अगस्टमा ७२ हजार बढी पर्यटकले नेपाल घुमे
काठमाडौं । सन् २०२४ को अगस्ट महिनामा ७२ हजार पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डले दिएको सूचनाअनुसार अगस्टमा ७२ हजार ७१९ पर्यटक भित्रिएका हुन् । यो संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा ८.२९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २०२३ को अगस्टमा ६७ हजार १५३ पर्यटकले नेपाल घुमेका थिए । अगस्टमा सबैभन्दा धेरै भारतीय पर्यटक आएका छन् । बोर्डका अनुसार भारतबाट २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलंकाबाट ४ हजार ८५१, बंगलादेशबाट ३ हजार ७७ पर्यटक आएका छन् । यस्तै, कोरोना महामारी सुरु हुनुअघि सन् २०१९ को अगस्टमा ९४ हजार बढी पर्यटक भित्रिएका थिए । २०१९ पछि कोरोना फैलिएका कारण पर्यटकको संख्यामा कमी आएको थियो ।
सूर्यांशको नजरमा सुरज : मेरो बुवा व्यावसायिक सर्कलकै आइडल हो
काठमाडौं । सूर्यांश वैद्य नेपालको प्रतिष्ठित व्यावसायिक घराना वैद्यज् अर्गनाइजेशनका सदस्य हुन् । सुरज वैद्यका छोरा सूर्यांशले अहिले वैद्यज अर्गनाइजेशन अन्तर्गतका व्यवसाय हेर्छन् । उनी सो ग्रुपका निर्देशक हुन् । उनले टोयटा गाडीको बजार हेरिरहेका छन् । दर्जनौं व्यवसायमा संलग्न वैद्यज् अर्गनाइजेशनका तेस्रो पुस्ताका लिडर सूर्यांशसँग कुशे औंसीको अवसरमा प्रतिक्रिया लिएका छौं । उनले आफ्नो बुवा सुरज वैद्यलाई यसरी सम्झिएका छन्- म अत्यन्तै भाग्यशाली छुकि मैले एउटा यस्तो परिवारमा जन्म लिएँ, जुन मेरो व्यक्तिगत र व्यावसायिक जीवन विकासको आधारशिला बन्यो । आज कुशे औंशी, विशेष गरी मेरा बुवा (सुरज वैद्य) जसले मेरो जीवनमा गहिरो र सकारात्मक प्रभाव पार्नुभएको छ । म को हुँ भन्ने आत्मबोध गराइदिनुभएको छ । म जुन बाटोमा हिँडिरहेको छु, त्यसको मार्गदर्शक नै मेरो बुवा हुनुहुन्छ । बुवासँगै मेरो आमा र दुई बहिनीहरूको निरन्तर साथ सहयोगले मेरो जीवनमा थप सकारात्मक प्रभाव परेको छ । मेरो बुवा मेरा लागि एक महान व्यक्तित्वकोारुपमा मेरासामू उभिनुभएको छ । जसको गहिरो ज्ञान, सिर्जनशीलतता, रचनात्कता र उत्प्रेरणाले मलाई अगाडि बढ्न हौसला मिलिरहेको छ । उहाँ एउटा महान विचार र भिजनहरूको खानी हुनुहुन्छ । अरुले चनौती देखेको ठाउँमा उहाँ अवसर देख्नुहुन्छ । विभिन्न चुनौती र समस्या परेको बेला सही सल्लाह र मार्गदर्शन गरेर एउटा असाधारण ‘गाइडिङ स्टार’ का रूपमा उहाँ उभिदिनुहुन्छ । मेरो बुवा केबल एक गुरु मात्र होइन, उहाँ मेरो संरक्षक, मार्गदर्शक र उत्प्रेरक पनि हो । मेरो व्यावसायिक जीवनमा मात्रै होइन उहाँको प्रभाव मेरो जीवनको हरेक पाटोमा फैलिएको छ । उहाँले मलाई हरेक दिन असल मान्छे बन्न, गहिरो अध्ययन गर्न र इमानदारिताका साथ काम गर्न उत्प्रेरित गर्नुहुन्छ । उहाँको मार्गदर्शनबिना जीवनमा आइपर्ने विभिन्न चुनौतीहरू सामना गर्न असम्भव हुन्थ्यो होला । तर, मेरो बुवाकै कारण म आज ती समस्यालाई सामना गर्न सक्षम भएको महसुस हुन्छ । मेरो बुवा म र मेरो परिवारका लागि मात्रै होइन धेरैका लागि प्रेरणाको स्रोत हुनुहुन्छ । इमानदारिताका साथ नेतृत्व गर्ने, आफ्ना विचार र दृष्टिकाेणरू सहज र सरल रूपमा प्रस्तुत गर्ने र धैर्यताका साथ सल्लाह दिन सक्ने उहाँको खुबी र क्षमताको जोकोहीले पनि प्रशंसा गर्नुहुन्छ । व्यावसायिक सर्कलमा पनि एउटा सम्मानित व्यक्तिको रूपमा उहाँ परिचित हुनुहुन्छ । म मेरो बुवाको छोरा बन्न पाएकोमा धन्य छु । मेरो जीवनमा उहाँको उपस्थितिले मलाई ताकत मिलिरहेको छ । उहाँले मलाई दिनुभएको माया, ज्ञान र हौसलाप्रति कृतज्ञ छु । मैले मेरोमा जीवनमा प्राप्त गर्ने सम्पूर्ण सफलताको श्रेय मेरो बुबालाई नै जानेछ ।
नेपालगञ्ज आइसिपीलाई प्रभावकारी बनाउन पहल गर्छु : अध्यक्ष प्रचण्ड
राँझा । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्ज एकीकृत जाँचचौकी (आइसीपी) लाई थप प्रभावकारी बनाउन आवश्यक पहल गर्ने बताएका छन् । माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय आन्तरिक प्रशिक्षणका क्रममा नेपालगञ्जमा रहनुभएका उनले सोमबार बिहान नेपालगञ्ज आइसिपीको स्थलगत अवलोकन गर्दै भने, ‘गौरव गर्न लायक संरचना निर्माण भएको छ, यसलाई प्रभावकारी बनाउन हामी सबै लाग्नु पर्दछ ।’ आइसिपी मुलुकका सबै नाकामा बनाउने सरकारी नीति रहेको उल्लेख गर्दै उनले पहिला बनेका आइसिपीले केही समस्या झेल्नुपर्ने हुनसक्ने बताए। आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणमा रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै नयाँ दिल्लीबाट नेपालगञ्ज आइसिपीको संयुक्त रूपमा स्वीच अन गरी भर्चुअल माध्यमबाट शुभारम्भ गरेको सम्झना गर्दै उहाँले यसको प्रभावकारी सञ्चालनका लागि सदैव तत्पर रहेको उल्लेख गरे । अवलोकनका क्रममा नेपालगञ्ज भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले नेपालगञ्ज आइसिपीका बारेमा जानकारी गराएका थिए । आइसिपीमा भन्सार जाँचपासका लागि आवश्यक पर्ने भन्सार कार्यालय, बैंक, पशु क्वारेन्टिन, प्लान्ट क्वारेन्टिन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेकलगायत कर्मचारीको आवासगृह निर्माण गरिएको छ । भारत सरकारको १ अर्ब ४७ करोड भारु लागतमा ८८ बिघा क्षेत्रफलमा नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा आइसिपी निर्माण भई सञ्चालनमा आएको छ । सो अवसरमा पूर्वअर्थमन्त्री एवं पार्टी उपमहासचिव वर्षमान पुनलगायत नेताहरूको सहभागिता रहेको थियो ।
एचआईडीसीएलको कटअफ मूल्य १३५ रुपैयाँ
काठमाडौं । लिलाममा बिक्री गरिएको हाईड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को कटअफ मूल्य प्रतिकित्ता १३५ रुपैयाँ निर्धारण भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार उक्त सेयरको कटअफ मूल्य १३५ रुपैयाँ कायम भएको हो । कम्पनीले साउन २९ गतेदेखि भदौ ६ गतेसम्म अवितरित सेयर बिक्रीमा राखेको थियो । कम्पनीको संस्थापक सेयरधनी समूह ‘क’ उपसमूह क–२ को अन्य संस्थापक अन्तर्गतको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको थियो । कटअफ प्राइस प्रतिकित्ता १३५ रुपैयाँ निर्धारण भएसँगै अब सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदकहरूले माग बमोजिमको सेयर पाउने छन् । उक्त सेयर नेप्सेमा ‘एचआईडीसीएलपी’ संकेतमा कारोबार गर्न मिल्नेछ ।
नरैनापुरमा झाडापखालाबाट चारको मृत्यु, ७ जना बिरामी
खजुरा । नरैनापुरमा झाडापखालाका कारण ४ जनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट ७ जना बिरामी परेका छन् । नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको आइतबार मृत्यु भएको जानकारी दिए । भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए । उनले भने, ‘आफूसहित अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेका छौँ ।’ झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बाँकेसँग समेत समन्वय भएको छ गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।
ओटिए प्लेटफर्म ट्रिप टर्बो सञ्चालनमा, हवाई टिकटको बुकिङ मोबाइल एपबाटै
काठमाडौं । अनलाइन ट्राभल एग्रीगेटर (ओटिए) प्लेटफर्म ट्रिप टर्बो सञ्चालनमा आएको छ । प्लेटफर्ममार्फत सेवाग्राहीले मोबाइल एपबाटै ट्राभल एण्ड टुर्ससँग सम्बन्धित विभिन्न सेवा लिन सक्ने भएको कम्पनीले जनाएको छ । एपमार्फत हवाई टिकट बुकिङ, साहसिक पर्यटनसँग सम्बन्धित गतिविधि, बस टिकट, होटल बुकिङ लगायतका सुविधा लिन सकिने ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईंले बताए । कम्पनीका अनुसार साहसिक पर्यटनतर्फ र्याफ्टिङ, बन्जी, प्याराग्लाइडिङ, हट एयर बेलुन, जिपलाइन, आइस स्केटिङ लगायतका थुप्रै गतिविधिका लागि टिकट बुक गर्न सकिन्छ । ट्रिप टर्बो पाँच दशकभन्दा लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशील नटराज टुर्स एण्ड ट्राभल्सको सिस्टर कम्पनी हो । ट्रिप टर्बोमार्फत हवाई टिकट बुकिङ गर्दा पहिलो टिकटमा ३ सय रुपैयाँ र त्यसपछिका टिकटमा २ सय रुपैयाँ छुट समेत पाइने बताइएको छ । परिक्षणका रुपमा २०२४ जनवरीबाट सुरू गरिएको यो एप अब भने पूर्ण रुपमा सञ्चालनमा आएको हो । एपमार्फत कुनै पनि सेवा लिँदा इसेवा, खल्ती, मोबाइल बैंकिङ, अन्तर्राष्ट्रिय कार्ड (भिजा, मास्टर कार्ड, युनियन पे, अमेरिकन एक्सप्रेस) मार्फत भुक्तानी गर्न सकिनेछ । प्रसाईंका अनुसार सेवा प्रदायक र सेवाग्राहीबीचको दूरी कम गर्न पर्यटन क्षेत्रलाई थप टेवा पुर्याउन तथा नेपाली संस्कृति र इतिहासको संरक्षणका क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले एपमार्फत विभिन्न सेवा प्रदान गरिएको हो । ट्रिप टर्बो एपमार्फत निकट भविष्यमा अन्तर्राष्ट्रिय हवाई उडानको टिकट, अन्तराष्ट्रिय होटल बुकिङ लगायतका सुविधा थप गरिने बताइएको छ । एप्पल प्रयोगकर्ताले एप स्टोर र एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोरबाट यो एप डाउनलोड गरी प्रयोग गर्न सक्छन् । अथवा ट्रिप टर्बोको आधिकारिक वेबसाइटमा लग इन गरेर पनि आफूले चाहेको सेवा लिन सकिन्छ ।
भदौमै पाक्न थाल्यो मुस्ताङको स्याउ
म्याग्दी । विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ । ‘पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो,’ ७९ वर्षीय हिराचनले भने, ‘यसपालि विगतका वर्षभन्दा धेरै गर्मी महसुस भएको छ । स्याउ पनि १५–२० दिनअघि नै पाक्न थालेको छ ।’ घरपझोङ गाउँपालिका–३ स्याङका किसान कर्मा गुरुङको पनि हिराचनको जस्तै अनुभव छ । व्यावसायिक स्याउखेती गर्दै आएका हिराचन र कर्मामात्र नभएर मुस्ताङका सबैजसो किसान यसपालि विगतको तुलनामा स्याउ छिटो पाकेको बताउँछन् । तापक्रम वृद्धि र मौसम परिवर्तनका कारण स्याउ छिटो पाकेको किसान तथा कृषि प्राविधिकको भनाइ छ । मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यालयका निमित्त वरिष्ठ कृषि अधिकृत नेत्र भट्टले गत हिउँदमा लामो समयसम्म चिसो नरहेको र तापक्रम छिटो बढेकाले केही जातका स्याउ पाकेका बताए । ‘उच्च घनत्वको गाला र रिङरोट जातको स्याउ स्थानीय जातको भन्दा छिटो पाक्छन्,’ उनले भने, ‘स्थानीय जातको स्याउमा पनि गुलियोपना नाप्दा विगतको तुुलनामा केही समयअघि पाक्ने देखिएको छ ।’ उपकरणको सहायताले स्याउको गुलियोपना नापिन्छ । गुलियोपनाको मात्र १२ प्रतिशत भएपछि स्याउ टिप्न योग्य हुुन्छ । दानाभित्रको गेडा कालो भयो भने पनि स्याउ पाकेको मानिन्छ । उच्च घनत्वको गाला प्रजातिका स्याउ भदौ १० गते र रिङरोट जातको स्याउ भदौ १५ गतेदेखि नै टिप्न थालिएको छ । जिल्ला समन्वय समिति मुस्ताङको आयोजनामा यही भदौ ६ गते बसेको बैठकले जोमसोममा बसेको कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, स्थानीय तहका जनप्रतिनिधि र किसानको बैठकले स्याउ टिप्ने समयतालिका बनाएको थियो । स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ असोज १ गतेदेखि टिप्ने समयतालिका बनाइएको छ । तिजलाई लक्षित गरेर उच्च घनत्वको जातका स्याउ टिपेर बजार पठाउन थालिएको छ । व्यापारीले नपाकेको र ढिलो पाक्ने प्रजातिका स्याउ पनि टिपेर बजार लैजान सक्ने भएकाले नाकामा अनुगमन गर्नुुपर्ने बताइएको छ । अनुकूल मौसम, बगैँचा व्यवस्थापन, रोग, कीराको समस्या कम देखिएकाले उत्पादन वृद्धिसँगै गुणस्तर पनि बढ्ने अनुुमान गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्रसार अधिकृत निशान खड्का मगरले बताए । गत वर्षको तुलनामा २५ देखि ३० प्रतिशतले स्याउ उत्पादन बढ्ने अनुमान गरिएको उनले बताए । मुस्ताङको एक हजार चार सय ७५ हेक्टरमा स्याउखेती भएकामा ५ सय ८० हेक्टरमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । ३८ हेक्टर जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउखेती भएको छ । गत वर्ष चार हजार नौ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएको र ४९ करोड २५ लाख बराबरको स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायत सहरका व्यापारी बगैँचामा नपाकदै अग्रिम भुक्तानजी दिएर ठेक्कामा स्याउ खरिद गर्दछन् । मुस्ताङ घुम्न आउने पर्यटकले पनि कोसेलीको रुपमा स्याउ किनेर लैजाने गर्छन् । बिक्री नहुने साना दाना भएका स्याउ मदिरा र सुकुटी बनाउन प्रयोग हुन्छ ।
बुवाको पथ पछ्याइरहेका ‘युथ इन्टरपेनर्स’, कुशे औंशीमा यसरी सम्झिए बुवालाई
काठमाडौं । आज कुशे औंसी अर्थात् ‘बुवाको मुख हेर्ने दिन’ । छोराछोरीहरू आ-आफ्ना बुवालाई मनपर्ने मिठाइ तथा भोजन गराएर यो दिवस मनाउँछन् । विभिन्न उपहारहरू प्रदान गरेर सम्मान प्रकट गर्छन् । साथै, आजको दिनलाई पितृ दिवससमेत भनिन्छ । बुवाको स्वर्गवास भएका छोराछोरीहरूले तिर्थ गई बुवाका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर यो दिवस मनाउने अभ्यास छ । बुवालाई खुसी राखे सुख मिल्छ भन्ने विश्वास पनि छ । पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आजको दिन छोराछोरीहरूले बुवासँगै बिताउँछन्, सँगै खाना खान्छन् । एकआपसमा माया तथा सम्मान प्रकट गर्छन् । अधिकांशले यो दिवसलाई विशेष रूपमा मनाउँछन् । आज हामीले नेपालमा ठूला व्यवसायीहरू, जसले आफूलाई मात्रै चिनाएनन्, आफूसँगै आफ्नो छोरालाई पनि सँगै उद्योग व्यवसायमा संलग्न गराए, जसले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरे । जसले देशमा रोजगारी सिर्जना र राजस्व वृद्धिमा अतुलनीय योगदान दिए । तिनै उद्योगी व्यवसायीहरूका छोराहरूलाई कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिनमा आफ्नो बुवाको लागि सन्देश के छ भनेर सोधेका छौं । मेरो बुवा धैर्यता र संघर्षको प्रतिक हुनुहुन्छ- प्रवलजंग पाण्डे नेपालको एक अग्रज उद्योगी प्रदिपजंग पाण्डेका छोरा हुन् प्रवलजंग पाण्डे । उद्योगी प्रदीपजंग पाण्डेका तीन छोरा छन् । छोराहरूलाई पनि उनले व्यवसायमा अभ्यस्त बनाइसकेका छन् । छोराहरूसँगै नातिलाई पनि उनले व्यवसायमा नै सक्रिय बनाएका छन् । जीवनको उत्तरार्धमा रहेका पाण्डेका तीन छोरा प्रवल, प्रताप र प्रज्वल विभिन्न उद्योग व्यवसाय सम्हालिरहेका छन् । तीन जना छोराहरू नै उनको व्यवसायका सारथी हुन् । प्रवलले भारतको बैंगलोरबाट इन्जिनियरिङ, प्रतापले फिलिपिन्सबाट एमिबए र प्रज्वलले ढाकाबाट एमफर्मा पास गरेका छन् । तीनै छोराले हासिल गरेको शिक्षाअनुसार व्यवसाय पनि बाँडफाँट गरिएको छ । नेपाली औषधी उद्योगममा पृथक किसिमको छवि बनाएका प्रदिपजंग पाण्डे जीवनको उत्तरार्धमा पनि व्यवसायमा सक्रिय छन् । प्रदिपजंगका छोरा प्रवलजंग सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षसमेत छन् । उनी भन्छन्ः मेरो बुवा (प्रदीपजंग पाण्डे) संघर्ष र मिहिनेतको प्रतिक हुनुहुन्छ । उहाँको उमेर जति बढ्दै गएको, उहाँले गरेको मिहिनेत र संघर्षलाई हामीले थप गहिराइका रूपमा बुझिरहेका छौं । बुबा सबैभन्दा ठूलो गुरु । उहाँले सिकाउनु भएको हरेक कुरा अक्षरस पालना गर्दा जीवन सहज र सफल हुन्छ, त्यो अनुभव हामीले गरेका छौं । उहाँले दिनुभएको शिक्षा वास्तविक जीवनको भोगाइबाट प्रेरित छ । उहाँको दूरदर्शितालाई बुझ्न सके व्यावसायिक जीवन सफल हुन्छ भन्ने अनुभव हामीले गरेका छौं । मेरो बुवा धैर्यता र निरन्तरताको प्रतिक हुनुहुन्छ । उहाँले जीवनमा जस्तोसुकै कठिन अवस्थामा पनि देखाएको धैर्यता र निरन्तरतालाई मनन् मात्र गरे जीवन सफल र सार्थक बन्छ । मेरो बुवा जन्मदाता मात्र होइन मेरो ‘रोल मोडल’ र मेरो गुरु हो । मेरो मात्रै होइन, व्यावसायिक सर्कलकै आइडल हो मेरो बुवा- सूर्यांश वैद्य सूर्यांश वैद्य नेपालको प्रतिष्ठित व्यावसायिक घराना वैद्यज् अर्गनाइजेशनका सदस्य हुन् । सुरज वैद्यका छोरा सूर्यांशले अहिले वैद्यज् अर्गनाइजेशन अन्तर्गतका व्यवसाय हेर्छन् । उनी सो ग्रुपका निर्देशक हुन् । उनले टोयटा गाडीको बजार हेरिरहेका छन् । दर्जनौं व्यवसायमा संलग्न वैद्यज् अर्गनाइजेशनका तेस्रो पुस्ताका लिडर सूर्यांशले आफ्नो बुवा सुरज वैद्यलाई यसरी सम्झिए । म अत्यन्तै भाग्यशाली छु कि मैले एउटा यस्तो परिवारमा जन्म लिएँ, जुन मेरो व्यक्तिगत र व्यावसायिक जीवन विकासको आधारशिला बन्यो । आज कुशे औंशी, विशेष गरी मेरा बुवा (सुरज वैद्य) जसले मेरो जीवनमा गहिरो र सकारात्मक प्रभाव पार्नु भएको छ । म को हुँ भन्ने आत्मबोध गराइदिनु भएको छ । म जुन बाटोमा हिँडिरहेको छु, त्यसको मार्गदर्शक नै मेरो बुवा हुनुहुन्छ । बुवासँगै मेरो आमा र दुई बहिनीहरूको निरन्तरको साथ सहयोगले मेरो जीवनमा थप सकारात्मक प्रभाव परेको छ । मेरो बुवा मेरो लागि एक महान व्यक्तित्वको रूपमा मेरोसामु उभिनुभएको छ । जसको गहिरो ज्ञान, सिर्जनशीलतता, रचनात्कता र उत्प्रेरणाले मलाई अगाडि बढ्न हौसला मिलिरहेको छ । उहाँ एउटा महान विचार र भिजनहरूको खानी हुनुहुन्छ । अरुले चनौती देखेको ठाउँमा उहाँ अवसर देख्नुहुन्छ । विभिन्न चुनौती र समस्या परेको बेला सही सल्लाह र मार्गदर्शन गरेर एउटा असाधारण ‘गाइडिङ स्टार’ का रूपमा उहाँ उभिदिनुहुन्छ । मेरो बुवा केवल एक गुरु मात्र होइन, उहाँ मेरो संरक्षक, मार्गदर्शक र उत्प्रेरक पनि हो । मेरो व्यावसायिक जीवनमा मात्रै होइन उहाँको प्रभाव मेरो जीवनको हरेक पाटोमा फैलिएको छ । उहाँले मलाई हरेक दिन असल मान्छे बन्न, गहिरो अध्ययन गर्न र इमानदारिताका साथ काम गर्न उत्प्रेरित गर्नुहुन्छ । उहाँको मार्गदर्शनबिना जीवनमा आइपर्ने विभिन्न चुनौतीहरू सामना गर्न असम्भव हुन्थ्यो होला । तर, मेरो बुवाकै कारण म आज ती समस्यालाई सामना गर्न सक्षम भएको महसुस हुन्छ । मेरो बुवा म र मेरो परिवारका लागि मात्रै होइन धेरैका लागि प्रेरणाको स्रोत हुनुहुन्छ । इमानदारिताका साथ नेतृत्व गर्ने, आफ्ना विचार र दृष्ट्रिकोणरू सहज र सरल रूपमा प्रस्तुत गर्ने र धैर्यताका साथ सल्लाह दिन सक्ने उहाँको खुबी र क्षमताको जोकोहीले पनि प्रशंसा गर्नुहुन्छ । व्यावसायिक सर्कलमा पनि एउटा सम्मानित व्यक्तिको रूपमा उहाँ परिचित हुनुहुन्छ । म मेरो बुवाको छोरा बन्न पाएकोमा धन्य छु । मेरो जीवनमा उहाँको उपस्थितिले मलाई ताकत र बल मिलिरहेको छ । उहाँले मलाई दिनु भएको माया, ज्ञान र हौसलाप्रति कृतज्ञ छु । मैले मेरोमा जीवन प्राप्त गर्ने सम्पूर्ण सफलताको श्रेय मेरो बुबालाई नै जानेछ । बुवा मेरो प्रेरणा र पथप्रदर्शक हुनुहुन्छ- सुगम घिमिरे नेपाली व्यावसायिक घराना एसजी ग्रुपको नेतृत्व शिवप्रसाद घिमिरेले गरिरहेका छन् । ग्याँस, ट्रेडिङ, शिक्षा, कृषि, उर्जा, निर्माण, ग्यास र हस्पिटालिटी क्षेत्रमा लगानी रहेको यस व्यावसायिक घरानाले पनि व्यावसायिक क्षेत्रमा पृथक किसिमको छवि बनाएको छ । अध्यक्ष घिमिरेका छोरा सुगम घिमिरे पनि अहिले एसजी ग्रुपको डाइरेक्टरका रूपमा काम गरिरहेका छन् । सन् २०१७ मा बोर्डमा प्रवेश गरेका उनी नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका सदस्य र स्टार्टअप संयोजकका रुपमा पनि काम गरिरहेका छन् । उनै सुगम घिमिरेसँग पनि हामीले कुशे औंसी कसरी मनाउँदै हुनुहुन्छ भनेर जिज्ञासा राख्यौं । उहाँ (शिवप्रसाद घिमिरे) मेरो बुवा मात्रै होइन, उहाँ मेरो निर्देशक, पथप्रदर्शक र प्रेरणा पनि हो । उहाँ एसजी ग्रुपको व्यवसायको सृष्टिकर्ता पनि हो । एउटा सामान्य किराना पसलबाट सुरु भएको व्यवसाय आज विभिन्न क्षेत्रमा फैलिएको छ । देशमा एउटा परिचित व्यावसायिक समूहका रुपमा एसजी ग्रुप चिनिएको छ । बुबाकै योगदानको कारण आज एसजी ग्रुप, ग्यास, पेट्रोल तथा हाइड्रो लगायत क्षेत्रमा फैलिएको छ । यो सबै श्रेय मेरो बुबालाई नै जान्छ । उहाँकै मिहिनेतले आज देशको अर्थतन्त्रमा थोरै भएपनि योगदान मिलेको छ । मेरो लागि सधैं कुशे औंसी- सचिन ढकाल नेपाली व्यावसायिक घरानामा अग्रणी व्यावसायिक ग्रुपमध्येमा पर्छ आईएमई ग्रुप । जसको नेतृत्व चन्द्रप्रसाद ढकालले गरिरहेका छन् । बैंक तथा वित्तीय क्षेत्र, हाइड्रोपावर, रेमिट्यान्स, पर्यटन लगायत दर्जनौं क्षेत्रमा उनको लगानी छ । उनले आफूसँगै आफ्नो छोरा सचिन ढकाललाई पनि व्यवसायमा अग्रसर गराइरहेका छन् । सचिनले बुवालाई सम्झदै भनेः मेरो लागि सधैं कुशे औंशी तथा बुवाको मुख हेर्ने दिन हो । हामी बाबुछोरा सधैं काममा जानुअघि भेटेर अंकमाल गर्छौं र छुटिन्छौं । बाबुछोराको सधैं मिटिङ हुन्छ । मेरो लागि मात्रै होइन, आफ्नो समाज र सिंगो देशको लागि उहाँले धेरै कुरा दिनुभएको छ । बुवाले थालेको पाइला पछ्याएर म अगाडि बढिरहेको छु । कुशे औंसी मनाउन नपाइए पनि विशेष शुभकामना- उज्वलकुमार श्रेष्ठ पञ्चकन्या ग्रुप नेपाली व्यावसायिक घरानामा परिचित नाम हो । यस समूहको कार्यकारी नेतृत्व अहिले तेस्रो पुस्ताले सम्हालिरहेको छ । अहिले तेस्रो पुस्ताको नेतृत्व उज्ज्वलकुमार श्रेष्ठले गरिरहेका छन् । उनी पञ्चकन्या समूहका कार्यकारी निर्देशक हुन् । यो ग्रुपको सुरुवात उज्वलका हजुरबुवा प्रेमबहादुर श्रेष्ठले गरेका हुन् । उनका बुवा ध्रुवकुमार श्रेष्ठ र काका प्रदीपकुमार श्रेष्ठकै पथमा उनी अगाडि बढिरहेका छन् । हामीले तेस्रो पुस्ताका नेतृत्वकर्ता उज्वलकुमार श्रेष्ठसँग पनि कुशे औंसीको विषयमा जिज्ञासा राख्यौं । हामीले प्रत्येक वर्ष कुसेँ औंशी विशेष तरिकाले मनाउँथ्यौं । तर, यस पटक मेरो हजुरबुवाको भाइ (कान्छो हजुरबुबा) को मृत्यु भएको कारण कुशे औंसी मनाइँदैन होला । हामीले प्रत्येक वर्ष कुशे औंसीमा हजुर बुबा, बुबा र अंकलहरुसँगै बसेर मनाउँछौं । सबै सँगै बेसर लञ्ज/डिनर लिन्छौं । भदौ १५ औं गते पञ्चकन्या ग्रुपको विशेष दिन पनि हो । हामी हजुरबुबाको जन्मदिनको अवसरमा पञ्चकन्या ग्रुपको पनि स्थापना दिवस मनाउँछौं । यस पटक पनि भदौ १५ गते मनायौं । पञ्चकन्या ग्रुपको नेपाली व्यावसायिक क्षेत्रमा पृथक किसिमको पहिचान छ । आम उपभोक्ताले पञ्चकन्या ग्रुपप्रति जुन विश्वास र भरोसा राख्नु भएको छ । त्यो हजुरबुवा, बुवा र अंकलकै कारणले हो । हामीले विदेशबाट आयात हुने वस्तु नेपालमै उत्पादन गरिरहेका छौं । गुणस्तरीय र नयाँ वस्तु उत्पादनमा पञ्चकन्याले पृथक छवि निर्माण गरेको छ । पञ्चकन्याले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतसँगै राजस्व र रोजगारी सिर्जनाले पनि देशको अर्थतन्त्रमा विशेष योगदान गरेको छ । विशेष कार्यक्रम गरेर मनाउँदैछौं- अशोक राणा नेपालको वित्तीय क्षेत्रमा कसैले बिर्सिन नसक्ने नाम हो हिमालय शमशेर राणा । राणाको २०७९ माघमा निधन भए पनि उनको कामको धेरैले प्रशंसा गरिरहेका छन् । नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बनेर इतिहास रचेका राणाले नेपाली रुपैयाँ चलनचल्तीमा ल्याएको श्रेय पनि पाइरहेका छन् । उनै राणको छोरा हुुन् अशोक राणा । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरिरहेका अशोकले कुशे औंसीको अवसरमा घरमा विशेष कार्यक्रम राखेका बताए । स्व. बुवा हिमालय राणा र छोरा अशोक राणा । ‘हामीले बुवाको सम्झनामा कुशे औंशीको दिनमा घरमै सानो कार्यक्रम राखेका छौं । सबै परिवार जम्मा भएर बुवाप्रति श्रद्धासुमन प्रकट गर्ने गर्ने कार्यक्रम छ, उहाँले परिवारमा मात्रै होइन देशकै लागि ठूलो योगदान दिनु भएको छ,’ उनले आफ्नो बुवालाई स्मरण गर्दै भने, ‘देशले नै सम्झिने काम उहाँले गर्नु भएको छ ।’