एनआईसी एशिया बैंकले लाभांश नदिने
काठमाडौं । एनआईसी एशिया बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयता बैंकले लाभांश वितरण गरेको छैन । बैंकको मंगलबारको बैठकले गत वर्षको असार मसान्तसम्मको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।
मेरो माइक्रोफाइनान्स लघुवित्तको लाभांश घोषणा, बोनस र नगद बराबर
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । फाइनान्सलले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तलले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
सगरमाथा इन्स्योरेन्सको १३.१५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस सेयर र ०.६५७९ प्रतिशत नगद गरी कूल १३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सगरमाथा इन्स्योरेन्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
गुहेश्वरी फाइनान्सको लाभांश घोषणा
काठमाडौं । गहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । फाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद गरी कूल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । फाइनान्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
सडक बत्तीको महसुल भुक्तानी नहुँदा प्राधिकरण नोक्सानीमा, भुक्तानी नगरे कारवाही गर्ने चेतावनी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक पोलमा जडान भएका बत्तिहरुको विद्युतको महशुल भुक्तानी गर्न आग्रह गरेको छ । विद्युत महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीमा रहेकाले रकम भुक्तानी गर्न आग्रह गरेको हो । स्थानीय निकायले प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान गर्ने क्रम बढ्दो रहेको र सडक बत्तीको विद्युत शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत खपतको समेत महसुल भुक्तानी नहुँदा ठूलो नोक्सानी व्यहोर्नुपरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले महानगरपालिका, उप-महानगरपालिका, नगरपालिकार, गाउँपालिका र वडा कार्यालयहरूलाई सडक बत्ति जडान गरेवापतको रकम भुक्तानी गर्न प्राधिकरणले आग्रह गरेको हो । सडक बत्तीको बाँकी बक्यौता विद्युत महसूल शीघ्र भुक्तानी गर्नुपर्ने, प्राधिकरण अन्तर्गतको वितरण केन्द्रहरूको सहमति नलिई विद्युत लाइनबाट सडक बत्ती जडान नगर्न, जडित सडक बत्तीको विद्युत खपत मापनका लागि आगामी ४५ दिनभित्र मिटर जडान गर्नुपर्ने र सडक बत्ती सम्बन्धी अन्य थप जानकारीका लागि सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राख्न प्राधिकरणले बताएको छ । सडक बत्तीका लागि सिङ्गल फेज इनर्जी मिटर प्राधिकरणले निःशुल्क उपलब्ध गराउने जनाएको छ । ‘एउटा सिङ्गल फेज इनर्जी मिटरबाट १ सय वाटको ५० वटाभन्दा बढी सडक बत्तीको विद्युत खपत मापन गर्न सकिने हुँदा प्रत्येक सडक बत्तीलाई छुट्टाछुट्टै इनर्जी मिटर उपलब्ध नगराइने र मिटरको क्षमता तथा सडक बत्ती जडान गरेको क्षेत्रको आधारमा सम्बन्धित वितरण केन्द्रसँग समन्वय गरी स्थानीय निकायले छुट्टै केवल तानी सडक बत्तीका लागि मिटर जडान गर्नुपर्नेछ,’ प्राधिकरणले भनेको छ । साथै, तोकिएको समयमा सडक बत्तीमा मिटर जडान नगरेमा वा विद्युत महसुल बाँकी बक्यौता भुक्तानी नगरेमा प्रचलित नियमानुसार कारबाही गर्ने नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले चेतावनी दिएको छ ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको साधारण सभा पुस ३० गते, के-के छन् एजेण्डा ?
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको पुष ४ गते बसेको बैठकले १३ औं वार्षिक साधारण सभा पुष ३० गते आम्रपाली व्याङ्केट, भाटभटेनी काठ्माण्डौंमा बोलाएको छ । लघुवित्तको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने रको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक सेयरधनी समूह (क) को तर्फवाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृति गर्नेछ । लघुवित्तको युक्ता पुँजी ९६ करोड ४४ लाख ९२ हजार ४ सय रुपैयाँ वृद्धि गरी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार ९५६ रुपैयाँ पुर्याइनेछ । प्रबन्धपत्रमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । फर्स्ट फाइनान्स लघुवित र अन्य कुनै लघुवित संस्था गाभ्ने/गाभिने तथा प्राप्ति गर्न सम्पूर्ण कार्यसञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।
सानिमा लाइफको नयाँ बोनस दर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ सम्मको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले सावधिक जीवन (रेगुलर) बीमा योजनामा बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर दिने भएको छ । यस्तै, सावधिक जीवन (एकल) बीमा योजनामा कम्पनीले बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने भएको हो । यस्तै, त्रिपल सावधिक बीमा योजनामा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म बोनस दर तोकिएको छ । यस्तै, कम्पनीको दम्पत्ति सावधिक बीमा योजनामा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँ बोनस दर प्राप्त गर्न सकिनेछ । यस्तै, सावधिक तथा आजीवन बीमा योजनामा कम्पनीले बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ । यस्तै, अग्रिम भुक्तानी बीमा योजनामा बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ४१ रुपैयाँसम्म बोनस दर निर्धारण गरिएको छ । वार्षिक अग्रिम भुक्तानी बीमा योजनामा प्रतिहजार न्यूनतम १९ रुपैयाँदेखि अधिकतम २१ रुपैयाँसम्म बोनस दर तोकिएको छ । कम्पनीले सार्वजनिक गरेको बोनस दर मृत्यु दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालु बीमालेखहरुमा लागू हुने जनाएको छ । साथै, कम्पनीका अनुसार आगामी बीमाङ्कीय मूल्याङकन नभएसम्मका लागि सोही बोनस दर लागूहुनेछ ।
वैदेशिक रोजगारमा रहेका नेपालीका लागि शुभम पावरको आईपीओ बिक्री खुला
काठमाडौं । शुभम पावरले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ) को बिक्री खुला गरेको छ । कम्पनीले आज पुस ६ देखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्य दरमा ५८ हजार ५८ कित्ता बराबरको आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणमा निष्कासन गरिने ४ लाख कित्ता र यसअघि स्थानीयलाई निष्काशन गरी बिक्री नभएको १ लाख ८० हजार ५८० कित्तासहित कूल पाँच लाख ८० हजार ५८० कित्ताको १० प्रतिशत हुने ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो । निष्कासन गरिने सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आमामी पुस २० सम्म अधिकतम पाँच हजार कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ भने कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयर एनपी बिबी प्लस आइएस’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले सङ्खुवासभाको चैनपुर नगरपालिका ९ स्थित पिलुवा खोलामा ‘पिलुवा खोला साना जलविद्युत् आयोजना’ बाट २०६८ साउन १ देखि ९९० किलोवाट क्षमतामा व्यापारिक उत्पादन गरिरहेको छ ।