विकासन्युज

आईसीसी टी-२० विश्वकप : डिभाइन वाइनले १ डट बल बराबर १० वटा रुख रोप्ने

काठमाडौं । डिभाइन वाइनले प्रत्येक १ डट बल बराबर १० वटा रुखहरु रोप्ने निर्णय गरेको छ । श्री महाकाली वाइनको प्रमुख उत्पादन डिभाइन वाइनले यही जेठ १९ देखि सुरु भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत नेपालका गेमहरुमा खसेको प्रत्येक डट बलमा १० वटा रुखहरु रोप्ने निर्णय गरेको हाे । खेलकुदलाई प्रकृतिसंग सहकार्य गराउने उद्धेश्यले यो निणर्य गरिएको हो । सुरुवाती चरणमा नेपालले ४ वटा खेलहरु खेल्ने छन् । जसमा पहिलो खेल नेडरल्यड, दोस्रो श्रीलंका, तेस्रो साउथ अफ्रिका र चौथोमा बंगलादेशसंग खेल्नेछन् । यी प्रत्येक खेलमा खसेको डट बलमा हरके बल बराबर १० वटा बिरुवाहरु रोपिने कम्पनीले जनाएको छ । सोही निर्णय अन्तर्गत रहेर जेठ २२ गते हुने पहिलो खेल नेपाल र नेडरल्याड बिचको खेलमा खसेको डट बल हरुको आधारमा आएको संख्या बराबरको रुखहरु धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङ्ग राईलाई प्रदान गरिने छ ।

‘बजेट कार्यान्वयन गरौं, उद्योगमा ठूलो समस्या आयो भने पछि करेक्सन गरौंला’

काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीले उद्योगी व्यवसायीलाई बजेट कार्यान्वयन गर्न आग्रह गरेका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्षको बजेटमा आर्थिक विधेयक मार्फत् करको हेरफेरमा व्यवसायीबाट केही मतभेदहरू सार्वजनिक भएको बताउँदै अहिले बजेट कार्यान्वयन गर्न आग्रह गरेका हुन् । उनले करमा भएको हेरफेरले कुनै समस्या सिर्जना भएमा वा पछि उद्योगमा नै ठूलो समस्या देखिएको खण्डमा अर्को वर्षको बजेटमार्फत् करका नीतिगत विषय हेरफेर वा सच्याउन सकिने धारणा राखेका हुन् । ‘करको दर धेरै परिवर्तन भएको छैन, जति परिवर्तन भएको छ त्यहाँ धेरै आलोचना भएको छ,’ उनले भने, ‘भन्सारमा विगतsf वर्षदेखि आयकर लगाउनु हुँदैन भन्ने छ तर राज्यको आवश्यकताअनुसार नीतिगत व्यवस्था गर्ने हो, अब कार्यान्वयन गर्नुकाे विकल्प छैन ।’

हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टमा प्रभु बैंकका ग्राहकलाई छुट

काठमाडौं । हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टमा प्रभु बैंकका ग्राहकलाई छुट हुने भएको छ । आन्तरिक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको सहासी पदमार्गीहरु माझ लोकप्रीय गतव्य, भिन्न भिन्न भाषा संस्कृती, भौगोलिक बनावट भएको लमजुङ जिल्लाको सदरमुकाम बेसिसहरमा अवस्थित गेट वे हिमालय रिसोर्ट प्रा।लि र प्रभु बैंकबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । एक समारोहकाबीच हार्नेस जिपलाइन तर्फबाट प्रबन्ध निर्देशक शुनिल थापा, गेट वे हिमालय रिसोर्ट प्रा।लि तर्फबाट सन्चालन प्रबन्धक नकुल गिरी र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यमबबाट बिल भुक्तानी गर्दा हार्नेस जिपलाइनमा उपलब्ध विभिन्न प्रकारका जिपलाइन, जाइन्ट स्विङ, कालिगण्डकीमा राफ्टीङ लगाएतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । हार्नेस जिपलाइन, पछिल्लो तिन वर्षदेखी संचालनमा आएको र छोटो समयमा नै धेरै साहसीक मनहरुलाई आकर्षित गर्न सफल भएको देखिन्छ । तथा गेट वे हिमालय रिसोर्टमा उपलब्ध आवासमा २० प्रतिशत र खाना र मनोरञ्जन लगायतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

नेपाल र नेदरल्यान्डको खेलअघि डिशहोम फाइबरनेटको अफर, २ वर्षको रिचार्जमा १ वर्ष निःशुल्क

काठमाडौं । नेपाल र नेदरल्यान्डको खेलअघि डिशहोम फाइबरनेटको अफर सार्वजनिक गरेको छ । डिशहोम फाइबरनेटले २ वर्षको रिचार्ज गर्दा अतिरिक्त १ वर्षको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको छ । जारी आईसीसी पुरुष टि-२० विश्वकपमा नेपालले ग्रुप स्टेज अन्तर्गत आज मंगलबार राती ०९:१५ बजे नेदरल्यान्डसँग आफ्नो पहिलो खेल खेल्दै छ । यी दुई टिमबीचको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको छ । डिशहोमले आज दिउसो ०३:१५ बजे ‘लेख्नेछौ नयाँ ईतिहास’ शीर्षकमा २४ महिनाको रिचार्ज गर्दा अर्को १२ महिनाको सब्सक्रिप्सन निःशुल्क गर्ने जनाएको हो । यो अफर आज राती ११ : ५९ बजे सम्मका लागि मात्र लागु रहेको डिशहोम फाइबरनेटले जनाएको छ । यो अफर लिनको लागि ग्राहकहरुले २०० एमबीपीयस र सो भन्दा माथिका प्याकेजहरु २४ महिनाको लागि रिचार्ज गरेको हुनु पर्ने छ । रिचार्ज गर्नको लागि आफु नजिकै रहेको डिशहोमको डिलर कहाँ गई बिना कुनै झन्झट सजिलै रिचार्ज गरी यस् गज्जबको अफरको फाईदा उठाउन सक्नेछन् । साथै अनलाइन पेमेन्ट वालेटहरु मार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

‘न्यून बिजकीकरण गर्ने अभ्यास बढ्यो, बजेट कार्यान्वयनको विकल्प छैन’

काठमाडौं । भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलाले बजेट कार्यान्वयनको विकल्प नभएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको उद्योग व्यवसायी वातावरण निर्माणमा निजी क्षेत्र–सरकार संवाद कार्यक्रममा उनले न्यून बिजकीकरण गर्ने अभ्यास बढेकाले बजेट कार्यान्वयनको विकल्प नभएको बताएका हुन् । ‘सेटिङमा न्यून बिजरीकरण भइरहेको छ, त्यो प्रवृतिलाई कम गर्न खोजेका छौं,’ उनले भने, ‘कच्चा र तयारी वस्तुको महसुलदरलाई अध्ययन गरेर निर्धारण गरिएको हो ।’ यस्तै उनले स्वदेशी व्यवसायलाई प्रवर्द्धन गर्न खोजिरहेको पनि बताएका छन् । व्यापार सहजीकरण गर्ने, वैधलाई सहजीकरण र अवैधलाई कारबाही गरिरहेको उनको भनाइ छ । उनले सुनमा सन्तुलन ल्याउन यस्तो निर्णय गरिएको बताए ।

सरकारले अस्पतालमा स्वास्थ्य सेवा शुल्क निर्धारण गर्नुपर्छ : तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्व स्वास्थ्यराज्यमन्त्री डा. तोसिमा कार्कीले सरकारी तथा निजी क्षेत्रको अस्पतालहरुमा स्वास्थ्य सेवा शुल्क निर्धारण गर्न सरकारसँग माग गरेकी छन् । मंगलबार प्रतिनिधि सभा बैठकले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएकी हुन् । सांसद कार्कीले स्वास्थ्यकर्मीको दरबन्दी थप्ने र त्यसको व्यवस्थापन गर्ने काममा पनि सरकारल ढिलाई गर्न नहुने बताइन् । मुलुकको स्वास्थ्य क्षेत्र लथालिंग भएकाले त्यसको नियमनमा उचित ध्यान दिन पनि सरकारलाई सचेत गराइन् । सांसद कार्कीले भनिन्, ‘स्वास्थ्य क्षेत्रलाई त सरकारले कहिल्यै पनि प्राथमिकतामा नराखेको हो कि भनेजस्तो मलाई भान हुन्छ । हुन त झट्ट हेर्दाखेरी ८६ अर्व २४ करोड बजेट राखिएको छ । आईटी पार्क भनेर ३० करोड लगानी गरेर बनाईयो । अहिले हामीले फेरी नयाँ आइटी पार्क बनाउँछौं भनेर योजनाहरु ल्याउँदै गर्दा विगतमा हामी यो कन्सेप्टमा गएर फेल भईसकेको उदाहरण हामीसँग हुँदैगर्दा अव हामी यसमा सफल हुने आधारहरु के छ ? भनेर यसलाई थप स्पष्ट पार्न जरुरी छ ।’ सांसद कार्कीले आईटी पार्क बनाउने कुरा असफल भईसकेकाले त्यसमा जोड दिने काम नगर्न पनि सरकारलाई सुझाव दिइन् ।

व्यवसायीलाई महानिर्देशक बुढाले भने- हामी कसैलाई त्रसित बनाउँदैनौं, स्वस्थ प्रतिस्पर्धा गर्नुस्

काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाले विभागले व्यवसायीहरूलाई उद्योगी व्यवसायीलाई त्रसित नबनाउने र केही कमी कमजोरी भए समन्वय गरेर जान तयार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको उद्योग व्यवसायी वातावरण निर्माणमा निजी क्षेत्र–सरकार संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘राजस्वको लक्ष्यमा योगदान दिने हो, भन्सारको काममा थप सहयोग गरिरहेका छौं,’ उनले भने, ‘बजारमा स्वस्थ प्रतिस्पर्धाका लागि काम गरिरहेका छौं, अस्वस्थ प्रतिस्पर्धा कम गरेर स्वस्थ व्यावसायिक वातावरण सिर्जना गर्ने हो ।’ यस्तै उनले ८ सय बढी गाडी नियन्त्रणमा लिएर छुटाएको पनि बताए । भन्सार जाँचपास भइसकेका गाडी पुनः जाँच हुने अभ्यासको प्रश्न उठेपछि उनले विशेष सूचनाका आधारमा भन्सार महसुल नतिरेकाको मात्रै चेकजाँच हुने गरेको बताए ।

फेडेरल र निर्माको सहकार्यमा सुरु भयो न्युजलेटर ‘नेप्सुरेन्स’

काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड र नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोसिएसनको सहकार्यमा सोमबार पहिलो न्युजलेटर नेप्सुरेन्सको शुभारम्भ भएको छ । फेडेरल र निर्माबीच गत माघ ९ गते बीमा, जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षाको क्षेत्रमा क्षमता अभिवृद्धि, खोज तथा अनुसन्धान साथै जागरण कार्यक्रमहरुको लागि दीर्घकालीन सहकार्य गर्ने सम्बन्धी रणनीतिक समझदारी गरिएको थियो । फेडेरल र निर्मा बीचको साझेदारीले नेपालमा बीमा र जोखिम व्यवस्थापन परिदृश्यलाई सहयोगी गतिविधिहरूको शृंखलामार्फत बृद्धि गर्ने लक्ष्य राखेको छ । नेप्सुरेन्स दुई कम्पनीको संयुक्त प्रयासमा पहिलो कदम हो । जसले बीमा व्यवसायी र आम जनतालाई बहुमूल्य अन्तर्दृष्टि, सूचना तथा जानकारी उपलव्ध गराउन मदत गर्दछ । नेप्सुरेन्सले विश्वव्यापी र स्थानीय बीमा उद्योगका गतिविधि, विशेषज्ञ अन्तर्दृष्टि, सरोकारवालाको द्धष्टिकोण, बीमा जागरुकता सम्बन्धी लेखहरु र नियामक परिवर्तनहरुमा हुने अद्यावधिकहरु जस्ता विभिन्न क्षेत्रलाई समेटी पाठकहरुलाई ज्ञानवद्र्धक सुचना तथा अभिलेखहरु प्रदान गर्नेछ ।