विकासन्युज

दिपलको आधिकारिक बिक्रेतामा हिमालय मोटरक्स नियुक्त

काठमाडौं । चिनियाँ विद्युतीय गाडी दिपलको लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गनाईजेशन अन्तरगतको हिमालय मोटर्स प्रालिलाई नियुक्त गरेको छ । पोखराको नयाँबजार ८ मा रहेको हिमालय मोटर्सको शोरुममा गई दिपल गाडी बुकिङ गर्न सकिने छ । नेपाली बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल यो गाडी पोखरा क्षेत्रमा पनि धेरैको रोजाइमा पर्ने विश्वास गरिएको छ । टेस्ट ड्राईभको लागि एक साता भित्र गाडि पोखरामा उपलब्ध हुने कम्पनीले जनाएको छ । दिपलको एस ०७ र एल ०७ लगाएत अन्य मोडेलहरु उपलब्ध हुने बताइएको छ । गाडि बुकिङ गर्ने ग्राहकहरुलाई एक साता भित्रै गाडि उपलब्ध गराइने कुरा कम्पनीले जानकारी गराएको छ । दिपलको एस ०७ इ एसयूभी इन्टेलीजेन्ट र लक्जरियस रहेको कम्पनीको दाबी छ । नेपालमा यो गाडिको मुल्य ७४ लाख ९९ हजार रुपियाँ तोकीएको छ । सिंगल चार्जमा ४१० देखी ४८५ किमी रेन्ज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । एल ०७ को मुल्य ६६ लाख ९९ हजार रुपियाँ तोकेको छ । हिमालय अर्गनाईजेशन अन्तरगतको आयम इन्टरकन्टिनेनटल प्रालि फोर्स मोटर्सका गाडिको लागि नेपालको आधिकारिक विक्रेता हो । विगत ३ दशक भन्दा बढी समयदेखि यस अर्गनाईजेशन अटोमोबाइल्स व्यवसायमा सक्रिय रहँदै आएको छ । यो समूहका अध्यक्ष ध्रुव थापा हुन् ।

झापामा १ हजार ११० उद्योग दर्ता, २ करोड ६८ लाख राजस्व संकलन

फाइल फोटो भद्रपुर । आर्थिक वर्ष २०८०/८१ झापामा १ हजार १ सय १० नयाँ साना तथा घरेलु उद्योग दर्ता भएका छन । घरेलु तथा साना उद्योग कार्यालयमा उद्योगतर्फ ६ सय २९ र वाणिज्यतर्फ ४ सय ८१ फर्म दर्ता भएका हुन् । उक्त कार्यालयका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार २ सय ८८ उद्योग खारेज हुँदा १ हजार ७ सय ८ उद्योगले नवीकरण गरेका छन् । गत आवमा २ सय ४३ उद्योगले पुँजी वृद्धि गर्दा झापाका घरेलु तथा साना उद्योगको पुँजी ३ अर्ब २८ करोड रुपैयाँले बढेको थियो । वाणिज्यतर्फ २ सय ७८ फर्मले पुँजी वृद्धि गर्दा ५ अर्ब १ करोड १० लाख ५० हजार भएको छ । उक्त कार्यालयले गत आवमा २ करोड ६८ लाख ९० हजार ७ सय ५० रुपैयाँ राजस्व संकलन गरेको छ । आव २०७९/८० मा १ करोड ८० लाख ६ हजार रुपैयाँ संकलन भएको थियो ।

‘स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघद्वारा ‘निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता’ विषयमा मधेश प्रदेशका रोजगारदाताहरुका लागि वीरगंजमा आयोजित तीनदिने तालिमको बुधबार उद्घाटन समारोहमा बैद्यले यस्तो बताएका हुन् । उद्धघाटन कायक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका बैद्यले स्याहार तालिम आयोजना हुनुको प्रमुख उद्देश्य रोजगारदाताहरुलाई स्याहार काम के हो र यसको अर्थतन्त्रमा योगदान के छ भन्ने विषयमा प्रकास पारेका थिए । यस्तै, स्याहार कामको लागि वैदेशिक रोजगारीमा जानेले पठाउने रकम अर्थतन्त्रमा गणना हुने भए पनि स्वदेशमै गरिने स्याहार कामको गणना नहुने गरेको र अनौपचारिक क्षेत्रमा हुने यस्ता कामको पनि गणना गर्ने काममा सरकारसँगै निजी क्षेत्र र यसका सरोकारवालाहरुको उत्तिकै जिम्मेवारी रहेको उनको भनाइ थियो । अन्तर्राष्ट्रिय श्रम संगठनको सशक्त महिला सम्बृद्ध नेपाल परियोजानासँगको सहकार्यमा मदेश, कर्णाली र सुदूरमश्चिम प्रदेशहरुमा कार्यक्रम गरिँदै आएको पनि उनले जानकारी दिए । महासंघका केन्द्रीय सदस्य तथा ब्यापार समिति सदस्य सुबोध गुप्ताले बीरगन्ज नगर सफा भएको तथापि सडकमा व्यवसाय गर्ने महिलाको व्यवसायको सुरक्षा नभएकोले त्यसको सुनिश्चित नहुँदा उनीहरुको जीविकोपार्जनमा असर परेको बताएका थिए ।  

एनआईसी एशिया क्यापिटलले घोषणा गर्याे ५ वटा म्युचुअल फण्डको लाभांश

काठमाडौं । एनआईसी एशिया क्यापिटलले विभिन्न ५ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको साउन १६ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ५ वटा म्युचुअल फण्डका इकाईधनीहरूलाई लाभांश वितरण गर्ने भएको हो । एनआईसी म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया सेलेक्ट–३० (इण्डेक्स फण्ड)ले १४ प्रतिशत अर्थात् १७ करोड ५० लाख रुपैयाँ, फ्लेक्सी क्याप फण्डले १०.५० प्रतिशत अर्थात् १० करोड ७१ लाख रुपैयाँ, डाइनामिक डेप्ट फण्डले १० प्रतिशत, ग्रोथ फण्डले ९.५० प्रतिशत अर्थात् ७ करोड ९३ लाख ४४ हजार रुपैयाँ र ब्यालेन्सड् फण्डले ९.२५ प्रतिशत अर्थात् ६ करोड ९८ लाख ३७ हजार ५ सय रुपैयाँ बराबरको प्रतिफल इकाईधनीहरूलाई वितरण गर्ने भएका हुन् । एनआईसी एशिया बैंक कोष वर्द्धक रहेका यी फण्ड डाइनामिक डेप्ट फण्ड खुलामुखी योजना हो भने अन्य सबै म्युचुअल फण्ड बन्दुमुखी योजना हुन् ।

४ करोड खर्चेर जुम्लामा खानेपानी आयोजना बनाइँदै

जुम्ला । तिला गाउँपालिका–१ रारागाउँमा ४ करोड रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण गरिने भएको छ । गत आर्थिक वर्षमा पालिकाले ६ करोडको ठेक्का आह्वान गरेकामा ४ करोड रुपैयाँमा निर्माण कम्पनी शिवदेउती सुलोचना बजु जेभीसँग सम्झौता भएको छ । गाउँपालिका प्रविधिक शाखाका प्रमुख धनप्रसाद चौलागाईंका अनुसार तीन वर्षभित्रमा आयोजना पूरा गर्नुपर्नेछ । पहिलो चरणमा आयोजनाका निम्ति आवश्यक पर्ने सामग्री खरिद गर्न सुरु भएको छ । आयोजनाका लागि संघीय सरकारबाट विशेष अनुदानअन्तर्गत १ करोड ५० लाख रुपैयाँ प्राप्त भएको थियो । आयोजनाका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) बाट ९५ लाख र पालिकाले १ करोड १० लाख रुपैयाँ व्यहोर्नेछ । गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाका अनुसार आयोजना पूरा भएपछि तिलाका २ सय ६० परिवार लाभान्वित हुनेछन् । तिला–६ बाट रारागाउँ मुहानसम्म १५ किलोमिटर लामो संरचना निर्माण गर्नुपर्नेछ । यसैबीच, कनकासुन्दरी गाउँपालिका–४ स्थित भैसेडी भएर बग्ने हिमा नदीमा पक्की पुल निर्माण भएको छ । पुल निर्माणसँगै यातायातका साधन पनि सञ्चालनमा आएका छन् । पूर्वाधार विकास कार्यालयले उक्त पुल मूल्यअभिवृद्धि करसहित रु चार करोड ३२ लाख ६३ हजारमा निर्माण गरेको हो । यो पुल ३० मिटर लामो छ ।

कामना सेवा विकास बैंकको सेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा ५१ हजार ५३४ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकका अनुसार विभिन्न संस्थापक सेयरधनीहरूले सेयर बिक्री गर्न निवेदन दिएको हुँदा पहिलो प्राथमिकता विद्यमान संस्थापकलाई दिइएको छ । हाल कायम संस्थापक सेयरधनीहरूले मात्रै बैंकको उक्त सेयर खरिद गर्न ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।

लक्ष्मी क्यापिटलले घोषणा गर्याे दुई वटा म्युचुअल फण्डको लाभांश

काठमाडौं । लक्ष्मी सनराईज क्यापिटलले दुई वटा म्युचुअल फण्डका इकाईधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ । लक्ष्मी सनराईज क्यापिटलको साउन १५ गते बसेको बैठकले लक्ष्मी उन्नती कोष र लक्ष्मी भ्यालु फण्डका इकाईधनीहरूलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित उन्नती कोषले इकाईधनीहरूलाई गत आर्थिक वर्ष २०८०/८१ को नफाबाट करसहित ७.५ प्रतिशत प्रतिफल वितरण गर्नेछ । यस्तै लक्ष्मी भ्यालु फण्डले इकाईधनीहरूलाई गत आर्थिक वर्ष २०८०/८१ को नफाबाट करसहित ७.५ प्रतिशत प्रतिफल वितरण गर्नेछ । यी दुईटै म्युचुअल फण्डको कोष प्रवर्द्धक लक्ष्मी सनराईज बैंक र योजना व्यवस्थापक लक्ष्मी सनराईज क्यापिटल रहेको छ ।

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले १० प्रतिशत लाभांश बाँड्ने

काठमाडौं । एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले लाभांश वितरण गर्ने भएको छ । योजना व्यवस्थापक तथा डिपोजिटरी एनआईसी एशिया क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले डाईनामिक डेप्ट फण्डका इकाईधनीहरूलाई १० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । डाईनामिक डेप्ट फण्डको गत आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण सम्पन्न भइसकेपछि इकाईधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने भएको हो । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित उक्त खुलामुखी योजनाको कोष प्रवर्द्धक एनआईसी एशिया बैंक रहेको छ । साथै लाभांश वितरण प्रयोजनार्थ साउन १७ गते बुक क्लोजग गर्ने निर्णय गरेको छ । त्यसैले साउन १६ गतेसम्म कायम इकाईधनीहरू मात्रै उक्त प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् । एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड इकाईधनीहरूले लाभांश प्राप्त पश्चात् समायोजित मूल्यमा पुनः लगानी योजनामार्फत् उक्त रकमले थप इकाईहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ । जसका लागि साउन ३२ गतेभित्र नाम दर्ता गराउनुपर्नेछ ।