विकासन्युज

पानी पिउने तालमेल र २० रोगबाट बच्ने उपाय

विश्वको दुई तिहाई भाग पानी हो । यसैगरि मानव शरिरमा पनि तीन भाग मध्ये २ भाग पानीको मात्रा नै रहेको छ । यो दुबै कुराको कुनै कुनै रुपमा सम्बन्ध रहेको कुरा धेरैजसोलाई थाहा नै छैन । खाना बनाउन पानी, खाना खान पानी, कपडा धुन पानी, सौचालयको लागि पानी, पुजामा पानी, श्रादमा पानी हरेका चिजमा नै पानी आवश्यक रहेको देखिन्छ । यसैगरि खाना बिना केयौ दिनसम्म हामी जिवित रहन सक्छौ तर पानी बिना ३ दिनसम्म पनि बाँच्न मुश्किल पर्छ तसर्थ पानी बिना दैनिकी जिवनको कल्पना गर्न सकिदैन अर्थात पानी एउटा त्यस्तो चिजहो जसको बिना जिवन न पहिला सम्भव थियो, न हाल तथा भविष्यमा समेत कल्पना गर्ने अवस्था हुने छैन । तर, दुखको कुरा के हो भन्ने हामीले सबैभन्दा जरुरी चिजलाई नजर अन्दाज गरिरहेका हुन्छौ किनभने यो प्रकृतीले फ्रि मा दिएको उपहार हो । यसैगरि पानी कति बेला कति पिउने हेर्दा सानो कुरा हो तर ठुलै किसिमले असर गरिरहेको हुन्छ । जस्तै हार्ट, लिभर, डाइजेष्टिभ सिस्टम, किडनी फंक्सन, कपाल झर्ने तथा छाला सम्बन्धि आदी समस्या सबै पानी पिउने तरिका र पानीको मात्रामा भर पर्छ । पानी जिवन हो पानी हामी दिनहु पिउने गर्छौ तर पनि धेरैजनालाई पानी कति पिउने, कति वेला पिउने, कसरी पिउने सो बारेमा प्रायजसो अनभिज्ञ रहेको पाईन्छ । आयुर्वेदको कुरा मान्ने हो भन्ने पानी सहि तरिकाले पियौ भने त्यो एक औषधी हो तर गलत तरिकाले पियौ भने यो जहर हो अर्थात पानी शरीरमा जसरी जान्छ त्यसैगरि नै असर गर्ने गर्छ । पानीलाई बरदान बनाउने कि श्राप हाम्रै हातमा । यदि पानीलाई तालमेल मिलाएर पिउन सिक्यौ वा जान्यौ भने भनिन्छ २० पलस रोग लाग्नबाट जोगिन सकिन्छ । जस्तै पाचनसम्बन्धी, मृगौलामा पत्थरी, युरीनरी ट्रयाक्टस इन्फेक्सन देखि किडनी फेलुअर तथा आदी रोगहरु मात्र पानीको तालमेल गरेर पिउनाले जोगिन सकिन्छ । हामीलाई प्यास किन लाग्छ ? मेटाबिलिज्म अफ वाटर इन बडि हाम्रो ब्रेनको हाइपोथलामसमा थट सेन्टर हुन्छ जसरी हाम्रो बडिमा मोलालटि बढ्छ भने यो सेन्टर एक्टिभेट हुने गर्छ अर्थात बडिमा बडि फलुड बढेर गाढा हुन्छ र हामीलाई प्यास लाग्छ र हामी पानी खान्छौ तथा खाएको पानी पेटमा जान्छ र पेटमा पानी १५ देखि २० मिनेटसम्म मात्र रोक्ने गर्छ त्यसपछि बिस्तारै पानी आन्द्रा तिर बढछ साथै उक्त पानीको ९० प्रतिशत भाग सानो आन्द्रामा र १० प्रतिशत पानी ठुलो आन्द्रा हुदै मलद्धार भएर शरीरबाट बाहिर निस्कने गर्छ । सानो आन्द्रमा बसेको पानी रगतमा मिसिएर शरीरको विभिन्न भागमा पुगेर महत्पुर्ण कार्यहरु गर्ने गर्छन । जस्तै टेम्प्रेचर रेगुलेसन, इनर्जी प्रडक्सन तथा वेष्ट इलिमिनेस । यसैको साथ यो सेल्सको अस्मेटिक अस्मोटिक प्रेसर  पनि मेन्टन गर्ने गर्छ जसको कारण सेल्सहरु आफ्नो पार्टिकुलर सेपमा रहन्छ । अस्मेटिक अस्मोटिक प्रेसर  यति महत्पपुर्ण हो कि यसको गडबड हुन साथ सेल्स ब्रस्ट हुन सक्छ,बडिको सबै अर्गनहरुमा न्युट्रसन र अक्सिजन यसै द्धारा पुग्ने गर्छ साथै बडिमा बन्ने टक्सिन यसै द्धारा किडनी वा पसिनाको माध्यमबाट बाहिर निस्किने गर्छ अर्थात पानी एक काम अनेक । पानी हामी सधै पिउछौ तर हामीलाई कति पानी पिउनु पर्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । दि यूएस नेशनल एकेडमिज अफ साइन्स, इन्जिनियरिङ तथा मेडिसिएन अनुसार पुरुष व्यक्तिले दैनिकी कम्तिमा १६ गिलास तथा ३.७ लिटर र महिला वर्गले ११.५ गिलास तथा २.७ लिटर दैनिकी पिउने गर्नु पर्दछ । यसैगरि यो मात्रामा पनि हामी अवस्था अनुसार अझै केहि मात्रा बढाउन पर्ने हुन्छ जस्तै शारिरीक अभ्यास गर्दा पसिना बढि आउने, गर्मीमा बढि पसिना आउने अवस्थामा उल्लेखित मात्रामा अझै पनि बृद्धि गर्नु पर्ने हुन्छ । हाम्रो शरीरबाट ३ किसिमले पानीको मात्रा बाहिर निस्कने गर्छ, पसिना, पिशाब र मल्ल तथा यि तिन वटै अन्तर्गत कुनैपनि माध्यमबाट पानीको मात्रामा बृद्धि भएमा पानीको मात्रामा बृद्धि गर्नु पर्छ हैन भने हामी निर्जलीकरणको सिकार हुन सक्छौ, जस्तै बढि शारिरीक अभ्यास  गर्दा पसिनाको मात्रा बढि वा गर्मिको कारणले पसिनाको मात्रामा बृद्धि, पटक पटक पिशाब लाग्नु वा झाडापखाला भएको अवस्थामा पानीको मात्रामा अझैपनि बृद्धि गराउनु पर्छ । एउटा अध्ययनको प्रतिवेदन अनुसार विश्वको कुल जनसंख्याको ४० प्रतिशत व्यक्ति शरीरलाई आवश्यक्ता भन्दा कम पानी पिउने गर्छन । तथा यस मध्ये प्रायजसो मानिसहरु हल्का निर्जलीकरणका सिकार भएको पाइन्छ । यदि आवश्यक्ता भन्दा कम पानी पिएमा निर्जलीकरण हुन सक्छ जसको असर तत्कालै नदेखिए पनि बिस्तारै छाला सखा हुने किडनीमा स्टोन, कब्जियत, ग्यास वा थकान जस्तो समस्याहरु उत्पन्न हुन सक्छ । यसैगरि कतिपयले समाजिक संजाल तथा अन्य माध्यमबाट पानी धेरै पिउने भनि सुनेको भरमा आवश्यक्ता भन्दा बढि पानी पिइरहेको देखिन्छ कतिपय एक बोतल एकै पटक तथा कहिले काही सो भन्दा पनि बढि खाने गर्दछ जुन बिल्कुलै गलत अभ्यास हो । पानी आवश्यक्ता भन्दा बढि पिउनाले किडनीलाई बढि भन्दा बढि काम गर्नु पर्ने हुन्छ जसले गर्दा किडनीमा प्रेसर पर्न जान्छ । हाम्रो किडनी घण्टामा बढि भन्दा बढि १ लिटरसम्म पानीलाई फिल्टर गर्छ यदि कसैले सो भन्दा बढि पानी खाने गरेको भए सो पानी फिल्टर हुदैन र रगतमा पानीको मात्रामा बृद्धि हुन्छ जसले रगतमा मौजुदा सबै माइक्रो माइक्रो न्यूट्रेन डायलुड हुने गर्छ र यसमा सबै भन्दा महत्वपुर्ण हो सोडियम र रगतमा सोडियमको मात्रा कमि भएमा हार्ट र ब्रेनमा नकारात्मक असर पार्छ । ब्रेनमा सिगलन ट्रान्समिसन प्रोपरली हुन सक्दैन जसले गर्दा हेडेक, कन्फयुजन र चक्कर पनि आउन सक्ने अवस्था हुन सक्दछ । यसका अतिरिक्त ब्लड प्रेसर कमि हुनु, हार्ट रेट पनि कमि हुने जस्ता संभावना हुन सक्छ । यसैगरि इन्डाइजेशन, लुज मोशन, फ्रिक्वेन्ट डयुरजेसन तथा शरीरमा पानी जम्ने र शरीरको भाग सुनिने जस्ता रोगहरु जस्तो पानीलाई आवश्यक्ता भन्दा बढि पिउदाँ खेरी हुन सक्छ । त्यसैले आवश्यक्ता भन्दा बढि पानी पउने गर्नु हुदैन तथा दिनभरिमा ५ लिटर भन्दा बढि र १ घण्टमा ७५० मिलि ग्राम भन्दा बढि पानी पिउनु हुदैन । एक पटक पानी पिइसकेपछि ४० देखि ४५ मिनेट पछि मात्र अर्को पटक पानी पिउने गर्नु पर्छ । त्यसैले पानी आवश्यक्ता भन्दा न थोरै न त धेरै पिउने गर्नुपर्छ । शरीरमा पानीको मात्रा कम भए, नभएको सजिलो तरिका हो युरिन कलर, यदि युरिनको कलर गहिरो पहेलो छ भने शरीरमा पानीको मात्रा कम हो भन्ने बुझिन्छ यदि युरिनको कलर समान्य पहेलो छ भने पानीको मात्रा ठिक हो भने सम्झिनु पर्छ । हाम्रो शरिरमा आवश्यक पानीको २० प्रतिशत भाग खानाबाट हामी प्राप्त गर्ने गर्छौ भने बाकी भाग पानी नै पिएर पुर्याउनु पर्ने हुन्छ । शरिरमा बिहानै उठना साथ पहिलो चिज पानी नै खाने गर्नु पर्छ र बिहानको पानी खादा मुखलाई सफा नगरि पहिला पानी पिउनु उत्तम मानिन्छ , किनभने हामी रात्री सुत्दा हाम्रो मुखमा रयाल आउने गर्छ र त्यो रयाल चाहि खाना पचाउनलाई अमृत तुल्य औषधी जस्तै हो तथा बिहान मुख सफा गर्ने क्रममा रयाल फालिन्छ जुन पाचनको लागि महत्पुर्ण भाग हो । तसर्थ बिहान उठनासाथ मुखलाई सफा नगरि सकेसम्म मन तातो पानी १ देखि २ गिलास इच्छा अनुसार खाएर दिशा गर्न जादाँ पेट पनि राम्रो सँग सफा हुने कब्जियत जस्ता समस्याहरुबाट छुटकारा समेत पाउन सकिन्छ । पानी खाने सही समय -बिहान उठना साथ १ देखि २ गिलास मनतातो पानी पिउने गर्नु पर्छ । -खान खानु अघि ३० मिनेट देखि ४० मिनेट सम्म १ गिलास पानी पिउने गर्नु पर्छ । -खाना खादै सकेसम्म पानी पिउनु हुदैन यदि पिउनै परे १ देखि २ घुटसम्म खादाँ खासै फरक पर्दैन । -खाना खाएको १ घण्टा सम्म सकेसम्म पानी पिउनु हुदैन यसो भएमा खाना खादाँ पेटमा खाना राम्रो सँग पच्दैन किनभने खाना पेटमा जाने बित्तीकै पेटबाट खाना पचाउने तत्व बल्छ र खानालाई पचाउने कार्य गर्ने गर्दछन र तत्काल पानी पिउदा पेट भित्र खाना पचाउने यन्त्रले राम्रो सँग काम गर्दैन तथा खाना राम्रो सँग पच्दैन,उदाहारणको लागि आगो बलिरहेको बेला चुलोमा १ देखि २ गिलास पानी चुलोमा राख्दा चुलो निभ्ने र खाना नपाक्ने झै खाना खाने बित्तिकै पानी खाएमा खाना रामरी पच्दैन र कब्जियत तथा अन्य बिरामीहरु बिस्तारै देखापर्छ । -आर्युवेदको नियमानुसार शरीरको तापक्रम भन्दा चिसो पानी खानु हुदैन, धेरै चिसो पानी पिउदा शरिरमा कमजोरी आउने तथा फ्रिजको धेरै चिसो पानी पिउनाले हार्ट अट्याकसम्म हुन सक्ने संभावना हुन सक्छ । -लामो समयसम्म पानी नपिउने र एकैचौटी धेरै पानी पिउनाले पाचन प्रणाली र मृगौलालाई प्रत्यक्ष असर पार्न सक्छ त्यसैले हरेक १ घण्टाको सेरोफेरोमा १ गिलास पानी पिउने गर्नु पर्छ । -दिउसो पानी धेरै र रात्री पानी कम गर्दै जानु पर्छ साथै रात्री सुत्ने बेलामा केहि मात्रामा भएपनि पानी खाएर सुत्ने बानी गर्नु पर्छ । -पानी उभेर कहिल्यै पनि खानु हुदैन,उभेर पानी पिउदा उक्त पानी पेटमा लामो समयसम्म रोकिदैन, सिधा आन्द्रामा पुग्ने गर्छ र त्यहाँबाट रगतमा र रगतबाट सिधा किडनीमा गएर लोड बढाउने कार्य गर्छ । जब हामी उभेका हुन्छौं बढि फाइटर फल्याट मोडमा हुन्छ जसको कारण कुनै पनि चिज प्रोपरलि युटुलाइज हुदैंन । बसेर पानी खादा शरीर अरामदायक मुडमा हुन्छ । -आजभोलि अर्को पनि के देखिन्छ भने मानिसहरु बोतलबाट सिधा पानी खाने गर्छन् यसो गर्दा पानी संग हावा पनि शरीरमा प्रवेश गर्ने, एसिडिटि हुने,जौवाइनट पेन हु्ने,सँगै २१ वटा अलग-अलग समस्या शरीरमा देखा पर्न सक्छ । -कुनै फ्रुटलाई खाएर वा चिसो तातो खाएर तत्काल पानी पिउनु हुदैन । सही तरिकाले पानी पिउदाँका फाइदाहरू -हाम्रो शरीरको तापक्रमलाई रेगुलेट गराउछ । -हामीले खाएको खानेकुरालाई पचाउनमा सहयाता प्रदान गर्छ । -शरीरको विकार तत्वलाई बाहिर निकाल्न मद्दत गर्छ । -यसबाट शरीरमा ब्लेड प्रेसर मेन्टन हुन्छ । -यसले खनिज र पोषक तत्वहरुलाई पहुचँयोग्य बनाउछ । -शरीरको तौल न्यूनिकरण गर्न सहयोग पुर्याउछ । -व्यायामको बेला प्रदर्शन गराउछँ । -यसले मष्तिस्क, मेरुदण्ड र अन्य संवेदनसिल तन्तुहरुलाई कुशल राख्न सहयोग गर्छ । -पानी नियमित पिउनाले छालाको स्वास्थ्य र सौन्दर्य बढाउछ । -यसले शरीरको सम्पूर्ण भागमा अक्सिजनको मात्रा पुर्याउछ । -शरीरको विभिन्न जोड्हरुलाई लुब्रिकेटको कार्य गर्छन् । -कब्जियतलाई न्यूनिकरण गराउन सहयोग पुर्याउछन । -पानीको नियमित सेवनले शरीरमा ग्यास बन्ने कार्यमा समेत न्यूनिकरण गर्छ । -यसबाट हयागं ओभरको संभावनालाई न्यूनिकरण गराउछ । -पानीको नियमित मात्रा मिलाएर खान सकेमा यसबाट किड्नी डयामेजबाट बचाउने साथै समान्य किसिमको पत्थरी देखिएमा पानीको मात्रा बढाएर खानाले मुत्रद्धारबाट बाहिर निकाल्न मदत गर्छ । माथि उल्लेखित टिप्सहरु विभिन्न अनुसंधान विज्ञद्धारा गरिएको विभिन्न्न अनुसंधान,तथ्याङक आधारमा यो लेख लेखिएको छ । यस लेखको माध्यमबाट पानीको मात्रा तालमेल मिलाएर पानी खान सकेमा शरीरमा कम्तिमा २० वटा रोगबाट छुटकरा पाउन सकिने भनेर विश्वास लिइएको छ । (लेखक सिताराम पंडित हाल सम्पदा लघुवित्त बित्तीय संस्थाको नायब महाप्रबन्धकको रुपमा कार्यरत छन् ।)

पहिराेले बुद्धसिंह मार्ग एक सातादेखि अवरुद्ध

दमौली । जिल्लाको बन्दीपुर गाउँपालिका-६ ढापमा पहिरा जाँदा बुद्धसिंह मार्ग एक सातादेखि पूर्णरूपमा अवरुद्ध भएको छ । यसअघि पनि वर्षाका बेला बुद्धसिंह मार्गका विभिन्न स्थानमा पहिरा जाँदा आवागमन अवरुद्ध हुँदै आएको थियो । बुद्धसिंह मार्गअन्तर्गत अन्य स्थानमा पनि पहिरा गएका भन्दै स्थानीय सिद्धान्त गर्जा मगरले पहिराले सवारीसाधन सञ्चालनमा समस्या भइरहेको बताए । ‘एक सातादेखि बाटो अवरुद्ध भएर सवारीसाधन सञ्चालन नहुँदा यस भेगका सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ,’ उनले भने, ‘पहिराको समस्या हरेक वर्ष वर्षाको समयमा हुन्छ ।’ स्थानीयवासीले ढापमा मानिस हिँडडुल गर्न मिल्ने गरी केही राजमार्गका केही पहिरा सफा गरेका छन् । आज बिहान स्थानीयले पहिराले खसेको ढुङ्गा पन्छाएर हिँडडुल गर्न मिल्ने बाटो बनाएको मगरले बताए । गण्डकी प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ । उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिकाका हजारौँ नागरिक दैनिक आवतजावत गर्ने गर्दछन् । गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकका रूपमा उक्त खण्डलाई लिने गरिएको छ । उक्त मार्गलाई मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्की पुल निर्माणाधीन अवस्थामा छ । सो पुल सम्पन्न पश्चात् बाटो छोटिन्छ । पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो दूरी पर्ने स्थानीय मगरले जानकारी दिए ।

चार बीमा कम्पनीको नाफा वृद्धिमा ‘सेञ्चुरी क्रस’, नेपाल इन्स्योरेन्सलाई पछ्याउँदै सिद्धार्थ प्रिमियर

काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ मा अघिकांश निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा उल्लेख्य रूपमा बढेको छ । कम्पनीहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार १२ कम्पनीको नाफा बढ्दा २ कम्पनीको भने घटेको छ । समग्रमा ५२.६२ प्रतिशतले नाफा वृद्धि भएको छ । अघिल्लो आव २०७९/०८० मा ४ अर्ब ८६ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका कम्पनीहरूले गत आवमा भने ७ अर्ब ४२ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । ४ वटा कम्पनीहरूको नाफ शतप्रतिशतभन्दा धेरैले बढेको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा वृद्धि उच्च रहेको छ । आईजीआईको खुद नाफा १५२.४५ प्रतिशतले बढ्दा शिखर, प्रभु र यूनाईटेड अजोड इन्स्योरेन्सको नाफा क्रमशः १२६.९९, ११८.१८ र १०८ प्रतिशतले बढेको हो । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, शिखर, प्रभु र युनाइटेड अजोडको नाफा सतप्रतिशतभन्दा बढी वृद्धि भएको छ । आईजीआईले नाफा २५१.४५ प्रतिशत वृद्धि गरेर ६० करोड ६१ लाख, शिखरले ५१ करोड ३० लाख, प्रभुले ४९ करोड ९ लाखर युनाइटेड अजोडले ३८ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको छ । चार वटा कम्पनीको नाफा ८० प्रतिशतभन्दा बढी वृद्धि भएको छ । नेपाल इन्योरेन्सको ८७.८३ प्रतिशत, सगरमाथा इन्स्यारेन्सको ८३.९६ प्रतिशत, ओरियन्टलको ८३.४२ प्रतिशत र सिद्धार्थ प्रिमियरको ८२.५२ प्रतिशत खुद नाफा बढेको छ । यस्तै, नेशनल र हिमालयन एभरेष्टको नाफा क्रमशः ५२.०२ प्रतिशत र ५०.०९ प्रतिशतले बढेको छ । एनएलजी र सानिमाको खुद नाफा क्रमशः २१.७८ प्रतिशत र २०.९१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष नेको र राष्ट्रिय बीमा कम्पनीको नाफा भने क्रमशः २.७८ र १८.८० प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।  

बेचन झाविरुद्ध ठगी र संगठित अपराधमा मुद्दा

काठमाडौं । प्रहरीले बेचन झाविरुद्ध ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मंगलबार झाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी र संगठित अपराधमा पूरक अभियोग दर्ता गरेको हो । अनुसन्धानका क्रममा झाले नेपाल र भारतको दोहोरो नागरिकता लिएको खुलेपछि प्रहरीले ठगी र संगठित अपराधमा मुद्दा लगाएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनले अदालतमा भुटानी शरणार्थी प्रकरणबारे आफूलाई थाहै नभएको जिकिर गरेका छन् । बयानमा उनको नाम लिएका तत्कालीन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई पनि आफूले नचिन्ने बयान दिएका छन् ।

सरुवा र बढुवा माग्नेको भीडले अर्थमन्त्री आजित, मन्त्री र नेताको घर नचाहार्न आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरुवा र बढुवाका लागि मन्त्री र नेताको घर नजान आग्रह गरेका छन् । उनले सरुवा र बढुवामा अन्यथा भए मर्यादित ढंगले आफ्ना तर्कहरू राख्न आग्रह गरे । उनले सोर्स लगाउने कर्मचारीहरू क्षमताले जतिसुकै सक्षम भए पनि निरीह र कमजोर हुने बताए । उनले उनीहरू राष्ट्रको सेवाभन्दा पनि सोर्स लगाउनेप्रति अनुगृहीत हुने बताए । उनले भने, ‘पोस्टिङजस्ता विषयमा अन्यथा भयो भने मर्यादित ढंगले आफ्ना तर्कहरू राख्नुहोला । तर, नेता र मन्त्रीकहाँ मलाई यो ठाउँमा पठाइदिनुस् भनेर सोर्स लगाउन नजानु होला, सोर्स लगाउने कर्मचारीहरू क्षमताले जतिसुकै सक्षम भए पनि उनीहरू वास्तवमा निरीह र कमजोर हुन पुग्छन्, उनीहरू राष्ट्रको सेवाभन्दा पनि जसको सोर्समा पदस्थापन, बढुवा, सरुवा हुन्छन्, उनीहरू अनुगृहीत हुने स्थिति सिर्जना हुन्छ, त्यो बाटो नहिँड्नु होला ।’ राष्ट्रसेवकहरू सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने गरेको उनले बताए । ललितपुरमा बुधबार आयोजित सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अधिकृतस्तरीय सेवा प्रवेश तालिम-२०८१ समापन समारोहलाई सम्बोधन गर्दै उनले यदाकदा सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने प्रवृत्ति देखिएको भन्दै सबैप्रति समान व्यवहार गर्न आग्रह गरे । उनले पोशाकका आधारमा व्यवहार नगरी सेवाग्राहीका समस्याहरू बुझेर यथोचित ढंगले सम्बोधन गर्न निर्देशन दिए । उनले आफूलाई असल राष्ट्रसेवक प्रमाािण्त गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्ने बताए । उनले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्ने र सहज ढंगबाट सेवा प्राप्त गर्ने अनुकूल परिस्थिति निर्माण गर्ने काममा ध्यान दिन आग्रह गरे । उनले हाकिमको आदेशभन्दा पनि कानुन, राष्ट्र हित, नागरिक हितसँग बाझिएका बाहेकमा डराउनुपर्ने स्थिति नरहेको बताए ।

अध्यक्ष दाहालसँग अष्ट्रेलियाली राजदूतको बिदाइ भेट

काठमाडौं । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गरेकी छन् । खुमटारस्थित अध्यक्ष दाहालको निवासमा भएको भेटमा राजदूत भोल्कले नेपालको सङ्क्रमणकालीन न्यायका साथै शान्ति प्रक्रियाका बाँकी काम सहमतिमा टुङ्ग्याउन लागेकामा बधाई ज्ञापन गरेको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । यसबाट अन्तर्राष्ट्रिय जगत्मा नेपालको गरिमा बढेको राजदूत भोल्कले बताइन् । पूर्वप्रधानमन्त्री दाहालले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई सुदृढ बनाउन राजदूत भोल्कले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनको कूटनीतिक जीवनको सफलताको शुभकामना व्यक्त गरे ।

१० करोड लागतमा जाजरकोटको चौखामा बन्यो सबस्टेशन

काँक्रेविहार । नेपाल विद्युत् प्राद्यिकरणको १० करोड लागतमा जाजरकोटको नलगाड नगरपालिका–१२ चौखामा ३३र११ केभी विद्युत प्रसारण लाइन सबस्टेशन निर्माण भएको छ । प्राधिकरणसँग वाइबा इन्फ्राटेक प्रालिले उक्त सबस्टेशन निर्माण गर्न सम्झौता गरेको थियो । एक महिनाभित्र सबस्टेशन चार्जिङ गर्ने लक्ष्य रहेको वाइबा इन्फ्राटेकका वरिष्ठ सर्वेक्षक करुण शाहीले जानकारी दिए । जाजरकोटको कुदुबाट आएको प्रसारण लाइन चौखासम्म निर्माण नभएका कारण रुकुमपश्चिमको बाफिकोट सबस्टेशनबाट आएको विद्युतबाट चार्जिङ गर्ने लक्ष्य छ । जाजरकोट खण्डमा प्रसारण लाइनको काम लामो समयदेखि हुन नसक्दा सबस्टेशनसम्म विद्युत् ल्याउन रुकुमपश्चिमको बाफिकोटस्थित सबस्टेशनको विद्युत प्रयोग गर्नुपर्ने बाध्यता छ । सबस्टेशन निर्माणसँगै जाजरकोट खण्डमा प्रसारण लाइन निर्माण गर्न दबाब बढेको छ । ताक्सुगाड जलविद्युत आयोजनाको विद्युत उत्पादनगृहको छेउमा यो सबस्टेशन निर्माण भएको हो । यही सबस्टेशनबाट जगदुल्ला जलविद्युत १०६ मेगावाट आयोजना निर्माणस्थल र डोल्पाको त्रिपुराकोटमा निर्माण हुन लागेको सबस्टेशनमा विद्युत जडान गरिनेछ । तल्लो डोल्पाका साथै पूर्वी जाजरकोटको अधिकांश स्थानमा विद्युतीकरण गर्न यो सबस्टेशनले काम गर्ने प्राधिकरणको प्रदेश कार्यालयले जनाएको छ । भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्डमा पुल निर्माण नहुँदा विद्युत्का ठूला आयोजना निर्माणमा समस्या भएको छ । नलगाड नगरपालिकामा मात्र पाँचवटा ठूला पुल निर्माण गर्न बाँकी छ । सडक निर्माणको काम चलिरहेको भए पनि पुल निर्माणमा ढिलाइ हुँदा समस्या भएको हो । विद्युतीकरण गर्न सामान ल्याउनुपर्ने भए पनि खोला तथा नदीमा पुल नहुँदा काममा बाधा पुगेको हो । वर्षायाममा स्थानीयवासीले समस्या भोग्नुपरेको छ । यती विल्डर्स प्रालिले गरिरहेको सडकको कामले गति लिए पनि अन्य कम्पनीले लिएको पुलको काम अलपत्र परेको छ । कर्णाली प्रदेश कार्यालयबाट भएको ठेक्काको काम पूरा भए पनि संघीय कार्यालयबाट ठेक्का लागेका कामले गति लिन सकेको छैन । चौखाको सबस्टेशन प्रदेशबाट ठेक्का गरिएको थियो । समाइला र वडावनमा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयबाट गरिएको ठेक्काको भौतिक प्रगति पाँच प्रतिशत पनि भएको छैन । उक्त ठेक्काको काम २४ महिनाभित्र निर्माण गर्ने लक्ष्य रहेकामा एक वर्ष बित्दा पनि प्रगति निराशाजनक छ । प्रसारण लाइन र सबस्टेशनको निर्माण गर्ने जिम्मेवारी लिएको निर्माण कम्पनीले अहिलेसम्म सबस्टेशन निर्माणस्थलमा ढुङ्गा, माटो हटाउनेबाहेक काम नगरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कुदुबाट चौखासम्म प्रसारण लाइन निर्माण गर्ने जिम्मेवारी लिएको ला निर्माण सेवाले काम नगर्दा चौखा सबस्टेशनमा विद्युत जडानको काम हुन सकेको छैन । ६ वर्षभन्दा बढी समय बित्दा पनि काम नगर्दा समस्या समाधान हुन नसकेको हो ।

ज्योति विकास बैंकद्वारा ‘डिजिटल हस्ताक्षर’ प्रयोगको सुरुवात

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले डिजिटल श्रेष्ठता ध्येयलाई थप सुदृढ गर्न डिजिटल हस्ताक्षर प्रयोगमा ल्याएको छ । बैंकले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयले साउन १७ मा प्रकाशन गरेको सूचना बमोजिम यो पहलको सुरुवात गरेको हो । बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयसँग सम्बन्धित कार्यहरूलगायतका लागि डिजिटल हस्ताक्षरका लागि बैंकका पदाधिकारीहरूको डिजिटल हस्ताक्षर प्रयोग गर्ने गरी नेपाल सरकारबाट इजाजत प्राप्त निकाय संस्थाबाट बाट उक्त डिजिटल हस्ताक्षर लिएको जनाएको छ । डिजिटल हस्ताक्षर प्रणाली सुरु भएपश्चात् कम्पनी रजिष्ट्रारको कार्यालयसँग सम्बन्धित कानुनी कागजात प्रमाणीकरण तथा पत्राचार प्रक्रिया थप सुरक्षित, पारदर्शी र सहज हुनेछ । भौतिक रूपमा उपस्थित भई कागजात पेस गर्नुपर्ने बाध्यता हट्ने बैंकले बताएको छ। बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्ने डिजिटल बैंकिङ प्लेटफर्महरूलाई थप व्यवस्थित गर्दै विभिन्न अत्याधुनिक सुविधाहरू उपलब्ध गराइरहेको छ ।