वैदेशिक लगानीलाई उच्च प्रतिफलयुक्त आयोजनामा केन्द्रित गरिने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मार्फत वैदेशिक लगानीलाई उच्च प्रतिफलयुक्त आयोजनामा केन्द्रित गर्ने घोषणा गरेको छ । शुक्रबार राष्ट्रपति पौडेलले संयुक्त संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उच्च प्रतिफलयुक्त आयोजना औद्योगिक तथा भौतिक पूर्वाधार आयोजना केन्द्रित गरिने बताए ।
स्वास्थ्य बीमा पुनर्संरचना गरि दिगो बनाइने
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम पुनसंरचना गरी दिगो सुलभ बनाइने भएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य सम्बन्धी सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमा क्षेत्रमा आवद्ध गर्ने बताए । यस्तै स्वास्थ्य सेवालाई सुलभ पहुँच योग्य तुल्याउन पूर्वाधार बिस्तारसँगै सेवा प्रदायक अस्पताल, चिकित्सक, स्वास्थ्य जनशक्ति, र सेवाग्राही बीचको असन्तुलन हटाउने बताएका छन् ।
सरकारले कृषि उद्यम परियोजनालाई धितो राखेर कर्जा दिने
काठमाडौं । सरकारले कृषि उद्यम परियोजनालाई धितो राखेर कृषि कर्जा दिने घोषणा गरेको छ । संघीय संसद्को सयुंक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । सरकारले कृषि उद्यम गर्नेलाई इकोसिस्टम प्रणालीमा समेटी पाइलट परियोजना सुरु गर्ने पनि भएको छ ।
सरकारले धौवादी फलाम कम्पनीको सेयर निजी क्षेत्रलाई बिक्री गर्ने
काठमाडौं । सरकारले धौवादी फलाम कम्पनीमा निजी क्षेत्रलाई भित्र्याउने भएको छ । राष्ट्रपछि रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै सो फलाम कम्पनीमा निजी क्षेत्रलाई ल्याएर सार्वजनिक निजी साझेदारीमा सञ्चालन गरिने बताएका हुन् । उनले फलाम तथा खनिज पदार्थको उत्खनन्मा नयाँ प्रविधिको प्रयोग गरने बताएका छन् ।
पेट्रोलियम पदार्थबाट चल्ने सवारीमा यूरो ६ लागू गर्ने
काठमाडौं । पेट्रोलियम पदार्थबाट चल्ने सवारीमा यूरो ६ मापदण्ड लागू गर्नुपर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । यस्तै, उनले कार्वन व्यापार रणनीति तर्जुमा गरिने बताए । सन् २०४५ सम्ममा खुद शून्य कार्वन उत्सर्जन गर्ने देश बन्ने नेपालको प्रतिवद्धात पूरा गर्न दीर्घकालिन रणनीति तयार गरिने उनको भनाइ छ ।
आर्थिक गतिशिलता बढाउन, भ्रष्टाचार नियन्त्रण गर्न र दण्डहिनता अन्त्य गर्न सरकार प्रतिवद्ध : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक गतिशिलता बढाउन, भ्रष्टाचार नियन्त्रण गर्न र दण्डहिनता अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । शुक्रबार सरकारको तर्फबाट संसद भवनमा संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । सरकार गठनका समयमा भएको संयुक्त सरकारको न्युनतम प्रतिवद्धता र प्राथमिकतालाई केन्द्रमा राखि साझा संकल्पका साथ सुशासन, प्रवर्द्धन गर्न र तिब्र आर्थिक विकास हाँसिल गर्न कटिवद्ध रहेको बताए । समाजमा बेला बेलामा प्रकट हुने नकारात्मक सोचको दोहन गरी, संविधान र व्यवस्थाप्रति अफवाह फैल्याइ अराजकता सिर्जना गर्ने पक्षबिरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गदै नेपाली जनताको बलिदान, संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका पलब्धिहरुको रक्षा गर्न सरकार दृढ रहेको बताए । राष्ट्रिय आवश्यकता तथा जनचाहनाअनुरुप लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समाजवादउन्मुख आर्थिक सामाजिक रुपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकंक्षा पूरा गर्न नेपाल सरकारले जोड दिएको जानकारी दिए ।
सहमतिको आधारमा सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाउने
काठमाडौं । सरकारले संविधानको समीक्षा गर्ने भएको छ । शुक्रवार सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीत तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनका अनुसार सरकारले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने, यसका बिरुद्ध हुने कुनैपनि प्रकृतिका प्रतिगामी, पुनःउत्थानवादी, अराजक गतिविधिको प्रतिवाद गर्ने बताए । संविधानको समीक्षा गर्नुका साथै सबल पक्षलाई सुदृढ गर्ने र कार्यान्वयनको क्रममा देखिएका कमी, कमजोरी सच्याउँदै सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढाइने बताए । राजनीतिक स्थायित्वलाई निरन्तरता दिँदै नीतिगत स्थिरता सुनिश्चित गर्ने पनि उनले बताए ।
नदीबाट निर्वाद रुपमा गिट्टी बालुवा निकाल्न दिइने
काठमाडौं । सरकारले विभिन्न नदिबाट निर्वाद् रुपमा गिट्टी बालुवा निकाल्न दिने बताएको छ । राष्ट्रपछि रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै यस्तो बताएका हुन् । उनले पूर्वाधार निर्माणमा स्रोत अभाव हुन नदिन यस्तो गरिने बताएका हुन् ।