नाफामा पहिलो बैंक बन्यो नबिल, पौने ४ अर्ब वितरणयोग्य नाफा हुँदा लाभांश क्षमता १४.२६ प्रतिशत
काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०८/०८१ मा ७ अर्ब ६ करोड खुद नाफा गरेको छ । बैंकले अघिल्लो आवको सोही अवधिमा ६ अर्ब ४० करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खुद नाफा अघिल्लो आवको तुलनामा १०.२४ प्रतिशत बढी नाफा गरेको हो । वाणिज्य बैंकमा सबैभन्दा बढी नाफा गर्ने बैंक नबिल बनेको छ । बैंकले १६ अर्ब २० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा बैंकको ब्याज आम्दानी १७ अर्ब ७४ करोड रुपैयाँ थियो । यस्तै, बैंकले गत आवमा ४ खर्ब ६२ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ७३ अर्ब ५७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ खर्ब ९६ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ३१ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको कर्जा लगानी र निक्षेप बढेको छ । गत असारसम्म बैंकको जगेडा कोषमा २८ अर्ब ६५ करोड रुपैयाँ सञ्चित छ । गत आवमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ रहेको छ । यस आधारमा बैंकले गत आवको नाफाबाट १४.२६ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । नबिलको खुद खराब कर्जा १.०७ प्रतिशत र ग्रस एनपीएल ३.८५ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २६.०९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २२०.१६ रुपैयाँ रहेको छ ।
नेपाल बैंकको नाफा साढे १ अर्ब, अधिकांश सूचकमा गिरावट
काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ६५ करोड ६८ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ४३ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिमा बैंकको नाफामा ५१.८० प्रतिशतको गिरावट देखिएको हो । बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ८० करोड २१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ९ अर्ब ४० करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै, बैंकको जगेडा कोषमा २२ अर्ब ३८ करोड रुपैयाँ सञ्चित रहेको छ । गत वर्ष बैंकले २ खर्ब ८३ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५७ अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले अघिल्लो आवमा कुल २ खर्ब ४४ अर्ब ५१ करोड र १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेकाके थियो । अघिल्लो आवको तुलनामा बैंकको निक्षेप र कर्जा लगानी घटेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९३ लाख रुपैयाँ रहकेो छ । यस्तै, बैंकको खराब कर्जा ३.२८ प्रतिशत पुगेको छ । अघिल्लो आवमा २.८५ प्रतिशत खराब कर्जा थियो । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ११.२८ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ २५७.५७ रुपैयाँ रहेको छ । बैंकले खराब कर्जा बढेको कारण नाफामा गिरावट आएको बताएको छ । हाल नेपाल बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृत आएका छन् । बैंकको सीईओमा तिलक पाण्डेको आगमनसँगै बैंकको पफर्मेन्समा केही सुस्सता आएको देखिएको छ । पछिल्ला केही वर्षदेखि नेपाल बैंकले राम्रो पफर्मेन्स गर्दै आएको थियो । तर, गत वर्ष भने बैंकका अधिकांश सूचक घटेका छन् ।
एनएमबि बैंकको नाफा २ अर्ब ३३ करोड, आरओई ८.१३ प्रतिशत
काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब २२ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा घटेको छ । यस्तै, बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ४९ करोड ७० लाख रुपैयाँ रहेको छ भने अघिल्लो आवको सोही अवधिमा बैंकले ८ अर्ब ३४ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस्तै, बैंकले यो अवधिमा कुल २ खर्ब २३ अर्ब ९४ करोड र कर्जा लगानी १ खर्ब ९४ अर्ब ३३ करोड रुपैयाँ प्रवाह गरेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा २३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब १४ करोड रुपैयाँ थियो । बैंकको खराब कर्जा अनुपात ३.२७ प्रतिशत पुगेको छ भने अघिल्लो आवको सोही अवधिमा २.७५ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी १२.७२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १५८.२७ रुपैयाँ रहेको छ । बैंकको रिटर्न अन इक्विटी ८.१३ प्रतिशत रहेको छ ।
व्यवसाय विस्तारमा आक्रामक देखियो कृषि विकास, नाफा १७६ प्रतिशत बढ्दा ईपीएस २४.७५ रुपैयाँ पुग्यो
काठमाडौं । कृषि विकास बैंक व्यवसाय विस्तारमा आक्रामक देखिएको छ । अघिल्लो आर्थिक वर्ष व्यवसायमा केही सुस्त बनेको कृृषि विकास बैंक गत आर्थिक वर्षमा भने व्यवसायमा आक्रामक बनेर वित्तीय सूचकहरुमा उछाल ल्याएको हो । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणअनुसार बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो आवको तुलनामा अहिले बैंकको नाफा १७६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको २ अर्ब ६६ करोड बढी वितरणयोग्य नाफा रहेको छ । यो भनेको अघिल्लो वर्षको तुलनामा ११४.१९ प्रतिशतको बढोत्तरी हो । यस्तै, बैंकको बैंकको प्रतिसेयर आम्दानी २४.७५ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको ७.४२ रुपैयाँ थियो । बैंकको सञ्चालन नाफा ५ अर्ब २९ करोड रुपैयाँ बढी छ । यस्तै, बैंकको निक्षेप संकलन २ खर्ब ४३ अर्ब ५८ करोड पुगेको छ । यो भनेको अघिल्लो वर्षको तुलनामा २२ प्रतिशतले बढी हो । बैंकले २ खर्ब १ अर्ब ७६ करोड बढी कर्जा प्रवाह गरेको छ । यो अघिल्लो वर्षको तुलनामा झण्डै १३ प्रतिशत बढी हो । बैंकको खराब कर्जा अनुपात ३.४४ प्रतिशत पुगेको छ ।अघिल्लो वर्ष बैंकको खराब कर्जा २.७८ प्रतिशत थियो ।
प्रभु बैंकको नाफा १४९९ प्रतिशतले बढ्यो, हरेक सूचकमा उछाल
काठमाडौं । प्रभु बैंकले साढे ४ अर्ब नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद ४ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको हो । जुन १४९९.०४ प्रतिशत बढी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा २८ करोड मात्रै खुद नाफा गरेको थियो । बैंकको आर्थिक वर्षको वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी १९.४३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९.९६ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी ३५४.६२ प्रतिशत बढेर ७ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वषको सोही अवधिमा बैंकको सञ्चालन आम्दानी १ अर्ब ५५ करोड रुपैयाँ थियो । बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १७ रुपैयाँ ८४ पैसा बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २२ करोड रुपैयाँ रहेको छ । यस बैंकको जगेडा कोषमा १२ अर्ब ८९ करोड रुपैयाँ सञ्चित छ भने बैंकको निक्षेप ५.५१ प्रतिशत बढेको छ भने कर्जा ३.८३ प्रतिशत घटेको छ । यस्तै, बैंकको खराब कर्जा ४.७८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ४.९८ प्रतिशत थियो ।
एनआईसी एशिया बैंकका अधिकांश सूचकमा गिरावट, वितरणयोग्य नाफा २.३० अर्ब ऋणात्मक
काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०८०÷८१ को चौथो त्रैमासमा खुद नाफा ६८.९१ प्रतिशत घटेर १ अर्ब ३८ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १३.३९ प्रतिशत घटेर १० अर्ब ६१ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १२ अर्ब २५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असारसम्म बैंकको खुद फि तथा कमिशन आम्दानी १३.८८ प्रतिशत घटेर २ अर्ब ७७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १२.३६ प्रतिशत घटेर १३ अर्ब १६ करोड रुपैयाँ, सञ्चालन मुनाफा ५३.८३ प्रतिशत घटेर ३ अर्ब १ करोड रुपैयाँ छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ३० करोड रुपैयाँ ऋणात्मक छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५३ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको भुक्ता पुँजी २९ प्रतिशत बढेर १४ अर्ब ९१ करोड रुपैयाँ र जगेडा कोष १४.४५ प्रतिशत घटेर १५ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप १३.८६ प्रतिशत बढेर ३ खर्ब ५४ अर्ब रुपैयाँ र कर्जा ३.९५ प्रतिशत बढेर २ खर्ब ७२ अर्ब रुपैयाँ छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी २९.१७ रुपैयाँ घटेर ९.२६ रुपैयाँमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २०२.२४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४७.८४ गुणा रहेको छ । तर, अघिल्लो वर्षको तुलनामा बढेको भएपनि बैंकले खराब कर्जा भने १.७४ प्रतिशतभन्दा बढी छैन । अघिल्लो वर्ष बैंकको खराब कर्जा ०.११ प्रतिशत थियो ।
प्राइम बैंकको नाफामा २६७.१९ प्रतिशत उछाल, वितरणयोग्य नाफा धनात्मक
काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले २६७.१९ प्रतिशत बढी नाफा गरेको हो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १२.१६ प्रतिशत बढेर ८ अर्ब ९१ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ७ अर्ब १४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असारसम्म बैंकको खुद फि तथा कमिशन आम्दानी ३१.४५ प्रतिशत बढेर १ अर्ब ५४ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.५३ प्रतिशत बढेर ९ अर्ब ९४ करोड रुपैयाँ र सञ्चालन मुनाफा १७७.३१ प्रतिशत बढेर ५ अर्ब ६९ करोड रुपैयाँ छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा भने १ अर्ब १९ करोड रुपैयाँ रहेको छ । यस आधारमा बैंकको गत वर्ष लाभांश वितरण गर्ने क्षमता ६.१८ प्रतिशतसम्म रहेको देखिन्छ । जबकी अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ६६ करोड ६९ लाख रुपैयाँ ऋणात्मक थियो । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोष ४८.३३ प्रतिशत बढेर ११ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ । गत वर्ष बैंकको निक्षेप २१.३६ प्रतिशत बढेर २ खर्ब ११ अर्ब २४ करोड रुपैयाँ र कर्जा १८.५८ प्रतिशत बढेर १ खर्ब ८१ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी १४.१५ रुपैयाँ बढेर १९.४५ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५०.४१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ११.४० गुणा रहेको छ । अघिल्लो वर्ष ४.८५ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर बैंकको खराब कर्जा ४.६७ प्रतिशतमा झारेको छ
ब्याज आम्दानीमा लक्ष्मी सनराइज बैंकको १०३.९७ प्रतिशत छलाङ, ३ अर्ब बढी नाफा
काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब २८ करोड रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले ३२.७९ प्रतिशत बढी नाफा गरेको हो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १०३.९७ प्रतिशत बढेर ११ अर्ब ५९ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ६८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असारसम्म बैंकको खुद फि तथा कमिशन आम्दानी ९४.६६ प्रतिशत बढेर १ अर्ब ९१ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ९०.५० प्रतिशत बढेर १४ अर्ब ७ करोड रुपैयाँ र सञ्चालन मुनाफा ३५.९९ प्रतिशत बढेर ४ अर्ब ४५ करोड रुपैयाँ छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा भने १ अर्ब २८ करोड रुपैयाँ रहेको छ । यसआधारमा बैंकको गत वर्ष लाभांश वितरण गर्ने क्षमता ५.५५ प्रतिशतसम्म रहेको देखिन्छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २३ अर्ब १८ करोड रुपैयाँ र जगेडा कोष ६.१७ प्रतिशत बढेर १७ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ । गत वर्ष बैंकको निक्षेप ११.०३ प्रतिशत बढेर ३ खर्ब २८ अर्ब ९३ करोड रुपैयाँ र कर्जा १.०१ प्रतिशत बढेर २ खर्ब ५० अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी २.५४ रुपैयाँ बढेर १३.०९ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७५.८० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३.३७ गुणा रहेको छ । अघिल्लो वर्ष २.९१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर बैंकको खराब कर्जा ४.७२ प्रतिशत पुगेको छ ।