विकासन्युज

बन्दा किलोको १५ रुपैयाँ, यस्तो छ तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले साेमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ३८, आलु रातो (भारतीय) प्रतिकेजी रु ३६, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६६, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु २०, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १२, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्रतिकेजी रु १२, मूला रातो प्रतिकेजी रु २०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ । यसैगरी, मटरकोसा प्रतिकेजी रु ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ५०, घिउसिमी (राजमा) प्रतिकेजी रु ८०, टाटे सिमी प्रतिकेजी रु ४०, तितेकरेला प्रतिकेजी रु १३०, लौका प्रतिकेजी रु ५०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी–२०, फर्सी हरियो (डल्लो) प्रतिकेजी–२०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी–८०, पिँडालु प्रतिकेजी रु ९०, स्कुस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १२, पालुङ्गो साग प्रतिकेजी ४५, चमसुरको साग रु ४५, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ४५, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ८०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु १३०, च्याउ (डल्ले) प्रतिकेजी रु ४०० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ८०, रातो बन्दा प्रतिकेजी रु ७०, सजिवन प्रतिकेजी रु २००, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठकोबी प्रतिकेजी रु ८०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ७००, सौफको साग प्रतिकेजी रु ७०, पुदिना प्रतिकेजी–४००, गान्टे मूला प्रतिकेजी रु ७०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फुजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १५०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर (हरियो) प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३५०, सुन्तला (नेपाली) प्रतिकेजी रु १५०, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, जुनार प्रतिकेजी रु ११०, भुइँकटर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकेजी रु १३०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ५०, रुखकटहर प्रतिकेजी रु १००, निबुवा प्रतिकेजी रु ६०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ६०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ६०, स्ट्रबेरी (भुइऐँसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु ३००, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकेजी १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ५०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ६०, लसुन हरियो प्रतिकेजी रु ८०, हरियो धनियाँ प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

कर्णालीबाट ४ अर्बको कृषि तथा पशुजन्य उपज निकासी, अनुदान दिएपछि दूध उत्पादन वृद्धि

सुर्खेत । कर्णाली प्रदेशबाट एक वर्षमा रु चार अर्ब बढीको खाद्यन्न, फलफूलसँगै पशु र दुग्धजन्य पदार्थ निकासी हुने गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा रु चार अर्ब बढीको खाद्यन्न, फलफूल, खसी बोका र दुग्धजन्य पदार्थ निकासी भएको हो । आर्थिक वर्ष २०७९/८० मा पनि कर्णाली प्रदेशका दश जिल्लाबाट चार अर्ब सात करोड १८ लाख ६६ हजारको खाद्यन्न, फलफूल तथा खसी बोका निकासी भएको थियो । विशेषगरी कर्णालीबाट खाद्यन्नमा मकै, कोदो, कागुनो चिनो, फापरलगायतका रैथाने बाली निकासी हुने गरेको छ, भने तरकारी, तरकारीको बीउ, सुन्तला, स्याउ, अदुवा, बेसार, आलु लगायतका वस्तु निकासी हुने गरेको छ । यी वस्तु बाँकेको नेपालगञ्ज, बुटवल, चितवन, काठमाडौँ, पोखरा तथा कैलाली, कञ्चनपुरमा निकासी हुने गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए । उनका अनुसार कृषि उपज निकासीबाट कर्णालीमा बर्सेनि करिब रु दुई अर्ब रकम भित्रिने गरेको छ । आर्थिक वर्ष २०७९/८० मा कर्णाली प्रदेशले कृषि वस्तु निकासीबाट एक अर्ब ७९ करोड रकम भित्रयाएको थियो । भने गत आर्थिक वर्षमा करिब दुई अर्बको आम्दानी कृषि वस्तुबाट गरिएको उनले बताए । यसैगरी, पशुपक्षीजन्य उपज निर्यात गरी कर्णाली प्रदेशले रु दुई अर्ब ३० करोड रकम वार्षिक आम्दानी गर्ने गरेको छ । पशुपक्षी अन्तर्गत खसीबोका निकासीबाट मात्रै वार्षिक एक अर्ब ९६ करोडको आम्दानी हुने गरेको पशुपक्षी निर्देशनालयले जनाएको छ । वार्षिक एक लाख २३ हजार मेट्रिक टन खसीबोका निकासी हुने गरेको निर्देशनालयको तथ्याङ्क छ । यस्तै दूध बिक्रीबाट ३० करोड ३३ लाख आम्दानी हुने गरेको छ । कर्णालीबाट, राडीपाखी, खरायोको टोपी, कोटको कपडालगायतका पशुजन्य उपज निकासी हुने गरेको छ । दूधमा अनुदान दिएपछि उत्पादनमा वृद्धि कर्णाली प्रदेश सरकारले दूध उत्पादक किसानलाई दूधमा अनुदान दिँदै आएको छ । माथिल्लो कर्णालीका हुम्ला, जुम्ला, कालीकोट, मुगु र डोल्पाका किसानले उत्पादन गर्ने दूधको लागि लिटरमा १० रुपैयाँ र तल्लो कर्णालीका सुर्खेत, दैलेख, रुकुम पश्चिम, सल्यान, जाजरकोटका किसानले उत्पादन गर्ने दूधमा लिटरमा ५ रुपैयाँ अनुदान दिँदै आएको छ । जसले गर्दा किसान पशुपालन व्यवसाय आकर्षित हुन थालेका हुन भने दूधको उत्पादनमा समेत वृद्धि भएको छ । अहिले कर्णालीमा खपत भएर पनि वार्षिक पाँच हजार दुई सय ६० मेट्रिक टन दूध निकासी हुने गरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका प्रवक्ता कठायत भन्छन्,’विगतमा माथिल्लो कर्णालीमा पाउडर दूधको प्रयोग हुने गरेको थियो । जव प्रदेश सरकारले दूधमा अनुदान दिन थाल्यो अहिले दूध उत्पादनमा वृद्धि भएको छ, अब प्रदेश करिब दूधमा आत्मनिर्भर हुँदै गएको छ ।’ प्रदेश सरकारले युवा लक्षित कार्यक्रम ल्याएको भन्दै व्यवसाय गर्ने किसानका लागि सरकारले विशेष कार्यक्रम सञ्चालन गरिरहेको कठायतले जानकारी दिए । प्रदेश सरकारले व्यवसाय गर्ने किसानको लागि ब्याज अनुदानदेखि उत्कृष्ट किसान पहिचान गरी पुरस्कृत गर्ने गरेको उनको भनाइ छ । रासस

बुद्ध र यती एयरको भ्यालेन्टाइन डे अफरः जोडी यात्रुलाई १ हजार ४ सय रुपैयाँसम्म छुट

काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले ‘भ्यालेन्टाइन’ अर्थात् प्रणय दिवसका अवसरमा विभिन्न ‘अफर’ सार्वजनिक गरेका छन् । बुद्ध एयरले एउटा टिकटमा अर्को निःशुल्क अफर ल्याएको छ । तर, यस्तो अफर पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा मात्रै भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । कम्पनीले १४ फेब्रुअरीका दिन मनाइने प्रणय दिवसलाई थप स्मरणीय मनाउन भ्यालेन्टाइन अफर ल्याएको जनाएको छ । यती एयरलाइन्सले जुनसुकै गन्तव्यमा यात्रा गर्ने जोडी यात्रुलाई १ हजार ४०० रुपैयाँसम्म छुट दिएको जनाएको छ । यती एयरलाइन्सको ‘मोबाइल एप’ वा ‘वेबसाइट’मा ‘यतीमाया’ ‘प्रोमोकोड’ प्रयोग गरेर यस्तो अफर लिन सकिने कम्पनीले जनाएको छ । फेब्रुअरी ७ देखि १४ तारिखसम्मको अवधिमा यात्रा गर्ने सात जोडीलाई ‘लक्की ड्र’मार्फत होटल सरोवर पोखरामा एक रात बासको अवसर प्राप्त गर्नेछन् । एकाबिहानै हुने पर्वतीय उडानमा एउटा टिकटमा अर्को टिकट सित्तैमा दिएको बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ । पर्वतीय उडानमा सगरमाथा, नुप्त्से, ल्होत्से, मकालु, गौरीशङ्करलगायत हिमशृङ्खलाको अवलोकन गर्न सकिनेछ । अफरको टिकट बुद्ध एयरको काउन्टरबाट लिन सकिने कम्पनीले जनाएको छ ।

सेयर बेचेर प्रभु महालक्ष्मी लाइफबाट बाहिरिँदै संस्थापक कालिकोटा र श्रेष्ठ

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीका दुई जना संस्थापक सेयरधनीले १ लाख बढी कित्ता सेयर बिक्रीमा राखेका हुन् । कम्पनीका अनुसार संस्थापक सेयरधनी शंकर प्रसाद कालिकोटा र सुयोग श्रेष्ठले आफ्नो स्वामित्वमा रहेको १ लाख ५ हजार ४०७ कित्ता सेयर बिक्री गरेर बाहिरिने भएका हुन् । कालिकोटाले आफ्नो स्वामित्वमा रहेको १२ हजार ७८ कित्ता र श्रेष्ठले ९३ हजार ३२९ कित्ता सेयर बिक्रीमा राखेका हुन् । कम्पनीको सेयरमा हाल कायम संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिभित्र आवेदन नदिए सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

सिटिजन लाइफको नाफामा ८६.७८ प्रतिशत उछाल, १६.८५ अर्ब पुग्यो जीवन बीमा कोष

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा खुद नाफा ८६.७८ प्रतिशत बढेर २३ करोड ९ लाख ७१ रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ३६ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन २३.६९ प्रतिशत बढेर ३ अर्ब १८ करोड १६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५७ करोड २१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीका खुद दाबी भुक्तानी २३.३० प्रतिशत बढेर ३ अर्ब २१ करोड ८२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ६० करोड ९९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २४.६४ प्रतिशत बढेर ४ अर्ब १८ करोड ९४ लाख रुपैयाँ छ भने कुल खर्च २२.२६ प्रतिशत बढेर ३ अर्ब ९५ करोड ८४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ३६ करोड १२ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो भने ३ अर्ब २३ करोड ७५ लाख रुपैयाँ कुल खर्च गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ, सेयर प्रिमियम १ अर्ब ५५ करोड २० लाख रुपैयाँ, महाविपत्ति कोष १९ करोड २८ लाख रुपैयाँ, जीवन बीमा कोष १६ अर्ब ८५ करोड २३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.६० रुपैयाँबाट बढेर ११.७३ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८१.८२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५९.२४ गुणा रहेको छ ।

२४.९२ प्रतिशत बढ्यो सानिमा रिलायन्सको दाबी भुक्तानी, २३.१६ करोड रुपैयाँ खुद नाफा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१÷८२ को दोस्रो त्रैमासमा खुद नाफा ५.४४ प्रतिशत बढेर २३ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन १८.७२ प्रतिशत बढेर ३ अर्ब ११ करोड १४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ६२ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीका खुद दाबी भुक्तानी २४.९२ प्रतिशत बढेर ३ अर्ब १७ करोड ३६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५४ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २०.९७ प्रतिशत बढेर ४ अर्ब ११ करोड ५१ लाख रुपैयाँ छ भने कुल खर्च २१.९९ प्रतिशत बढेर ३ अर्ब ८८ करोड ४६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ४० करोड १६ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो भने ३ अर्ब १८ करोड ४३ लाख रुपैयाँ कुल खर्च गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी १८.३८ प्रतिशत बढेर ४ अर्ब ९५ करोड ३० लाख रुपैयाँ, महाविपत्ति कोष ७.०९ प्रतिशत बढेर १३ करोड ४३ लाख रुपैयाँ, जीवन बीमा कोष ४८.५९ प्रतिशत बढेर १६ अर्ब ६० करोड ३३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९.३६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११४.३८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४४.४७ गुणा रहेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, मलेसियन रिङ्गेटको मूल्य ३१.५७ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३९.५९ रुपैयाँ र बिक्रीदर १४०.१९ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४४.१६ रुपैयाँ र बिक्रीदर १४४.७८ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७३.२४ रुपैयाँ र बिक्रीदर १७३.९८ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५३.४४ रुपैयाँ र बिक्रीदर १५४.१० रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.५४ रुपैयाँ र बिक्रीदर ८७.९२ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७.६५ रुपैयाँ र बिक्रीदर ९८.०७ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.०३ रुपैयाँ र बिक्रीदर १०३.४७ रुपैयाँ, जापानी येन १० को खरिददर ९.२२ रुपैयाँ र बिक्रीदर ९.२६ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.१५ रुपैयाँ र बिक्रीदर १९.२३ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३७.२२ रुपैयाँ र बिक्रीदर ३७.३८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३८.२८ रुपैयाँ र बिक्रीदर ३८.४५ रुपैयाँ, थाई भाट एकको खरिददर ४.१२ रुपैयाँ र बिक्रीदर ४.१४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३८.०० रुपैयाँ र बिक्रीदर ३८.१७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.४४ रुपैयाँ र बिक्रीदर ३१.५७ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.५९ रुपैयाँ र बिक्रीदर ९.६३ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.७६ रुपैयाँ र बिक्रीदर १२.८१ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.३२ रुपैयाँ र बिक्रीदर १९.४१ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.९२ रुपैयाँ र बिक्रीदर १७.९९ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४५२.०५ रुपैयाँ र बिक्रीदर ४५४.०० रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३७०.२७ रुपैयाँ र बिक्रीदर ३७१.८६ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३६२.५६ रुपैयाँ र बिक्रीदर ३६४.१२ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

अघोषित लोडसेडिङले लागत बढ्दा शिवम् सिमेन्टको नाफा ६१.७७ प्रतिशत घट्यो

काठमाडौं । शिवम् सिमेन्टको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा खुद नाफा ६१.७७ प्रतिशत घटेर ५ करोड ६८ लाख १० हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ८५ लाख ९७ हजार रुपैयाँ खुद नाफा आजर्न गरेको थियो । गत पुस मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी ११.८८ प्रतिशत घटेर ३ अर्ब १० करोड १६ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुसमा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ५१ करोड ९९ लाख रुपैयाँ थियो । यस अवधिमा कम्पनीको कुल नाफा २०.६३ प्रतिशत घटेर ४० करोड १ लाख रुपैयाँ छ भने कुल खर्च १२.३८ प्रतिशत घटेर ४४ करोड ६४ लाख रुपैयाँ रहेको छ । गत वर्षको पुसमा कुल नाफा ५० करोड ४२ लाख रुपैयाँ र कुल खर्च ५० करोड ९४ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ८.५५ प्रतिशत बढेर ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ र जगेडा कोष ६.७८ प्रतिशत घटेर ४ अर्ब १० करोड ९४ लाख रुपैयाँ छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी ३.८३ रुपैयाँ घटेर २.०८ रुपैयाँमा झरेको छ । यस्तै कम्पनीको मूल्य अनुपात २५५.७६ गुणा छ भने प्रतिसेयर नेटवर्थ १७५.३१ रुपैयाँ छ । विकास निर्माण क्षेत्रमा सिथिलता रहेको, मागको तुलनामा नेपालमा सिमेन्टको उत्पादन गर्ने उद्योगहरुको क्षमता अत्याधिक रहेको, विकास निर्माणसंग सम्बन्धीत सरकारी परियोजनाहरुका लागि छुट्याईएको बजेट अत्यन्तै न्यून हुने गरेको लगायत कारणले निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरुलाई सकारात्मक असर गर्ने अवस्थामा तात्विक सुधार नभएको कम्पनीले जनाएको छ । साथै नेपाल विद्युत प्राधिकरणले सुख्खायाम शुरु भएको भन्दै दैनिक १२ घण्टासम्म विद्युत कटौती गरी अघोषित लोडसेडिङ समेत गरेका कारण उत्पादन लागत वृद्धि भएको कम्पनीको गुनासो छ । विकास निर्माणको सिजन शुरु भएता पनि सिमेन्टको माग र खपत अपेक्षाकृत वृद्धि नभएको अवस्था छ ।