विकासन्युज

बासुकी नाग महिला समूहको बिक्री कक्ष र उत्पादन केन्द्र सञ्चालन

ललितपुर । ललितपुर महानगर- १३ मा अवस्थित बासुकी नाग महिला समूहको बिक्री कक्ष र उत्पादन केन्द्र सञ्चालनमा आएको छ । उक्त केन्द्रमा बासुकी नाग महिला समूहले सञ्चालन गरेको तालिमपश्चात उत्पादन भएका सामग्रीलाई उक्त केन्द्रमा राखिएको छ । उक्त विक्री कक्ष र उत्पादन केन्द्रको ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । उद्यमशीलतालाई प्रबद्र्धन गर्न सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ललितपुर महानगरले धेरै किसिमको तालिम सञ्चालन गरेको बताउँदै तालिम लिएकाहरूलाई उनले काम गर्न अनुरोध गरे । उनले भने, ‘काम गर्न चाहनुहुन्छ भने हामी सीड मनीको व्यवस्था गर्छौं ।’ महानगरमा आउने पाहुनालाई केन्द्रमा राखेका सामान उपहार दिने उनले बताए । आर्थिक विकास समितिका संयोजक एवम् वडा नं.२१ का वडाअध्यक्ष रविन्द्र महर्जनले समृद्धिको लागि सीप विकास र आर्थिक आयआर्जन महत्व भएको बताए । महिला र युवालाई उद्यमी बनाउन सीप विकाससँगै उद्यमशीलता आवश्यक भएको उनको भनाइ छ । समृद्धिका लागि सीप, उत्पादन र बजारीकरण महत्त्वपूर्ण भएको उनको भनाइ थियो। विदेश जाने तयारी गरेका युवा महानगरले उपलब्ध गराएको सीड पूँजीबाट उद्यमी बनेको बताए । उनले भने, ‘खोकनामा तितौरा उत्पादन भएको छ । धापाखेलमा जुत्ता बनाउने काम सुरु गर्नु भएको छ । ’ ललितपुर महानगर १३ का वडा सदस्य सरु जोशीले महिलाहरू आर्थिक रूपमा सक्षम नभएसम्म सशक्त नहुने बताउँदै महिलालाई उद्यमशीलतासँग जोड्न यो केन्द्र सञ्चालनको ल्याएको बताइन् । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक एवम् प्रवक्ता उद्योग, संस्कृति पर्यटन समितिका संयोजकको उपस्थिति रहेको छ। बासुकी नाग महिला समूहकी अध्यक्ष कोपिला रिजालले आर्थिक रूपमा महिला आत्मनिर्भर नभएसम्म सशक्तिकरण नहुने बताइन् ।

आफू अर्थमन्त्री रहेका बेला देश ‘ग्रे लिष्ट’मा पर्दा दोष अरुलाई, पौडेल भन्छन्- लेखाजोखा हुनुपर्छ

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले मुलुक यथाशीघ्र खैरो सूची ‘ग्रे लिष्ट’ बाट हट्ने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘मुलुक ग्रे लिष्टको अवस्थामा पुग्नुमा कुन–कुन कालखण्डमा के–के काम भए त्यसको लेखाजोखा हुन जरुरी छ,’ उनले भने, ‘अहिले सरकारमा सहभागी सबैले सघन निग्रानी गरिरहेका छौँ, निर्धारित सममा काम गरेर ग्रे लिष्टबाट निस्कनेछौँ । मुलुकलाई उक्त सूचीबाट फर्काउन सरकारले तदनुरुप काम गरिरहेको छ । दुई वर्षको समयसीमा अवधि अगाडि मुलुकलाई खैरो सूचीबाट हटाउछौँ ।’ अध्यादेशका सम्बन्धमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै योजना आयोगको भूमिका र प्राकृतिक स्रोत र वित्त आयोगको भूमिकालाई खुम्च्याइएको आरोपमा कुनै सत्यता नरहेको जिकिर गरे । प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ लाई स्वीकृत गरेको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो । आजको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेकोे ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन) अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस्’ भन्ने सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो । यसअघि अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्दै सांसद वाग्लेले सरकारले प्रस्तुत गरेको अध्यादेश नीतिगत र प्रक्रियागत त्रुटि रहेको जिकिर गरे । अहिले संसदीय समितिमा विचाराधीन रहेका विधेयकलाई सरकारले अध्यादेशको रूपमा प्रस्तुत गरेको भन्दै उनले यसको प्रक्रिया कमजोर रहेको र संसदीय समितिको गरिमालाई नजरअन्दाज गरिएको आरोप लगाए । सांसद वाग्लेले सम्पत्ति शुद्धीकरणलाई प्रभावकारी बनाउन, सार्वजनिक निकायको कामलाई परिणाममुखी बनाउन र मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले ठोष कदम अगाडि बढाउनुपर्ने खाँचो औंल्याए । उक्त अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचनाका सम्बन्धमा सांसदहरू छिरिङ डम्डुल लामा, नारायणी शर्मा र प्रेम सुवालले आ–आफ्नो धारणा राखेका थिए ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ लाई स्वीकृत गरेको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो । आजको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन) अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस्’ भन्ने सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो । मुलुक यथाशीघ्र ग्रे-लिस्टबाट हट्नेछः उपप्रधानमन्त्री पौडेल उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अध्यादेशका सम्बन्धमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै योजना आयोगको भूमिका र प्राकृतिक स्रोत र वित्त आयोगको भूमिकालाई खुम्च्याइएको आरोपमा कुनै सत्यता नरहेको जिकिर गरे । उनले मुलुक यथाशीघ्र ‘ग्रे-लिष्ट’ बाट हट्ने विश्वास व्यक्त गरे । ‘मुलुक ग्रे लिष्टको अवस्थामा पुग्नुमा कुन–कुन कालखण्डमा के–के काम भए त्यसको लेखाजोखा हुन जरुरी छ’, उनले भने, ‘अहिले सरकारमा सहभागी सबैले सघन निगरानी गरिरहेका छौं, निर्धारित सममा काम गरेर ग्रे लिष्टबाट निस्कनेछौं । मुलुकलाई उक्त सूचीबाट फर्काउन सरकारले तदनुरूप काम गरिरहेको छ । दुई वर्षको समयसीमा अवधि अगाडि मुलुकलाई खैरो सूचीबाट हटाउछौं ।’ यसअघि अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्दै सांसद वाग्लेले सरकारले प्रस्तुत गरेको अध्यादेश नीतिगत र प्रक्रियागत त्रुटि रहेको जिकिर गरे । अहिले संसदीय समितिमा विचाराधीन रहेका विधेयकलाई सरकारले अध्यादेशको रूपमा प्रस्तुत गरेको भन्दै उहाँले यसको प्रक्रिया कमजोर रहेको र संसदीय समितिको गरिमालाई नजरअन्दाज गरिएको आरोप लगाए । सांसद वाग्लेले सम्पत्ति शुद्धीकरणलाई प्रभावकारी बनाउन, सार्वजनिक निकायको कामलाई परिणाममुखी बनाउन र मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले ठोष कदम अगाडि बढाउनुपर्ने खाँचो औंल्याए । उक्त अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचनाका सम्बन्धमा सांसदहरू छिरिङ डम्डुल लामा, नारायणी शर्मा र प्रेम सुवालले आ–आफ्नो धारणा राखेका थिए ।

कुलमानलाई ‘० अंक’ दिएकोमा आपत्ति, पुराना आयोजना सम्पन्न हुने गरी बजेट विनियोजन गर्न सुझाव

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सडक, पुल, तटबन्ध, विमानस्थल निर्माण तथा विस्तारदेखि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादनमा पाएको अङ्कका विषयमा सदनमा आवाज उठाएका छन् । सभाको बैठकको शून्य समयमा सांसद बिना लामाले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राप्त गरेकोे अङ्कप्रति असन्तुष्टि व्यक्त गरिन् । ‘घिसिङले बुझाएको कार्यसम्पादन प्रतिवेदन नबुझी आफैले अङ्क प्रदान गरेकालाई कारबाही गर्नुपर्छ,’ उनले भनिन्, ‘यसमा संलग्न कोको छन्, यसको जवाफ चाहियो ।’ सांसद शिशिर खनालले सदन सरकारको छायाँ बन्न नहुने धारणा राखे । उनले भने, ‘संसद् सत्ताको छायाँ बन्न हुँदैन ।’ सांसद श्यामकुमार घिमिरेले बजेट निर्माण गर्न सुरु भइसकेकाले पुराना योजनालाई समेत सम्पन्न गर्नेगरी बजेट विनियोजन गर्न सुझाव दिए । सांसद शान्ति विकले काठमाडौँ जोड्ने मझिङटार शक्तिखोर सुरुङमार्गलाई राष्ट्रिय गौरवको योजनामा राख्न माग गरिन् । सांसद शान्ति श्रेष्ठले डढेलो नियन्त्रणका लागि भएका प्रयास र सम्बन्धित निकायहरूको पूर्वतयारीका बारेमा सदनलाई जानकारी गराउन माग गरिन् । सांसद शेरबहादुर कुँवरले उदयपुर सिमेन्ट उद्योग बन्द भएपछि त्यसमा आश्रित श्रमिकको विचल्ली भएको भन्दै उनीहरूले पाउन बाँकी सुविधा उपलब्ध गराउन माग गरे । सांसद शोभा ज्ञवालीले बर्दिया अस्पतालको भवन निर्माणका लागि सङ्घ र प्रदेशबाट आवश्यक बजेट उपलब्ध गराउन माग गरिन् । सांसद सन्तोष चालिसेले काठमाडौँ उपत्यकामा बागमतीसँगै बग्ने विभिन्न नदीहरूको सरसफाइ गर्नुपर्नेमा सरकारको ध्यानार्कषण गराए । उनले नदीमा ढल नमिसाउन र यसको प्रभाकारी व्यवस्थापन गर्न सुझाव दिए । सांसद सरिता भुसालले बर्दघाट औद्योगिक ग्रामको निर्माणका लागि बजेट उपलब्ध गराउन माग गरिन् । सांसद स्वर्णिम वाग्लेले तनँहुको मुग्लिङ नारायणगढ सडकसँग जाडिने घुमाउने दमौली सडकको काम आठ वर्षसम्म गति लिन नसकेको भन्दै ध्यानार्कषण गराए । सांसद शान्ति चौधरीलाई बर्दिया अस्पतालको पूर्वाधार संरचना निर्माण भइसक्दा पनि आकस्मिक उपचार सेवा सुरु हुन नसकेको बताइन् । सांसद सिताकुमारी रानाले दैलेखको पञ्चकोशी तीर्थस्थमा विकास निर्माणअघि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न ध्यानार्कषण गराइन् । सांसद सीता मिजारले सडक दुर्घटना न्यूनीकरणका लागि ध्यानार्कषण गराइन् । सांसद सुनिता बरालले सरकारले प्रतिनिधिसभामा प्रस्तुत हुने अध्यादेशलाई समर्थन गर्न आग्रह गरिन् । सांसद सुमना श्रेष्ठले एक तिहाइ पालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू नभएको भन्दै सभामुखमार्फत सरकारको ध्यानार्कषण गराइन् । सरकारले एक हप्ताभित्र पदपूर्ति गर्छु भन्ने प्रतिबद्धता गर्नुभएको थियो, त्यो कहाँसम्म पुग्यो’, उनले प्रश्न गर्दै सदनमा जानकारीका लागि सम्बन्धित मन्त्रालयको जवाफ माग गरिन् । सांसद सुशीला सिर्पाली ठकुरीले अर्घा भगवती विमानस्थल नौ वर्षसम्म सम्पन्न हुन नसकेको बताइन् । सांसद सुशीला श्रेष्ठले महिलालाई समाजमा स्रोत साधनमाथिको पहुँच र घरमा गरिने कामलाई अर्थतन्त्रमा जोडन आग्रह गरिन् । सांसद सुहाङ्ग नेम्वाङले इलामको चियालाई विश्व प्रख्यात चिया फोरममा सहभागिता गराउनुपर्ने सुझाव दिए । सांसद सूर्यप्रसाद ढकालले खल्ला, झगडिया, चुकेनाला तटबन्धको वर्षायामअघि नै व्यवस्थापन नभएका झण्डै ६० हजार नागरिक विस्थापित हुने भन्दै पूर्वतयारीका लागि सचेत गराए । सांसद सूर्यबहादुर थापा क्षेत्रीले कुसुन्डा समुदायसँगै उनीहरुकोे भाषा संरक्षण गर्न माग गर्दै एकीकृत बस्ती विकासको काम थाल्न आग्रह गरे । सांसद सञ्जयकुमार गौतमले जब्दीघाटको पुल निर्माणका लागि बजेट छुट्याए पनि ठेक्का प्रक्रिया रोकिएकोतर्फ ध्यानार्कषण गराए । सांसद हर्कमाया विश्वकर्माले सदनमा सांसदहरूले प्रयोग गर्ने शब्द र शैलीप्रति सचेत हुनुपर्ने भनाइ राखिन् । सांसद हितराज पाण्डेले ऐन बनिसक्दा पनि सत्य निरुपरण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग नबेकोतर्फ ध्यानार्कषण गराए । उनले भने, ‘द्वन्द्वपीडितको घाउमा मलम लगाउन र बेपत्ता परिवारको आँसु पुग्छन यो आयोग अति आवश्यक छ ।’ सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मानव र वन्यजनतुबीचको द्वन्द्व नियन्त्रणका लागि ध्यानार्कष्ण गराउँदै पीडितलाई उपलब्ध गराउँदै आएको राहतस्वरुपको रकम बढाउन माग गरे । ‘जङ्गली हात्तीको आक्रमणबाट मृत्यु हुने परिवारलाई राहतस्वरुप प्रदान गर्ने रकम रु १० लाखलाई २० लाख बनाइयोस् । सामान्य घाइतेलाई एक लाख र गम्भीर घाइतेलाई पाँच लाखको व्यवस्था गर्नुपर्छ,’ उनले भने । शून्य समयमा सांसदहरूले झापा विद्रोहका पाँच सहिदका सम्झनामा श्रद्धाञ्जली समेत व्यक्त गरेका थिए ।

मर्सिडिज बेन्जले कर्मचारी संख्या घटाउने, तलब वृद्धिमा कटौती गर्ने

काठमाडौं । मर्सिडिज बेन्जले लागत कटौती अभियान अन्तर्गत कर्मचारी संख्या घटाउने र तलब वृद्धिमा कटौती गर्ने भएको छ । कम्पनीले मंगलबार यस्तो निर्णय गरेको जानकारी गराएको छ । कम्पनीले कति जागिर कटौती गरिने भन्नेबारे खुलाएको छैन तर उत्पादन क्षेत्रमा कार्यरत मजदुरहरू प्रभावित नहुने र कटौती (छुट्टी) नहुने उल्लेख गरेको छ । कम्पनी व्यवस्थापनले २०३४ को अन्त्यसम्म रोजगारी सुरक्षाको ग्यारेन्टी विस्तार गर्न सहमति जनाएको छ । गत महिना भएको वार्षिक नतिजा सम्मेलनमा कम्पनीका प्रमुख वित्तीय अधिकृत (सीएफओ) हेराल्ड विल्हेल्मले वित्त, मानव संसाधन र खरिद प्रक्रियासँग सम्बन्धित कामहरू बाहिरी कम्पनीलाई दिने योजना रहेको बताएका थिए । यसबाट सेवानिवृत्त हुने कर्मचारीहरूको ठाउँमा नयाँ कर्मचारी नलिएर तथा स्वेच्छिक जागिर छोड्ने सम्झौताका माध्यमबाट कर्मचारी संख्या घटाइने छ । मर्सिडिज बेन्जले २०२७ सम्म उत्पादन लागत १० प्रतिशतले घटाउने र २०३० सम्म त्यसलाई दोब्बरले कटौती गर्ने योजना बनाएको छ । यो लक्ष्य २०१९ देखि २०२५ को अवधिमा लागत २० प्रतिशतले घटाउने २०२० मा सुरू भएको योजनाभन्दा बाहिरको हो । युरोपको अटोमोबाइल उद्योगले यस वर्ष धेरै चुनौतीहरूको सामना गरिरहेको छ । कार निर्माता कम्पनीहरू र अटो पाट्र्स निर्माण कम्पनीहरूले ठूलो कटौतीको घोषणा गरिरहेका छन् भने जर्मनीका शक्तिशाली श्रमिक संघहरूले जागिर कटौती, कारखाना बन्द र कर्मचारीहरूलाई विदेश स्थानान्तरण गर्ने व्यवस्थापनको दबाबको कडा प्रतिरोध गरिरहेका छन् ।

आम्दानी बढाउँदै औषधी उद्योग, आईपीओबाट पब्लिक बनाउने उद्योगीको रणनीति

काठमाडौं । नेपाली औषधी उद्योगले बर्सेनि सन्तोषजनक आम्दानी गरेको देखिएको छ । विभिन्न सार्वजनिक प्लेटफर्महरूमा उद्योगीहरूले व्यवसाय नहुँदा आफूहरू समस्यामा परेको गुनासो गर्दै आइरहेको भए पनि तथ्यांकले भने प्रत्येक वर्ष आम्दानी बढ्दै गरेको देखिएको हो । हाल ६ दर्जन औषधी उद्योग सञ्चालन भएपनि हामीले १० वटा उद्योगको वित्तीय विवरणलाई नमुनाको रूपमा लिँदा सबैको आम्दानी बढेको देखिएको हो । सन् २०२४ मा दुईवटा औषधी उद्योगको वित्तीय विवरण सार्वजनिक नहुँदा २०२४ र २०२३ को आम्दानीको तुलना गर्दा ८ वटा उद्योगको आम्दानीलाई औसतमा गणना गरिएको छ । ८ वटा फर्मास्युटिकल्स उद्योगले २०२४ मा कुल ८ अर्ब ३८ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेका छन् । जुन २०२३ को तुलनामा ६.७९ प्रतिशत बढी हो । २०२३ मा ती उद्योगले कुल ७ अर्ब ८४ करोड ६० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेका थिए । ती उद्योगहरूले २०२२ मा कुल ७ अर्ब २५ करोड ३० लाख रुपैयाँ, २०२१ मा ६ अर्ब ४ करोड ९० लाख र २०२० मा ५ अर्ब ३९ करोड ५० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको तथ्यांकबाट देखिन्छ । २०२० को तुलनामा २०२४ मा ५५.३० प्रतिशतले आम्दानी बढेको देखिन्छ । देउराली फर्मास्युटिकल्स देउराली फर्मास्युटिकल्स नेपालको पुरानो औषधी उद्योग हो । १९९१ मा स्थापना भएको यस उद्योगले औषधी उत्पादनमा पृथक किसिमको पहिचान बनाएको छ । यस उद्योगले मुटु तथा उच्च रक्तचाप (कार्डियोभास्कुलर), मधुमेह (डायबेटिक), स्त्री तथा बाल स्वास्थ्य (गाइनोकोलोजी र चाइल्ड केयर), पेट तथा कलेजो सम्बन्धी (ग्यास्ट्रोलोजी र हेपाटोलोजी), छाला रोग (डर्माटोलोजी) लगायत विभिन्न रोगहरूका औषधिहरू उत्पादन गर्दै आएको छ । यो कम्पनीले अहिले विभिन्न वर्गका २५० भन्दा बढी उत्पादनहरू बजारमा पठाइरहोके छ । यो कम्पनीको अध्यक्ष हरिभक्त शर्मा हुन् । यो औषधी उद्योगले सन् २०२४ मा २ अर्ब २ करोडको सञ्चालन आम्दानी गरेको छ । उद्योगले सन् २०२३ मा १ अर्ब ८६ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यो एक वर्षको अवधिमा उद्योगको आम्दानी ८.४२ प्रतिशतले बढेको छ । यस उद्योगले सन् २०२२ मा १ अर्ब ७० करोड ५० लाख, सन् २०२१ मा १ अर्ब ४६ करोड ९० लाख र सन् २०२० मा १ एक अर्ब १९ करोड ६० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो । यस उद्योगको आम्दानी प्रत्येक वर्ष बढेको देखिन्छ । यो पाँच वर्षको अवधिमा यस उद्योगको आम्दानी ६८.८८ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ । एशियन फर्मास्युटिकल्स सन् १९९७ मा स्थापित एसियन फार्मास्युटिकल्सले पनि विभिन्न प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ । यस उद्योगले एन्टिबायोटिक्स, पेट तथा पाचन प्रणालीसम्बन्धी (एसिड स्राव रोक्ने औषधी), अर्टो (युरिक एसिडसम्बन्धी, दुखाइ कम गर्ने र सूजन निरोधक), दम (अस्थमा) सम्बन्धी, एन्टी-एलर्जिक, भिटामिन तथा पशुचिकित्सासम्बन्धी औषधीहरू उत्पादन गर्दै आएको छ । यो कम्पनीका अध्यक्ष तथा प्रवन्धक निर्देशक हुतानन्द खनाल हुन् भने शंकर घिमिरे कार्यकारी निर्देशक हुन् । यो कम्पनीको सबैभन्दा ठूलो सेयरधनी खगिसरा घिमिरे हुन् । जसको स्वामित्व करिब १०.३ प्रतिशत रहेको छ भने बाँकी स्वामित्व २१ जना अन्य व्यवसायीको छ । यस उद्योगले पनि पछिल्लो समय आम्दानी बढाउँदै लगेको छ । यो कम्पनीले २०२४ मा २ अर्ब १७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । सन् २०२३ को तुलनामा यस उद्योगको आम्दानी ७ प्रतिशतले बढेको छ । यस उद्योगले २०२३ मा कुल १ अर्ब ८८ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यो उद्योगले २०२२ मा १ अर्ब ६७ लाख, २०२१ मा १ अर्ब ३५ करोड र २०२० मा १ अर्ब २४ करो १० लाख रुपैयाँको आम्दानी गरेको थियो । यो पाँच वर्षको अवधिमा ६२.५३ प्रतिशतले उद्योगको आम्दानी बढेको छ । यस उद्योगको सञ्चालन नाफा पनि प्रत्येक वर्ष बढेको तथ्यांकबाट देखिन्छ । २०२० मा ११.२ प्रतिशत सञ्चालन नाफा रहेको यस उद्योगको २०२४ मा १७.४ प्रतिशत नाफा देखिएको छ । क्वेस्ट फार्मास्युटिकल्स क्वेस्ट फार्मास्युटिकल्सले कार्डियोवास्कुलर, मधुमेह, छालाका रोग र हाइपोलिपिडेमिक रोगहरू सहित अन्य विभिन्न प्रकारका सामान्य र विशेष औषधीहरू उत्पादन गर्दै आइरहेको छ । हाल यो उद्योगले एक सयभन्दा बढी औषधीहरू उत्पादन गर्दै आएको छ । यो कम्पनीमा उमेश लाल श्रेष्ठ, पृथ्वीराज भण्डारी, उत्तम कुमार श्रेष्ठ र शैलेन्द्र प्रसाद वर्माले ४५ पतिशत लगानी गरेका छन् भने बाँकी हिस्सा उनीहरूको परिवारका सदस्यहरू र व्यापार साझेदारहरूको छ । श्रेष्ठले यो उद्योगको नेृत्व गर्दै आएका छन् । यो उद्योगले २०२४ मा २ अर्ब १० करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन आम्दानी ०२३ को तुलनामा १७.२८ प्रतिशत कम हो । यस उद्योगले २०२३ मा २ अर्ब ५४ करोड ३० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो । यो उद्योगले २०२२ मा २ अर्ब ३२ करोड २० लाख, २०२१ मा १ अर्ब ९५ करोड र  २०२० मा १ अर्ब ८० करोड १० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो । विगतका वर्षमा निरन्तर आम्दानी बढाउँदै गएको यो उद्योग २०२४ भने केही खस्किएको छ । यद्यपि, २०२० को तुलनामा २०२४ मा यस उद्योगको आम्दानी १६.७७ प्रतिशतले वृद्धि भएको छ । उसो त उमेशलाल श्रेष्ठका हरेक व्यवसाय पछिल्लो समय सुस्ताएका छन् । उनको व्यक्तिगत व्यावसायिक सुस्सताको प्रभाव यस उद्योगमा पनि परेको तथ्यांकले देखाउँछ । हुकुम फर्मास्युटिकल्स सन् १९९६ मा स्थापित यो औषधी उद्योगले ट्याब्लेट, क्याप्सूल, सिरप, सस्पेन्सन र ड्राई सिरपको रूपमा फार्मास्युटिकल डोजहरू उत्पादन गर्दै आएको छ । हाल यो उद्योगले २६ किसिमका औषधी उत्पादन गर्दै आइरहेको छ । एचसी दुगर ग्रुपको मुख्य लगानी रहेको यस उद्योगका मुख्य सेयरधनी विजयकुमार दुगर हुन् । यो उद्योगले २०२४ मा ७० करोड ८० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । जुन २०२३ को तुलनामा ८८.२९ प्रतिशत बढी हो । यो उद्योगले २०२३ मा ३७ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस्तै,  २०२२ मा ३४ करोड ६० लाख, २०२१ मा ३९ करोड ९० लाख र २०२० मा ३९ करोड १० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । यो पाँच वर्षको अवधिमा यस उद्योगको सञ्चालन आम्दानी ८१ प्रतिशतले बढेको देखिएको छ । प्राइम फर्मास्युटिकल्स २०१६ स्थापना भएको प्राइम फर्मास्युटिकल्सको कार्यालय वीरगञ्ज पर्सामा रहेको छ । यो उद्योगले औषधी व्यवस्था विभागबाट १ सय १५ किसिमका विभिन्न औषधीहरूको उत्पादन तथा बिक्रीको लागि स्वीकृति लिएको छ । यस उद्योगमा अजय कुमार साहको ५९.३४ प्रतिशत सेयर स्वामित्व छ । उद्योगले २०२४ मा २ अर्ब ६१ करोडको आम्दानी गरेको छ । जुन २०२३ को तुलनामा ३१.८१ प्रतिशत बढी हो । यो उद्योगले २०२३ मा १ अर्ब ९८ करोड रकमको आम्दानी गरेको थियो । यस्तै,  २०२२ मा ६ करोडको आम्दानी गरेको थियो भने २०२१ मा ९ करोड र २०२० मा ८ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यो पाँच वर्षको अवधिमा यस उद्योगको आम्दानी २२६ प्रतिशतले बढेको देखिन्छ । टाइम फर्मास्युटिकल्स यो औषधी उद्योग नेपालको पुरानो र स्थापित फर्मास्युटिकल कम्पनीहरूमध्ये एक हो । १९९४ मा स्थापना भई १९९७ देखि सञ्चालनमा आएको थियो । यो उद्योगले एण्टीकोल्ड एन्टिबायोटिक, सप्लिमेन्ट्स, एनाल्जेसिक र एन्टिडाइबेटिक लगायतका विभिन्न २०० औषधीहरु उत्पादन गर्दै आएको छ । यस उद्योगको अध्यक्ष नारायणबहादुर श्रेत्री हुन् । यस उद्योगको मुख्य लगानीकर्ता राजु कर्माचार्य, झंकानाथ भट्ट र नारायण बहादुर क्षेत्री हुन् । अन्य व्यक्तिको पनि यस उद्योगमा लगानी छ । २०२४ मा ९५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको यस उद्योगले २०२३ मा ८२ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । २०२३ को तुलनामा यस उद्योगको आम्दानी २०२४ मा १६.३० प्रतिशतले बढेको छ । यस उद्योगले २०२२ मा ९९ करोड, २०२१ मा ७९ हरोड १० लाख र २०२० मा ६८ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो ।  २०२० को तुलनामा यस उद्योगले २०२४ मा ३९.६९ प्रतिशत आम्दानी बढेको छ । टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासनका प्रक्रिया पनि अगाडि बढाएको छ । कम्पनीले नबिल इन्भेस्ष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कान्तिपुर फर्मास्युटिकल्स कान्तिपुर फर्मास्युटिकल्स नेपालमा रहेको पशु औषधी कम्पनी हो । यो उद्योगले एलोपाथिक पशु चिकित्सा औषधीहरू, जनावरको पोषण, चारा थपकर्ताहरू, फाइटो चारा थपकर्ताहरू र अन्य जनावर लगातका लागि औषधी उत्पादन गर्दै आएको छ । नेपालमा २ दशकभन्दा बढी समयदेखि भेटरीनरी औषधी उत्पादन तथा बिक्री गर्दै आएको छ । यो उद्योगले काभ्रेको पाँचखाल- ७ मा स्थित एक प्लान्टमा पशु चिकित्सा औषधीहरू उत्पादन गर्दै आएको छ । यस उद्योगले  २०२४ मा २२ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । जबकि यो भन्दा अघिल्लो वर्ष यसको आम्दानी १६ करोड थियो । यो एक वर्षको अवधिमा यस उद्योगको आम्दानी ४१ प्रतिशतले बढेको छ । यस्तै, २०२२ मा यो कम्पनीले १५ करोडको आम्दानी गरेको थियो । यो तीन वर्षको अवधिमा भने उद्योगको आम्दानी ५१.३३ प्रतिशत बढेको छ । यस कम्पनीले कुल चुक्ता पूँजीको १४.८६ प्रतिशत सर्वसाधारणका लागि साधारण सेयर निष्काशन गर्ने तयारी पनि अगाडि बढाएको छ । कम्पनीले ११ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । ओम मेगा श्री फार्मास्युटिकल्स यो फर्मास्युटिकल चितवनको जुगेडीमा अवस्थित छ । विदेशबाट स्वदेश फर्किएर पर्वतका अर्जुन श्रेष्ठले यो आषधी उद्योग सञ्चालनमा ल्याएका हुन् । आयातित् औषधीको प्रयोगको गुणस्तर र चर्को मूल्यको मारमा नागरिक परेको भन्दै अर्जुनले आयात भइरहेका औषधी रोकी विदेशमा निर्यात गर्ने उद्देश्यले यो उद्योग सञ्चालनमा ल्याएको छन् । गत वर्षदेखि सञ्चालनमा आएको यो उद्योगले २०२४ मा करिब ९ करोड सञ्चालन आम्दानी गरेको छ । श्रेष्ठले देशविदेश घुमेको अनुभवले नेपालमा औषधी उत्पादन गरी निर्यात गर्ने लक्ष्य बनाएका छन् । ‘यो यो औषधी निर्यात गर्छौं भन्ने छैन तर त्यहाँको बजार त्यहाँका स्थानीय राज्यको, स्थानीय विभागको नीतहरू के के छन् भन्ने कुरामा हामी अध्ययन गरिरहेका छौँ, कुन राज्यमा कुन औषधी जान सक्छ भन्ने सन्दर्भमा केही समय लाग्न सक्छ,’ श्रेष्ठले प्रष्ट पारे । उनको उद्देश्य अधिकतम औषधी बाहिर जान सकोस् भन्ने रहेको छ । उनले यो फार्मा उद्योगमा बनाउँदाखेरि पनि युरोपियन स्ट्यान्डर्ड पनि मेन्टेन गर्ने तरिकाले गरेको बताए । उनले देशमा औषधी उद्योगको सम्भावना पनि राम्रो रहेको सुनाए । उनका अनुसार यो उद्योग पनि आईपीओ निष्कासनको प्रक्रियामा छ । सोपान फर्मास्युटिकल्स सोपान फर्मास्युटिकल्स अहिले पब्लिक कम्पनीका रुपमा काम गरिरहेको छ । २००९ मा स्थापना भएको यो कम्पनीले १०२ प्रकारका औषधि उत्पादन अनुमति पाएको छ भने ५१ प्रकारका औषधि बजार व्यवस्थापनको अनुमति लिएर काम गरिरहेको छ । यो उद्योगले पनि आईपीओको निश्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । यस उद्योगले २०२३ मा १४ करोड रुपैयाँ, २०२२ मा ४ करोड र २०२१ मा ६ करोड १० लाख रुपैयाँ सञ्चालन आमद्यानी गरेको थियो । यो तीन वर्षको अवधिमा उद्योगको आम्दानी बढ्दै गएको छ । यस उद्योगको अध्यक्ष डा. अनिल पोखरेल हुन् । अकर्ड फर्मास्युटिकल्स अकर्ड फर्मास्युटिकल्स नेपाली औषधी उद्योगमा नयाँ उद्योग हो । २०१३ मा स्थापना भएको यो उद्योगले २०२१ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो । अहिले यो उद्योग पनि आईपीओ निष्कासन गर्ने प्रक्रियामा छ । काठमाडौंको तीनकुनेमा कार्यालय रहेको यस उद्योगको कारखाना भने ललितपुरमा छ । डा. किरणराज पाण्डेले उद्योगको नेतृत्व गरिरहेका छन् । उनको यस उद्योगमा ०.६ प्रतिशत सेयर छ । बाँकी सेयर २१ जना व्यक्ति तथा संस्थाको रहेको छ । यस उद्योगले पनि २०२३ मा ११ करोड रुपैयाँ आम्दानी गरेको थियो भने २०२२ मा ५ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । एक वर्षको अवधिमा यस उद्योगको आम्दानी १०२ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ । कुनै बेला विदेशी औषधको दबदबा रहेको नेपाली बजारमा अहिले ४० हिस्सा स्वदेशी उद्योगले ओगटेका छन् । ६० प्रतिशत हिस्सा अझै पनि आयातको छ । उद्योगीहरू आयातलाई प्रतिस्थापन गरेर निर्यात गर्ने योजनाका साथ काम गरिरहेका छन् । नेपाली उद्योगहरूले देशलाई आवश्यक पर्ने करिब ७० प्रतिशत औषधि उत्पादन गर्ने क्षमता राख्ने भए पनि सरकारले स्वदेशी उद्योगका उत्पादनलाई टेवा पुग्ने नीति अवलम्बन नगर्दा समस्या भइरहेको गुनासो उद्योगीहरूको छ । नेपालमा ६५ अर्बको औषधीको बजार रहेको उद्योगीहरू बताउँछन् । नेपालमा वार्षिक ४० अर्ब हाराहारीको औषधी आयात हुने गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

नेप्सेमा ओरालो लाग्ने क्रम जारी, कारोबार रकममा हुन सकेन सुधार

काठमाडौं । सोमबारयता नेप्सेमा ओरालो लाग्ने क्रम जारी छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार बुधबार नेप्से २५.१६ अंकले घटेर २८२१.१३ विन्दुमा पुगेको छ । मंगलबार नेप्से ३०.३६ अंकले घटेर २८४६.३० बिन्दुमा कायम भएको थियो । बुधबार नेप्से परिसूचक घटेसँगै कारोबार रकममा समेत गिरावट आएको छ । आज ३०८ स्टकको एक लाख १ हजार ६०३ पटक कारोबारमा २ करोड ३३ लाख ४३ हजार २०१ सेयर खरिदबिक्री हुँदा १० अर्ब ९७ करोड २६ लाख ५४ हजार ४७३ रुपैयाँको कारोबार भएको छ । आज गार्डियन माइक्रो लाइफ इन्स्यारेन्स र समाज लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीहरूको सेयरमा १० प्रतिशतले सर्किट लागेको छ । त्यस्तै, ग्रिन डेपलपमेन्ट बैंकको सबैभन्दा धेरै ६.८४ प्रतिशत घटेको छ । आज व्यापारबाहेक बाँकी उपसमूहको परिसूचक घटेका छन् । व्यापार ०.४३ प्रतिशतले बढेको छ । घटेका उपसमूहरूमा बैंकिङ १.०४, विकास बैंक १.३१, फाइनान्स १.५५, होटल तथा पर्यटन १.०५, हाइड्रोपावर ०.३७, लगानी १.२४, उत्पादन ०.९४, माइक्रोफाइनान्स ९.५० प्रतिशतले घटेको छ । त्यस्तै, अन्य ०.७६, निर्जीवन बीमा १.५१ र जीवन बीमा १.४५ प्रतिशतले घटेको छ । कारोबार रकमको आधारमा आज हिमालयन रिइन्स्यारेन्सको सर्वाधिक ९६ करोड ७० लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा नेपाल रिइन्स्यारेन्स कम्पनीको ९० करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, सगरमाथा जलविद्युत कम्पनीको ३० करोड ७९ लाख ४७ हजार, एनआरएन इन्फ्रास्ट्रक्चरको २९ करोड ७६ लाख, घलेम्दी हाइड्रोको २७ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।

घिसिङले समयमै कार्यसम्पादन नबुझाएकाले अंक नपाउनुभएको हो : ऊर्जामन्त्री खड्का

दमौली (तनहुँ) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन् । तनहुँको डुम्रेमा बुधबारदेखि सुरु भएको डुम्रे सांस्कृतिक महोत्सवको उद्घाटनका लागि आएका मन्त्री खड्काले सञ्चारकर्मीसँगको भेटमा एउटा कर्मचारीलाई हटाउन सरकारले कुनै चलखेल नगरेको बताए । उनले भने, ‘एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ र सरकारलाई आवश्यकता भएको बेला हटाउन सक्छ। आवश्यकताअनुसार कर्मचारी राख्न पनि सक्छ ।’ मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणलाई योगदान पुर्‍याउनेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गरिने उल्लेख गर्नुभयो । नेपाल विद्युत् प्राधिकरणलाई कार्यसम्पादन मूल्याङ्कनमा शून्य अङ्क किन भन्ने सञ्चारकर्मीसँगको प्रश्नमा मन्त्री खड्काले भने, ‘विद्यार्थी जाँचमा उपस्थिति नहुँदा के हुन्छ, यसमा पनि त्यही भएको हो । समयमै कार्यसम्पादन नबुझाएकाले अङ्क प्राप्त गर्न नसक्नुभएको हो ।’