कार्यकर्तालाई रविको अपिल : राज्यले गरेको दादागिरी सामना गरौं
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राज्यले गरेको दादागिरी मिलेर सामना गर्नुपर्ने बताएका छन् । पक्राउ हुनुअघि आफ्नो धारणा राख्दै उनले सबैले मिलेर राज्यले गरेको दादागिरी सामना गर्नुपर्ने धारणा राखेका हुन् । उनले आफूमाथि पूर्वाग्रहपूर्ण राजीनिति भएको दाबी गरेका छन् । लामिछानेलाई प्रहरीले रास्वपाको केन्द्रीय कार्यालय च:मतिबाटै पक्राउ गरेको हो । अहिले उनलाई सडकमार्गबाट अहिले पोखरा लगिँदैछ । प्रहरीले उनीविरुद्द सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको छ । जिल्ला अदालत, कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । पोखराको सूर्य दर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ । आज बिहान बसेको विपक्षी दलहरूको बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले रविलाई पक्राउ गर्न खोजिरहेको बारे संकेत गरेका थिए । उक्त बैठकले सरकारले रविलाई पक्राउ गरेमा प्रतिवाद गर्ने तयारीसमेत गरिसकेको छ ।
रवि लामिछाने पार्टी कार्यालयबाटै पक्राउ, सहकारी ठगीसँगै संगठित अपराधको मुद्दा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई रास्वपाको केन्द्रीय कार्यालय च:मतिबाटै पक्राउ गरेको हो । अहिले उनलाई सडकमार्गबाट अहिले पोखरा लगिँदैछ । प्रहरीले उनीविरुद्द सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको छ । जिल्ला अदालत, कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । पोखराको सूर्य दर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितका प्रहरी निकायलाई पठाएको पत्रमा ‘ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा’मा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गरेर पठाइदिन भनिएको छ । आज बिहान बसेको विपक्षी दलहरूको बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले रविलाई पक्राउ गर्न खोजिरहेको बारे संकेत गरेका थिए । उक्त बैठकले सरकारले रविलाई पक्राउ गरेमा प्रतिवाद गर्ने तयारीसमेत गरिसकेको छ । यता आफूविरुद्ध पक्राउ पूर्जी जारी भएसँगै सभापति लामिछानेले सामाजिक सञ्जालमा सरकार मरेकाे उल्लेख गरेका छन् । उनले तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिं हतकडी? भन्दै प्रधानमन्त्री ओलीप्रति इंकित गरेका छन् ।
एआईआरडीसीकाे बोर्ड अफ ट्रस्टीमा चंकी क्षेत्री चयन
काठमाडाैं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री विकासोन्मुख देशहरूको बीमाकर्ताको छाता संगठन एआईआरडीसीको सञ्चालकको ट्रस्टी मेम्बरमा चुनिएका छन् । अक्टोबर ८ तारिखमा थाइल्याण्डको बैंककमा भएको एआईआरडीसीको वार्षिक साधारणसभाबाट क्षेत्री ट्रस्टीमा चुनिएका हुन् । उनी २०२४ देखि २०२६ सम्मका लागि एआईआरडीसीको बोर्डमा रहने छन् । एआईआरडीसीको ७ सदस्यीय सञ्चालक समिति रहेको छ । जसको अध्यक्षमा बैंकक इन्स्योरेन्सका अध्यक्ष चै सोफोनपनीच चयन भएका छन् भने उपाध्यक्षमा सन्चुएरी इन्स्योरेन्सका म्यानेजिङ डाइरेक्टर पत्रीक कुसीनीयू र कोषाध्यक्षमा मर्चेन्टाईल इन्स्योरेन्सकी डाइरेक्टर इथर सी तन चयन भएका छन् ।
रवि लामिछानेलाई पक्राउ गरेर पोखरा लगिँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेर पोखरा लग्ने भएको छ । रास्वपाका नेता मनिष झाले आज नै प्रहरीले पक्राउ गरेर सडक मार्गमार्फत उनलाई उनलाई पोखरा लग्ने विषयमा प्रहरीसँग सहमति भइसकेको जानकारी गराएका हुन् । उनले भने, ‘हामी कानुनी राज्यको सम्मान गर्छौं । हामी सहजरूपमा गिरफ्तारी दिन्छौं, प्रतिकार गर्दैनौं ।’ लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ । उनले पत्रकार सम्मेलनमा आफ्ना धारणा राखेपछि प्रहरीले उनलाई पोखरातर्फ लग्नेछ । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दामा जिल्ला प्रहरी कार्यालय, कास्कीले अनुसन्धान गरिरहेको छ ।
सहकारी प्रकरण: छविलाल जोशीलाई थप २० दिन हिरासतमा राख्न अदालतले दियो अनुमति
काठमाडौं । छविलाल जोशीलाई थप २० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । शुक्रबार अदालतले सहकारी प्रकरणमा अनियमितता गरेको आरोपमा अनुसन्धानका लागि थप २० दिन हिरासतमा राख्न अनुमति दिएको हो । जाेशीलाई असोज १७ गतेदेखि लागू हुनेगरी उनलाई २० दिन म्याद थप गरेको छ । अदालत बन्द भएका कारण उनको १७ गतेदेखि नै म्याद थप हुन सकेको थिएन । असोज ६ मा पक्राउ परेका उनीविरुद्ध यसअघि पनि अदालतले पहिलो पटक ५ दिन र दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो । आजै जिल्ला अदालत, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ ।
पक्राउ पूर्जी जारी भएपछि रविको प्रतिक्रिया : सरकार मर्यो, हामीलाई जुठो पर्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्द पक्राउ पूर्जी जारी भएपछि उनले प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत् सरकार मर्याे, हामीलाई जुठो पर्याे भनेर लामो धारणा राखेका छन् । उनले तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी मेरो हातमा चाहि हतकडी ? तपाइई बिचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपी दिनुपर्ने ? तपाईं प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने, मैले ठगीको आरोप खेपी दिनुपर्ने ? भन्दै प्रश्न गरेका छन् । यस्तो छ उनको धारणा : सरकार मर्यो, हामीलाई जुठो पर्यो ! तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ? तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने ? तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने । तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने ? तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने ? यति गरेपछी भाटभटिनीको इस्यु मोड्नपनि पाइयो । प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिड्न परेन । तर म कहिले भागेर हिडिन र हिड्दिन पनि । ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईंले त्यही अफर रातारात बिचौलियालाई साक्षी राखेर लिनुभयो । बाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो । यो मलाई राम्रो सँग थाहा छ । तपाईंको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो । तपाईंहरुका दलका नेता /कार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोही जेलमा छन् कोही फरार छन् । तपाईंहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ । अब तपाईंहरुबाट पीडितले न्याय पाउदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौं । ठिक छ, म तपाईंहरुको दिनगन्ती शुरु भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्द्ता ब्यक्त गर्दछु । नयाँ पुस्तालाई एक एक गर्दै सक्काउदै जाने तिमीहरुको कुनियतले तिमीहरुलाई चाडै रसातलमा पुर्याएको यो देशले चाडै देख्ने छ । सुरूवात तिमीहरुले गर्यौ, अन्त्य हामी गर्नेछौं, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन् । अहिलेलाई, सरकार मर्यो हामीलाई जुठो पर्यो । तर, मलाई न्यायलयप्रती आशा र न्याय प्रेमी जनताप्रति भरोसा छ । प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला । तपाईको सभापतिले कसैलाई ठगेको छैन । याे पनि पढ्नूहोस् : रवि लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरीको तयारी, अदालतले दियो अनुमति
रवि लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरीको तयारी, अदालतले दियो अनुमति
कठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएको हो । अदालतको अनुमतिपछि काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरीको तयारी छ । जिल्ला अदालत, कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। पोखराको सूर्य दर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ । रास्वपाको केन्द्रीय कार्यालय च:मतिमा सभापति लामिछानेसहित पदाधिकारी, केन्द्रीय सदस्य र कार्यकर्ताहरू पनि भेला भएका छन्। आज बिहान बसेको विपक्षी दलहरूको बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले रविलाई पक्राउ गर्न खोजिरहेको संकेत गरेका थिए । उक्त बैठकले सरकारले रविलाई पक्राउ गरेमा प्रतिवाद गर्ने तयारीसमेत गरिसकेको छ । आफूविरुद्ध पक्राउ पूर्जी जारी भएसँगै सभापति लामिछानेले सामाजिक सञ्जालमा सरकार मरेकाे उल्लेख गरेका छन् । उनले तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिं हतकडी? भन्दै प्रधानमन्त्री ओलीप्रति इंकित गरेका छन् । सरकार मर्यो,हामीलाई जुठो पर्यो !! तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ?? तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने? तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप… — Rabi Lamichhane (@hamrorabi) October 18, 2024
पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी, स्थानीयवासीको जीवनस्तरमा सुधार
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरुबाट चालु आर्थिक वर्ष २०८१/८२ मा एक करोड २७ लाख ६३ हजार रुपैयाँ आन्तरिक आम्दानी गरेको छ । अन्नपूर्णमा रहेका पर्यटकीयस्थल पुनहिल, भुरुङ तातोपानी, पाउद्वार र रातोपानी कुण्डमा प्रवेश शूल्क संकलन, होटल र चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर सो आम्दानी भएको गाउँपालिकाले जनाएको छ । अन्नपूूर्ण –२ मा रहेको भुरुङ्ग–तातोपानी, वडा नम्बर ५ को पाउद्धार तातोपानी र वडा नम्बर ६ को रातोपानी कुण्डमा प्रवेश शूल्क, होटल तथा चिया पसल सञ्चालनका लागि विभिन्न होटलहरुले प्रतिष्पर्धा मार्फत क्रमश ५६ लाख २५ हजार तीन सय ७७ रुपैयाँ, २८ लाख ७६ हजार पाँच सय पाँच रुपैयाँ र दुई लाख ६१ हजार पाँच सय ५५ रुपैयाँमा आर्थिक वर्षको शुरुमै ठेक्का सम्झौता भएको थियो । अन्नपूर्ण –६ स्थित पुनहिलमा प्रवेश शूल्क र चिया पसल सञ्चालनका लागि ४० लाख रुपैयाँ एक सयमा असोज अन्तिम हप्ता सम्झौता भएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । अग्रिमरूपमा रकम जम्मा गरेका कारण कार्यविधिअनुसार १० प्रतिशत छुट दिएर आय ठेक्का सम्झौता गरिएको उनले बताए । ‘तीन तातोपानी कुण्डमा पहिलो सूचनामै ठेक्का परेको थियो,’ उनले भने, ‘५५ लाख रुपैयाँ न्युनतम आय अनुमान गरिएको पुनहिलमा तीन पटक सम्म सूचना प्रकाशन गर्दा समेत कसैको ठेक्का नपरेपछि आर्थिक वर्ष शुरु भएको तीन महिनापछि ४० लाख रुपैयाँ एक सयमा सम्झौता गरिएको हो ।’ पुनहिल र भुरुङ्ग–तातोपानीको होटल हटस्पिरिङ, पाउद्धार तातोपानी कुण्ड कालीगण्डकी रुफटफ र रातोपानी कुण्ड होटल एभरेष्ट पोखरेबगरले ठेक्का लिएका हुन् । गाउँपालिकाको खोप्रा क्षेत्रमा सञ्चालित होटललाई वार्षिकरूपमा व्यवसाय करवापत हरेकलाई ३० हजार रुपैयाँ र सार्वजनिक जग्गा प्रयोग गरेवापत ३६ हजार रुपैयाँ वाहलबटौली कर लिने गरेको छ । चालु आर्थिक वर्षमा एक करोड ७२ लाख ५० हजार रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको अन्नपूर्णले पर्यटन क्षेत्रलाई मुख्य आयस्रोत बनाएको र पहिलो चौमासिकमै लक्ष्य नजिक पुगेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए । मोहरेडाँडा, रुप्से छहरा, घोरेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा र हुमखोलालगायतका ठाउँमा रहेका होटल, रेष्टुरेन्ट तथा कफीसफबाट समेत व्यवसाय कर संकलन गर्दै आएको छ । घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ र महभिर झरना, विभिन्न ठाउँका तातोपानी कुण्डहरु रहेको यस गाउँपालिकाको वडा नं ४ नारच्याङमा विश्वको दशौँ र नेपालको नवौँ अग्लो अन्नपूर्ण प्रथम हिमाल रहेको छ । अन्नपूूर्ण आधार शिविर र त्यहाँ जाने मौरिस हर्गोज पदमार्गमा पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट बिनियोजन गरेको अध्यक्ष पुनले बताए । पर्यटकीयस्थलको पूर्वाधार विकास, प्रचार–प्रसार र प्रवर्र्द्धन गर्दै स्थानीयवासीको जीवनस्तर सुधारसँगै गाउँपालिकाको आन्तरिक राजस्व बढाउनतर्फ जोड दिइएको उनले बताए । रासस