विकासन्युज

मासिक एक लाखसम्म पेन्सन दिदै सामाजिक सुरक्षा कोष

काठमाडौं । सामाजिक सुरक्षा कोषको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक एक लाख रुपैयाँसम्म पेन्सन लिन थालेका छन् । कोषले सामाजिक सुरक्षा योजनामा आबद्ध भएर योगदान गरिरहेका बेलामा विभिन्न कारणले मृत्यु भएका २६५ योगदानकर्ता आश्रित परिवारलाई चार हजारदेखि ९९ हजार ६२५ रुपैयाँसम्म निवृत्तिभरण वितरण गर्दै आएको छ । कोषका अनुसार अक्सफाम जीबी नेपालमा कार्यरत सुवास न्यौपानेको मृत्युपछि उहाँको आश्रित परिवार श्रीमती र सन्ततिले मासिक ९९ हजार ६२५ रुपैयाँ निवृत्तभरणका रूपमा प्राप्त गर्नुभएको हो । मृतक न्यौपानेले बहुराष्ट्रिय कम्पनीमा काम गर्ने र तलब पनि एक लाख रुपैयाँको हाराहारीमा पाउनुहुन्थ्यो । कोषका अनुसार अक्सफाम जीबी नेपालमा कार्यरत सुवास न्यौपानेको मृत्युपछि उहाँको आश्रित परिवार श्रीमती र सन्ततिले मासिक ९९ हजार ६२५ रुपैयाँ निवृत्तभरणका रूपमा प्राप्त गर्नुभएको हो । मृतक न्यौपानेले बहुराष्ट्रिय कम्पनीमा काम गर्ने र तलब पनि एक लाख रुपियाँको हाराहारीमा पाउनुहुन्थ्यो । कानुनअनुसार योगदाकर्ताकी श्रीमतीले अर्को विवाह गरेमा वा निजको वैकल्पिक रोजगारी रहेको अवस्थामा भने यो सुविधा पाइँदैन । ऐनमा मृतक अविवाहित भएको खण्डमा आश्रित बाबुआमाले आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम जीवनभर पाउने व्यवस्था छ । मृतकको परिवारले अन्तिम संस्कार खर्चबापत एकमुष्ट २५ हजार रुपैयाँसमेत पाउने व्यवस्था गरिएको छ । यो समाचारगोरखापत्र दैनिकमा छ ।

अझै १४ बैंकको लाभांश घोषणा भएन, ११ बैंकको लाभांश निराशाजनक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरु धमाधम लाभांश वितरण गर्ने घोषणा गरिरहेका छन् । जसमध्ये नेपाल स्कट एक्सचेञ्ज (नेप्से) मा सूचीकृत वाणिज्य बैंकहरुमध्ये १४ वटा बैंकले अझै लाभांश घोषणा गरेका छैनन् । हालसम्म लाभांश वितरणको प्रस्ताव नगरेका १४ बैंकहरुमा नबिल बैंक, एनआईसी एशिया बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक, सेञ्चुरी कमर्सियल बैंक, एनएमबि बैंक, नेपाल एसबिआई बैंक, सिभिल बैंक र सनराइज बैंक रहेका छन् । नेप्सेमा सूचीकृत नभएपनि राष्ट्रिय वाणिज्य बैंकले पनि लाभांश घोषणा गरेको छैन । हालसम्म ११ वटा वाणिज्य बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । जसमध्ये केही बैंकको साधारण सभाले समेत पारित गरिसकेको छ । हालसम्म लाभांश वितरण गर्ने प्रस्ताव गरेका ११ बैंकहरुमा सिटिजन्स बैंक, कुमारी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी), एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टड, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाण्डू, सानिमा बैंक, मेगा बैंक र प्रभु बैंक रहेका छन् ।

प्रत्यक्षतर्फ १५४ क्षेत्रको मतपरिणाम सम्पन्न, कुन पार्टीले कति सिट जिते ?

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न भएको १६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म १५४ वटा सिटको मत परिणाम सकिएको छ । अझै ११ वटा क्षेत्रको मत परिणाम आउन बाँकी रहेको छ । हालसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले ५२ वटा सिटमा जीत हासिल गरेर पहिलो पार्टी बनेको छ । यस्तै, नेकपा एमालेले ४० वटा क्षेत्रमा जीत हासिल गरेर दोस्रो पार्टी बनेको छ । यस्तै, नेकपा (माओवादी केन्द्र) ले १७, नेकपा (एकीकृत समाजवादी) ले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ७÷७ क्षेत्रमा जित हासिल गरेका छन् । यस्तै, जनता समाजवादी पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र र ५ जना स्वतन्त्र उम्मेदवारहरूले जीत हासिल गरेका हुन् । ११ स्थानको नतिजा भने विभिन्न कारणले आउन नसकेको निर्वाचन आयोगले बताएको छ । बाजुरामा शनिबार पुनः मतदान भएकाले मतगणनामा ढिलाइ भएको हो । हालसम्म दोलखा–१, स्याङ्जा–२, सुनसरी–१, ३ र ४, बाजुरा, इलाम–१, उदयपुर–१, महोत्तरी–१ र रामेछापको नतिजा आउन सकेको छैन ।

कोभिडले सार्क क्षेत्रको रोजगारीमा चुनौती देखापरे, उपयुक्त नीति आवश्यक : संघाई

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघाईले कोभिड महामारीपछि श्रम बजार परिदृश्यमा परिवर्तन आएको र नयाँ चुनौतीहरू देखापरेको बताएका छन् । संघाईले यस्ता चुनौतीहरूको सामना गर्न थप प्रयासहरू आवश्यक रहेको जोड दिए । उपयुक्त रणनीति र नीति आवश्यक रहेको उनको भनाइ छ । दक्षिण एसियामा अर्थतन्त्रको ठूलो हिस्सा अहिलेपनि अनौपचारिक रहेको भन्दै साना, मझौला उद्यमहरूको दिगोपन र अनौपचारिक क्षेत्रको औपचारिकीकरण, आर्थिक वृद्धि, रोजगारी सिर्जना र सुधारिएको कामको अवस्था सुनिश्चित गर्न महत्वपूर्ण भएको संघाईले बताए । ‘भौगोलिक रूपमा हामी दक्षिण एसियाली देशहरू एकअर्कासंग नजिक छौं, अनुभव आदानप्रदानका लागि विभिन्न माध्यम र संयन्त्रहरू छन्, दक्षिण एसियाली रोजगारदाता मञ्च (साफी) तीमध्ये एक हो,’ साफी अध्यक्ष समेत रहेका संघाईले भने, ‘साफीलाई हाम्रो पारस्परिक हित र सहयोगको लागि अझ प्रभावकारी रुपमा परिचालन गर्नेतर्फ हाम्रो साझा प्रयास आवश्यक छ ।’ अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले दक्षिण एशियाका रोजगारदाता, ट्रेड यूनियन र सरकारका प्रतिनिधिहरूबीच कोभिड–१९ ले कार्यस्थल र रोजगारीको स्थितिमा पारेको प्रभावबारे गम्भीर छलफल गरेका हुन् । बिल्डिङ रेजिलियन्स फर फ्यूूचर अफ वर्क एण्ड पोष्ट कोभिड–१९ का विषयमा काठमाडौंमा आायोजना गरिएको कार्यक्रममा दक्षिण एशियाका नेपाल लगायत बंगलादेश, भारत र पाकिस्तानका रोजगारदाता, ट्रेड यूनियन र सरकारका प्रतिनिधिहरूको सहभागिता थियो । आइएलओका देशिय निर्देशक डा. रिचार्ड हवार्ड, आइएलओ दिल्लीका वरिष्ठ विशेषज्ञ रवि पेरिस, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव, आइएलओ काठमाडौं र दिल्ली अफिसका वरिष्ठ विज्ञहरू, सार्कटुकका महासचिव लक्ष्मण बस्नेतको पनि उपस्थिती थियो ।

३५ लाख डलर पर्ने विश्वकै महँगो औषधि, हेमोफिलियाको उपचारमा उपयोगी हुने

एजेन्सी । अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले हालै विश्वको सबैभन्दा महँगो औषधिलाई स्वीकृत गरेको छ । हेमजेनिक्स नामको यो औषधिको एक डोजको मूल्य ३५ लाख डलर अर्थात २८ करोड ५८ लाख रुपैयाँ पर्छ । यो ‘हेमोफिलिया बी’ बाट पीडित बिरामीहरूको उपचारमा प्रयोग हुनेछ। हेमोफिलिया रोग के हो ? हेमोफिलिया एक आनुवंशिक रोग हो। यो रोग धेरै प्रकारको हुन्छ, तर हेमोफिलिया बी एकदम दुर्लभ रोगमध्येमा पर्छ । यो रोग लागेको व्यक्तिको रगतमा एक प्रकारको प्रोटिनको कमी हुन्छ, जसले रगत जमाउने काम गर्छ। यो प्रोटिनलाई ‘क्लोटिंग फ्याक्टर’ पनि भनिन्छ। यो रोग लागेका व्यक्तिलाई सानो चोटपटक वा घाउ लागेमा पनि रगत जम्दैन र रगत निरन्तर बगिरहन्छ । अत्याधिक रक्तस्रावका कारण मानिसको ज्यान समेत जान सक्छ । नयाँ औषधिको एक खुराकले नै राहत दिनसक्ने एफडीएका अनुसार हेमजेनिक्स औषधि हेमोफिलिया बी का बिरामीका लागि निकै प्रभावकारी साबित हुनेछ । विज्ञहरूका अनुसार अमेरिकामा एक बिरामीले हेमोफिलियाको उपचारमा २१ देखि २३ मिलियन डलर खर्च गर्छन्। एफडीएले यो रोगबाट बच्न औषधिको कति डोज सक्षम हुनेछ भन्ने जानकारी दिएको छैन। तर, जानकारीका अनुसार यो औषधिको एक डोज धेरै वर्षसम्म सेवन गर्दा रगत बग्ने र रगत जम्ने समस्या बढ्छ । अहिले हेमोफिलियाको उपचार के हो ? अहिले हेमोफिलिया भएका बिरामीले आफ्नो रगतमा जम्ने कारक बदल्नुपर्छ। सामान्यतया यो उपचार सबै ठाउँमा उपलब्ध छ। यस प्रक्रियामा क्लटिंग कारकहरू बिरामीको नसाहरूमा इन्जेक्सन गरिन्छ। यो उपचार जीवनभर रहन्छ। यसका साथै चिकित्सकको सल्लाह लिएर अत्याधिक रक्तश्राव हुनबाट बच्न वा रोक्न पनि सावधानी अपनाइन्छ । हेमोफिलियाबाट पुरुष बढी पीडित एफडीएको अनुसार हेमोफिलियाले प्रत्येक ४० हजार मानिसहरू मध्ये एक जनामा यसको असर देखिन्छ, अर्थात एक अनुमान अनुसार अमेरिकामा करिब ८ हजार पुरुष यो रोगको सिकार भएका छन् ।

मन्त्रीहरु नै भारतसँग मल किनेर कमिसन खान्छन् : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले स्वदेशमै रोजगारी दिनसक्ने कानून निर्माण गर्न आफूले संसदमा आवाज उठाउने बताए । शनिवार भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का मतदाताहरुलाई धन्यवाद दिन निकालिएको विजयी जुलुसपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो दबाब स्वदेशमै राजगारी सिर्जना गर्ने कानून निर्माणमा रहने बताएका हुन् । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी हुनुभएका उहाँले देशभरका मजदुर किसान, काम गरी खाने जनतालाई फाइदा हुने कानून निर्माणमा आफू हरक्षण माग गरिरहने बताए । उनले देशमै मलखाद कारखाना खोल्नुपर्ने कुरामा पनि विशेष माग र जोड दिने बताए । उनले सरकारका मन्त्रीहरु नै भारत सरकारसँग मल किन्ने र कमिसन खाने गरेको आरोप लगाए । उनले देशमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाका लागि कानून बनाउन आवाज उठाउने पनि बताए । उनले भने, ‘हामीले मल कारखाना हाम्रै देशमा खोल्नुपर्छ भनेका छौँ तर मन्त्रीहरु नै भारतसँग किन्ने र पैसा खाने गर्छन् । उनीहरुको काम नै त्यही हो । हाम्रै देशमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाका लागि कानून बनाउन आवाज उठाउनेछौँ ।’ नेता सुवालले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार नवराज गेलाललाई ३० हजार ७९३ मतान्तरले पराजित गर्दै विजयी भएका थिए । सुवालले४२ हजार ७१६ मत ल्याउनुभएको थियो भने प्रतिष्पर्धी गेलालले ११ हजार ९६८ मत मात्रै ल्याएका थिए । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को २ मा नेपाल मजदुर किसान पार्टीकै सुरेन्द्रराज गेसाई विजयी भएका छन् भने १ को १ बाट भने नेपाली काँग्रेसका सुरेश श्रेष्ठ विजयी भएका छन् ।

टेस्लाले चीनबाट १२८६३ मोडल गाडी फिर्ता गर्ने

एजेन्सी । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट १२,८६३ मोडल ३ का गाडी फिर्ता गर्न थालेको छ ।   फिर्ता गरिने सवारी साधनमा गत १२ जनवरी २०१९ र २२ नोभेम्बर २०१९ बीच उत्पादन भएका २,७३६ आयातित सवारी साधनहरू र अक्टोबरको बीचमा चीनमा उत्पादन भएका १०,१२७ समावेश छन्। फिर्ता लिइएका सवारी साधनहरूमा बिक्री पछि मर्मत वा मर्मतसम्भार गर्दा दोस्रो पङ्क्तिको सिटको बीचको सुरक्षा बेल्ट अनुपयुक्त रूपमा पुन: स्थापना गरिएको बताइएको छ। पुन: स्थापना गर्दा, बेल्ट बकलका केही निश्चित भागहरू जडान बोल्टहरूसँग फिक्स नगरिएको र सुरक्षा बेल्टले दुर्घटना नियन्त्रणमा निरोधक भूमिका खेल्न नसक्ने दाबी गरिएको छ ।

चिन्ताले निद्रा लाग्दैन, रातिमा समस्या लेख्नुहोस्, दिनमा सोच्नुहोस्, निद्रा राम्रो लाग्छ

एजेन्सी । स्वस्थ शरीर र स्वस्थ दिमाख दुबैका लागि राम्रो निद्रा आवश्यक छ। जब तपाईं धेरै कम सुत्नुहुन्छ मस्तिष्कको लचिलोपन वा इनपुट प्रशोधन गर्ने क्षमता प्रभावित हुन्छ। दिमाखले दिनमा सिकेका कुराहरूको सही विश्लेषण गर्न सक्दैन। यसबाहेक राम्रो निद्राले मस्तिष्कमा बनेका हानिकारक रसायनलाई पनि हटाउँछ। लगातार लामो समयसम्म निद्रा नलाग्दा डिप्रेसन, उच्च रक्तचाप, माइग्रेन आदिको जोखिम बढाउँछ। छिट्टै बिरामी हुने र संक्रमण हुने जोखिम बढ्छ । चिन्ताले निद्रालाई असर गर्छ निद्रा लागेको बेला मात्र ओछ्यानमा सुत्नुहोस्। ओछ्यानमा सुतेको २० मिनेटपछि पनि निद्रा लागेन भने ओछ्यान छोड्नुहोस्। वास्तवमा सुतेर उठ्दा शरीरलाई बिस्तारै बानी पर्दै जान्छ। त्यसपछि निदाउन अझ गाह्रो हुन्छ। हल्का संगीत सुन्नुहोस्, ध्यान गर्नुहोस् र निद्रा लागेपछि मात्रै सुत्नुहोस् । आजका समस्याहरूको बारेमा सोच्नुहोस् अमेरिकाको क्यालिफोर्निया युनिभर्सिटीका मनोवैज्ञानिक एरिक प्राथरका अनुसार रातमा समस्याको चिन्ता गर्नुको सट्टा दिनको समय तय गर्नुहोस्। उदाहरणका लागि तपाईंलाई चिन्तित पार्ने कुरालाई नोट गर्नुहोस् वा समाधानको चिन्ता नगरी मात्र यसको बारेमा सोच्नुहोस्। लगातार यसो गर्नुभयो भने रातिको समयमा चिन्ता हुँदैन । यदि यो हुन्छ भने आफैलाई सम्झाउनुहोस् कि तपाईंले यसको लागि दिनको समय सेट गर्नुभएको छ। यसका साथै राति सुत्नुभन्दा करिब दुई घन्टा अगाडि नै चिन्ताको विषयमा मानसिक तयारी सुरु गर्नुहोस् ।