अफ्रिकी देशहरुमा खाद्य सुरक्षाका लागि १० अर्ब अमेरिकी डलर सहयोग
एजेन्सी । अफ्रिकी विकास बैंकले अफ्रिकी देशहरुमा खाद्य सुरक्षाको प्रयोजनका लागि आर्थिक सहयोग गर्ने भएको छ । सो सहयोगको रकमबाट अफ्रिकाका देशहरुमा खाद्य सुरक्षाका लागि आवश्यक कार्यक्रम तथा आयोजनाहरु सञ्चालन गरिने बताइएको छ । अफ्रिकी विकास बैंकका अध्यक्ष अकिनुवी अकेसिनाले बुधबार सो कुराको जानकारी दिएको समाचारमा जनाइएको छ । अफ्रिकी देशहरुमा कृषिको विकास तथा यस सम्बन्धी आयोजनाहरुको सञ्चालनका साथै यसका माध्यमबाट त्यहाँ खाद्यान्नको सुरक्षा गर्ने विषयमा सो बैंकले अहिलेका लागि १० अर्ब अमेरिकी डलर बराबरको सहयोग दिन थालेको उनले जानकारी दिए । डाकार खाद्य सुरक्षासम्बन्धी दोस्रो सम्मेलनका क्रममा बुधबार अध्यक्ष अदेसिनाले सो घोषणा गरे । उनले भनेका थिए, ‘सो रकम ती देशहरुलाई उपलब्ध गराउने प्रत्यक्ष सहयोग हो र यसबाट खाद्यान्न खरिद गर्नुका साथै कृषिका आयोजनाहरु सञ्चालन गरेर खाद्यान्न उत्पादनका काममा प्रयोग गर्न सकिनेछ ।’ सो सम्मेलनलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘अफ्रिकी देशहरु अहिले पनि आफ्ना उत्पादनहरुको निर्यातको सट्टा खाद्यान्नको आयातमा निर्भर हुनु परिरहेको छ र यो ठूलो दुर्भाग्या पनि हो ।’ अहिले पनि विश्वको खेतीयोग्य जमिनको ठूलो हिस्सा अफ्रिकी देशहरुमा पर्दछ तर यहाँका नागरिक भोकै सुत्नुपर्ने अवस्था छ भन्दै उनले सबै देशहरुलाई उत्पादनका क्षेत्रमा लाग्न आग्रह पनि गरेका थिए । डाकारमा बुधबार सुरु भएको सो सम्मेलन यही शुक्रबारसम्म सञ्चालन हुनेछ । सो सम्मेलनमा अफ्रिकामा खाद्यान्नको सहयोग भन्दा पनि उत्पादनका लागि के कसरी तयारी गर्ने भन्ने बारेमा छलफल हुने भएको छ । रासस
तनहुँमा घरेलु कार्यालयद्वारा १६२ फर्म खारेज
तनहुँ । घरेलु तथा साना उद्योग कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय ६२ फर्म खारेजी गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा सञ्चालित उक्त फर्म खारेज भएका हुन् । सञ्चालनमा नरहेका र खारेज गर्न निवेदन दिएपछि कार्यालयले ती फर्म खारेज गरेको कार्यालयका कम्प्युटर अप्रेटर रवि अधिकारीले बताए। कार्यालयका अनुसार गत साउनमा १२, भदौमा १६, असोजमा १७, कात्तिकमा १३, मङ्सिरमा ११, पुसमा १७, माघमा १२, फागुनमा १०, चैतमा सात, वैशाखमा दुई, जेठमा १७ र असारमा २८ फर्म खारेजीमा परेका छन् । सोही अवधिमा जिल्लामा पाँच सय ७९ उद्योग दर्ता भएका छन् । उक्त अवधिमा उत्पादनमूलक ४७, कृषि तथा वन पैदावरमा आधारित तीन सय २०, खनिजतर्फ एक, पर्यटनतर्फ एक, सेवातर्फ एक सय तीन र पूर्वाधारतर्फ तीन उद्योग थपिएको कार्यालयले जनाएको छ । थपिएका उद्योगमध्ये घरेलुतर्फ ३३ र साना उद्योगतर्फ पाँच सय ४६ छन् । कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता वृद्धि भएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवा पशुपालनतर्फ आकर्षित भएका छन् । कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन र तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ । तनहुँमा थपिएका उद्योगको कूल पुँजी ६३ करोड ५२ लाख पाँच सय ४२ हजार रहेको कार्यालयले जनाएको छ । ती उद्योगको वार्षिक उत्पादन क्षमता एक अर्ब ७१ करोड ८७ लाख ५० हजार रहेको छ । थपिएका उद्योगमा एक हजार ३५ ले रोजगारी पाएका छन् । त्यसमध्ये पाँच सय ३४ महिला र पाँच सय एक पुरुष छन् । उद्योगमा आठ सय नौ उद्यमी छन् । उद्योग दर्ताबापत रु २४ लाख तीन हजार चार सय राजस्व सङ्कलन भएको छ । सोही अवधिमा तीन सय ९६ उद्योग नवीकरण भएका छन् भने ५४ उद्योगले नामसारी/नाम परिवर्तन गरेका छन् । चार उद्योगले ठाउँसारी गरेका छन् भने ७७ उद्योगले उद्देश्य थप गरेका छन् । त्यस्तै ६७ उद्योग पुँजी वृद्धि गरेको कार्यालयले जनाएको छ । गत आव २०७७/७८ मा जिल्लामा दुई हजार एक उद्योग दर्ता भएका थिए । उक्त आर्थिक वर्ष दर्ता भएका उद्योगमा दुई अर्ब ७० करोड ९० लाख लगानी भएको थियो । त्यस्तै आव २०७६/७७ मा जिल्लामा तीन हजार पाँच सय १५ उद्योग थपिएका थिए । ती उद्योगमा एक अर्ब ८९ करोड ५२ लाख ६० हजार छ सय ५९ लगानी भएको थियो । एक लाखसम्म पुँजी भएको उद्योगले रु एक हजार एक सय, तीन लाखसम्म पुँजी भएको उद्योगले तीन हजार एक सय, पाँच लाखसम्म पुँजी भएको उद्योगले छ हजार एक सय, ५० लाखसम्म पुँजी भएको उद्योगले १२ हजार एक सय, एक करोडसम्म पुँजी भएको उद्योगले २० हजार एक सय, पाँच करोडसम्म पुँजी भएको उद्योगले ३० हजार एक सय र पाँच करोड भन्दामाथि पुँजी भएको उद्योगले ५० हजार एक सय १० दर्ताबापत शुल्क बुझाउनुपर्छ । रासस
अफ्रिकी देशहरुमा खाद्य सुरक्षाका लागि १० अर्ब अमेरिकी डलर सहयोग
डाकार । अफ्रिकी विकास बैंकले अफ्रिकी देशहरुमा खाद्य सुरक्षाको प्रयोजनका लागि आर्थिक सहयोग गर्ने भएको छ । सो सहयोगको रकमबाट अफ्रिकाका देशहरुमा खाद्य सुरक्षाका लागि आवश्यक कार्यक्रम तथा आयोजनाहरु सञ्चालन गरिने बताइएको छ । अफ्रिकी विकास बैंकका अध्यक्ष अकिनुवी अकेसिनाले बुधबार सो कुराको जानकारी दिएको जनाइएको छ ।अफ्रिकी देशहरुमा कृषिको विकास तथा यस सम्बन्धी आयोजनाहरुको सञ्चालनका साथै यसका माध्यमबाट त्यहाँ खाद्यान्नको सुरक्षा गर्ने विषयमा सो बैंकले अहिलेका लागि १० अर्ब अमेरिकी डलर बराबरको सहयोग दिन थालेको उनले जानकारी दिए । डाकार खाद्य सुरक्षासम्बन्धी दोस्रो सम्मेलनका क्रममा बुधबार अध्यक्ष अदेसिनाले सो घोषणा गरेका हुन् । ुसो रकम ती देशहरुलाई उपलब्ध गराउने प्रत्यक्ष सहयोग हो र यसबाट खाद्यान्न खरिद गर्नुका साथै कृषिका आयोजनाहरु सञ्चालन गरेर खाद्यान्न उत्पादनका काममा प्रयोग गर्न सकिनेछ,ु उनले भने । ुअफ्रिकी देशहरु अहिले पनि आफ्ना उत्पादनहरुको निर्यातको सट्टा खाद्यान्नको आयातमा निर्भर हुनु परिरहेको छ र यो ठूलो दुर्भाग्या पनि हो,ु सो सम्मेलनलाई सम्बोधन गर्दै उनले भने । अहिले पनि विश्वको खेतीयोग्य जमिनको ठूलो हिस्सा अफ्रिकी देशहरुमा पर्दछ तर यहाँका नागरिक भोकै सुत्नुपर्ने अवस्था छ भन्दै उनले सबै देशहरुलाई उत्पादनका क्षेत्रमा लाग्न आग्रह पनि गरेका थिए । डाकारमा बुधबार सुरु भएको सो सम्मेलन यही शुक्रबारसम्म सञ्चालन हुनेछ । सो सम्मेलनमा अफ्रिकामा खाद्यान्नको सहयोग भन्दा पनि उत्पादनका लागि के कसरी तयारी गर्ने भन्ने बारेमा छलफल हुने भएको छ । रासस/सिन्ह्वा
विदेशबाट फर्केर कृषि र पशुपालन व्यवसायमा जुट्दै भोजपुरका युवा
भोजपुर । भोजपुरमा विदेशबाट फर्केका युवा व्यावसायिक कृषि तथा पशुपालनमा जुटेका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए पनि राम्रो आम्दानी गर्न नसकेपछि उनीहरु यही नै कृषिमा जुटेका हुन् । विदेशबाट फर्केर व्यावसायिक बाख्रापालनमा लागेका टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका गुणराज राउतले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । विदेशमा १५ वर्ष बिताएका उनी अहिले आफ्नै ठाउँमा व्यावसायिक बाख्रापालनमा लागेका हुन् । उनले सञ्चालन गरेको हितेश बाख्रा फार्ममा एक सय ५० बाख्रा छन् । राउतले विदेशमा राम्रो आम्दानी नभए पनि १० वर्षअघिदेखि थालेको बाख्रापालनबाट वार्षिक तीनदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गरिरहेको बताए । ‘विभिन्न तीन देश गरेर १५ वर्ष पसिना बगाए’, उनले भने, ‘धेरै मेहनत गर्दा पनि सोचेजस्तो आम्दानी गर्न सकिन, त्यहाँ पाएको दुःख सम्झेर अहिले आफ्नै ठाउँमा व्यावसायिकरुपमा बाख्रापालनमा लागेको छु, बाख्रापालनबाट यहीँ राम्रो आम्दानी गरिरहेको छु ।’ विदेशमा गर्ने मेहनत यहाँ गर्नसके आफ्नै ठाउँमा परिवारसँग बसेर राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । मानिसले विदेशमा बगाउने पसिना यहीँ बगाए देशलाई पनि योगदान पुग्ने राउतको भनाइ छ । ‘ठूलो सपना देखेर विदेश गएँ’, उनले भने, ‘विदेश जानु पहिला यहीँ व्यावसायिक कृषिमा लागेको भए हुने रहेछ, अहिले पछुताएको छु, योजनाबद्धरुपमा व्यवसाय गर्नसके यहाँ नै विदेशको भन्दा राम्रो आम्दानी लिन सकिन्छ ।’ बाख्रापालनसँगै आफूले जडीबुटीकोसमेत व्यावसायिक खेती गरिरहेको उनले बताए । बाख्रालाई विभिन्न समयमा लाग्ने रोगको भने समस्या रहेको राउतको भनाइ छ । कृषकलाई व्यावसायिकरुपमा बाख्रापालनका विषयमा जानकारी नहुँदा समस्या हुने गरेको उनले बताए । ग्रामीण भेगमा पशु चिकित्सकको उपस्थिति कम हुने भएकाले किसानलाई समस्या हुने उनी बताउँछन् । ‘बाख्रा बिरामी हुँदा उपचार गराउन समस्या छ’, राउतले भने, ‘राज्यले उपचारका लागि सहज वातावरण बनाइदिए राम्रो हुन्थ्यो, मैले त लामो समय भएकाले अनुभवका आधारमा पनि उपचार गराइरहेको छु, तर भर्खर व्यवसाय थाल्नेलाई समस्या छ ।’ आफ्नो बाख्राको बीमा गराएको भए पनि बिमा रकम लिन भने झन्झट रहेको राउतले बताए । कागजी प्रक्रियाका कारण किसानमा बोज थपिएको उनको भनाइ छ । विदेशबाट फर्केर अर्का युवा प्रेम बस्नेतले पनि व्यावसायिकरुपमा बाख्रापालन गर्दै आएका छन् । व्यावसायिक भएर काम गर्दा आनन्द हुने बस्नेतको भनाइ छ । ‘विदेशमा धेरै नै दुःख छ’, बस्नेतले भने, ‘यहाँ दुःख गरेको सबैले देख्छन्, तर विदेशमा गरेको दुःख अरुले नदेख्ने मात्र हो, त्यहाँ गर्ने दुःख यहाँ गर्ने हो भने पैसा कमाउन कुनै समस्या छैन ।’ विदेशमा यहाँबाट सोचेर गएजस्तो सहज नहुने बस्नेतको भनाइ छ । व्यावसायिक भएर आफ्नै ठाउँमा काम गर्ने हो भने त्यहाँको भन्दा दोब्बर आम्दानी गर्न सकिने उनले बताए । ‘यहाँ सोचे जस्तो विदेशमा सहज छैन’, बस्नेतले भने, ‘त्यहाँको दुःख सहन नसकेर करिब नौ महिना बिताएपछि यहाँ आएर व्यवसायमा लागेको हुँ, अहिले परिवारसँग बसेर व्यवसायबाट राम्रो आम्दानी गरिरहेको छु ।’ विदेशबाट फर्केर अर्का स्थानीय खड्गबहादुर राउतले पनि व्यावसायिकरुपमा सतुवा तथा चिराइतो खेती गरिरहेको बताए । उनले व्यवसायबाट वर्षमा तीनदेखि पाँच लाखसम्म आम्दानी गर्दै आएको बताए । ‘विदेशमा लामो समय बिताए, सोचे जस्तो आम्दानी गर्न सकिँन’, उनले भने, ‘अहिले व्यावसायिकरुपमा जडीबुटी खेती गरिरहेको छु, परिवारको दैनिक घर खर्च धानेर राम्रै आम्दानी गर्दै आएको छु ।’ टेम्केमैयुङ–५ मझौलेका कुमार विष्टले पनि विदेशबाट फर्केर व्यावसायिक किबी तथा एभोकाडोको खेती गरिरहेको बताए । गत वर्षबाट खेती सुरु गरेकाले अबका केही वर्षमा वार्षिक छदेखि आठ लाखसम्म आम्दानी लिने लक्ष्य रहेको कृषक विष्टको भनाइ छ । ‘व्यावसायिकरुपमा फलफूल खेतीमा लागेको छु’, उनले भने, ‘गत वर्षबाट खेती विस्तार गरेको छु, अबको केही समयबाट वार्षिक छदेखि आठ लाख आम्दानी लिने लक्ष्य लिएको छु ।’ युवाले विदेश जानुभन्दा स्वदेशमा नै व्यावसायिक भएर काम गर्नसके जीवन गुजारा गर्न समस्या नरहेको उनको भनाइ छ । विदेश पुगेपछि स्वदेशमा आम्दानी गर्न सकिने धेरै विकल्प देखेपछि नेपाल फर्केर आएर व्यावसायिकरुपमा काम सुरु गरेको उनले बताए । ‘हामीभित्र स्वदेशमा नै मेहनत गर्ने बानी हराउँदै गएको छ’, उनले भने, ‘विदेशमा जस्तो पनि काम गर्न पछि नपर्ने हामी यहाँ चाहिँ दुःख गर्न हिनताबोध गर्छौं, अब हामी युवा यहीँ नै केही गर्न आवश्यक छ, विदेशमा दुःख पाएपछि मात्र आफ्नो ठाउँ सम्झिने हाम्रो बानी छ ।’ जिल्लामा पछिल्लो समय विदेशबाट फर्केर व्यावसायिकरुपमा कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको बताइएको छ । रासस
यतीको दुर्घटनापछि खस्कियो हवाई व्यवसाय, ५० प्रतिशतले घटे यात्रु
फाइल फाेटाे काठमाडौं । पुस मसान्तसम्म निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले काठमाडौं–पोखरा रुटमा दैनिक १२ वटा उडान गर्दै आएको थियो । गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्स दुर्घटनापछि पोखरा रुटमा उडानसँगै यात्रुको संख्यामा कमी आएको छ । दुर्घटना अघिसम्म दैनिक १२ उडान गरेको बुद्ध एयरले दुर्घटनाको ११ औँ दिन हुँदा हाल दैनिक ८ वटा उडान गर्दै आएको छ । बुद्धले पोखरा विमानस्थललाई आधार बनाएर भैरहवा, नेपालगञ्ज र भरतपुरमा नियमित उडान गर्ने गरेको थियो । उक्त रुटमा दुर्घटनापछि ५० प्रतिशत उडान कटौती भएको बुद्धले जनाएको छ । दुर्घटना अघिसम्म यती एयरलाइन्सले दैनिक ६ उडान गर्ने गरेकोमा हाल दैनिक ३ वटा मात्र उडान हुँदै आएको छ । पोखरा रुटमा उडान गर्ने बुद्ध र यती एयरलाइन्ससँगै श्रीएयरलाइन्स र गुण एयरले समेत हवाई यात्रुसँगै उडान संख्यामा कमी आएको बताएका छन् । माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना भएपछि हवाई सेवा पुरानै लयमा फर्कन सकेको छैन । अफ सिजन हुँदा र दुर्घटनाका कारण हवाई यात्रुहरु न्यून भएको वायुसेवा कम्पनीहरुले बताएका छन् । यती एयरलाइन्सको पोखरा दुर्घटनापछि समग्र रुटमा ५० प्रतिशतभन्दा बढि उडान घटेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । पोखरा दुर्घटनापछि हवाई उडान घट्नु स्वभाविक भएको भन्दै विस्तारै बढ्दो क्रममा रहेको उनले बताए । ‘सिजनमा दैनिक २८ वटा उडान हुँदै आएकोमा अहिले दैनिक ८ वटा मात्र उडान भएको छ, दुर्घटनाका पछि उडान न्यून थियो अब विस्तारै बढ्न थालेको छ’, उनले भने । उनले मंगलबारसम्म दैनिक ८ वटा मात्र उडान हुने गरेकोमा बुधबार १२ वटा उडान भएको छ । विस्तारै उडानसंख्या सँगै यात्रुको संख्यामा समेत बृद्धि हुन थालेको उनले बताए । दुर्घटना अघिसम्म यतीले विभिन्न गन्तव्यमा ९अफि सिजन० दैनिक १८ वटा उडान गर्दै आएको थियो । ‘अहिले अफ सिजन हो, अन्य समयको तुलनामा अहिले न्यून उडान हुने गर्छ, तर दुर्घटनापछि न्यून भएको उडान विस्तारै बढ्न थालेको छ, अहिलो चिसो मौसमका कारण मानिसहरुको मुभमेन्ट पनि कम छ’, उनले भने । उनले मौसमका कारण समयमा नै विमानस्थल नखुल्दा हवाई यात्रुहरु बस मार्फत सम्बन्धित गन्तव्यमा जाने गरेको पाइएको बताए । ‘बिहान समयमा विमानस्थल नखुल्दा धेरै उडानहरु डिले हुने गरेका छन्, उडान डिलेहुँदा विमान कुरेर बस्नुभन्दा समय हुने मानिसहरु मिलेर बस रिजर्भ गरेर जाने गरेको पाइयो’, उनले भने । यस्तै, बुद्ध एयरले पछिल्ला केही दिन यता यात्रुको संख्यामा बृद्धि हुन थालेको जनाएको छ । केही दिनअघिसम्म न्यून यात्रु रहेकोमा विस्तारै यात्रुको संख्यामा बृद्धि हुन थालेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्ण बताउँछन् । उनका अनुसार दुई दिन अघिको तुलनामा बुधबार २५ प्रतिशतले उडानसँगै यात्रुको संख्यामा बृद्धि हुन थालेको छ । ‘जनवरी महिनामा अधिकांश विमानस्थल बिहान समयमानै खुल्दैनन्, विमानस्थल ढिला खुल्ला उडानसंख्यासँगै यात्रुको संख्यामा कमी आउने गरेको हो, पछिल्ला केही दिन यता यात्रुको संख्यामा बृद्धि हुन थालेको छ’, उनले भने । माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको दुर्घटनापछि यात्रुको संख्यामा अलि कमी आएतापनि अहिले पुरानै लयमा हवाई उडान सुरु भैसकेका उनले बताए । ‘यतीको दुर्घटना हुनु र हाम्रो बजारमा अफ सिजन एकैपटक भयो, यतीको दुर्घटनाले खासै असर परेन, अहिले पुरानै अवस्थामा फर्किसक्यौँ’, उनले भने ।
नेत्रज्योति संघको निःशुल्क आँखा शिविरमा ३५८ जनाले पाए नयाँ दृष्टि
काठमाडौं । कपिलबस्तुको दुई वटा स्थानीय तहमा भएको निःशुल्क आँखा शिविरमा ३५८ जनालाई उज्यालो प्रदान गरिएको छ । नेत्रज्योति संघ, अन्तर्गत सञ्चालित छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जलले आँखा शिबिर मार्फत ३५८ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरेको हो । कपिलबस्तु जिल्लाका बुद्धभूमि नगरपालिका र शिवराज नगरपालिकासंगको सहकार्यमा छुट्टा छुट्टै शिबिर सञ्चालन गरिएको थियो । नेपाल नेत्रज्योति संघले पैसाको अभावका कारण कोहि पनि अन्धोपनमा जिवन विताउन नपरोस भन्ने हेतुले पछिल्लो समय हुने संग लिने र नहुँनेलाई सेवा दिने उद्देश्यले स्थानिय सरकार संगको साझेदारिमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गदै आएको छ । जस अन्तर्गत नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरजंग अन्तरगत सञ्चालित छन्द कालेबाबु नारायणी आँखा अस्पतालको प्राविधिक सहयोगमा कपिबस्तुका दुईवटा स्थानिय तहमा निशुल्क आँखा शिविर सम्पन्न भएका हुन् । माघ ६ र ७ गते शिवराज नगरपालिकामा सञ्चालन गरिएको शिविरमा १५६ जनाको मोतिविन्दुको निशुल्क शल्यक्रिया गरिएको थियो भने एक हजार ७४ जनाको आँखाको परीक्षण गरिएको थियो । त्यस्तै बुद्धभूमि नगरपालिमा माघ ९ र १० गते सञ्चालित शिविरमा २०२ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो भने १ हजार २९४ जनाको आँखा परीक्षण गरिएको अस्पतालका बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले जानकारी दिए । घर आगनमै निःशुल्क आँखा उपचार सेवा पाएपछि स्थानीयहरुले खुसी समेत व्यक्त गरेका थिए । ती शिविरहरुमा अस्पतालकी चिफ मेडिकल डाइरेक्टर, आँखा रोग विशेषज्ञ डा। सुलक्ष्मी कटुवाल नेतृत्वको प्राविधिक टोलीले आँखा परीक्षण तथा शल्यक्रिया गरेको थियो । उक्त २ वटै शिविरमा गरेर ७२२ जनालाई निःशुल्क चस्मा समेत वितरण गरिएको छ । हेल्पिङ ह्यान्ड इन्टरनेशनलको आर्थिक सहयोगमा दृष्टि दोष न्युनिकरणका लागि उक्त चस्मा वितरण गरिएको हो । ४० वर्ष नाघेका लाई कामकाज गर्दा दृष्टि सम्बन्धी आउने समस्या लाई मध्यनजर गर्दै त्यसलाई न्यूनिकरणका लागी नि–शूल्क चस्मा वितरण गरिएको हो । नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा देशैभरी निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् । नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।
तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण गर्ने
तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले आयोजना प्रभावित व्यास नगरपालिका ५ बेनीपाटनमा विद्यालय भवन निर्माण गर्ने भएको छ । नगरपालिकाले उपलब्ध गराएको जग्गामा पराशर माध्यमिक विद्यालयको आठ कोठा भएको दुई तले भवन निर्माण हुन लागेको हो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेल श्रीपञ्चमीको दिन पारेर आज उक्त भवनको शिलान्यास गरेका छन् । भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायी ऐञ्जल पारस जेभीबीच एक करोड ३८ लाख २४ हजार रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको आयोजना प्रमुख राजभाई शिल्पकारले जानकारी दिए । ठेक्का सम्झौता गत २५ पुसबाट कार्यान्वयनमा आएको छ । विद्यालय भवनको निर्माण १८ महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हालको विद्यालय भवन साँघुरो भएकाले नयाँ भवन निर्माण गर्न लागिएको हो । नयाँ भवन निर्माणपछि अध्ययन अध्यापनमा सहयोग पुग्ने प्रधानाध्यापक रामदत्त पौडेलको भनाइ छ । जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । आयोजनाले नाला तथा तटबन्धन, आमा समूहको भवन निर्माण, सडक बत्ती जडान, नदी नियन्त्रण लगायतका काम गर्दै आएको हो ।
बागलुङमा औद्योगिक ग्राम निर्माण हुँदै
बागलुङ । बागलुङको काठेखोलामा औद्योगिकग्राम निर्माण भइरहेको छ । केन्द्र सरकारको लगानीमा ‘एक पालिका एक औद्योगिक ग्राम’ अन्तर्गत वडा नं ७ रेश सुराजामा निर्माण सुरु गरिएको हो । कृषि उपज वस्तुको बजारीकरण, व्यापार व्यवसाय प्रवद्र्धनका लागि औद्योगिकग्राम निर्माण सुरु गरिएको काठेखोला गाउँपालिका–७ रेशका अध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । गाउँपालिकाले आर्थिक वर्ष २०७८र७९ देखि नै निर्माण सुरु गरेको अध्यक्ष लामिछानेले बताए । उनका अनुसार केन्द्र सरकारले पहिलो वर्ष ९२ लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटले संरचना निर्माण थालनी भइसकेको अध्यक्ष लामिछानेको भनाइ छ । यसवर्ष केन्द्र सरकारले एक करोड विनियोजन गरेको भन्दै आगामी वर्ष औद्योगिकग्राम निर्माण सम्पन्न हुने उनको भनाइ छ । अध्यक्ष लामिछाने भन्छन्, ‘औद्योगिक ग्राम निर्माण आगामी वर्ष सक्ने लक्ष्य छ । एकवर्ष काम हुन सकेन । यो वर्ष कामलाई तीव्रता दिने छौँ ।’ औद्योगिक ग्रामले स्थानीयलाई बजारीकरणमा ठूलो टेवा पु¥याउने छ अपेक्षा छ । गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले स्थानीयलाई व्यापार व्यवसाय र उत्पादनसँग जोड्न औद्योगिकग्राम निर्माण भइरहेको बताए । अहिलेसम्म दुई वटा टहरा र यहाँसम्म पुग्ने सडक निर्माण भइसकेको प्रवक्ता विकको भनाइ छ । ‘औद्योगिकग्राम निर्माण सुरु भएपछि स्थानीयमा उत्साह जागेको छ, अहिले जग्गा व्यवस्थापन र केही संरचना निर्माण भएका छन्, सडक पनि निर्माण भइसकेको छ, अन्य कामलाई तीव्रता दिन थालेका छौँ,’ उनले भने । औद्योगिकग्राम निर्माण पश्चात यहाँ साना, मझौला र ठूला सबै उद्योग यहाँ सञ्चालन हुनेछन् । उद्योग गर्न चाहने स्थानीयले गाउँपालिकाले स्थान उपलब्ध गराउने छ । औद्योगिक ग्रामले रोजगारी सिर्जना गर्नुका साथै सामान्य वर्गको दैनिकीमा समेत परिवर्तन ल्याउने उनको विश्वास छ । किसानले उत्पादन गरेको तरकारी, फलफूल तथा दूधलाई बजारीकरणका लागि अक्षते बजारमा हाटबजार सञ्चालनसमेत गर्ने तयारीमा रहेको गाउँपालिका उपाध्यक्ष तिलक थापाले बताए । उनले काठेखोला बागलुङमा सबैभन्दा बढी कृषि उपज वस्तु उत्पादन गर्ने पालिका भएको हुँदा किसानलाई बजारको सहज पहुँचमा पु¥याउन र उचित मूल्य दिलाउन हाटबजार सञ्चालन गर्न थालेको बताए ।