यी हुन् इन्डोनेसियाका ५ शानदार पर्यटकीय गन्तव्य
काठमाडौं । यदि तपाईं विदेशका शानदार ठाउँ घुम्ने योजना बनाउँदै हुनुहुन्छ भने इन्डोनेसिया घुम्नका लागि उत्तम देश हुनेछ । त्यहाँको प्राकृतिक सौन्दर्य देखेर तपाईं मन्त्रमुग्ध हुनुहुनेछ । इन्डोनेसिया हिन्द र प्रशान्त महासागरको बीचमा अवस्थित छ । याे संसारको सबैभन्दा ठूलो टापु देश र १४औं ठूलो देश हो । यो पर्यटकीय स्थलहरूले भरिएको छ । इन्डोनेसियाका ८ स्थानहरू युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश छन् । इन्डोनेसिया हनिमुनमा जाने जोडीहरूका लागि उत्कृष्ट ठाउँ हो । यद्यपि, इन्डोनेसियामा धेरै ठाउँहरू छन् जुन तपाईंले देख्न सक्नुहुन्छ । यी हुन् इन्डोनेसियाका ५ सबैभन्दा अद्भूत पर्यटन गन्तव्य उबुद उबुद इन्डोनेसियाको धेरै लोकप्रिय ठाउँ हो । यो बाली द्वीपको दक्षिण–मध्य भागमा स्थित छ । यो बालीको सबैभन्दा प्रसिद्ध पर्यटक स्थलमध्ये एक मानिन्छ । यो ठाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण जंगल र धार्मिक सम्पदाले परिचित छ । यहाँका प्राचीन मन्दिरहरू पनि आफ्नो सुन्दर दृश्य र शान्त वातावरणका लागि प्रसिद्ध छन् । उबुद कला र शिल्पका लागि बालीको केन्द्र पनि हो र यहाँ तपाईं भारतीय, बालिनी र अन्य स्थानीय कलाहरूको मजा लिन सक्नुहुन्छ । उबुदमा कुलु र स्नोर्कलिङ जस्ता विभिन्न वाटर स्पोर्ट्स पनि गर्न सकिन्छ । यसबाहेक तपाईंले नजिकैका गाउँहरू भ्रमण गर्ने मौका पाउनुहुन्छ जहाँ तपाईं बालीको स्थानीय जीवनशैलीको अनुभव गर्न सक्नुहुन्छ । गिली टापु तपाईं इन्डोनेसियामा समुद्र तटको पनि अनुभव गर्न सक्नुहुन्छ । गिली टापु बाली टापुहरू नजिकका साना टापुहरूको समूह हो । गिली टापुहरू तीन मुख्य साना टापुहरू– गिली त्रावांगन, गिली मेनो र गिली एयर मिलेर बनेका छन् । गिली टापुहरू तिनीहरूको समुद्री सौन्दर्य, स्नोर्कलिंग र डाइभिङका लागि प्रसिद्ध छन् । यहाँको समुद्री जीवन, कोरल चट्टान र सफा पानीले यात्रुहरूलाई सुन्दर अनुभव प्रदान गर्दछ । गिली टापुहरू उनीहरूको शान्त वातावरण र सुन्दर सेतो समुद्री तटहरूका लागि प्रसिद्ध छन् । यहाँ तपाईं आरामसँग समुद्र तटमा समय बिताउन र सूर्यास्त हेर्न सक्नुहुन्छ । लोम्बोक आइल्यान्ड लोम्बोक इन्डोनेसियाको एक रमणीय टापु हो र यो बाली टापुहरूको पश्चिमी भागमा अवस्थित छ । लोम्बोक यसको सुन्दर समुद्र तट, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाका लागि परिचित छ । लोम्बोक एक पहाडी टापु हो र यहाँका हिमालहरूको दृश्य देखेर तपाईं हर्षित हुनुहुनेछ । तपाईंलाई यस्ता ठाउँहरू बारम्बार घुम्न मन लाग्छ । लोम्बोकको सबैभन्दा प्रसिद्ध स्थलहरू तजन्ग आन, सेन्डाक, कुता बिच र माउन्ट रिन्जानी हुन् । तपाईं यहाँ समुद्र तटहरूमा सर्फिङ र स्नोर्कलिङको आनन्द लिन सक्नुहुन्छ । लोम्बोकको स्थानीय संस्कृति पनि हेर्न लायक छ । यहाँ तपाईं शाही दरबारहरूको परम्परागत नृत्य, संगीत र कला अनुभव गर्न सक्नुहुन्छ । लोम्बोक एक सुन्दर गन्तव्य हो जुन यसको सुन्दरता, समृद्ध संस्कृति र प्राकृतिक सौन्दर्यले पर्यटकहरूलाई आकर्षित गर्दछ । यदि तपाईं पहाड र समुद्र तटहरूको आनन्द लिन कुनै ठाउँमा जान चाहनुहुन्छ भने लोम्बोक राम्रो विकल्प हुन सक्छ । केलिमुटु ताल केलिमुटु ताल इन्डोनेसियाको नुसा टेंगारा टापुमा अवस्थित एउटा रमणीय ठाउँ हो । यो एक अद्वितीय र सुन्दर ताल हो जसको तीन रंगीन क्रेटरहरू छन् । यो ताल यसको अथाह प्राकृतिक सौन्दर्य र भव्य पहाडी दृश्यहरूका लागि प्रसिद्ध छ । यहाँका तीनवटा क्रेटर तालको पानी रंगीन हुन्छ । याे सामान्यतया निलो, कालो र सेतो रङकाे हुन्छ । रङहरूको यो अनौठो खेलले दर्शकलाई मोहित बनाउँछ । यो ताल घना जंगल, उच्च पहाड र वन्यजन्तुले घेरिएको छ । केलिमुटु ताल प्राकृतिक वातावरण र शान्तिले भरिएको मनमोहक ठाउँ हो । यदि तपाईं इन्डोनेसियाको कुनै सुन्दर र शान्त ठाउँमा जान चाहनुहुन्छ भने केलिमुटु तालमा जान सक्नुहुन्छ । जकार्ता जकार्ता इन्डोनेसियाको राजधानी र सबैभन्दा ठूलो सहर हो । यो दक्षिण–पूर्वी एसियाको इन्डोनेसिया द्वीप समूहमा स्थित छ । जकार्ता इन्डोनेसियाको राजनीतिक, आर्थिक, सांस्कृतिक र व्यावसायिक गतिविधिहरूको केन्द्र हो । जकार्ताको जनसंख्या करिब १० करोड छ । जकार्ता एक समृद्ध संस्कृति र इतिहासको मिश्रित सहर हो । यहाँ तपाईं महत्त्वपूर्ण स्थानीय आकर्षणहरू, परम्परागत बजारहरू र सांस्कृतिक कार्यक्रमहरू घुम्न अवसर पाउन सक्नुहुन्छ । जकार्तामा त्यहाँ धेरै रेस्टुरेन्टहरू छन् जहाँ तपाईं विशेष परिकार र स्थानीय खानाको स्वाद लिन सक्नुहुन्छ । जकार्ताले विभिन्न प्रकारका व्यापार गतिविधिहरूका साथै विभिन्न मनोरञ्जन र किनमेलका विकल्पहरू पनि प्रदान गर्दछ । एजेन्सी
२ बीमा कम्पनीबाट संस्थापक बाहिरिँदै, आईजीआई प्रुडेन्सियलका तीन जनाले बिक्रीमा राखे सेयर
काठमाडाैँ । दुई निर्जीवन बीमा कम्पनीको ७ लाख १८ हजार ४५ कित्ता संस्थापक सेयर विक्रीमा राखिएको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र यूनाईटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर विक्रीमा राखिएको हाे । कम्पनीहरुले बिहिबार एक सूचना जारी गर्दै संस्थापक राखिएको उक्त सेयर विक्रीमा राखेको जानकारी दिएका हुन् । छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबाट ३ जना संस्थापक लगानीकता बाहिरिने भएका छन् । संस्थापक सेयरधनीहरु कुमार पौडेल, सुमन पोखरेल र अन्जन भण्डारीले सेयर बिक्री गरेर कम्पनीबाट बाहिरिन लागेका हुन् । उनीहरुले जम्मा ३ लाख ४४ हजार कित्ता सेयर विक्री गर्ने भएका हुन् । जसमध्ये पौडेलले २ लाख ५० हजार, पोखरलेले ८० हजार र भण्डारीले १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयर खरिद गर्न इच्छुक व्यक्तिले ३५ दिन भित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । यस्तै, यूनाईटेड अजोड इन्स्योरेन्सको ३ लाख ७४ हजार ४५ कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ । कम्पनीले आईजे ग्रुपको स्वामित्वमा रहेको उक्त सेयर विक्रीमा रहेको जनाएको छ । कम्पनीमा उक्त ग्रुपको १४ लाख ५० हजार २३७ कित्ता सेयर रहेको छ । तर, कम्पनीले ३ लाख ७४ हजार ४५ कित्ता सेयर बिक्री गर्न लागेको हाे । बिक्री गर्न लागिएको उक्त सेयरको मूल्य प्रति कित्ता न्यूनतम ३ सय रुपैयाँ तोकिएको छ ।
हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती, टुँडिखेलमा बढाइँ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८१’ सम्पन्न गरिएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । उक्त समारोहमा सेनाको टोलीले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो । समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टरबाट ‘फूलपाती बढाइँ समारोह(२०८१’ व्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री, मन्त्रिगणलगायत विशिष्ट व्यक्तित्व सहभागी थिए । फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने प्रचलन छ । गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्र्यासँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ । बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ । सैनिक मञ्चको बढाइँ हेर्न टुँडिखेल वरपर नागरिकहरूको बाक्लो उपस्थिति थियो ।
भोलिबाट बीपी राजमार्ग सञ्चालनमा आउने
काठमाडौं । भोलि शुक्रबार बिहान १० बजेबाट बीपी राजमार्ग सञ्चालनमा आउने भएको छ । बिगत १५ दिन अघि आएको भिषण पानीले आएको बाढि र पहिरोको कारण बिपि राजमार्गको रोशी खोला स्थित २।५ किलोमिटर सडक अवरुद्द रहेको थियो । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिवको नेतृत्वमा काम बाटो खुलाउने काम गरिरहेको टोलिले आज राति र भोलि बिहान सम्म बाँकी रहेको तिन ठाँउको अबरोध हटाएर बिहान १० बजे बाट यातायात सञ्चालन हुने प्रधानमन्त्री के पी शर्मा ओलीले आफ्नो सामाजि सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन्। उनले फेसबुक पोष्टमा लेखेका छन्, “बीपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनु भएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केहीबेर अघि टेलिफोनमा कुरा भयो । उहाँ सडक मर्मत गर्ने प्राविधिक टोली सहित रोशी गाउँपालिका – ९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ। उहाँका अनुसार भोलि बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने छ। आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ । भोलि राजमार्ग खुलेपछि मात्र दशैं मान्ने बताउनु भयो । सडक खुलाउन अहोरात्र लाग्नु भएका प्राविधिक सहित सम्पूर्ण टिमलाई धन्यवाद ।” उनले पुर्वाधार सचिवले बाटो खुलाएर मात्र दसैँ मनाउने पनि बताएका छन् ।
च्यासलमा पटक-पटक बाढी पसेपछि केन्द्रीय कार्यालय सार्दै एमाले
काठमाडाैँ । नेकपा एमालेले केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने भएको छ । ललितपुरको च्यासलमा रहेको केन्द्रीय कार्यालयमा पटक पटक बाढी पसेपछि एमालेले कार्यालय कीर्तिपुरमा स्थापना गर्ने निर्णय गरेको हो । आज दिउँसो बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले कीर्तिपुर नगरपालिका २ स्थित जग्गामा शुक्रबार दिउँसो नयाँ कार्यालय भवन शिलान्यास गर्ने निर्णय गरेको जनाइएको छ । बैठकपछि उपमहासचिव प्रदीय ज्ञवालीले दिएको जानकारी अनुसार नयाँ कार्यालय भवको शिलान्यास शुक्रबार दिउँसो १२ बजेर २५ मिनेटमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । खोला किनारमै रहेको च्यासलस्थित कार्यालयमा यस वर्षको मनसुन अवधिमा चार पटकसम्म बाढी पसेको थियो । नेकपा एमालेले बाढी पहिरोबाट प्रभावित क्षेत्रमा राहत र तथा पुनर्स्थापनाको काममा आफ्ना नेता कार्यकर्ताहरुलाई स्वयंसेवकको रुपमा अझै केही दिन खटिरहन निर्देशन समेत दिएको छ ।
यसरी भित्र्याइयो फूलपाती (फोटो फिचर)
बडादसैँअन्र्तगत नवरात्रको सातौँ दिन बिहीबार गोरखा दरबारबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि पठाइएको फूलपाती । दरबारका सुसारेहरुले बिधिपूर्वक पूजाअर्चना गरी फूलपाती पठाइएको हो । काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदै छ । वडा दसैँको फुलपातीका दिन प्रसिद्ध बागलुङ कालिका मन्दिरमा फूलपाती भित्राइँदै । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । संखुवासभामा रहेको नेपाली सेना र नेपाल प्रहरीले मनकामना मन्दिर र फुलपाती चोकबाट ल्याएको फुलपातीलाई खांदबारीको टुडिखेलमा पुजा आरधाना पछि आ-आफ्नो कार्यालयमा भित्र्याउँदै नेपाली सेना र नेपाल प्रहरी । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका मन्दिरमा मन्दिरमा बिहीबार फूलपाती भित्र्याउन डोली लिएर जाँदै नेपाल प्रहरीको टोली । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा बिहीबार फूलपाती भित्र्याउँदै मन्दिरका महन्त श्रीराम गिरीलगायत । सुनसरीको इनरुवा नगरपालिका-९ स्थित भगवती मन्दिरमा बिहीबार फूलपाती भित्र्याउँदै नेपाली सेना र सशस्त्र प्रहरीको टोली । सुर्खेतको बिरेन्द्रनगरस्थित देउती बज्यै मन्दिरमा आज फूलपाती भित्र्याइँदै । बाँकेको राँझास्थित इमाननगर व्यारेकमा रहेको नेपाली सेनाको श्री बज्रदल गणले नेपालगञ्जको वागेश्वरी मन्दिरमा बिहीबार फूलपाती भित्र्याउँदै । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा रहेको नेपाली सेनाको कालिध्वज गणले तारकेश्वर नगरपालिका-४ स्थित पुरानो गुह्ययेश्वरी मन्दिरमा बिहीबार फूलपाती पूजा गरी गण तफ फूलपाती भित्र्याइँदैै।
चीन र अस्ट्रेलियाको विवाद अन्त्य, व्यापारमाथिको प्रतिबन्ध हट्यो
काठमाडौं । चीनका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबीच वर्षौंदेखि जारी राजनीतिक विवाद अन्त्य भएको घोषणा गरेका छन् । उनले चीनले अस्ट्रेलियाली लबस्टर (झिङ्गे माछा)को आकर्षक व्यापारमाथिको प्रतिबन्ध हटाउने बताएका हुन् । लाओसमा चिनियाँ प्रधानमन्त्री ली कियाङसँगको भेटपछि अल्बानिजले भने, ‘यस वर्षको अन्त्यसम्ममा लबस्टरको व्यापार पूर्णरूपमा पुनः सुरु गर्ने समयतालिकामा दुवै पक्ष सहमत भएका छन् ।’ सन् २०१७ यता बेइजिङले वाइन, लबस्टर र काठलगायतका करिब १५ अर्ब अमेरिकी डलर बराबरको अष्ट्रेलियन निर्यातमा कर लगाएको छ । वार्षिक करिब आधा अर्ब अमेरिकी डलर बराबरको लबस्टर व्यापार चिनियाँ प्रतिबन्धबाट प्रभावित भएको अस्ट्रेलियाको केही प्रमुख निर्यातमध्ये एक हो। सम्बन्ध सुधारका लागि वर्षौंको प्रयासपछि लबस्टरको आकर्षक व्यापारमाथिको प्रतिबन्ध हटाउन चीन तयार भएको हो । चीनले दण्डात्मक करको लहर राजनीतिबाट प्रेरित भएको अस्वीकार गरेको छ । तर, हुवावेलाई अष्ट्रेलियाको फाइभजी नेटवर्क चलाउनबाट रोक्ने निर्णय र क्यानबेराले कोभिड–१९ महामारीको उत्पत्तिको अनुसन्धानको लागि कडा आह्वान गरेसँगै यी उपायहरू चालिएको थियो । बेइजिङले युरोप र संयुक्त राज्य अमेरिकासँग गहिरो व्यापार युद्धको सामना गरिरहेको छ । अमेरिकाले चीनको विद्युतीय वाहन निर्यात, सेमीकन्डक्टर, सौर्य प्यानल र अन्य सामानहरूको दायरामा दण्डात्मक कर लगाएको छ। सन् २०२५ को सुरुमा पुनः निर्वाचन हुने अपेक्षा गरेका अल्बानिजका लागि बिहीबारको घोषणा महत्वपूर्ण राजनीतिक जित हो । मध्यवामपन्थी नेताले आफ्नो दुई वर्षभन्दा बढी कार्यकालको अधिकांश समय अधिकार र विधिको शासनका विषयमा अझै नसुल्झिएको राजनीतिक मतभेदबाट बेइजिङसँगको महत्वपूर्ण व्यापारिक सम्बन्धलाई अलग्याउने प्रयासमा बिताउनुपरेको छ । यो अस्ट्रेलियाको लबस्टर निर्यातकहरूको लागि पनि एक जीत हो । अल्बानिजले चिनियाँ नयाँ वर्षको समयमा नै प्रतिबन्ध हटाइने बताउनुभएको थियो । चीनमा लबस्टरजस्ता विलासिताका सामानहरूको माग अत्यधिक छ।
सुनसरीको गलैँचा उद्योगमा आगलागी करोडौँको क्षति
धरान । सुनसरीको दुहबी नगरपालिका–३ स्थित गलैँचा उद्योगमा बुधबार बेलुका भएको भीषण आगलागीबाट रु ८० करोडभन्दा बढीको क्षति भएको छ । धरानका व्यवसायी प्रिन्स अग्रवालले सञ्चालन गर्दै आउनुभएको दुहबी नगरपालिका–३ कदमगाछी चोकदेखि पूर्वमा रहेको हनुमन्ते गलैचा उद्योगमा बुधबार राति ८ः३० बजेदेखि भीषण आगलागी भएको थियो । उक्त आगो भने अहिलेसम्म पनि पूर्णरूपमा नियन्त्रण हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए । उनले भने, “उद्योग सञ्चालनका क्रममा विद्युत् सर्ट भइ आगलागी भएको हो, आगो ठूलो भागमा भित्रभित्र फैलिएको कारण नियन्त्रण गर्न गाह्रो भएकोछ ।” आगलागीबाट एक बिगाहा क्षेत्रफलमा निर्माण गरिएको भवन र मेसिन र गोदाममा राखेका गलैँचा, सिरक, डस्ना, चकटी, म्यट्रेस, कार्पेट, सवारी साधनलगायतका सामग्री सबै जलेर नष्ट भएको सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार उद्योगको गोदाममा राखेको रु ४० करोडको सामग्री र मेसिन र भौतिक संरचना गरी ८० करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । पूर्णरुपमा अझ क्षतिको विवरण आइसकेको छैन । आगलागी सुरु भएसँगै बिराटनगर, इटहरी, धरान, दुहबी, इनरुवा, झुम्कालगायत स्थानबाट १२ वटा दमकल र सुरक्षाकर्मी स्थानीयलगायतले आगो नियन्त्रण प्रयास गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्त तिमल्सिनाले बताए ।