लुम्बिनी केबुलकार र पश्चिम नेपाल बस व्यवसायीबीच सम्झौता
काठमाडौं । लुम्बिनी केबुलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा लुम्बिनी केबुलकारका म्यानेजर प्रज्वल घिमिरे र पश्चिम नेपाल बस व्यवसाय सञ्चालक समिति अध्यक्ष दधिराम खरेलले हस्ताक्षर गरे । सम्झौता अनुसार पश्चिम नेपाल बस व्यवसायीमा आबद्ध व्यवसायी र यस कम्पनीमा आबद्ध बसमा यात्रा गर्ने यात्रुले लुम्बिनी केबुलकारको टिकटमा २० प्रतिशत छुट पाउने छन् । यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आबद्ध बसहरूमा यात्रा गरेको टिकट देखाइ ३ महिनाभित्रमा २० प्रतिशत छुट सुविधा लिन सक्नेछन् ।
म्याग्दीमा ग्रामीण सडकको स्तरोन्नति
म्याग्दी । म्याग्दीको हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली र बरङ्जा जोड्ने सात किलोमिटर ग्रामीण सडकको स्तरोन्नति १८ वर्षपछि प्रारम्भ भएको छ । बेनी नगरपालिका वडा नम्बर ३ भकिम्ली र ४ नम्बर वडा बास्कुनाका साथै मङ्गला गाउँपालिकाको वडा नं २ र ३ मा उत्पादन भएका कृषिउपजलाई बेनीसम्म पुर्याउन र बेनीबाट खाद्यान्न, निर्माण सामग्रीलगायत उपभोग्य वस्तुहरु गाउँ ल्याउन सहज भएको छ । उक्त सडकअन्तर्गत बगरफाँट–दूधेखोला खण्डको तीन किलोमिटर ग्राभेल र दूधेखोलादेखि भकिम्लीतर्फको तीनसय ९० मिटर सडक ढलान गरिएको छ । गण्डकी प्रदेश सरकारको रु दुई करोडको लागतमा उक्त खण्डको स्तरोन्नति गरिएको पूर्वाधार विकास कार्यालयका सव–इञ्जिनियर रवीन चोखालले बताए । यो सडक बेनी नगरपालिकाको वडा नं २ बगरफाँट, वडा नं ३ भकिम्ली, मङ्गला गाउँपालिकाको ३ र ४ नम्बर वडाका बासिन्दा तथा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । यस योजनाबाट बगरफाँटदेखि दूधेखोलासम्मको साढे दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ग्राभेलसहित स्तरोन्नति गरिने र दूधेखोलादेखि भकिम्ली जोड्ने खण्डमा तीनसय ९० मिटर ढलान गरिने छ ।
नेप्सेको खुद नाफा २३.८२ प्रतिशत बढ्यो, प्रतिसेयर खुद सम्पत्ति ७१३.१९ रुपैयाँ
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को गत आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा २३.८२ प्रतिशत बढेर १ अर्ब १ करोड ३७ लाख १८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष नेप्सेले ८१ करोड ८६ लाख ८३ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । गत वर्ष नेप्सेले धितोपत्र कारोबारबाट १ अर्ब ५ करोड २९ लाख रुपैयाँ, संगठित सदस्यलाई दिएको सेवाबाट १४ करोड ७२ लाख रुपैयाँ, अन्य आम्दानी ५९ करोड ६१ लाख रुपैयाँ र कुल आम्दानी १ अर्ब ७९ करोड ६३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष नेप्सेले धितोपत्र कारोबारबाट ६९ करोड ३८ लाख रुपैयाँ, संगठित सदस्यलाई दिएको सेवाबाट १४ करोड ७१ लाख रुपैयाँ, अन्य आम्दानी ६२ करोड ७९ लाख रुपैयाँ र कुल आम्दानी १ अर्ब ४६ करोड ८९ लाख रुपैयाँ गरेको थियो । अघिल्लो वर्ष ३७ करोड ६० हजार रुपैयाँ प्रशासनिक खर्च गरेको नेप्सले गत वर्ष ४५ करोड ५६ लाख रुपैयाँ गरेको छ । २०८१ असारसम्म नेप्सेको चुक्ता पुँजी १ अर्ब रुपैयाँ, सञ्चित नाफा १ अर्ब ५० करोड ७० लाख रुपैयाँ र अन्य पुँजी तथा कोष ४ अर्ब ६२ करोड ४७ लाख रुपैयाँ छ । नेप्सेको प्रतिसेयर खुद सम्पत्ति ७१३.१९ रुपैयाँ रहेको छ ।
धमाधम बाहिरिँदै जीवन विकास लघुवित्तबाट संस्थापक, थप १० जनाले बिक्रीमा राखे सेयर
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तका केही संस्थापक समूहका सेयरधनीहरूले सेयर बिक्रीमा राखेका हुन् । लघुवित्तका अनुसार १० जना संस्थापक सेयरधनीहरूले ८ लाख ४५ हजार २२६ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बिक्रीकर्ता नम्बर १ देखि १० सम्म उल्लेख गरी कोड नम्बर एदेखि जेसम्म राखेर सेयर बिक्रीमा राखेको हो । लघुवित्तको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ५२५ रुपैयाँदेखि अधिकतम ६ सय रुपैयाँसम्म तोकिएको छ । उक्त सेयर सर्वसाधारण लगानीकर्ताले समेत खरिद गर्न पाउनेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले फागुन १३ गतेभित्र आवेदन दिनुपर्नेछ । लघुवित्तको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले न्यूनतम २५० कित्ता र अधिकतम सम्पूर्ण सेयरका लागि आवेदन दिन सकिनेछ । यसअघि लघुवित्तको दोस्रो ठूलो सेयरधनी प्रभु क्यापिटलले पनि आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेको छ । क्यापिटलले ८ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । लघुवित्तले उक्त सेयरको मूल्य प्रतिकित्ता ५५० रुपैयाँ तोकेको छ । लघुवित्तको उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताले फागुन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसअघि गत पुस ८ गते १२ संस्थापक सेयरधनीले २१ लाख ३० हजार ८०५ कित्ता सेयर बिक्रीमा राखेका थए ।
नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ गतेदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई सेयर बिक्री गरेपश्चात् अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्काशन गर्नेछ । जसमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँको २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ६७ हजार ५०० कित्ता कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरिसकेको छ । कम्पनीले अब दोस्रो चरणमा बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्नेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन २५ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
अर्थका सहसचिवहरूको जिम्मेवारी हेरफेर, दहाल बने आन्तरिक राजस्व विभागको महानिर्देशक
काठमाडौं । अर्थमन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । थान प्रसाद पंज्ञानीलाई प्रशासन महाशाखाको जिम्मेवारी दिइएको छ । उनी यसअघि वित्तीय संघीयता समन्वय महाशाखामा थिए । सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र प्रमुख शोभा कान्त पौडेललाई आर्थिक नीति विश्लेषण महाशाखा, आर्थिक नीति विश्लेषण महाशाखाका महेश आचार्यलाई तालिम प्रमुख, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको जिम्मेवारी दिइएको छ । योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका महेश भट्टराई भन्सार विभागको महानिर्देशक बनेका छन् । प्रशासन महाशाखाका मदन दहाललाई आन्तरिक राजस्व विभागको महानिर्देशक, तिर्थराज चिलुवाललाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक जिम्मेवारी प्रदान गरिएको छ । सेवन्तक पोखरेललाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, पार्वती अर्याललाई प्रमुख भन्सार परिक्षण प्रशासक भन्सार जाँचपास पछीको परीक्षण कार्यालय, महेश बराललाई वित्तीय संघीयता समन्वय महाशाखाको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । यमुना प्रधानलाई सहमहालेखा नियन्त्रक, महालेखा नियन्त्रक कार्यालय, गोपी कृष्ण कोइरालालाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुख, अमृत लम्साललाई भन्सार विभागको उपमहानिर्देशक, याम प्रसाद भण्डारीलाई योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा र श्रीचन्द्र साहलाई आन्तरिक राजस्व विभागमा सरुवा गरिएको छ ।
१ सय रुपैयाँमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे ८ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको साढे ८ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको संस्थापक समूहको ८ लाख ५० हजार कित्ता सेयर आज फागुन १ गतेदेखि बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । बैंकको सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउनेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले फागुन ९ गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ । बैंकको सेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम १ लाख २५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ । बैंकको सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ ।
१.४६ रुपैयाँ बढ्यो पाउण्डको भाउ, अमेरिकी डलरको मूल्य १३९.३४ रुपैयाँ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३८.७४ रुपैयाँ र बिक्रीदर १३९.३४ रुपैयाँ तोकेको छ । हिजोको तुलनामा अेमरिकी डलरको भाउ प्रतिडलर ०.११ रुपैयाँ बढेको देखिन्छ । आज युरोपियन यूरोको एकको खरिदर १४३.०६ रुपैयाँ र बिक्रीदर १४४.६८ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२.८५ रुपैयाँ र बिक्रीदर १७३.६० रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५२.३६ रुपैयाँ र बिक्रीदर १५३.०२ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.१६ रुपैयाँ र बिक्रीदर ८७.५३ रुपैयाँ तोकेको छ । हिजोको तुलनामा युरोपियन यूरो १.०४ रुपैयाँ, पाउण्ड १.४६ रुपैयाँ, स्वीस फ्रयाङ्क ०.४५ रुपैयाँ र क्यानेडियन डलर ०.१८ रुपैयाँ बढेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७.०५ रुपैयाँ र बिक्रीदर ९७.४७ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.५५ रुपैयाँ र बिक्रीदर १०३.०० रुपैयाँ, जापानी येन १० को खरिददर ९.०४ रुपैयाँ र बिक्रीदर ९.०८ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.९८ रुपैयाँ र बिक्रीदर १९.०६ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.९९ रुपैयाँ र बिक्रीदर ३७.१५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३८.०५ रुपैयाँ र बिक्रीदर ३८.२२ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०६ रुपैयाँ र बिक्रीदर ४.०८ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.७७ रुपैयाँ र बिक्रीदर ३७.९४ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.०२ रुपैयाँ र बिक्रीदर ३१.१६ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.५४ रुपैयाँ र बिक्रीदर ९.५९ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.७६ रुपैयाँ र बिक्रीदर १२.८२ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.३२ रुपैयाँ र बिक्रीदर १९.४० रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.८१ रुपैयाँ र बिक्रीदर १७.८९ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४९.३० रुपैयाँ र बिक्रीदर ४५१.२५ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६८.०६ रुपैयाँ र बिक्रीदर ३६९.६५ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३६०.३५ रुपैयाँ र बिक्रीदर ३६१.९१ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।