काठमाडौं । एथर इनर्जी नेपालले यही साउन २६ गतेदेखि आयोजना हुने ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’लाई लक्षित गर्दै ‘मेगा गिभअवे’ अभियान संचालन गरेको छ । गत वर्ष आयोजना गरिएको यस अभियानमा सहभागीहरूबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र अपार मायापछि कम्पनीले यस वर्ष पनि यो लोकप्रिय सामाजिक सञ्जाल अभियानलाई निरन्तरता दिएको हो ।
कम्पनीका अनुसार यस अभियान अन्तर्गत एक भाग्यशाली सहभागीले एथरको नयाँ इलेक्ट्रीक स्कुटर जित्ने अवसर पाउनेछन् । अर्थात् अब सामाजिक संजालमा एउटा फोटो, एउटा पोस्ट सेयर गर्दा लक्की ड्रबाट एथरको नयँँ स्कुटर पाउने छन् । यद्यपि, कम्पनीले विजेताले कुन स्कुटर पाउँछन् भन्ने चाहिँ खुलाएको छैन ।
कम्पनीका अनुसार यस अभियानमा सहभागी हुन ४ प्रक्रिया पूरा गर्नुपर्नेछ । पहिला एथर इनर्जी नेपालको आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजहरू फलो गर्नुपर्नेछ ।
नाइमा मोबिलिटी एक्स्पोमा एथरेको स्टल (हल सी स्टल नम्बर सी२) भिजिट गरी स्टलमा राखिएको एथर स्कुटरसँग एउटा आकर्षक फोटो खिच्नुपर्नेछ ।
उक्त फोटो आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दा @AtherEnergyNepal लाई ट्याग गर्नुका साथै आफ्ना दुई जना साथीहरूलाई पनि ट्याग गर्नुपर्नेछ । यी चरण पूरा गर्ने सहभागीहरू स्वतः लक्की ड्रमा समावेश हुने कम्पनीले जनाएको छ ।
भृकुटीमण्डपमा आयोजना हुने यस एक्स्पोमा एथरको स्टललाई प्रविधिमैत्री र अन्तरक्रियात्मक बनाइएको छ । जहाँ आगन्तुकहरूले एथरका नवीनतम प्रविधि, स्मार्ट फिचरहरू, तथा इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटी समाधानहरू प्रत्यक्ष रूपमा अवलोकन तथा अनुभव गर्न पाउनेछन् ।
विद्युतीय सवारीका पारखी तथा नयाँ ईभी खरिद गर्ने योजनामा रहेका ग्राहकहरूलाई लक्षित गर्दै कम्पनीले विभिन्न डेमो र गतिविधिहरू प्रस्तुत गर्ने जनाएको छ ।