी छ । यसले देशका अर्थतन्त्रलाई नै बढाउने दाबी शोका संयोजकन अनुप बरालले गरे । ५५ ब्राण्डका सवारीसाधको सहभागीता उक्त अटो शोमा ५५ वटा ब्राण्डका सवारीसाधनको सहभागीता रहने नाडाले जनाएको छ । जसमा २४ वटा चारपांग्रे ब्राण्ड, १९ वटा दुईपांग्रे र १२ वटा हल्का व्यावसायिक सवारीसाधनको सहभागीता हुने जनाइएको छ । यसैगरी १३ वटा लुब्रिकेन्ट ब्राण्ड, ५ ब्राण्डका ब्याट्री र टायर्स, १३ वटा हेल्मेट विक्रेता कम्पनी, ५ वाणिज्य बैंक, एक विकास बैंक र एक इन्स्योरेन्स कम्पनीसहित जम्मा ९५ वटा प्रदर्शकहरू रहने छन् । उक्त प्रदर्शकहरूले १३० वटा स्टलमा प्रदर्शन गर्नेछन् । २६ अगस्टसम्म टिकट बुक गर्नेलाई २० प्रतिशत छुट उक्त शोका लागि २६ अगस्टभित्रै टिकट बुकिङ गर्नेले २० प्रतिशत क्यास ब्याक पाउने नाडाले उल्लेख गरेको छ । उक्त शोमा ७५ हजार बढी आगन्तुकहरू सहभागी हुने नाडाको अनुमान छ । उक्त आगन्तुकमध्ये एक जनाले जुम स्कूटर जित्ने अवसार पाउने छन् । जसलाई सीजी मोटर्सले प्रायोजन गरेको छ । ईभीको सहभागीता ७० प्रतिशत उक्त अटो शोमा विद्युतीय सवारीसाधन (ईभी) को वर्चस्व रहने नाडा संयोजक बरालले बताए । नेपाली बजारमा सबैभन्दा छिटो ईभी एडप्ट भएको उल्लेख गर्दै उनले उक्त शोमा ७० प्रतिशत सहभागीता ईभीका साधनहरूको हुने बताए ।

नाडा अटो शोमा ग्लोबल आइएमई र नबिल बैंकसहित ७ वटा वित्त कम्पनीले भाग लिने

काठमाडौं । यस वर्षको ‘नाडा अटो शो २०२४’ मा  ७ वटा बैंक तथा वित्तीय संस्थाले भाग लिने भएका छन् । भदौ ११ गतेदेखि १६ गतेसम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मीसनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले  भाग लिने आयोजक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ । आयोजकका अनुसार यी बैंक तथा वित्त कम्पनीहरूले आकर्षक स्किमसहित अटो शोमा सवारी खरिद गर्ने ग्राहकहरूलाई सहज फाइनान्सिङको सुविधा प्रदान गर्नेछन् । यस पटकको अटो शोमा २४ वटा ब्राण्डका चारपांग्रे सवारी, १९ ब्राण्डका दुईपांग्रे र १२ ब्राण्डका हल्का लाइट सवारीसाधन प्रदर्शन गरिने नाडाका अध्यक्ष करण चौधरीले जानकारी दिएका छन् । कुल मिलाएर शोमा ९५ प्रदर्शकहरू सहभागी हुनेछन्, जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन् ।