७ महिनामा ३ खर्ब विदेशी ऋण स्वीकृति, विदेशी कम्पनीले लिए २ खर्ब फिर्ता
काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ महिनामा ३ खर्ब रुपैयाँ विदेशी ऋण स्वीकृत गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२२ को जुलाईसम्म ३ खर्ब ९ अर्ब ९३ करोड ३० लाख रुपैयाँ विदेशी ऋण स्वीकृत गरेको हो । राष्ट्र बैंकका अनुसार जुलाइसम्म १ खर्ब १८ अर्ब ८३ करोड ५० लाख रुपैयाँ विदेशी लगानी आएको छ भने २ खर्ब ४ अर्ब ९४ करोड ४० लाख रुपैयाँ स्वीकृत भएको छ । यस्तै, विदेशी लगानी रहेका कम्पनीले नेपालबाट करिब २ खर्ब रुपैयाँ लाभांश मार्फत् रकम विदेश लिगेका छन् । विभिन्न कम्पनीहरुले १ खर्ब ९६ अर्ब १३ करोड ७० लाख रुपैयाँ विदेश फिर्ता लिएको राष्ट्र बैंकको तथ्यांकमा छ । यस्तै, अघिल्लो वर्ष अर्थात् सन् २०२१ जुलाइसम्म भने २ खर्ब ६६ अर्ब ९० करोड ५० लाख रुपैयाँ विदेशी ऋण स्वीकृत भएको थियो भने १ खर्ब ७ अर्ब ९९ करोड २० लाख रुपैयाँ विदेशी लगानी आएको थियो । सन् २०२१ जुलाइसम्म १ खर्ब ९७ अर्ब ६० करोड ४० लाख रुपैयाँ विदेशी लगानी आएको थियो । सन् २०२१ जुलाइको तुलनामा सन् २०२२ मा विदेशी ऋण र लगानी बढेको छ । नेपालबाट विदेशमा लिने लाभांश पनि यस वर्ष बढेको छ ।
आइएमईको उत्सव अफरको सातौं हप्ताको विजेता घोषणा
काठमाडौं । चाडवाडकाे अवसरमा आइएमईले संचालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी अफर अन्तर्गत सातौं हप्ताका विजेता सार्वजनिक गरेको छ । बिहीबार काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राही यमप्रकाश चन्द र पूर्णबहादुर श्रेष्ठ सातौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् । संयुक्त अरब इमिरेट्स र मलेशियाबाट आइएमई मार्फत पैसा पठाएका उनीहरुले प्रतिव्यक्ति २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, सेवाग्राही गमबहादुर पुन, विष्णु बि.के., मन्तोष लिम्बु, शोमबहादुर घलान, कर्णबहादुर हिरोजक, लालविहारी शाह हलुवाई र सुस्मिता राना मगर दैनिक विजेता छनोट भएका छन् । उनीहरु प्रत्येकले एक/एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप प्राप्त गर्नेछन् ।
एनएमबि बैंकले थप १० कराेड अमेरिकी डलर नेपाल भित्र्याउने
काठमाडौं । एनएमबि बैंकले १० करोड अमेरिकी डलरकाे वैदेशिक ऋण भित्र्याउने भएकाे छ ।यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनले बैंककाे प्रस्तावित वैदेशिक ऋण स्वीकृत गरेसँगै बैंकले उक्त रकम नेपाल भित्र्याउने भएकाे हाे । डिएफसी अमेरिकी सरकारको विभिन्न देशका निजी क्षेत्रसँग साझेदारी गरी विकासशील देशले सामना गरिरहेको चुनौतीहरूको समाधानको लागि ऊर्जा, स्वास्थ्य सेवा, पूर्वाधार र प्रविधिलगायत क्षेत्रमा वित्तीय लगानी गर्दै आइरहेको संस्था हो । एनएमबि बैंक र डीएफसीबीचको साझेदारीले नेपालको साना तथा मझौला व्यवसायलाई उद्यमशीलता मार्फत आत्मनिर्भरताको लागि महिलाहरूलाई प्राथमिकतामा राखेर नयाँ अवसरहरू सिर्जना गर्न बैंकले मद्दत गर्नेछ । हालको बैंकिङ्ग तरलताको परिदृश्यमा यसरी देशमा भित्रिने वाह्य वित्तीय श्रोतले देशकै आवश्यकता अनुरुप उत्पादनमुलक तथा प्राथमिकताको क्षेत्रमा लगानी बढाउन बैंकले विश्वास लिएको जनाएकाे छ । एनएमबि बैंकले जलविद्युत, नवीकरणीय ऊर्जा, कृषि तथा साना तथा मझौला उद्योगमा ऋण पूंजीको लागी डिएफसीसहित हालसम्म नौ डेभलपमेण्ट फाईनान्सियल ईन्सिटच्युसनबाट कुल ३०१.५० मिलियन अमेरिकी डलर ऋण भित्र्याईसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
‘अर्थतन्त्र सुधारको बाटोमा छ, बैंकले मात्रै नाफा कमाए’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र सुधारको बाटोमा रहेको बताएका छन् । उनले पछिल्लो समय रेमिट्यान्समा सुधार देखिएको बताउँदै अर्थतन्त्र केही सुधारको बाटोमा देखिएको धारणा राखेका हुन् । ‘रेमिट्यान्स बढदैछ, साउनमा अघिल्लो बर्षको सोही महिनाभन्दा डलरमै १६ प्रतिशत वृद्धि भएको छ, गतबर्ष ६ लाख ३० हजार मानिस विदेश गए, यस बर्षको तीनमहिनामा झण्डै २ लाख रोजगारीका लागि गएका छन्,’ यसले पनि अर्थतन्त्र सुधारको बाटोमा जाने मेरो विश्वास छ,’ उनले भने । यस्तै, उनले पर्यटक आगमन बढ्न थालेको बताउँदै फेब्रुअरीसम्म मासिक २० हजारभन्दा कम पर्यटक आउने गरेकोमा त्यसयता मासिक ४० हजार कटेको र वैदेशिक लगानीको प्रतिवद्धता बढन थालेकोले अर्थतन्त्र सुधारको बाटोमा रहेको संकेत देखिएको उनको भनाइ छ । यस्तै, उनले यस्तो कठीन अवस्थामा बैंकले मात्रै नाफा गरेको बताए । उनले धेरै क्षेत्रहरुमा समस्या आउँदा बैंकहरुले मात्रै मनग्य आम्दानी गरेको धारणा राखे । उनले बैंकहरुको ब्याजदरमा एक वर्षमा ८० प्रतिशत बढेको बताउँदै प्रिमियम पनि ८ प्रतिशतसम्म लिन थालेको धारणा राखे । यस्तो छ उनले राखेको विचारका मुख्य बुँदाहरु : अर्थतन्त्रको विद्यमान अवस्था –एक बर्षदेखि निरन्तर शोधनान्तर घाटा –विदेशी विनिमय संचितिमाकरिब १७ प्रतिशतको गिरावट –२०७८ ७९ को साउन देखि पुससम्मकरिब ४५० अर्ब कर्जा प्रवाह, पुसयता ५५ अर्ब -२०७८ पुस यता १५५ अर्ब निक्षेप संकलन – कर्जाको ब्याजदरमा तरलताअभावकाकारण आधार दर बढेको छ भने त्यसमा ८ प्रतिशतसम्मप्रिमियमजोडिदा बैंक हेरि १८ प्रतिशतसम्मब्याजदर पुग्न सक्ने । – एक बर्षमा ब्याजदरमा ७० प्रतिशतसम्म वृद्धि । -व्यवसायमा ७० प्रतिशतसम्म गिरावट । – कार्तिक एक देखि लागु भएको चालु पूँजीकर्जा सम्बन्धि निर्देशिकाले व्यवसाय थप जोखिममा । – यसको असर प्रत्यक्ष रुपमा सरकारी राजश्वमा । – यस बर्षको पहिलो तीनमहिनामा राजश्व संकलनगतबर्षभन्दा १९ प्रतिशतकम । – राजश्वभन्दा १५ अर्ब बढि चालु खर्च, सरकार संचालनपनिकठिन । – मुल्यवृद्धि एक बर्षमा ४ प्रतिशतविन्दुले बढ्यो । -पछिल्लो तीन बर्षको औसत आर्थिक वृद्धिदर २ प्रतिशत । नवउत्थान र आर्थिक स्थायित्वका लागि महासंघको पहल – हाल हाम्रो मुख्य प्राथमिकताब्याजदर स्थायित्व र सहजलगानीको वातावरण सिर्जनागर्नेमा केन्द्रित छ । -कोभिड १९ को महामारीको मध्यमा कार्यभार सम्हालेको नया नेतृत्वद्धारा कोभिड १९ को महामारी विद्यमान रहँदा र त्यसपछिको पुनरोत्थानको रणनीति सहित राष्टिय २०७७ चैत्रमाआर्थिक रुपान्तरण २०३० सार्वजनिक । – राष्ट्रिय आर्थिक रुपान्तरण र सरकारको उद्योग वाणिज्य सम्वद्ध नीतिको संयुक्त रुपमाकार्यान्वयनगर्न सरकारसंग समझदारीपत्रमा हस्ताक्षर । – कोभिड १९ बाट नवउत्थानसम्मपुग्नमहासंघको पहलमापुर्नकर्जा, पुर्नसंरचना र पुर्नतालिकिकरणको व्यवस्था । – निजी क्षेत्र विस्तारकालागि ९ वटा कानुनमा सुधारको मस्यौदा तयार, निर्वाचनलगत्तै संसदमा पेश गरिने । -स्टार्ट अपनीतिको मस्यौदा तयार, तिहार लगत्तै राष्टिय रुपमा छलफल गरिने, नीतिलगत्तै महासंघको पहलमा सरकारले दिने सहुलियतकर्जा सम्बन्धि व्यवस्था कार्यान्वयन हुने विश्वास । – साना तथा मझौला उद्यमलाई परियोजना कर्जा सम्बन्धि अध्ययन र यसबारे बजेटमा व्यवस्था । – ५० स्टार्ट अप, ५० लगानीकर्ता कार्यक्रमकार्यान्वयन शुरु । – जिआइवायर, पामआयल, स्यानिटरी प्याड लगायतका वस्तुमा अस्वभाविक रुपमागरिएको नीतिगतव्यवस्था परिमार्जन । ड्ड ब्याजदर नियन्त्रण र चालू पूँजीकर्जा सम्बन्धि व्यवस्थाको परिमार्जनका लागि निरन्तर पैरवी, चालु पूँजीकर्जा सम्बन्धि व्यवस्थामा परिमार्जन, स्थगनका लागि निरन्तर प्रयास । -संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत कोभिड १९ को दोस्रो लहरका वखत सहायता कक्ष, आइसोलेसन केन्द्र स्थापना गरि करिब एक हजार जनालाई सहयोग प्रदान । अध्ययन अनुसन्धानएवं कार्यक्रम – नेपाल अति कम बिकसित मुलुकबाट स्तरोन्नति हुँदा निजी क्षेत्रमा पर्ने प्रभावबारे अध्ययन । -नेपालमा विदेशी लगानीका लागि अवसर र नीतिगत व्यवस्था सम्बन्धिअध्ययन । -साना तथा मझौलाउद्यम संचालन सहयोगी पुस्तिका (दुइ संस्करण) । -उत्पादनमूलक उद्योगका विद्यमानअवस्था र समाधानका उपाय । -कोभिड महामारी पछिको आर्थिक सुधार सम्बन्धि नव उत्थान सम्मेलन, परिपक्व पूँजीबजार सम्मेलन, स्वास्थ्य बिमा, इन्धन र वित्तिय संकट, पर्यटन, चलचित्र, लगायत विभिन्न विधामा सम्मेलन एवं छलफल । -आइएफसिसंगको सहकार्यमा निजी क्षेत्रको अवस्थाबारे अध्ययनगर्न सहमतिएवं निर्यात सम्भावनाबारे विश्व बैंकसंग अन्तरक्रिया । संस्थागत सुदृढिकरण -महासंघ सचिवालयको भौतिकपुर्वाधार सुधार । -नयाँ आर्थिक नियमावली पारित । -मानव संसाधन, लेखा, सदस्यताएवं उत्पत्तिको प्रमाणपत्र सम्बन्धिएकिकृति सफ्टवेर – महासंघ सचिवालयमा सर्भर जडान । -नयाकर्मचारी नियमावलीको मस्यौदा तयार । -मुख्य लेखाअधिकृतको रुपमा चार्टर्ड अकाउन्टेन्टको नियुक्ति । अबको बाटो -वर्तमान कार्यसमितिको कार्यकाल निक्कै चुनौतिपूर्ण । -पूर्व निर्धारित समयभन्दा ८ महिना ढिलो गरि कार्यभार शुरु । -कोभिड १९ काकारण त्यसपछिको करिब आठ महिना प्रभावित । – पछिल्लो तीन महिनामा निजी क्षेत्रकालागिउपयुक्त समय भनेको गत आर्थिक बर्षको साउनदेखि मंसरसम्मको ५ महिनामात्रै । – त्यस अवधिमाकरिब ४ सय ५० अर्ब निजी क्षेत्रमाकर्जा प्रभावितभयो । निजी क्षेत्र फस्टाएकै कारण केन्द्रियतथ्यांकविभागले ५.८ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण पनि गरेको थियो । -त्यसयता तरलताअभाव, व्याह्य क्षेत्र असन्तुलन, त्यसले बढाएको ब्याजदर र पछिल्लो समय ल्याइएको चालु पूँजीकर्जा सम्बन्धिव्यवस्थाले निजी क्षेत्र निरुत्साहित । के अवस्था यस्तै रहन्छ त ? -रहँदैन, अर्थतन्त्रमा सुधारका संकेत पनि देखिन थालेका छन, जस्तो कि रेमिट्यान्स बढदैछ, साउनमा अघिल्लो बर्षको सोही महिनाभन्दा डलरमै १६ प्रतिशत वृद्धि । -गतबर्ष ६ लाख ३० हजार मानिस विदेश गए, यस बर्षको तीनमहिनामा झण्डै २ लाख रोजगारीका लागि गएका छन् । -पर्यटक आगमन बढ्न थालेको छ । फेब्रुअरीसम्ममासिक २० हजारभन्दा कम पर्यटक आउने गरेकोमात्यसयतामासिक ४० हजार कटेको छ । -वैदेशिकलगानीको प्रतिवद्धता बढन थालेको छ । – सिमेन्ट, स्टील, बिजुलीलगायतको निर्यात शुरु भएको छ । – वैदेशिक सहायता निर्वाचन पछि थप बढने अपेक्षा । -सुधारको अपेक्षा गरेर नै, महासंघले फेब्रुअरीमाभारत लक्षितलगानीएवं व्यापार सम्मेलनगर्दैछ । -साना तथा मझौलाएवं महिलाउद्यमी सम्मेलनपनिहाम्रो प्राथमिकतामा छ । -त्यसैले अबको ३ महिना देखि अर्थतन्त्रमा क्रमशः सुधार देखिंदै जानेछ । तर यसका लागि मुख्य दुइ शर्त छन् -पहिलो ब्याजदर अस्वभाविक रुपमा बढन दिनु हुँदैन् । अहिले बैंकहरुले ८ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर सार्वजनिक गर्न थालेका छन् । त्यसलाई हालै अर्थमन्त्रालयमा गठित कार्यदलले २ देखि ४ प्रतिशतसम्ममात्रै प्रिमियम जोड्न पाउने सुझाव दिएको छ । यसैगरि सिआर आर र स्प्रेडदर घटाउनुपर्ने सुझाव पनि कार्यदलको छ । जुन कार्यान्वयन हुनुपर्छ । – दोस्रो कार्तिक एक देखि लागू भएको चालु पूँजीकर्जा मार्गदर्शन तत्काल स्थगन गरिनुपर्छ । ब्याजदर नियन्त्रण भएन र चालु पूँजीकर्जा मार्गदर्शन स्थगित भएन भने उद्यम व्यवसायचल्न सक्दैन । यसले अर्थतन्त्रमै दुर्घटना निम्त्याउन सक्छ ।
माधव नेपाललाई आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका रौतहट क्षेत्र नं १ का उम्मेदवार एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई फ्रि भिसा र फ्रि टिकटको आश्वासन दिएको विषयप्रति २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ । अध्यक्ष नेपालले रौतहट जिल्लामा आयोजित एक कार्यक्रममा आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारी अवसर दिने आश्वासन बाँडेको विषयमा स्पष्टीकरण सोधेको आयोगले जनाएको छ । आयोगले उक्त सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा नेता नेपालको हो होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकाले स्पष्टीकरण सोधेको हो । सोही विषयमा आयोगले जिल्ला प्रहरी कार्यालय, रौतहटलाई आवश्यक प्रक्रिया अगाडि बढाउन पत्र पठाएको छ ।
नबिल बैंकले बिनाधितो फोनलोन दुई लाखसम्म दिने, क्यूआर मर्चेन्टहरुले पनि फोनलोन पाउने
काठमाडौं । नबिल बैंकले नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजीटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ । यसअघि नबिल फोनलोनको सीमा १ लाख रहेकोमा त्यसलाई बढाएर अब २ लाख पुर्याइएको छ । यसका साथै बैंकले यस्तो लोन लिनका लागि योग्य समूहको दायरा पनि बढाइएको छ । यस अनुसार अब नबिल बैंकमा नियमित बचत खाता सञ्चालन गर्ने ग्राहक तथा नबिल बैंकसँग आवद्ध क्यूआर मर्चेन्टहरु पनि फोनलोनका लागि योग्य हुनेछन् । यसअघि भने नबिल बैंकमा तलब खाता भएकाहरुले मात्र यस्तो लोनको सुविधा पाइरहेका थिए । यस्तै, नबिल बैंकले फोनलोनका अफरहरुलाई पनि अपग्रेड गरेको छ । अब यस्तो लोनका लागि योग्य ग्राहकहरुले नबिल स्मार्ट बैंक एपको स्क्रिनमा फोनलोनको आइकन देख्नेछन् । बैंकले ग्राहकहरुको सुविधाका लागि ‘बाइ नाउ पे लेटर’को सुविधा तथा लोनवापत लिएको रकम चुक्ता गर्न इएमआईको सुविधा समेत उपलब्ध हुनेछ । ग्राहकहरूले खरिद गर्दा कुनै पनि फोन पे मर्चेन्ट क्यूआर कोडहरू स्क्यान गर्न सक्नेछन् र आफ्नो खरिदको मासिक किस्तामा भुक्तानी गर्न चेकआउटको बेला ‘बाइ नाउ पे लेटर’ को विकल्प रोज्न सक्नेछन् । बक्यौता चाँडै तिर्न खोज्ने ग्राहकहरूले आफ्नो फोनलोन सिधै एपबाट प्रिपे गर्ने विकल्प पनि उपलब्ध हुने बैंकले जनाएको छ । यस अन्तर्गत नबिल बैंकले कुनै पूर्वभुक्तानी शुल्क नलिई ग्राहकहरूको खातामा पर्याप्त रकम भएमा ऋणको तत्काल निकासी गर्न अनुमति दिने जनाएको छ ।
ललितपुरमा १३ सय बढि म्यादी प्रहरी परिचालन हुने
ललितपुर । ललितपुर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तेह्र सय आठ जना म्यादी प्रहरी परिचालन हुने भएको छ । ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले सो जानकारी दिएका हुन । उहाँका अनुसार हाल उनीहरुलाई तालिम दिने काम भईरहेको छ । ललितपुरका विभिन्न नौं स्थानमा उनीहरुको तालिमको व्यवस्था गरिएको छ । १० दिनको तालिम पछि उनीहरुलाई आवश्यक्ता अनुसार मतदान केन्द्रहरुमा परिचालन गरिने पनि जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । वरिष्ठ प्रहरी उपरीक्षक पोखरेलले नियुक्त गरिएका म्याद प्रहरीहरुमध्ये ६०७ जना पुराना म्यादी प्रहरी रहेको बताए । सरकारले हरेक निर्वाचनमा सुरक्षाको आवश्यक व्यवस्था मिलाउन म्यादी प्रहरी परिचालन गर्दै आएको छ । पूर्वसुरक्षाकर्मी, पूराना म्यादी प्रहरीहरुलाई प्राथमिकता दिएर म्यादी प्रहरी छनौट गर्ने प्रावधान छ । आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ ।
सर्लाहीमा सहकारी प्रमुखलाई गोली हान्ने ३ भारतीयसहित चारजना पक्राउ
काठमाडौं । सर्लाहीको बागमती नगरपालिका–१ मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको सेवाकेन्द्रका प्रमुख साजन कार्कीलाई गोली प्रहार गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । कार्कीलाई गोली हान्ने चारजना अभियुक्तलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ परेकामध्ये तीनजना भारतीय र एक जना नेपाली रहेका छन् । पक्राउ पर्नेमा भारत विहार राज्य शिवहर जिल्ला छपरा ग्रामपञ्चायतका १९ वर्षीय आलोक सिंह, विहार वैशाली जिल्ला सुल्तानपुर ग्रामपञ्चायतका १९ वर्षीय सौरभकुमार यादव, विहार मोतीहारी जिल्ला हजारा ग्रामपञ्चायतका १९ वर्षीय गुलसनकुमार सिंह र अर्का सर्लाहीको धनकौल–१ का ३२ वर्षीय धीरेन्द्र सहनी रहेका छन् । हिजो बुधवार मिलनचोकस्थित सहकारीमा लुटपाट गर्न आएका लुटेराले सहकारी प्रमुख कार्कीले चार राउण्ड गोली हानेका थिए ।