मतदान स्थल पुगेर निर्वाचन अनुगमन गर्दै निजी क्षेत्र
काठमाडौं । आइतबार भइरहेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको निजी क्षेत्रहरुले अनुगमन गरेका छन् । निजी क्षेत्रका विभिन्न व्यवसायिक संस्था देशभरको विभिन्न मतदान स्थल पुगेर निर्वाचनको अनुगमन गरेका हुन् । यसक्रममा आइतबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष लगायतका टिमले काठमाडौं उपत्यकाका विभिन्न मतदान केन्द्र पुगेर अनुगमन गरेका थिए । यस्तै, राष्ट्रिय व्यवसायिक पहल ९एनबिआई० ले पनि विभिन्न मतदान केन्द्र पुगेर अनुगमन गरेको थियो ।
कोरोना बीमाको बाँकी रहेको रकम भुक्तानी गर्न सुरु, सरकारविरुद्ध कानूनी उपचार खोज्ने
काठमाडौं । नेपाल बीमक संघले बीमा कम्पनीहरुलाई कोरोना बीमा वापतको दाबी रकम भुक्तानी गर्ने निर्णय गरेको छ । नेपाल बीमक संघको बैठकले कोरोना बीमा वापत परेको दावी भूक्तानी गर्ने निर्णय गरेको हो । दावी भूक्तानी गर्दा व्यक्ति तथा परिवारको दावी भूक्तानी गर्ने, कम्पनीहरुको स्वीकृत दावी संख्यालाई आधारमानि समानूपातिक रुपमा बाँडफाँट गर्ने, समानूपातिक रुपमा बाँडफाँट गर्दा व्यक्ति तथा परिवारलाई तिर्नु पर्ने दावी संख्या भन्दा बढि रकम नदिने, बाँडफाँट भइ बाँकी रहने रकमलाई जुन कम्पनीहरुको व्यक्ति तथा परिवारका संख्या बढि छन् तिनै कम्पनीहरुमा पूनःस्वीकृत दावी संख्याको अनुपातमा बाँडफाँट गर्ने र दावी भूक्तानी गर्ने व्यक्ति तथा परिवारको नाम कम्पनीहरुले बीमक संघबाट सहि छाप गराई आ–आफ्नो वेव साइटमा प्रकाशित गर्ने निर्णय बीमक संघको बैठकले निर्णय गरेको छ । कोरोना बीमा दावी भूक्तानी, जोखिम समूहको पूनर्बीमा सम्झौता लगायत बीमक संघले गरेको निर्णयलाई कार्यान्वयन गर्न बीमा कम्पनीहरुलाई संघले आग्रह गरेको हो । भूक्तानी गरिएको दाबीकर्ताहरुको सूचीकको एक प्रति बीमक संघ र पुललाई उपलब्ध गराएको रकमको चेक बीमक संघबाट लिइ दाबी प्रकृयालाई सहज गर्न संघको भनाइ छ । गत कात्तिक १५ गते अर्थ मन्त्रालयले ५५ प्रतिशत रकम मात्र तिर्ने बताएको थियो । सोहि पत्रलाई आधार मानेर बीमा प्राधिकरणले कात्तिक १७ गते बीमा कम्पनीहरुलाई रकम भुक्तानी गर्न निर्देशन दिएको थियो । माहामारीको बीमा तथा पुनर्बीमा नहुने भनेर बीमा कम्पनीहरुले आग्रह गर्दा पनि सरकार र बीमा समितिले ३.५ अर्ब रुपैयाँ माथिको दायित्व सरकारले स्वीकार गर्ने भनेको थियो । सरकारले बीमा कम्पनीहरुलाई बीमालेख जारी गर्न बाध्यकारी प्रावधान बनाएर बीमा मापदण्ड २०७७ लागु गरेको थियो । अहिले सरकारले आफैँले बनाएको कोरोना बीमा निर्देशिकाको उलंघन गर्दै दायित्व स्वीकार नगरी बीमा कम्पनीहरुलाई थप दायित्व श्रृजना गर्दै पत्र पठाएकोमा बीमक संघले गुनासो गरेको छ । ‘सरकारले कोरोना बीमा मापदण्ड २०७७ बमोजिम बीमा दाबी गर्नु पर्नेमा गर्नुपर्नेमा उक्त निर्देशिका बमोजिम हालसम्म उक्त रकम नआएको तर अर्थ मन्त्रालयको पत्र गत कात्तिक १५ गतेको पत्र अनुसार ५५ प्रतिशत रकम मात्र तिर्ने गरी पठाएको पत्रलाई आधार मानेर बीमा प्राधिकरणले कात्तिक १७ गते बीमा कम्पनीहरुलाई निर्देशन आएको छ,’ बीमक संघले भन्यो, ‘माहामारीको बीमा तथा पुनर्बीमा नहुने भनि बीमकहरुले बीमा नगर्ने अनुरोध तथा लिखित निवेदन गर्दा पनि सरकार र बीमा समितिले ३.५ अर्ब रुपैयाँ माथिको दायित्व सरकारले स्वीकार गर्ने भनेको थियो, सरकारले बीमा कम्पनीहरुलाई बीमालेख जारी गर्न वाध्यकारी प्रावधान बनाएर बीमा मापदण्ड २०७७ लागु गरेको थियो ।’ नियामकले जारी गरेका प्रावधान र निर्देशिका बीमकहरुको लागि कानून सरह हुने भएकोले कानूनको पालनाको लागि बीमा कम्पनीहरु बीमालेख जारी गर्न बाध्य भएको बीमक संघले भनेको छ । तर, अहिले सरकारले आफैँले बनाएको कोरोना बीमा निर्देशिकाको उल्लंघन गर्दै दायित्व स्वीकार नगरी बीमा कम्पनीहरुलाई थप दायित्व श्रृजना गरेको आरोप बीमक संघले बताएको छ । ‘सरकार विरुद्धको उक्त गैरकानूनी कार्यलाई पछि कानूनी रुपमा छलफल गर्ने तर दावीकर्ताहरुको पिडालाई मध्यनजर गरी हाललाई जे जति रकम प्राप्त भएको छ सोही रकमलाई भुक्तानी गरिनेछ, बीमकहरुले संचालक समितिबाट स्विकृती लिनुपर्ने भए स्वीकृत लिन पनि भुक्तानी गर्न आग्रह छ,’ बीमक संघको धारणा छ ।
मंसिर २६ गतेकाे लागि एभरेष्ट बैंकले बाेलायाे साधारणसभा
काठमाडौं । एभरेष्ट बैंकले मंसिर २६ गतेको लागि साधारण सभा बोलाएको छ । सभाले विशेष गरेर गत वर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित गर्नेछ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद गरी कूल २०।६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
स्टार्टअप मार्केटिङ कन्टेन्ट व्यवसायको लागि तीन आइडिया
एजेन्सी । व्यवसायको शुरुवात गर्दा थोरै स्रोत र साधनहरुको सहायताले धेरै र ठूला समस्याहरुलाई समाधान गर्नुपर्ने हुन्छ । सामान्य सिद्धान्तले के भन्छ भने जति सक्दो तपाईंको ध्यान आफ्नो प्रयासतर्फ केन्द्रित गर्नुहोस ताकी तपाईंले उच्च सफलता हासिल गर्न सक्नुहोस । तपाईंको परियोजनाको मार्केटिङको लागि तपाईंसँग दर्जनौ स्टार्टअप मार्केटिङ रणनीति हुनसक्छन् । ती रणनीतिहरुलाई प्रभावकारी ढंगले लागु गर्ने क्षमता नहुनसक्छ । त्यसैले तपाईंले सबैभन्दा प्रभावकारी रणनीतिलाई छनोट गर्न जरुरी हुन्छ । त्यसैले तपाईंलाई कन्टेन्ट मार्केटिङको लागि उपयोगी हुने केही विषयको बारेमा यहाँ चर्चा गर्न खोजिएको छ । १. बजेटको व्यवस्था यदी तपाईंले अधिक मूल्यको भिडियो सामग्री उत्पादन गर्न चाहनुहुन्छ भने त्यसको लागि निकै धेरै लगानी लाग्न सक्छ । तर, यदी तपाईंले आफ्नो बल्ग वा सोसल मिडियामा लेख्नुहुन्छ भने निकै सस्तो लगानीमा पनि ती कुराहरु सम्भव छ । त्यसमा तपाईंको समय मात्रै खर्च हुन्छ । व्यवसायको शुरुवात गर्दा तपाईंसँग धेरै पूँजीको व्यवस्था नहुनसक्छ । तर, तपाईंसँग लगानी जुटाउने, व्यवसाय र मार्केटिङको लागि रणनीति तयार गर्नेजस्ता राम्रोसँग सोँचविचार गरेर लामोसमयसम्म नाफा आर्जन गर्ने योजना निर्माण गर्न भने प्रशस्त समय रहेको छ । तपाईंले स्रोतहरुको वृद्धि गरेर कन्टेन्ट मार्केटिङलाई विकास गर्न सक्नुहुन्छ । शुरुमा सानो आकारबाट नै व्यवसायको शुरुवात गर्नुहोस र तपाईंलाई सो व्यवसाय दीर्घकालिन रुपमा राम्रो र फलदायी हुन्छ भन्ने अनुभूति भएपछि प्रशस्त लगानी जुटाउनेतर्फ अगाडि बढ्दा राम्रो हुन्छ । २. गुणस्तरीय र पहिलो सामग्री उत्पादन तपाईंले उत्पादन गरेको सामग्रीको गुणस्तरले नै तपाईंको व्यवसायको शुरुवाती अवस्थालाई सहयोग पुर्याउँछ । पाठकमा भएको समस्या र आवश्यकतालाई लक्षित गरेर तपाईंले सामग्री उत्पादन गर्न सक्नुभयो भने त्यसले तपाईंको सामग्रीको पाठकलाई स्थिर बनाउँछ । तपाईंले उत्पादन गरेको सामग्रीमाथि हुने चर्चाले तपाईंको व्यवसायलाई थप परिस्कृति र सुदृढ हुन सहयोग पुर्याउँछ । तपाईंले उत्पादन गरेको सामग्री जस्तै : अन्तर्वार्ता, फिचर आदि बजारमा पहिलो र नेतृत्वदायी बन्न सक्नुपर्छ । ३. राम्रो प्रविधिमैत्री रणनीतिको निर्माण पछिल्लो समयमा कन्टेन्ट मार्केटिङ व्यवसायको निकै ठूलो सम्भावना बढ्दै गएको देखिन्छ । यदी तपाईंले उपभोक्ता वा पाठकलाई उपयोगी हुने सामग्रीहरुको उत्पादन गर्न सक्नुभयो तपाईंको व्यवसाय अत्यन्तै धेरै विकास हुनसक्छ । जसले उनीहरुको जीवन र व्यवहारलाई बदल्न वा सहज हुनको लागि सहयोग पुर्याइरहेको हुनुपर्छ । इन्टरनेटबाट उत्पादित सामग्रीलाई भाइरल बनाउन सजिलो हुन्छ । तर, त्यसको लागि सामग्री उत्पादनमा राम्रो इन्जिनियरिङ गर्नुपर्ने हुन्छ । एउटा कन्टेन्ट मार्केटिङ गर्ने व्यक्तिले आफ्ना पाठक र सम्बन्धित साझेदार व्यवसायिक प्रतिष्ठानहरुलाई आफ्नो कन्टेन्टमार्फत प्रभावित पार्न सक्नुपर्ने हुन्छ । कन्टेन्ट मार्केटिङको विकासका लागि अनिवार्य रुपमा त्यसलाई धेरै मानिस र व्यवसायिक प्रतिष्ठानहरुमा जोड्न अनिवार्य हुन्छ । साथै इन्टरनेट वा गुगल सर्चमा पनि तपाईंले उत्पादन गरेको सामग्री खोज्दा शिर्ष स्थानमा आउनुपर्छ । तपाईंले उत्पादन गरेको सामग्रीमा विश्वसनियता भयो भने तपाईंले लगानी कटौती गर्दा पनि लामो समयसम्म आम्दानी भइरहने सम्भाना रहन्छ । अन्तिममा, सुझपूर्ण रुपमा निर्णय लिन सक्दा कन्टेन्ट मार्केटिङले तपाईंको जीवनमा ठूलो आम्दानी सिर्जना गर्न सक्छ । तर, मार्केटिङ कन्टेन्ट व्यवसायका लागि तपाईंसँग प्रविधि र रणनीति निर्माण गर्ने क्षमता हुन अनिवार्य हुन्छ ।
लाभांश पारित गर्न सानिमा बैंकले बोलायो साधारण सभा
काठमाडौं । गत वर्षको नाफाबाट सेयरधनीलाई दिने भनिएको लाभांश पारित गर्न सानिमा बैंकले साधारण सभा बोलाएको छ । बैंकले पुस ३ गतेको लागि साधारण सभा बोलाएको हो । बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत अर्थात् १ अर्ब १३ करोड २७ लाख रुपैयाँ बराबरको बोसन सेयर र ०.९८ प्रतिशत अर्थात् ११ करोड १० लाख ८ हजार रुपैयाँ बराबरको नगद लाभांश गरी वितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पूँजी ११ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।
बाजुराको स्वामीकार्तिकको मतपेटिकामा आगजनी
सांकेतिक तस्विर काठमाडौं । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकास्थित भगवती आधारभूत विद्यालयको ुकु केन्द्रमा रहेको एक मतपेटिकामा आगजनी भएको छ । पेटिकामा आगजनी कसरी र कसले गरेको भन्नेबारे यकिन कारण थाहा हुन नसकेको मतदान अधिकृत रामकुमार यादवले बताए । आगलागीबाट मतपेटिकामा क्षति नभएको उनले बताएका छन् । ‘८४० मतदाता रहेकामा यहाँ ५२८ खसिसकेको छ, आगोको कारण मतपत्रमा क्षति पुगेको छैन, हल्का भिजेको चाहिँ छ,’ उनले भने ।
सात जिल्लामा गोली चल्यो, ४४ ठाउँमा रोकियो
काठमाडौं । आइतबार देशभर मतदान भइरहेको छ । नागरिकको प्रत्यक्ष मतदानबाट १६५ प्रतिनिधिसभा सदस्य र ३३० जना प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । नागरिकले आजै प्रतिनिधिससभामा ११० जना समानुपातिक पदका लागि पनि मतदान भइरहेको छ । त्यस्तै प्रदेशसभामा २२० जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा दुई हजार ४१२ उम्मेदवार छन् । प्रतिनिधिसभामा २७५ र प्रदेशसभामा ५५० सदस्य हुन्छन् । जसमा एक हजार ५४५ जना दलका र ८६७ जना स्वतन्त्र उम्मेदवार छन् । देशभर कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ । कुल मतदाताको संख्या अघिल्लो निर्वाचनको तुलनामा करिव १४ प्रतिशत बढी हो । आज दिउसो १ बजेसम्म ३२ प्रतिशत मत खसेको बुझिएको छ । आज देशभर सात जिल्लामा गोली चलेको छ भने ४४ वटा मतदान केन्द्रमा मतदान कार्य प्रभावित भएको छ । आइतबार बिहानैदेखि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेकोमा विभिन्न विषयमा विवाद तथा झडप हुँदा ७ जिल्लामा गोली चलेको छ र ४४ वटा मतदान केन्द्रमा मतदान प्रभावित भएको हो। नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो १ बजेसम्ममा ४४ मतदान स्थलमा झडपका कारण मतदान स्थगित भएको छ । जसमा ३१ स्थानमा पुनस् मतदान सुरु भइसेकको छ । निर्वाचन आयोगले पूर्वसहमति बिना सामान्य विवादमा मतदान स्थगित नगर्न मतदान अधिकारीहरुलाई निर्दशन दिएको छ ।
पूर्वी नवलपरासीमा ४५ प्रतिशत मतदान
मध्यबिन्दु । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी मतदानमा पूर्वी नवलपरासीमा दिउँसो २ः३० बजेसम्म ४५ प्रतिशत मत खसेको छ । दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेको यस जिल्लामा एक लाख १० हजार सात सय ९० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यहाँका तीन सय दुई मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको निर्वाचन कार्यालयको भनाइ छ । थोरै मतदाता रहेको पहाडी भेगमा उत्साहजनकरुपमा मतदान भइरहेको कार्यालयले बताएको छ ।