विकासन्युज

२० प्रतिशत लाभांश पारित गर्न ग्लोबल आइएमईले डाक्यो साधारणसभा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्नो दशौं वार्षिक साधारण सभा बोलाएको छ । सञ्चालक समितीको फाुगन २ गते बसेको बैठकले फागुन २४ गते लेकसाइड पोखरामा बिहान ९ बजे साधारण सभा बोलाउने निर्णय गरेको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । लघुवित्तको सभाले सञ्चालक समिति र लेखापरीक्षकको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन पारित गर्ने र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । सभाले कुनै अन्य संस्थासंग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितीलाई अख्तिायरी प्रदान गर्नेछ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ १६ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।

सबैको लघुवित्तले साधारणसभा र बुकक्लोजको मिति तोक्यो

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले आफ्नो छैठौं वार्षिक साधारण सभा बोलाएको छ । सञ्चालक समितीको फाुगन १ गते बसेको बैठकले फागुन २६ गते बन्दिपुर तनहुँमा बिहान १० बजे साधारण सभा बोलाउने निर्णय गरेको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस सेयर र ०.९५ प्रतिशत नगद गरी कूल १८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । लघुवित्तको सभाले सञ्चालक समिति र लेखापरीक्षकको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन पारित गर्ने र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । सभाले कुनै अन्य संस्थासंग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितीलाई अख्तिायरी प्रदान गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ १४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।

मेन्छियाम हाईड्रोले फागुन १० गतेदेखि आईपीओ निष्काशन गर्ने, क–कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । मेन्छियाम हाईड्रोपावर कम्पनीले फागुन १० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५३८ कित्ता आयोजना प्रभावित क्षेत्र संखुवासभाका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्नेछ । जसमध्ये अति प्रभावित क्षेत्र सािवक शिद्धकाली, शिद्धपोखरी र मावादानी गा.वि.स.का स्थानियहरुको लागि २ लाख ७१ हजार २९२ कित्ता र आयोजन प्रभावित क्षेत्र सुंखवासभा जिल्लाका स्थानियहरुका लागि २ लाख ७१ हजार २९१ कित्ता सेयर बिक्री गर्ने भएको हो । यस्तै, कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता साधारण सेयर नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री खुला गर्नेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा फागुन २५ गतेसम्म आवेलन दिन सकिनेछ । तर, समयमा माग बमोजिम आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले चैत ९ गतेसम्म आवेदन दिने समय थप हुनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानिय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्न् । यस्तै, क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी आवेदन दिन सकिनेछ । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।

तारागाँउ रिजेन्सी होटलको लाभांश आज पारित हुँदै

काठमाडौं । तारागाँउ रिजेन्सी होटल कम्पनीको २६ औँ वार्षिक साधारण सभा बुधबार हुने भएको छ । कम्पनीको वार्षिक सभा आज फागुन ३ गते नेपाल पर्यटन बोर्डको हलमा बिहान ११ बजे सुरू हुनेछ । होटलको साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । यस्तै, कम्पनीको सभाले सञ्चालक समिति र लेखापरीक्षकको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन पारित गर्नेछ । साथै, सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । सञ्चालक सुरेश राज जोशी, अरुण कुमार सराफ, सुरेश लाल श्रेष्ठ, देवेश सराफ र श्रीबत्स शम्सेर ज.व.राणा र मनोज प्रसाद राजभण्डारीको नियुक्तिलाई सभाले अनुमोदन गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ १८ गतेदेखि फागुन ३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले, माघ १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।

साढे ११ लाखमा ४ जना सुरक्षाकर्मीले धितोपत्र बोर्डको सुरक्षा गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ४ जना सुरक्षाकर्मी खरिद गरेको छ । धितोपत्र बोर्डले कार्यालय सुरक्षा प्रयोजनका लागि ४ जना सुरक्षाकर्मी गरेको व्यवस्थापन तथा कानून विभागले जनाएको छ । बोर्डको कार्यालय सुरक्षा प्रयोजनका लागि ४ जना सुरक्षाकर्मी सेवा खरिद गर्न गत पुसमा २६ गते सूचना प्रकाशन गरेको थियो । बोर्ड सुरक्षाका लागि विभिन्न कम्पनीले आवेदन दिएकोमा गार्खाली योद्धा सेक्युरिटी सर्भिस प्रालि छनोट भएको हो । गार्खाली योद्धा सेक्युरिटी छनोट भएसँगै बोर्डको सुरक्षाका लागि ४ जना सुरक्षाकर्मी पठाइनेछन् । धितोपत्र बोर्डले सुरक्षा गरेवापत वार्षिक ११ लाख ५६ हजार ८२ रुपैयाँ भुक्तानी गर्नेछ ।

आज २ कम्पनीको सेयर खरिद गर्याे भने ६५ प्रतिशतसम्म लाभांश पाइने

काठमाडौं । बुधबार २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । अपि पावर कम्पनी र उपकार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी दुई कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ फागुन ४ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर खरिद गर्ने सेयरधनीहरुले लाभांश र साधारण सभामा सहभागी हुन पाउनेछन् । अपि पावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद गरी कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनले फागुन १४ गते बानेश्वर ब्याङ्क्वेट थापागाँउ, काठमांडौमा बिहान ११ बजे १९ औँ बार्षिक साधारणसभा बोलाएको छ । उपकार लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ६१.७५ प्रतिशत बोनस सेयर र ३.२५ प्रतिशत नगद गरी कूल ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले चौँथो वार्षिक साधारण सभा फागुन १८ गते बाँकेमा बोलाएको छ ।

रेल सञ्चालन गर्ने विषयमा उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव क्वात्राबीच छलफल

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले शिष्टचार भेट गरेका छन् । मन्त्रालयमा भएको भेटवार्तामा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको रेल्वे, आर्थिक समृद्धि, नेपाल–भारतबीच भएका सन्धि सम्झौता तथा भारतीय पक्षले लगानी गरेका आयोजनाबारे छलफल भएको मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठले नेपाली प्राविधिक जनशक्तिलाई नै रेल्वे सञ्चालनका लागि दक्ष बनाउने विषय सकारात्मक र महत्वपूर्ण भएको बताएका थिए । त्यसलाई आफूहरूले आत्मसात् गर्ने उनको भनाइ थियो । भेटका क्रममा रक्सौल–काठमाडौँ रेल्वे निर्माण सम्बन्धमा पनि प्रारम्भिक छलफल भएको छ । भारतीय विदेश सचिव क्वात्राले भारतीय कम्पनीले सञ्चालन गरिरहेको जयनगर–कुर्था रेल सञ्चालनको म्याद नवीकरणको विषय राखेका थिए । जयनगर–कुर्था रेलको सञ्चालन भारतीय कम्पनी ‘केआरसिएल’ ले गर्दै आएको छ । त्यसको म्याद सकिन लागेकाले विदेश सचिव क्वात्राले नवीकरणको विषय उठाएका थिए । रेल्वे सञ्चालनका लागि नेपाली प्राविधिक जनशक्तिलाई तालिम दिएर दक्ष बनाउन सके उनीहरूले नै नेपालमा रेल्वे अप्रेसनको काम गर्नसक्ने सचिव क्वात्राले बताए । त्यसो गर्नसके नेपालको रेलवे सेवा दिगो, सुरक्षित र भरपर्दो हुने उनको भनाइ थियो । सचिव क्वात्राले उपप्रधानमन्त्री श्रेष्ठसँग अरुण तेस्रो आयोजनाको पहुँच मार्ग (एक्सेस रोड) छिटो निर्माण गरिदिने सम्बन्धमा पनि चासो राखेका छन् । जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले आफूहरूले त्यसलाई अघि बढाउने बताएका थिए । विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार यहाँ आएका हुन् । भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टछुट्टै भेटवार्ता गरेका थिए ।

बसपार्कका व्यापारीलाई क्षतिपूर्ति दिन महासंघको माग

काठमाडौं । सोमबार ल्होल्से मलमा पुगेको क्षतिको व्यापारीहरुलाई क्षतिपूर्ति दिन सरकारसँग नेपाल राष्ट्रिय व्यवसायी महासंघले माग गरेको छ । काठमाडौंको नयाँ बसपार्कमा रहेको ल्होल्से मलमा यातायात मजदुरले आक्रामण गरेका थिए । अराजक समूह मलमा प्रवेश गरी सामान चोरी भएको भन्दै व्यवसायीहरुको क्षति अनुसारको क्षतिपूर्ति दिन महासंघले माग गरेको छ । महासंघका अध्यक्ष कुमार कार्कीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा अराजक समूह प्रवेश गरेर क्षति पु¥याएको जनाएको छ । ‘व्यवसायीले आफ्ना माग सम्बोधन गर्नका लागि शान्तिपूर्ण रुपमा आन्दोलन गरिरहेको समयमा अराजक समूह प्रवेश गरेर व्यवसायीको सामग्री लुट्नेदेखि तोडफोड गर्ने काम भएको भन्दै यसको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । जारी विज्ञप्तिमा यस्तो अवस्था आउनुमा सरकार जिम्मेवार रहेको उल्लेख गरिएको छ । ‘यो घटनाप्रति महासंघ दुःख व्यक्त गर्दछ, घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना र घाइतेको उचित उपचारको व्यवस्था गर्नका लागि पनि अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ । अवस्था गम्भिर हुनुभन्दा पहिले नै समस्या समाधानमा चासो नदिएका कारण यो अवस्था आएको महासंघको भनाइ छ । यस्ता समस्याहरु समयमा नै समाधान गर्नका लागि महासंघले सरोकारवाला निकायसँग माग समेत गरेको छ ।