विकासन्युज

बेनेलीको मोटरसाइकल किन्दा थाइल्याण्ड निःशुल्क घुम्न पाइने

काठमाडौं । बेनेलीको मोटरसाइकल किन्दा थाइल्याण्ड निःशुल्क घुम्न पाइने भएको छ । बेनेली मोटरसाइकलको नेपालकालागि आधिकारिक वितरक केटिएम इन्टरनेशनल ट्रेडिङले इटालीमा बनेको मोटरसाइकल चाडपर्वलाई लक्षित गर्दै ‘पहिला कहिल्यै नभएको अहिले’ शीर्षक अन्तर्गत दशैँ तथा तिहारकालागि यो योजना ल्याएको छ । उक्त अफर बेनेलीका सबै मोडलका मोटरसाइकलका लागि मान्य हुनेछ । यसमा ग्राहकहरूले प्रत्येक खरिदमा थाइल्याण्डको निःशुल्क यात्रा वा सो बराबरको नगद छुट, बेनेलीको ब्रान्डेड हेल्मेट र अन्य धेरै उपहार प्राप्त गर्न सक्नेछन् । यो अफर विभिन्न मोडलहरूमा विविधिकरण गरिएको छ जसमा बेलेनी पेनेरिया स्कुटर, टिएनटी–१५, टिएनटी–१५०आइ र ३०२एस मोडलमा ग्राहकहरुले १ लाख रुपैयाँसम्मको स्क्याच कुपन र १८०एस तथा टिआरके बेनेली मोटरसाइकलमा थाइल्याण्ड भ्रमण वा सो बराबरको नगद छुट पाउने कम्पनीले जनाएको छ । नेपालमा बेनेली मोटरसाइकल हाल निम्न मोडलहरु उपलब्ध छन्ः टिएनटि–१५ बेनेलीको सबैभन्दा किफायती र भरपर्दो मोटरसाइकल हो । टिएनटि–१५आई —जसमा ट्रेलिस फ्रेम, अपसाइड डाउन फोर्क्स र इएफआई (इलेक्ट्रोनिक फ्युल इन्जेक्शन) सुविधा प्राप्त छ । १८०एस मोडल – जुन विशेष डिजाइन र उत्तिकै आरामदायी छ । टिआरके–२५१ – यो मोटरसाइकल साहसिक र एडभेन्चर कार्यको लागि राइडरको चाहना अनुसारले डिजाइन गरिएको छ । ३०२एस – जसमा समान दुइवटा इन्जिनले युक्त छ । टिएनटी–६००आइ – जसले इनलाइन सुविधा सहित चार सिलिन्डरको इन्जिनले युक्त छ । साथै ७५२एस मोडल – जसले नेपालका सडकहरूमा कुदाउन सक्ने भन्दा बढी शक्ति र थप उर्जा समेत प्रदान गर्दछ ।

अब कैदीहरुलाई आममाफी दिँदा सरकारले पीडितको राय लिनुपर्ने

काठमाडौं । अब सरकारले कैदीलाई आममाफी दिँदा पीडित पक्षको समेत राय लिनुपर्ने भएको छ । हत्या अभियोगमा आममाफी पाएका नेपालगञ्जका योगराज ढकाल ‘रिगल’को आममाफीको विषयमा सुनुवाई गर्दै सर्वोच्चले सो फैसला सुनाएको हो । कानुनद्वारा निर्धारित प्रतिशतको सीमा बन्देजको अतिरिक्त पीडितको हक संरक्षित रहने गरी निजको सहमति मन्जुरी समेत लिई सजाय कम गर्ने वा घटाउने, छुट दिने निर्णय गर्न सर्वोच्चले आदेश दिएको छ । यसरी गर्ने निर्णयमा वस्तुगत आधार र उचित कारण अभिव्यक्त रुपमा खुलाएर मात्रै निर्णय गर्न पनि सर्वोच्चले परमादेश दिएको छ । ‘कैद कट्टी गर्ने र कम गर्ने, छोट्याउने वा मिनाहा दिनेजस्ता काम कारवाही र निर्णय गर्दा कानूननद्वारा निर्धारित प्रतिशतको सीमा बन्देजका अतिरिक्त पीडितको हक संरक्षित रहने गरी निजको सहमति मञ्जुरी समेत लिई, पीडितलाई सामाजिक पुनःस्थापना र क्षतिपूर्तिसहितको न्याय प्राप्त भएको अवस्था सुनिश्चित गरी यस अदालतको आदेश र प्रतिपादित सिद्धान्तहरूसहित कानूनमा उल्लेख भएका अन्य शर्तहरू समेतको समुचित रूपमा अनुशरण गरी तथा अवस्थानुसार सार्वजनिक हित, चासो र सरोकारका विषयतर्फ समेत दृष्टिगत गरी सजाय कम गर्ने वा घटाउने, छुट दिने निर्णय गर्नु र यसरी गरिने निर्णयमा वस्तुगत आधार र उचित कारण अभिव्यक्त रुपमा खुलाएर मात्र निर्णय गर्ने गर्नू भनी प्रत्यर्थीहरूका नाममा परमादेश जारी हुने’, सर्वोच्चको पूर्ण इजलासले बिहीवार गरेको फैसलामा उल्लेख गरिएको छ । सर्वोच्चको फैसलाको पूर्ण पाठ [pdf id=444259]

सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी पठाऔं दश गुणा बढी पाऔें’ योजनामा लिम्बुले जिते १ लाख

काठमाडौं । सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी पठाऔं दश गुणा बढी पाऔें’ योजनामा यु के बाट रेमिटान्स पठाउने स्वादेन लिम्बुले १ लाख जितेका छन् । सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी पठाऔं दश गुणा बढी पाऔें’ योजना अन्तर्गत पहिलो १ लाख बिजेताको नाम घोषणा भएको हाे । सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०८० सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’ उपहार योजना घोषणा गरेको थियो । जस अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही १००,००० रुपैयाँ, हरेक हप्ता ५ जनालाई जनही २५,००० रुपैयाँ साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको कम्पनीले जनाएको छ । सोही योजना अनुरुप अहिले सम्म ३१०० जनाले ५०० रुपैयाँको वालेट टप् अप, २० जना सप्ताहिक बिजेताहरुले जनही २५,००० रुपैयाँ जित्न सफल भैसकेका छन् भने १ जना भाग्यशाली मासिक बिजेताले  १ लाख जित्न सफल भएका छन् । कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा यु के बाट रेमिटान्स पठाउने स्वादेन लिम्बुले १ लाख जित्न सफल भएका हुुन् । कम्पनीका अनुसार यस “विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔें” अफर असोज १५ देखि मङ्सिर १५ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेसका देशभर छरिएर रहेका २५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

मेरिनाले गर्यो क्रिकेट खेलाडी र क्यानको पदाधिकारीलाई सुट स्पोन्सर

काठमाडौं । मेरिना इम्मेक्सले राष्ट्रिय क्रिकेट खेलाडी र क्यानको पदाधिकारीलाई सुट स्पोन्सर गरेकाे छ । यस विषयमा विहीबार क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र मेरिना इम्पेक्सबीच एक सम्झौता भएको छ । सम्झौताअनुसार बागबजारस्थित सर्टिङ तथा सुटिङ कम्पनी मेरिना इम्पेक्सले नेपाली राष्ट्रिय क्रिकेट टिम र क्यान सञ्चालक समितिलाई ४० थान सुट उपलब्ध गराउने छ । राम्रो गुणस्तरका ४० थान सुटको डिजाइन दुवै संस्थाले अनुमोदन गरिसकेका छन् । यस सम्बन्धि सम्झौतापत्रमा क्यानका तर्फबाट कोषाध्यक्ष पदमबहादुर खड्का र मेरिना इम्पेक्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन खड्काले हस्ताक्षर गरेका छन् । मेरिना इपेक्सका सञ्चालक अर्जुन बस्नेतले विश्व कप छनाैट खेल खेलिरहेका खेलाडीहरुको मनोबल बढाउनका लागि राम्रो र गुणस्तरको सुट प्रदान गर्न लागेकाे जानकारी दिए । ‘हाम्रो क्रिकेट टोली विश्व कपमा आकर्षक देखियोस् भन्ने पनि हो,’ उनले विकासन्युजसँग भने, ‘यति सहयोग गरेर हौसला बढाउन पाउँदा हामी पनि खुसी छौँ ।’

मेटलाइफले ल्यायो माई चाईल्डस एडूकेशन प्रोटेकशन प्लान

काठमाडौं । अभिभावकहरूलाई आफ्ना साना बालबालिकाहरूको भविष्य र सपनाहरू सुरक्षित गर्न मद्दत गर्दै, मेटलाइफले यो हप्ता आफ्नो नयाँ बीमा योजना ‘माई चाईल्डस एडूकेशन प्रोटेकशन प्लान’ प्रचलनमा ल्याएको छ । यो बीमा योजना ३१ दिन देखि १५ वर्ष उमेरका बालबालिकाहरुको लागि संरक्षण प्रदान गर्न तयार गरिएको हो । यस योजनाको उद्देश्य बालबालिकाहरुले जीवनमा जस्तोसुकै चुनौतीहरू सामना गर्नु परे पनि उनीहरूको शैक्षिक आकांक्षाहरूको निरन्तरता सुनिश्चित गर्नु हो । यो बीमा योजना एक बृहत समाधान हो जसले बालबालिकाहरुलाई मात्र नभई अभिभावक (बीमालेख मालिक) लाई पनि बीमा कभरेज प्रदान गर्दछ । अभिभावक (बीमालेख मालिक)को दुर्भाग्यपूर्ण मृत्युको अवस्थामा, यस योजनाले बीमांक रकमको १०० प्रतिशत बराबर एकमुष्ठ भुक्तानी प्रदान गर्दछ साथै यसको अतिरिक्त, भविष्यमा गर्नु पर्ने बीमा शुल्कको छूट तथा बीमा योजनाको बीमांक रकमको २ प्रतिशत बराबरको मासिक आय लाभ समेत प्रदान गर्दछ । यो बीमालाभले अभिभावकको अनुपस्थितिमा पनि बालबालिका प्रति शैक्षिक जिम्मेवारीहरूलाई साथ दिइरहने कुरा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । अभिमावक (बीमालेख मालिक) लाई हुन सक्ने सम्भावित दुर्घटना र घातक रोगहरू बिरुद्ध रक्षावरणका लाागि विभिन्न पूरक करारहरु मध्येबाट छनौट गर्ने विकल्प पनि छ । न्यूनतम बीमांक रकम २५०,००० र अधिकतम  ५,०००,००० रूपैयाँ भएको यो योजनामा १० देखि २५ वर्षसम्मको लचिलो बीमा अवधिहरु मध्ये छनौट गर्न सकिन्छ । यस्तो बहुमुखी योजनाले आमाबाबुलाई आफ्नो बालबालिकाको शैक्षिक र भविष्यका आवश्यकताहरू अनुरूप सबै भन्दा उपयुतm बीमालाभहरु छनौट गरी रक्षावरण प्राप्त गर्न मद्दत गर्दछ । यसले परिवारहरूका लागि उनीहरूका बालबालिकाहरुलाई उनीहरूले पाउने अवसर र पाउनु पर्ने आवश्यक मद्दतको सुनिश्चित गर्दै, जीवनमा जस्तोसुकै आईपर्ने चुनौतीहरूविरुद्ध सुरक्षा समाधान प्रदान गर्दछ । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘माई चाईल्ड एडुकेशन प्रोटेकशन प्लान“ ले नेपालको युवाहरूको भविष्यका लागि हाम्रो आश्वासनलाई प्रतिनिधित्व गर्दछ । हामी बुझ्दछौं कि शिक्षा उज्ज्वल भविष्यको लागि चाबी/कुञ्जी हो, र यो योजना आमाबाबु वा अभिभावकहरूप्रति हाम्रो प्रतिबद्धता हो कि हामी वहा“हरूका बालबालिकाहरूको सपनाहरू सुरक्षित गर्न यहाँ छौं । यो सफलताको लागि र प्रत्येक बालबालिकाको यात्राको लागि सुरक्षित मार्ग प्रशस्त गर्ने वाचा हो ।’

सर्वोच्चको आदेश लगत्तै रिगल पक्राउ

काठमाडाैं । प्रहरीले योगराज ढकाल (रिगल) लाई पक्राउ गरेको छ। सर्वोच्च अदालतले रिगलको कैद मिनाहा बिहीबार बदर गरेपछि प्रहरीले उनलाई पक्राउ गरेकाे हाे । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार रिगललाई नेपालगञ्जबाट पक्राउ गरिसकिएको हाे ।

फेसबुकको नाम ‘फेसबुब’ राखे जुकरबर्गलाई १ अर्ब डलर दिने एलन मस्कको प्रस्ताव

काठमाडौं । सामाजिक सञ्जाल ट्वीटर (एक्स) का सञ्चालक एलन मस्कले फेसबुकको नाम परिवर्तन गरी ‘फेसबुब’ राखे फेसबुक सञ्चालक मार्क जुकरबर्गलाई १ अर्ब अमेरिकी डलर दिने प्रस्ताव गरेका छन् । ‘फेसबूबमा लगइन गर्दा सबैजना कति खुसी हुनेछन् भनेर सोच्नुहोस्,’ मस्कले भनेका छन्, ‘मैले पहिले नै नयाँ साइट लोगोका लागि केही उत्कृष्ट विचार लेखेको छु, थोरै भए पनि मानवताका लागि राम्रो गर्ने प्रयास गर्नुपर्छ ।’ यो प्रस्ताव मस्कले विकिपिडियाका प्रमुखलाई अनलाइन सन्दर्भ साइटको नाम परिवर्तन गरी विकिपिडियासँग मिल्दोजुल्दो कुरामा परिवर्तन गर्न गरेको समान प्रस्तावमा आउँछ । फेसबुक सञ्चालक जुकरबर्गले ‘थ्रेड्स’ मा मस्कलाई जवाफ दिएका छन् । त्यसपछि जुकरबर्गले यसलाई अरूहरूले देखुन् भनेर ट्वीटर ९एक्स० मा पोस्ट गर्नुपरेको थियो । ‘जब एलनले फोन गरेर मलाई हाम्रो नाम परिवर्तन गर्न १ अर्ब डलर दिने प्रस्ताव गरे, मलाई लाग्यो कि उनले ठट्टा गरिरहेका छन्,’ फेसबुक सञ्चालक जुकरबर्गले ट्वीटरमा लेखेका छन् ‘तर, उनले यसलाई जान दिएनन् र अन्ततः मैले महसुस गरेँ कि उनी यसबारे गम्भीर छन् । यदि मैले एक मिनेटका लागि यसलाई विचार गरिनँ भने म झुटो बोल्छु ।’ प्रिन्ट टाइमका रूपमा मस्कले फेसबुक सञ्चालक कम्पनी मेटाको नाम ‘फेटा’ मा परिवर्तन गर्ने र यसलाई ग्रीक चीज कारखानामा परिणत गर्ने प्रस्ताव पनि गरेका थिए । तर, जुकरबर्गले मस्कको प्रस्ताव अस्वीकार गरेका थिए ।

महालक्ष्मी विकास बैंकले आर्किड गार्डेन नेपाल परियोजनालाई गर्यो आर्थिक सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग गरेको छ । महालक्ष्मी विकास बैंकद्वारा पिछडिएका बालबालिकाहरुको अधिकार, कल्याण र स्वास्थ्य सुरक्षित गर्ने मुख्य उद्देश्यले स्थापित आर्किड गार्डेन नेपाल परियोजनालाई सफल बनाउन राउण्ड टेबल नेपालसँग समन्वय गरी आर्थिक सहयोग प्रदान गरिएको हो । विगत १७ बर्ष देखि पिछडिएका बालबालिकाहरुलाई दिवा स्याहार तथा शिक्षा प्रदान गरिरहेको बाल विद्यालयको हालको अवस्था अत्यन्त नाजुक रहेकोले विद्यालयको अवस्था सुधार गरी बालबालिकाको पठनपाठनमा सहजता पु¥याउने उद्देश्यले बैंकले ५० हजार रुपैयाँको आर्थिक सहयोग गरेको हो । विद्यालय ग्राउन्ड सतह भन्दा करिब ४ फिट तल रहेको, बर्षायाममा कक्षा कोठामा बाढी पस्ने कारणले विद्यालय बन्द गर्नुपर्ने र सरकारी प्राधिकरणबाट विद्यालय सुधारका लागि सूचना समेत आइसकेकोले आर्किड गार्डेन नेपाल परियोजना अन्तर्गत रहि विद्यालय सुधार गर्न लागिएको हो । ६ महिनादेखि ९ वर्षसम्मका १५० जना बालबालिकाहरुलाई दिवा स्याहार सेवा तथा शिक्षा प्रदान गरिरहेको विद्यालयले सुधार पश्चात करिब २०० जना बालबालिकालाई सेवा प्रदान गर्ने सामथ्र्य राख्दछ । आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । विगत देखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ ।