सञ्चालकहरु स्वच्छाचारी ढंगमा चल्दा सहकारीमा समस्या आयो : चिन्तामणी सिवाकोटी
काठमाडौं । राष्ट्र बैंकका सञ्चालक चिन्तामणी सिवाकोटीले सहकारी संस्थाहरुमा सञ्चालक स्वच्छान्तकारी बन्दा समस्या आएको बताएका छन् । धेरै सहकारी संस्थाहरुले नीति तथा कार्य योजना नबनाई सञ्चालक समितिको एकल निर्णय गर्नाले र संवेदनशील निर्णयहरुमा समेत सदस्यहरुलाई बाइपास गरेकाले संस्थामा थप समस्या आइरहेको उनले बताए । राष्ट्रिय सहकारी बैंकको आयोजनामा भएको लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा सहकारीको आन्तरिक नियन्त्रण प्रणाली विकास र अभ्यास विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले संस्थाको वित्तीय स्वस्थताका साथै सबलिकरणमा पहिला संस्था भित्रको जोखिम न्यूनीकरण गर्नुपर्नेमा उनको जोड छ । यसका लागि संस्थाले नियमित कार्य योजना बनाई कामकारबाही गर्नुपर्ने समेत उनले बताए । ‘संस्थाको लक्ष्य प्राप्त गर्नको लागि जवाफदेहिता, कार्य कुशलता, मितव्ययिता, ऐन नियमको परिपालना, विश्वसनियता जस्ता विषयहरु अपरिहार्य छन्’ उनले भने- ‘सहकारीमा आन्तरिक लेखा प्रणाली कमजोर हुनुमा सञ्चालक समिति बढी जिम्मेवार छन् । लेखा समिति, व्यवस्थापन, लेखा अभिलेख, बजेटको पूर्ण पालना, स्रोत र साधनको व्यवस्थापन गर्न समितिलाई सञ्चालकले सहयोग गर्नुपर्ने उनको भनाई छ । सहकारी संस्था भित्रका लेखा सुपरिवेक्षणले सञ्चालक समितिले गरेको निणर्य, तथा आर्थिक क्रियाकलापलाई निरन्तर रुपमा अनुगमन गर्न पर्नेमा उनले जोेड दिए । सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई संस्थाका गतिविधिहरु सम्बन्धी सूचना समयमानै उपलब्ध गराउन पर्ने हुन्छ । उनले भने, आगामी बाटो सञ्चालक समितिको भूमिका, लेखा समिति, कर्मचारीलाई संस्थाको आन्तिरक नीति तथा कार्यविधिले तोकिएको जिम्मेवारी हस्तक्षप बिना पूर्ण गर्नपर्ने हुन्छ । सहकारी संस्थालाई दीगो र विश्वसनियता संस्था भित्रका सबै पक्षको समन्वय बनाउन पर्ने हुन्छ । संस्थामा सञ्चालक तथा लेखा समितिको योग्यता, सदस्यको बीमा, एकाघरको व्यक्तिलाई सञ्चालकमा राख्ने र व्यवस्थापनको नेतृत्वमा आफू अनुकुल व्यक्तीलाई नियुत्ती गर्दा समस्या निम्तेको उनको बुझाई छ । नेपाल सरकारका पूर्व सचिव गोपिनाथ मैनालीले कार्यपत्रमाथि टिप्पणी गर्दै विशेषतया आन्तरिक लेखा नियन्त्रण प्रणाली दुई प्रकारबाट हुने गरेको बताएका छन् । उनले भने सहकारीमा अन्तरिक र वाह्य रुपमा निरिक्षण गर्ने गरिन्छ । सहकारीमा लेखा समितिले संस्था भित्रको स्वमूल्यंकन, जवाफदेहिता र परदर्शितालाई नियमन गर्नपर्ने हुन्छ । लेखा समितिले वातावरण, वित्तीय जोखिमको अवस्था, सुचना व्यवस्थापन, स्रोत र साधनको उपयोगिता, कर्मचारीको कार्यसम्पादन र सञ्चालक समितिले गरेको निर्णयहरुलाई निरन्तर रुपमा अनुगमन गर्नुपर्छ । सहकारी संस्थाले कार्य सञ्चालन गर्दा सस्थाको सुशासनको अवस्था, संस्था र सदस्य हितमा काम गरे नगरेको हेर्नपर्ने हुन्छ । संस्था प्रति सदस्यहरुको सकृयता र सस्थाको वार्षिक साधारणले गरेको निणर्यहरु कार्यान्वयनमा आए नआएको निरन्तर नियमन सुझाए । गोष्ठीको अध्यक्षता राष्ट्रिय सहकारी महासंका निर्वतमान अध्क्षय केशव वडालले गरेका थिए । कार्यक्रममा सहभागीहरुले सस्थामा सञ्चालकहरुले गल्ति गरे लेखा सुपरिवेक्षण समितिले नियन्त्रण गर्ने भनिए पनि समितिलाई विकल्पको रुपमा मात्र हेर्ने गरेको गुनोसो गरे ।
बेष्ट फाइनान्सले शुरु गर्यो अनलाईन एकाउन्ट ओपनिङ सेवा
काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले अनलाईन एकाउन्ट ओपनिङ सेवा शुरु गरेको छ । नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको इजाजत प्राप्त यस वित्तीय संस्थाले असोज २५ गतेदेखि स्तरोन्नति सहितको यो सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले थप वित्तीय सेवाहरुसहित अनलाईन एकाउन्ट ओपनिङ सेवालाई स्तरोन्नति गरी अनलाईन एकाउन्ट ओपनिङ सेवा शुरु गरेको हो । यो सेवाको शुभारम्भ भएपछि ग्राहकहरुले सहज तथा सरल तरिकाले अनलाईन खाता (बचत तथा मुद्धती) खोल्न सक्नेछन् । साथै, भिडियो केवाईसी मार्पmत ग्राहक पहिचान गरी सम्पूर्ण कारोबार गर्न सकिने बताइएको छ । केवाईसी अध्यावद्यिक नभएका ग्राहकहरुले अनलाइर्न मार्फत केवाईसी अध्यावद्यिक गर्न सक्ने सुविधा समेत रहेको कम्पनीले बताएको छ ।
सूर्य नेपालले चकलेटको स्वादमा ल्यायो चोको फिल्स कुकिज, मूल्य ३५० रुपैयाँ
काठमाडौं । नेपालको निजी क्षेत्रको व्यवसायिक संस्था सूर्य नेपालले सनफिस्ट डार्क फेन्टासी चोको फिल्स कुकिज ल्याएको छ । बिस्कुट उत्पादन क्षेत्रमा पनि आफूलाई विस्तार गर्दै कम्पनीले चकलेटले भरिपूर्ण उक्त कुकिज बजारमा ल्याएको हो । अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय उत्पादनहरु बजारमा ल्याइरहेको सूर्य नेपालको यो कदमलाई नेपाली खाद्य उद्योगको क्षेत्रमा एक उल्लेखनीय कार्य मानिएको छ । समिश्रणमार्फत तयार गरिने डार्क फेन्टासी चोको फिल्स चकलेटको मिठास र बटरको क्रिस्पसहितको स्वादले कुकिज पारखीहरुको मन जित्ने कम्पनीको विश्वास छ । त्यस्तै, सनफिस्ट डार्क फ्यान्टसीको ब्रान्ड एम्बेसडरको रूपमा अभिनेत्री शिल्पा मास्केलाई अनुबन्ध गरिएको छ । यो सनफिस्ट डार्क फेन्टासी अब नेपालभरीका खुद्रा पसल तथा डिपार्टमेण्ट स्टोरहरुमा उपलब्ध छ । अब उपभोक्ताहरुले यसको उपभोग गर्दै खाजाको अनुभवमा नयाँपनका आभास गर्न सक्नेछन् । हाल यसका दुईथरी प्याकहरु बजारमा उपलब्ध रहेका छन् । जसमध्ये एउटा ७५ ग्रामको आकर्षक प्याकेट भित्र ६ वटा भिन्दाभिन्दै पाउच हुन्छन् र यसको मूल्य ९० रुपैयाँ रहेको छ । यसैगरी ३०० ग्रामको आकर्षक प्याकेटभित्र २४ वटा छुट्टाछुट्टै पाउच हुन्छन् र यसको मूल्य ३५० रुपैयाँ रहेको छ ।
गाडी व्यापारले हौसिए अटो व्यवसायी, बैंकरले बोलाएरै दिन थाले ऋण
काठमाडौं । विगतकेही वर्षदेखि प्रभावित बनेको अटो बजारले पछिल्लो समय लयमा फर्किएको छ । यसअघि गाडी व्यापार सुस्त बनेका व्यवसायीहरु चाडपर्व लागेसँगै भएको गाडी खरिदबिक्रीले हौसिएका हुन् । अहिले गाडीको विभिन्न सोरुमहरुमा नयाँ सवारी साधन खरिद गर्नेहरुको संख्या बढ्दा व्यवसायीहरु खुसी भएका हुन् । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुव थापा पनि पछिल्लो समय गाडी व्यापार वृद्धि भएको बताउँछन् । उनले अघिल्लो वर्षको तुलनामा यस वर्ष गाडीको व्यापारमा सुधार भएको बताए । ‘यस वर्ष गाडी व्यापार सुधार भएको छ, अघिल्लो वर्ष व्यवसायीलाई धेरै समस्या थियो, नाडा अटो शोले पनि केही राहत मिल्यो, अहिले विद्युतीय गाडी खरिद गर्ने ग्राहकहरुको संख्या बढ्दै गएको छ, त्यसले व्यापारमा थप मद्दत पुगेको छ,’ उनले भने । उनका अनुसार अहिले गाडी बुकिङ पनि बढ्दै गएको छ । उनका अनुसार बैंक तथा वित्तीय संस्थाले पनि सहजै फाइनान्सिङ गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाले सहजै ऋण उपलब्ध गराउँदा व्यवसायीलाई ठूलो राहत मिलेको उनको भनाइ छ । ‘अहिले बैंकमा तरलता सुधार हुँदै गएको छ, यसअघि बैंकहरु लगानी गर्न पनि मान्दैनथे, तर अहिले बैंकहरुले ऋण लिन आग्रह गरिरहेका छन्,’ उनले भने । अब विस्तारै गाडी व्यापारले पुरानै लय लिने उनको विश्वास छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले पनि साउनमा १ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ कर्जा गाडी व्यापारका लागि लगानी गरेका छन् । अटो व्यवसायी अनुप कुमार बराल पनि गाडी व्यापारमा उल्लेख्य वृद्धि भएको बताउँछन् । ‘हामीले इन्धनबाट चल्ने गाडी बिक्री गर्छौं, पहिले इन्धनबाट चल्ने गाडी खरिद गर्नेको संख्या कम हुन्थ्यो, महिनामा २/३ वटा मात्रै बिक्री हुन्थ्यो, अहिले औसतमा ६/७ वटासम्म बिक्री हुन्छ, यसले सुधारको संकेत देखाएको छ,’ नारायणी अटो बिजनेसका सञ्चालक समेत रहेका उनले भने । उनका अनुसार कम्पनीहरुले पनि गाडीका नयाँ–नयाँ भेरियन्ट तथा मोडल भित्र्याएकाले पनि ग्राहकहरु बढेका छन् । आइशरका नयाँ मोडलका गाडीहरू धेरैको रोजाइमा परेको बरालको भनाइ छ । यस्तै, टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ ईभीका गाडीको व्यापार बढ्दै गएको बताउँछन् । ‘नेपालमा ईभी गाडीको माग बढेको छ, ईभीप्रति मान्छेहरू सकारात्मक पनि छन्, त्यसले समग्र अटाे बजार चलायमान गरेको छ,’ उनले भने । यस्तै, यातायात व्यवस्था कार्यालय एकान्तकुनाले पनि पछिल्लो समय चारपाँग्रे गाडीको दर्ता बढेको बताएको छ । कार्यालयका अनुसार साउनमा पेट्रोलियम पदार्थबाट चल्ने कार ३९९ र इलेक्ट्रिक कार २२६ वटा दर्ता भएका छन् । यस्तै, भदौ पेट्रोलियम पदार्थबाट चल्ने कार ६०६ र ५ सय ४६ वटा विद्युतीय कार दर्ता भएका छन् । कार्यालयका प्रमुख हरिहर पोखरेल पनि कारको दर्ता संख्या बढेको बताउँछन् । ‘विगतका वर्षहरुको तुलनामा अहिलेकाे दर्ता केही कम हो, तर यो वर्ष भने मासिक रुपमा बढेको देखिन्छ, विद्युतीय गाडी धेरैको रोजाइमा परेको छ,’ उनले भने । चालू आर्थिक वर्षको २ महिनाको अवधिमा झन्डै ८९८ सय विद्युतीय गाडी नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकले देखाउँछ । तथ्यांक अनुसार ७ सय ८८ वटा गाडी भदौमा मात्रै नेपाल भित्रिएको छ । दुई महिनामा २ अर्ब ४३ करोड १५ रुपैयाँ मूल्य बराबरका उक्त गाडीको आयात हुँदा सरकारले १ अर्ब १२ करोड ६० लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।
एकैपटक १२ जना संस्थापकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छाड्दै
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको गरी ८ लाख १६ हजार २५३ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकले विद्यमान संस्थापक सेयरधनी गोबिन्द कुमार श्रेष्ठको नाममा रहेको १० हजार ६९ कित्ता, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.को १ लाख ९ हजार ६७८ कित्ता, शेर बहादुर गुरुङ्गको १२ हजार ४४५ कित्ता, भगत लाल श्रेष्ठको २७ हजार ६९१ कित्ता र ज्ञान कुमारी श्रेष्ठको २७ हजार ६९३ कित्ता सेयर बिक्री गर्ने जनाएको छ । यस्तै, पुष्प महर्जनको नाममा रहेको ५ हजार ७११ कित्ता, किशोर प्रसाद पौडेलको १ लाख कित्ता, राधा थापा क्षेत्रीको ३१ हजार १० कित्ता, बिन्दु कुमार थापाको ४ लाख ४६ हजार ७५४ कित्ता, मनिषा थापाको २१ हजार ८१९ कित्ता, कुमार थापाको १६ हजार ७८३ कित्ता र राजकुमार थापाको ६ हजार ६ सय कित्ता सेयर बिक्री गर्न लागेका हुन् । बैंकको सेयरमा संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ । यदि सो अवधिमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
दुई लघुवित्तले घोषणा गरे लाभांश, कुनको कति ?
काठमाडौं । चालु आर्थिक वर्षमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । जसमध्ये लगानीकर्ताहरुले चासोका रुपमा हेरिरहेको लघुवित्त संस्थाहरुले पनि लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत लघुवित्त संस्थाहरुमध्ये हालसम्म दुई वटा लघुवित्तले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । आरएसडिसी लघुवित्त र युनिक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । युनिक लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै, आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ८६ करोड ९५ लाख ६८ हजार २ सय रुपैयाँको ८.६० प्रतिशत र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद गरी कूल ९.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुले प्राप्त गर्ने छन् ।
इन्फिनिटी लघुवित्तले १ लाख कित्ता सेयर बेच्दै
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विभिन्न संस्थापकको स्वामित्वमा रहेको करिब १ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । केही संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न आवेदन पेश गरेकाले ९९ हजार ३७२ कित्ता सेयर बिक्रीमा राखिएको लघुवित्त संस्थाले जनाएको छ । लघुवित्तले उक्त सेयरको मूल्य प्रचलित नियमानुसार हुने बताएको छ । लघुवित्तको सेयर सर्वसाधारण जोकोही लगानीकर्ताले खरिद गर्न सक्ने छन् । यसअघि संस्थापक सेयरधनीहरुलाई मात्रै बिक्री गरिएकोमा आंशिक मात्रै बिक्री भएको लघुवित्तले जनाएको छ ।
एनएमबि हाइब्रिड फण्ड एल-१ परिपक्व हुँदै, खारेजी प्रक्रिया अघि बढ्यो
काठमाडौं । एनएमबि हाइब्रिड फण्ड एल–१ खरेजीको प्रक्रियामा अघि बढेको छ । उक्त फण्ड कात्तिक ८ गते परिपक्व हुने भएकाले सूचीकरण खोरेजी गर्ने एनएमबि क्यापिटलले जानकारी दिएको छ । म्युचुअल फण्ड परिपक्व हुँदा खारेजी प्रक्रियामा लैजानु पर्ने भएकोले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा असोज २५ गतेसम्म कारोबार गरी कायम इकाईधनीहरु मात्रै खारेजीपश्चात्को प्रतिफलका लागि योग्य हुने क्यापिटलले जनाएको छ । नियमअनुसार इकाईधनीहरुको रकम फिर्ता भुक्तानी गर्ने क्यापिटलले जनाएको छ । साथै, एनएमबि हाइब्रिड फण्ड एल–१ फण्डका इकाईहरु खरिद गरी हालसम्म पनि अभौतिकिकरण नगरेका इकाईधनीहरुलाई यथासिघ्र गर्न आग्रह गरेको छ ।