महासंघ निर्वाचन : मतपत्रमा विवाद हुँदा रोकियो गणना
काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को मतगणना रोकिएको छ । मतपत्रमा विवाद हुँदा एसोशिएट तर्फको वरिष्ठ उपाध्यक्षको मतगणना रोकिएको हो । एफएनसीसीआई नयाँ नेतृत्व चयनका लागि भएको चुनावको बुधबार रातीदेखि मतगणना भइरहेको थियो ।
कुमारी सुनौलो लगानी योजनाको इकाई बाँडफाँड
काठमाडौं । कुमारी सुनौलो लगानी योजनाको इकाई बाँडफाँड भएकाे छ । कुमारी क्यापिटलको निष्काशन तथा विक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्तरगत सञ्चालन हुने कुमारी सुनौलो लगानी योजनाको इकाई बाँडफाँड भएको हाे । योजनाले प्रति इकाई १० रुपैयाँको दरले दश करोड इकाईको १५ प्रतिशत अर्थात एक करोड ५० लाख इकाई कोष प्रबद्र्धक कम्पनी कुमारी बैंकलाई सुरक्षित राख्छ । सार्वजनिक निष्काशन मार्फत ३५ करोड रकम बराबरको ३ करोड पचास लाख इकाइ चैत ९ देखि चैत २३ गते सम्म निष्काशन तथा विक्री खुल्ला गरिएकोमा १५ प्रतिशत विजपूँजी वापतको १,५०,००,००० इकाई कोष प्रवद्र्धक कुमारी बैंकलाई बाँडफाँड गरिएको जनाएको छ । बाँकी सर्वसाधारण तथा संघ–संस्थाहरुबाट प्राप्त आवेदकहरुलाई बाँडफाँड गर्न आज चैत २९ गते बुधबार विहान १०ः३० बजे कुमारी क्यापिटल, नागपोखरी १, नक्साल, काठमाण्डौमा आमन्त्रित सदस्यहरु तथा प्रतिनिधिहरुको उपस्थितिमा बैठक बसी जम्मा आवेदन दिने ३७,४३४ जना मध्ये रितपुर्वक आवेदन दिनुहुने ३७,४१२ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाईहरु बाँडफाँड गरिएको छ । साथै, दोहोरो आवेदन दिने २२ जना आवेदकहरुको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
नयाँ वर्षमा क्लिफले नाइट बञ्जी गर्दै
काठमाडौं । साहसिक पर्यटकको हब द क्लिफ नेपालले नयाँ वर्ष २०८० को अवसरमा ‘नाइट बञ्जी’ गर्ने भएको छ । नयाँ वर्षको अवसरमा कम्पनीले विश्वकै दोस्रो हाइएस्ट नाइट बञ्जी आयोजना गर्ने घोषणा गरेको हो । साहसिक खेलकुदका पारखीहरूलाई नयाँ स्वाद दिनका लागि नाइट बञ्जी आयोजना गर्न लागिएको कम्पनीका सञ्चालक राजु कार्कीले जानकारी दिए । साथै कम्पनीले लाइभ म्युजिकसमेत प्रस्तुत गर्नेछ । नयाँ वर्षको अवसर पारेर समर्पण ब्याण्डको लाइभ म्युजिक प्रस्तुत गरिने कम्पनीका सञ्चालक कार्कीले जानकारी दिए । चैत्र ३० गते साँझ ६ बजे कार्यक्रम हुनेछ । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ । बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सन्चालनमा छन् । कुष्मामा गएर साहसिक खेलकुदमा मनोरञ्जन लिनका लागि टेलिफोनमार्फत बुकिङ गर्न सकिनेछ ।
महासंघ निर्वाचन : एक हजार मत गन्दा संघईको अग्रता कायमै
काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षको मतगणना भइरहेको छ । सो क्रममा १ हजार मतगणना भइसक्दा पनि रामचन्द्र संघईको अग्रता कायम नै भइरहेको छ । एक हजार मतगणना हुँदा उनले ३९० मत ल्याएका छन् । यस्तै, अञ्जनकुमार श्रेष्ठले ३३२ र उमेशलाल श्रेष्ठले २५८ मत ल्याएका छन् । संघाईले अञ्जनलाई ६८ मत र उमेशलाई १३२ मतले पछि पारेका छन् । महासंघको नेतृत्व चयनका लागि कमलादीस्थित प्रज्ञा भवनमा भएको चुनावको बुधबार रातीदेखि मतगणना भइरहेको छ ।
महासंघ निर्वाचन : एशोसिएट सदस्यतर्फ सबैभन्दा धेरै मत थपलियालाई
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको सदस्यमा सबैभन्दा धेरै मत डा. रामशरण थपलियाले पाएका छन् । थपलियाले १ हजार ४४० मत पाएका हुन् । यस्तै, दोस्रो धेरै मत मनोज पौडेलले पाएका छन् । पौडेलले १ हजार ३७३ मत पाएका छन् । एशोसिएटतर्फ सबैभन्दा धेरै मत पाउने १९ सदस्य विजयी भएका छन् । मतदाता संख्या १ हजार ७४८ रहेकोमा १ हजार ६५० मत खसेको थियो । एशोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् भनेजिल्ला नगर उपाध्यक्षमा संघाइ प्यानलका सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् ।
महासंघ निर्वाचन : रामचन्द्र संघई देखिए अगाडी
काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षको मतगणना भइरहेको छ । सो क्रममा ५०० मत गन्दा रामचन्द्र संघई अगाडी देखिएका छन् । ५०० मत गन्दा उनले १७७ मत ल्याएका छन् । यस्तै, अञ्जनकुमार श्रेष्ठले १६३ र उमेशलाल श्रेष्ठले १५६ मत ल्याएका छन् । महासंघको नेतृत्व चयनका लागि कमलादीस्थित प्रज्ञा भवनमा भएको चुनावको बुधबार रातीदेखि मतगणना भइरहेको छ ।
महासंघ निर्वाचन : ३०० मत गन्दा उमेशलाल श्रेष्ठ अगाडी
काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भइसकेको छ । सो क्रममा ३०० मत गन्दा उमेशलाल श्रेष्ठ अगाडी देखिएका छन् । ३०० मत गन्दा उनले ११३ मत ल्याएका छन् । यस्तै, दोस्रोमा रामचन्द्र संघाईले ९६ र अञ्जनकुमार श्रेष्ठले ९१ मत ल्याएका छन् । महासंघकाे नेतृत्व चयनका लागि कमलादीस्थित प्रज्ञा भवनमा भएको चुनावको बुधबार रातीदेखि मतगणना भइरहेको छ ।
महासंघ निर्वाचन : अञ्जनको अग्रता, उमेश र रामचन्द्रले पछ्याउँदै
काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको हो । वरिष्ठ उपाध्यक्षमा तीन उम्मेदवार अञ्जनकुमार श्रेष्ठ ,उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाई प्रतिस्पर्धामा छन् । एक सय मत गणना हुँदा अञ्जनले ४०, उमेशले ३७ र राचन्द्रले २३ मत पाएका छन् । एफएनसीसीआई नयाँ नेतृत्व चयनका लागि भएको चुनावको बुधबार रातीदेखि मतगणना भइरहेको छ । अहिले एसोशिएट तर्फको मत गणना भइरहेको छ ।