गृहमन्त्री लेखकको प्रश्न : आफै गल्ती गर्ने अनि ठिक छु भन्ने ?
काठमाडौं । गृहमन्त्री रमेश लेखकले संयमित भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरीले संयमित, सरल, सहज, इमान्दार भएर आम नागरिकको सेवा प्रदान गर्ने काम गर्नुपर्ने गृहमन्त्री लेखकको भनाई थियो । उनले अपराध गरेकाहरूलाई पनि प्रहरीमाथि आक्रमण गर्ने प्रयास नगर्न सचेत गराए । आफूले गल्ती गर्ने, अनि प्रहरीसँग जाईलाग्ने, झगडा गर्ने वा आफूले भनेको ठिक हो भन्न ढंगले कसैले पनि अघि बढ्न नहुने गृहमन्त्री लेखकले स्पष्ट पारे । आइतबार काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा ट्राफिक भाइलेन्स रेकर्ड सिस्टमको शुभारम्भ गर्दै उनले गल्ती गर्नेहरूलाई सम्झाइबुझाइ काम गर्न निर्देश गरे । ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा लागि विद्यालय तहमा बढि जोड दिएर सचेतना कार्यक्रमलाई अघि बढाउन आवश्यक भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले त्यस काममा लाग्न पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए । ‘प्रहरीले संयमित भएर, सरल भएर, सहज भएर इमान्दार भएर नागरिकको, व्यक्तिको सेवा गर्ने र सेवा प्रदान गर्ने काम गर्नुपर्दछ,’ उनले भने । गृहमन्त्री लेखकले सरकारले सुशासन मुख्य कामलाई प्रभावकारी बनाउन प्रविधिमा जोड दिएको पनि बताए ।
२ महिनामा विकास बैंकको खुद नाफा १ अर्ब ६४ करोड, ६ वटा घाटामा
काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिना (साउन र भदौ) मा विकास बैंकहरूले १ अर्ब ६४ करोड ७९ लाख खुद नाफा आर्जन गरेका छन् । यो अवधिमा ६ वटा विकास बैंकले घाटा बेहाेर्दा ११ वटाले नाफा आर्जन गरेका छन् । जसमध्ये सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकले नाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । मुक्तिनाथले साउन र भदौमा ३२ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यसैगरी, गरिमा विकास बैंकले २८ करोड ८९ लाख, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २१ करोड ५४ लाख, ज्योति विकास बैंकले १९ करोड ६२ लाख, कामना सेवा विकास बैंकले १७ करोड ६९ लाख, महालक्ष्मी विकास बैंकले १७ कराेड १४ लाख, साङ्ग्रीला डेभलपमेन्ट बैंकले १४ करोड ३० लाख, र लुम्बिनी विकास बैंकले ११ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकले ८८ लाख, सालपा डेभलपमेन्टले ४८ लाख, कर्पाेरेट डेभलपमेन्ट बैंकले ३८ लाख रूपैयाँ खुद नाफा संकलन गरेका छन् र घाटा बेहाेर्नेहरूकाे शीर्ष स्थानमा एक्सेल डेभलपमेन्ट बैंक रहेको छ । एक्सेल डेभलपमेन्टलाई ६ करोड ८३ लाख घाटा लागेको छ । कर्णाली विकास बैंकलाई १ करोड ८३ लाख, नारायणी डेभलपमेन्टलाई १ करोड १६ लाख, मितेरी डेभलपमेन्टलाई ८४ लाख, सिन्धी विकास बैंकलाई ६३ ला र सप्तकोशी डेभलपमेन्ट बैंकलाई ३६ लाख रुपैयाँ घाटा लागेको छ ।
शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको निर्णय- नेपाल ग्रे-जोनमा पर्न अनुसन्धान र अभियोजनलाई तीव्र पार्नुपर्छ
काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ । निर्देशक समितिको आइतबार बसेको बैठकले सम्पत्ति शुद्धीकरणसम्बन्धी नियमनकारी निकायहरूले अनुसन्धान र अभियोजनको विषयलाई तीव्र पार्ने निर्णय गरेको हो । बैठकले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नियमावलीलाई मन्त्रिपरिषदबाट छिटो पारित गर्न पहल गर्ने पनि निर्णय गरेको छ । अनुसन्धान र अभियोजनलाई तीव्र पारी नियमावली पारित गरे नेपाल ग्रे-जोनमा नपर्ने बैठकका सहभागीहरूको भनाइ छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय आवश्यकता र प्राथमिकताले अनुसन्धान र अभियोजनका कार्यलाई अघि बढाउने उल्लेख गर्दै नेपाल ग्रे-जोनमा नजाने गरी कार्यहरू गर्न निर्देशन दिए । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल ग्रे-जोनमा नपर्नका लागि आवश्यक कानुन बनाउन र भएका कानुनमा सुधार गर्न मन्त्रालय सक्रिय रहेको बताए । बैठकमा महान्यायाधिवक्ता, नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर, मन्त्रालयका सचिवहरू, नियमनकारी निकायका प्रतिनिधिलगायत सहभागी थिए ।
अब सातै प्रदेशमा जलनको निःशुल्क उपचार हुने
काठमाडौं । देशका सातवटै प्रदेशमा अब जलनको निःशुल्क उपचार सेवा सञ्चालन हुने भएकाे छ । शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले उपचार खर्च बेहाेर्न नसक्ने नागरिकलाई कस्मेटिकबाहेकका जलन उपचारको व्यवस्था निःशुल्क गर्ने निर्णय गरेको जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलनपीडितको उपचार निःशुल्क बनाउने प्रस्ताव सरकारले पारित गरेको हो । अब प्रदेशस्तरबाट कोसीमा बीपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेसमा नारायणी अस्पताल वीरगञ्ज, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल नेपालगन्ज, कर्णालीमा सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल धनगढीले यो सेवा दिनेछन् । स्वास्थ्य मन्त्रालयको आकलनअनुसार नेपालमा वार्षिक ५७ हजार व्यक्तिहरु जलनबाट प्रभावित हुने गरेका छन् । हालसम्म जलनको उपचार कीर्तिपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र सुस्मा मेमोरियल अस्पतालमा हुँदै आएको छ । वीर अस्पतालले लामो समयदेखि बन्द रहेको बर्न युनिट यही भदौदेखि सञ्चालनमा ल्याइसकेको छ ।
खिम्ती-लामोसाँघु प्रसारण लाइन सञ्चालनमा ल्याइँदै, इआरएस टावर जडान
काठमाडौं । गत १२ र १३ असोजको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुन:स्थापना प्रणाली टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइने भएको छ । तामाकोशी नदीमा आएको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो । टावर बगेपछि ४वटा टावरको तार (कन्डक्टर)मा पनि क्षति पुगेको थियो । टावर बगाएपछि उक्त लाइनबाट १३ असोजबाट विद्युत् प्रवाह बन्द छ । यसबाट खिम्तीबाट काठमाडौं उपत्यकाको प्रसारण लाइन लिङ्क टुटेको छ । उक्त लाइनबाट करिब २०० मेगावाट विद्युत् प्रवाह हुनसक्छ । खिम्ती–लामोसाँघु प्रसारण लाइन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि महत्वपूर्ण प्रसारण लाइन हो । उक्त लाइनबाट आएको विद्युत्लाई लामोसाँघु–भक्तपुर प्रसारण लाइन हुँदै काठमाडौं उपत्यकामा आपूर्ति गरिन्छ । यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी नदी जनाधार क्षेत्रमा निर्माण भएको जलविद्युत आयोजनाहरुको विद्युत् लामोसाँघु–खिम्ती–ढल्केबर हुँदै भारततर्फ निर्यात हुँदै आएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘खिम्ती–लामोसाँघु प्रसारण लाइन बन्द हुँदा विद्युत् प्रणालीको विश्वसनीयतामा असर परेको छ । भारततर्फको विद्युत् निर्यातसमेत प्रभावित भएको छ, त्यसैले इआरएस संरचनाको प्रयोग गरी लाइनलाई जतिसक्दो छिटो सञ्चालनमा ल्याउन लागिएको हो ।’ उनले अहिले इआरएसमार्फत लाइन चलाएर बाढीले बगाएको टावरको सट्टा अर्को स्थायी टावर निर्माण गरिने उल्लेख गरे । प्राधिकरणले आफैसँग रहेको इआरएस संरचनाको प्रयोग गरी खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याउन लागेको हो । यसका लागि इआरएस टावर जडान गरिसकिएको छ । इआरएस टावर राख्न लागेपछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै काममा अवरोध गरेका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, रामेछापका प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थितिमा भएको छलफलमा स्थानीयसँग सहमति जुटेपछि २ कात्तिकबाट इआरएस टावर राख्न सुरु गरिएको थियो । टावर जडान सकेर तार तान्न सुरु गर्न लाग्दा फेरि दोलखाका स्थानीयले अवरोध गरेका थिए । स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा उनीहरूसँग आइतबार सहमति जुटेको छ । अब तार तान्न सुरु गरिने छ । यसका लागि करिब ४ दिन लाग्ने प्राधिकरण खिम्ती ग्रिड शाखाका प्रमुख मनोज साहले जानकारी दिए ।
क्रान्तिपछिका विरोधले बंगलादेशको पोशाक उद्योगलाई ४० करोड डलर घाटा
काठमाडौं । उद्योग नेताहरूले आइतबार भने कि मुलुकको निरंकुश प्रधानमन्त्रीलाई हटाएको विद्यार्थी नेतृत्वको क्रान्तिपछिको अशान्तिका कारण बंगलादेशको महत्त्वपूर्ण पोशाक उद्योगले ४४० करोड डलर गुमाएको उद्योग नेताहरूले आइतबार बताएका छन् । उनीहरूले अहिले स्थिति ‘स्थिर’ भएकोमा जोड दिए । मुलुकका तीन हजार पाँच सय पोशाक कारखानाले वार्षिक ५५ अरब डलर निर्यातको लगभग ८५ प्रतिशत हिस्सा ओगट्छन् तर अशान्तिले यस मुख्य उद्योगमा उल्लेखनीय अवरोध पुर्यायो । महिनौँको घातक विरोधपछि पूर्वप्रधानमन्त्री शेख हसिना अगस्ट ५ मा हेलिकोप्टरबाट छिमेकी भारततर्फ भागिन् । नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा एक अन्तरिम सरकारले पदभार सम्हाले पनि कामदारहरूले रोजगारी र राम्रो तलबको माग गर्दै पोशाक कारखानाहरूमा विरोध जारी राखे । यस्ता प्रदर्शनहरू कहिलेकाहीँ हिंसामा परिणत हुन्थे । सेप्टेम्बर ३० मा प्रदर्शनकारी र प्रहरीबीचको झडपमा एक पोशाक कामदारको मृत्यु भयो र २० जना घाइते भए । बंगलादेश गार्मेन्ट्स एन्ड इन्डस्ट्रियल वर्कर्स फेडेरेशनकी अध्यक्ष कल्पना अख्तरले आइतबार कारखाना मालिकहरू र सरकारको ‘दृष्टिकोणमा आमूल परिवर्तन’ हुनुपर्ने बताइन् । ‘कामदारहरू सडकमा उत्रिँदा मात्र तलब वृद्धिको बारेमा छलफल हुन्छ’, अख्तरले भनिन्, ‘यस क्षेत्रमा स्थिरता सुनिश्चित गर्न परिवर्तनहरू आवश्यक छन्, अन्यथा, शान्त स्थिति धेरै समय नरहन सक्छ ।’ बंगलादेश मूल्यका आधारमा चीनपछि विश्वको दोस्रो सबैभन्दा ठूलो कपडा निर्यातकर्ता मुलुक हो र यस मुलुकले लिभाइस, जारा र एच एण्ड एम जस्ता विश्वका धेरै शीर्ष ब्रान्डहरूलाई आपूर्ति गर्छ । बंगलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसनका अध्यक्ष खन्दकर रफिकुल इस्लामले भने, ‘एउटा चुनौतीपूर्ण अवधिबाट गुज्रिएपछि उद्योग हाल स्थिर छ ।’ शनिबार पत्रकारहरूसँग उनले अगस्टदेखिको कूल घाटा करिब ४० करोड डलर रहेको अनुमान गर्दै सुरक्षा बलहरूले उद्योगको संरक्षण जारी राख्नु आवश्यक रहेको बताए । ‘सेनाले कारखानाहरूको सुरक्षाका लागि कार्यदल गठन गरेको छ र उनीहरूले पोशाक केन्द्रहरूमा सुरक्षा सुनिश्चित गर्न नियमित गस्ती गरिरहेका छन्’, उनले भने, ‘खरीदकर्ताहरूले बंगलादेशी पोशाकमा आफ्नो विश्वास पुनः प्राप्त गरेका छन्, तर स्थिरता कायम राख्न निरन्तर कानून र व्यवस्था आवश्यक छ ।’ रासस
दुई महिनामै यी पाँच बैंकको अर्ब बढी नाफा, कुन-कुन बैंक खस्किए ?
काठमाडौं । वाणिज्य बैंकले १७ अर्ब ६९ करोड २० लाख रुपैयाँ खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले साउन र भदौमा सो नाफा गरेका हुन् । यो अवधिमा सबैभन्दा बढी नाफा गर्ने नबिल बैंक रहेको छ भने दोस्रोमा ग्लोबल आइएमई र तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । नबिलले दुई महिनाको अवधिमा १ अर्ब ६६ करोड, ग्लोबल आइएमईले १ अर्ब ५६ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले १ अर्ब ४१ करोड रुपैयाँ र हिमालयन बैंकले १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा गरेको छ । यस्तै, कुमारी बैंकले यो अवधिमा १ अर्ब ८ करोड रुपैयाँ नाफा गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । ५ वटा बैंकले दुई महिनामा एक अर्ब बढी नाफा गरेका हुन् । राष्ट्र बैंकको तथ्यांकअनुसार प्राइम कमर्सियल बैंकले ९७ करोड, प्रभुले ९१ करोड, कृषि विकासले ८८ करोड, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड, लक्ष्मी सनराइजले ८६ करोड, एभरेष्टले ८२ करोड र एनएमबिले ७८ करोड रुपैयाँ खुद नाफा गरेका छन् । यस्तै, सानिमा बैंकले ६८ करोड, नेपाल बैंकले ६७ करोड, स्ट्याण्डर्ड चार्टर्डले ६० करोड, सिद्धार्थले ६० करोड, सिटिजन्सले ५८ करोड, एनआईसी एसियाले ५७ करोड, नेपाल एसबिआईले ५३ करोड र माछापुच्छ्रे बैंकले ३९ करोड रुपैयाँ खुद नाफा गरेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ ।
नागरिक उड्डयन क्षेत्रको अध्ययनका लागि उच्चस्तरीय समिति गठन गर्ने मन्त्रिपरिषदकाे निर्णय
काठमाडौं । सरकारले नागरिक उड्डयन क्षेत्रको अध्ययनका लागि उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ । शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पाँच सदस्यीय समिति गठन गरेको जानकारी दिए। सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाकाे संयाेजकत्वमा समिति गठन भएकाे हाे । समितिमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंह, हवाई सुरक्षा विज्ञ भेषराज सुवेदी, हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ रिवाजप्रसाद प्रधान र पर्यटन मन्त्रालयका सहसचिव सदस्य रहेका छन् । यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरू [pdf id=517891]