विकासन्युज

एभरेष्ट बैंकको नाफा र ईपीएस बढ्यो, वितरण योग्य मुनाफा साढे ४ अर्ब बढी

काठमाडौं । एभरेष्ट बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४८.९५ प्रतिशत बढेको छ । खुद नाफा ४८.९५ प्रतिशतले बढ्दा बैंकले ८६ करोड २२ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५७ करोड ८८ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको ३ महिनामा बैंकको खुद ब्याज आम्दानी ७२.६८ प्रतिशत बढेर १ अर्ब ८८ करोड ६४ लाख ५४ हजार रुपैयाँ भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९ करोड १९ लाख ६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २६.५४ प्रतिशत बढेर २६ करोड १८ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ३२ प्रतिशत बढेर २ अर्ब १९ करोड रुपैयाँ र सञ्चालन मुनाफा ४८.८९ प्रतिशत बढेर १ अर्ब २३ करोड १८ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७१ करोड ६८ लाख ५७ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी ९ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ, जगेडा कोष ५.४५ प्रतिशत बढेर १३ अर्ब ९४ करोड ७३ लाख रुपैयाँ, निक्षेप ०.६४ प्रतिशत बढेर १ खर्ब ७३ अर्ब ८४ करोड रुपैयाँ र कर्जा १.७२ प्रतिशत बढेर १ खर्ब ४७ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ३९ पैसा बढेर ३६ रुपैयाँ ४३ पैसा पुगेको छ । समीक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १३.७८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४७.३२ रुपैयाँ रहेको छ ।

नबिल बैंकको ४१.३० प्रतिशत नाफा बढ्यो, जगेडा कोष साढे ३० अर्ब पुग्यो

काठमाडौं । नबिल बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४१.३० प्रतिशतले बढेको छ । खुद नाफा ४१.३० प्रतिशतले बढ्दा बैंकले १ अर्ब ५७ करोड १५ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ११ करोड २२ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको ३ महिनामा बैंकको खुद ब्याज आम्दानी ६४ प्रतिशत बढेर ३ अर्ब ६७ करोड ७१ लाख ७९ हजार रुपैयाँ भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब २४ करोड १५ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद फि तथा कमिशन आम्दानी ४०.१६ प्रतिशत बढेर ६२ करोड ९४ लाख ६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ५२.९९ प्रतिशत बढेर ४ अर्ब ४९ करोड ७३ लाख ३८ हजार रुपैयाँ र सञ्चालन मुनाफा ४०.३८ प्रतिशत बढेर २ अर्ब २३ करोड ४ लाख ४६ हजार रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा २ अर्ब ९१ करोड ६१ लख ७४ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंककाे चुक्ता पूँजी २२ अर्ब ८३ करोड २९ लाख रुपैयाँ, जगेडा कोष २.२९ प्रतिशत बढेर ३० अर्ब ४३ करोड ६ लाख ७ हजार रुपैयाँ, निक्षेप २.४१ प्रतिशत बढेर ३ खर्ब ३४ अर्ब ९ करोड ५२ लाख ४० हजार रुपैयाँ र कर्जा १.५४ प्रतिशत बढेर ३ खर्ब ५ अर्ब ६९ करोड ६७ लाख ३९ हजार रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ४.५८ रुपैयाँ घटेर २७.५३ रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात २९.३९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २३३.२८ रुपैयाँ रहेको छ ।

ग्लोबल आइएमई बैंकको १३.६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ मा आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको आइतबार बसेको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गर्ने गरी आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश (बोनश सेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत) नियमानूसार लाग्ने करसहित वितरण गर्ने प्रस्ताव गरेको हाे । बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैँयाको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैँया बराबरको बोनश सेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैँया बराबरको नगद लाभाशं सेयरधनीहरुलाई वितरण गर्ने भएको छ । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ९६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । ३ प्रतिशत बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ । कूल २८९ अर्ब निक्षेप तथा २७४ अर्ब कर्जा लगानी रहेको बैंकको मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९० शाखा, २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

कुमारी बैंकको विशेष योजना : मुद्दती खाता खोल्दा निःशुल्क जीवन बीमा

काठमाडौं । नेपालमै पहिलो पटक कुमारी बैंकले जीवन बीमा सुविधा सहितकोे कुमारी जीवन बीमा मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत बैंकले मुद्दती रकम बराबरको आवधिक जीवन बिमा सुविधा निःशुल्क प्रदान गर्ने छ । यस योजना अन्तर्गत ग्राहकहरुले मुद्दती रकमको २ देखि १० गुणा वृद्धि गर्नुका साथै जीवन बीमा मार्फत जोखिम व्यवस्थापन गर्ने अवसर प्राप्त गर्न सक्नेछन् । यस योजनामा १८ देखि ५० वर्ष उमेर समुहका ग्राहकले न्युतम पचास हजार देखिको मुद्दती खाता खोल्न सक्नेछन् । सो योजना अन्तर्गत मुद्दती निक्षेपकर्ताले अधिकतम एक करोड रुपैयाँसम्मको जीवन बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले निक्षेप अवधि सम्मका लागि जिवन बीमा सुरक्षण प्राप्त गर्नका साथै सोहि अवधिमा मुद्दती रकममा दुई देखि १० गुणासम्म प्राप्त गर्न सक्नेछन् । यस योजनाको बीमा प्रदायक कम्पनी महालक्ष्मी लाईफ इन्स्याेरेन्स कम्पनी रहेको छ ।  

विभिन्न कार्यक्रम गरी सिटिजन्स लाइफ इन्स्योरेन्सले मनायो पाँचौं वार्षिकोत्सव

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले विभिन्न कार्यक्रम गरी आफ्नो पाचौँ वार्षिकोत्सव मनाएको छ । कम्पनीले सप्ताह व्यापी कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव मनाएको हो । कम्पनीले यस वर्ष विशेष प्राथमिक्तामा राखेको रक्तदान कार्यक्रममा देश भरिका २८ वटा शाखाको आयोजकता मा १०७३ पिन्ट रगत संकलन गरेको छ । डेङ्गु लगायत विभिन्न भाइरल ज्वोरोका कारण धेरै नेपालीहरु अस्वस्थ्य रहेको बेला १०७३ पिन्ट रगत संकलन गर्न सफल हुनु आफ्नै लागी गौरवको कुरा भएको कम्पनीले जनाएको छ । कम्पनीले फेसबुक लाइभ मार्फत इन्स्योरेन्स हाजिर जवाफ प्रतियोगिता सुरु गर्दै देशभरी ८ वटा स्थानमा बीमा सचेतना सम्बन्धित भव्य सडक ¥याली प्रस्तुत गरेको थियो । यस ¥यालीमा देशभर बाट १००० भन्दा बढीको सहभागिता थिए । यस्तै, कम्पनीले विभिन्न शाखाको आयोजकतामा देशका विभिन्न ११ स्थानमा वृक्षा रोपण कार्यक्रम सम्पन्न गरेको छ । ३० वटा विभिन्न पार्क, धार्मिक तथा पर्यटकिय स्थलहरुमा वृहत सरसफाइ लगायत डस्टिबन वितरण गरेको छ । यसका साथै कम्पनीका केहि शाखाले विभिन्न संघ संस्थासँगको सहकार्यमा निःशुल्क आँखा शिविर, दन्त सिविर, सम्पुर्ण (होलबडी) सम्बन्धि परामर्श सेवा लगायतका कार्यक्रम गरी ७०० भन्दा बढीलाई सेवा प्रधान गरेको छ । यसका साथै केहि शाखाले योग शिविर, खाधन्न वितरण, ब्याड्मिन्टन प्रतियोगित, ट्राफिक सचेतना लगायतका कार्यक्रमको समेत आयोजना गरेका थिए ।

तिहार र छठमा बैंक जाँदै हुनुहुन्छ ! कुन बैंकका कुन-कुन शाखा खुल्छन् ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको क्यालेण्डर अनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई दिपावली तथा छठ पर्वमा ६ दिन दिएको छ । यसपटकको तिहार बिदा सोमबार कात्तिक ७ गते कुकुर तिहार तथा लक्ष्मी पुजादेखि छठ पर्व अर्थात् कात्तिक १३ गतेसम्म रहेको छ । सोही अनुसार बैंक तथा वित्तीय संस्था पनि तिहार तथा छठमा रहनेछन् । तर, बैंकहरुले भने तिहार तथा छठ बिदा अवधिमा पनि बैंकिङ्ग सेवा प्रदान गर्ने भएका छन् । बैंकहरुले छुट्टाछुट्टै सूचना प्रकाशन गरी आफ्ना निश्चित शाखाबाट मात्रै तिहार तथा छठका बेलामा सेवा प्रवाह गर्ने बताएका हुन् । वाणिज्य बैंकहरुले सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले बिदाका दिनमा पनि बैंकका केही शाखा खोल्ने गरेका हुन् । कृषि विकास बैंक     बैंक अफ काठमाण्डु    सेन्चुरी बैंक   सिभिल बैंक   एभरेष्ट बैंक    ग्लोबल आइएमई बैंक    हिमालयन बैंक    लक्ष्मी बैंक   माछापुच्छ्रे बैंक   मेगा बैंक    नबिल बैंक    नेपाल बैंक    एनसीसी बैंक       नेपाल इन्भेष्टमेन्ट बैंक   नेपाल एसबिआई बैंक   एनएमबि बैंक   प्रभु बैंक   प्राइम कमर्शियल बैंक   सानिमा बैंक     सिद्धार्थ बैंक    स्ट्याण्डर्ड चार्टर्ड बैंक     सनराइज बैंक    एनआइसी एशिया बैंक    राष्ट्रिय वाणिज्य बैंक  

अपुर्व क्षितिजको बुवाको बैंक खातामा जम्मा भयो एक लाख ७६ हजार

काठमाडौं । कमेडियन अपुर्व क्षितिज सिंहको बुवाको बैंक खातामा विभिन्न व्यक्तिहरुले एक लाख ७६ हजार रुपैयाँ जम्मा गरिदिएका छन् । सिंहले सामाजिक संजालमार्फत बुवाको खातामा एक लाख ७६ हजार ३९० रुपैयाँ जम्मा भएको जानकारी दिएका हुन् । नेवाः समुदायको भावनामा आँच पुर्याएको आरोपमा पक्राउ परेपछि छुट्लाई सिंहले २‍ लाख ५० हजार रुपैयाँ धरौटी तिर्नुपरेको थियो । जसको विरोधमा उनको बुवाको खातामा विभिन्न व्यक्तिहरुले सो रकम जम्मा गरिदिएका हुन् । उनले सो रकम वकिलको शुल्क र मिटिङमा खर्च हुने बताएका छन् । नेपाली कमेडियनले सामाजिक संजालमार्फत बोलेकै भरमा नेपालमा साढे दुई लाख रुपैयाँ चुकाउनु परेको बताउँदै सिंहको खातामा पैसा जम्मा गरिदिन सबैलाई आग्रह गरेका थिए । कमेडी क्याफे नामक कार्यक्रममा कमेडी गर्ने नाममा नेवार समुदायलाई होच्याएको भन्दै १०१ जनाले उनीविरुद्ध जाहेरी दिएका थिए ।