कृषि कर्जाको सीमा १० करोड पुर्याइयो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै कृषि कर्जाको सीमा १० करोड रुपैयाँ कायम गरेका हुन् ।
घरकर्जामा राष्ट्र बैंकको राहत, अधिकतम् सीमा ३ करोड
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै घरकर्जामा अनुपात ८० प्रतिशत कायम गर्दै अधिकतम् सीमा ३ करोड रुपैयाँ निर्धारण गरेका छन् । अहिले यस्तो सीमा २ करोड छ ।
मौद्रिक नीति : बैंकदर र नीतिदर घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बैंकदर ६ प्रतिशतल निक्षेप संकलन दर २.७५ र नीतिगत दर ४.५ कायम गरेका छन् । उनको कार्यकालको यो पहिलो मौद्रिक नीति हो ।
क्यानाडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई पठाएको पत्रमा अगस्ट १ देखि अमेरिकामा क्यानाडाको निर्यातमा ३५ प्रतिशत भन्सार शुल्क लगाइने बताएका छन् । यो सोमबारदेखि ट्रम्पले जारी गरेका २० भन्दा बढी पत्रमध्ये पछिल्लो हो, जसमा उनले दर्जनौँ अर्थतन्त्रविरुद्ध व्यापारिक युद्धको धम्की जारी राखेका छन् । क्यानाडा र अमेरिका जुलाई २१ सम्म सम्झौता गर्ने आशामा व्यापारिक वार्तामा संलग्न छन्, तर पछिल्लो धम्कीले त्यो समयसीमा परिवर्तन गरेको देखिन्छ । युएसएमसिए भनिने तीन मुलुकलाई एकताबद्ध गर्ने मुक्त व्यापार सम्झौतालाई ट्र्याकमा ल्याउन सकियोस् भन्ने उद्देश्यले क्यानाडा र मेक्सिको दुवैले ट्रम्पलाई सन्तुष्ट पार्ने तरिकाहरू खोज्ने प्रयास गरिरहेका छन् । 'संयुक्त राज्य अमेरिकासँग हालको व्यापार वार्ताका क्रममा क्यानाडा सरकारले दृढतापूर्वक हाम्रा कामदार र व्यवसायहरूको रक्षा गरेको छ । हामी अगस्ट १ को संशोधित समयसीमा तिर काम गर्दा हामी त्यसलाई जारी राख्नेछौँ', कार्नीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा बिहीबार राति पोस्ट गरे । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पुनः वार्ताका लागि सफलतापूर्वक दबाब दिएपछि संयुक्त राज्य अमेरिका–मेक्सिको–क्यानाडा सम्झौताले सन् २०२० जुलाईमा अघिल्लो नाफ्टा सम्झौता प्रतिस्थापन गरेको थियो । अर्को वर्ष जुलाईसम्म यसको समीक्षा हुने तय थियो, तर ट्रम्पले जनवरीमा पदभार सम्हालेपछि आफ्नो व्यापार युद्ध सुरु गरेर प्रक्रियालाई अव्यवस्थित बनाएका छन् । क्यानाडा र मेक्सिकोका उत्पादनहरू सुरुमा क्यानाडाली ऊर्जाका लागि कम दरका साथ २५ प्रतिशत अमेरिकी भन्सार शुल्कले नराम्ररी प्रभावित भएका थिए । ट्रम्पले दुवै छिमेकीलाई निशाना बनाएर अवैध आप्रवासन र सीमापार अवैध लागुऔषधको प्रवाहमा पर्याप्त काम नगरेको बताए । तर अन्ततः उनले युएसएमसिए अन्तर्गत आफ्नो देशमा प्रवेश गर्ने सामानहरूका लागि छुटको घोषणा गरे, जसले उत्पादनहरूको ठूलो भागलाई समेटेको थियो । बिहीबारको पत्र ट्रम्प र कार्नीबीच न्यानो सम्बन्धका बावजुद आएको हो । कार्नीले क्यानाडा अमेरिकाको ५१औँ राज्य बन्नुपर्छ भन्ने आफ्ना समकक्षी ट्रम्पको नियमित विचारको सामना गरिरहेका छन् । पारस्परिकता क्यानाडाली प्रधानमन्त्री कार्नी मे ६ मा ह्वाइट हाउस आएका थिए र ओभल अफिसमा ट्रम्पसँग सौहार्दपूर्ण भेटवार्ता गरेका थिए । उनीहरूले गत महिना क्यानाडामा भएको जी–७ शिखर सम्मेलनमा फेरि भेट गरेका थिए । त्यहाँ नेताहरूले ट्रम्पलाई आफ्नो दण्डात्मक व्यापार युद्धबाट पछि हट्न दबाब दिएका थिए । क्यानाडाले पनि अमेरिकी प्रविधि कम्पनीहरूलाई असर गर्ने करहरू खारेज गर्न सहमति जनाएको थियो । यसले ट्रम्पलाई बदला लिन र व्यापारिक वार्ता रद्द गर्न प्रेरित गरेको थियो । छुट्टै, ट्रम्पले एनबिसीसँगको अन्तर्वार्तामा आफ्नो पत्र नपाएका देशहरूमा अगस्ट १ मा १५ देखि २० प्रतिशतको व्यापक भन्सार शुल्क लगाउनेबारे पनि सोचिरहेको घोषणा गरे । पत्रहरूले अगस्ट १ अघि राम्रा सर्तहरू फेला पार्न नसकिए ब्राजिलको मामिलामा ५० प्रतिशतसम्म भन्सार शुल्क दरहरू अगस्ट १ मा लागू हुने घोषणा गरेको छ । अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार २७ देशको युरोपेली सङ्घ (इयु) लाई पत्र ‘आज वा भोलि (शुक्रबार)’ पठाइने ट्रम्पले एनबिसीलाई बताए । ट्रम्पले आफ्नो कडा भन्सार शुल्कले देशमा प्रहार गर्ने बताएपछि ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले बिहीबार उनी अमेरिकासँग वार्ता गर्न इच्छुक रहेको बताए । यद्यपि उनले ब्राजिल सरकारले पारस्परिक उपायहरूको मूल्याङ्कन गरिरहेको कुरा दोहोर्‍याए । लुलालाई सम्बोधन गरेको पत्रमा ट्रम्पले आफ्नो दक्षिणपन्थी सहयोगी जाइर बोल्सोनारोसँगको व्यवहारको आलोचना गरेका छन् । रासस
मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेल {लाइभ}
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजिनक गरिरहेका हुन् । उनको कार्यकालको यो पहिलो मौद्रिक नीति हो ।
२० वर्ष उमेर पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश आलोचनात्मक चेतबाट आक्रान्त भइसकेको बताएका छन् । शुक्रबार विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अब आलोचनात्मक चेत नभइ विश्वलेषणात्मक चेतको जरुरी रहेको बताए । जे कुरामा पनि आलोचना नभइ रचनात्मक सुझाव जरुरी रहेको बताए । अब आलोचनात्मक चेतबाट रचनात्मक टिप्पणीतिर जान जरुरी रहेको बताए । विश्लेषण गरेपछि राम्रो र नराम्रो छुट्याउन सकिने भन्दै कमजोरी भएका ठाउँहरु देखाउन जरुरी रहेको जानकारी दिए । प्रधानमन्त्री ओलीले भने, ‘आलोचनात्मक चेत होइन, विश्लेषणात्मक चेत चाहिन्छ हामीलाई । आलोचनात्मक चेतले आक्रान्त भइसक्यो देश । जेमा पनि आलोचना होइन । रचनात्मक सुझाव आवश्यक छ । विश्लेषण गरेपछि राम्रो र नराम्रो छुट्याउन सकिन्छ । यहाँनेर कमजोरी भयो भनेर देखाउन सकिन्छ ।’ प्रधानमन्त्री ओलीले २० वर्ष उमेर पुगेपछि विवाह गरेर सन्तान जन्माउनमा युवाहररुलाई प्रेरित गर्न जरुरी रहेको बताएका छन् । प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने बताए ।
आर्थिक गतिविधि बढाउने मौद्रिक नीति आवश्यक : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक गतिविधि बढाउने गरी मौद्रिक नीति ल्याउनु पर्ने बताए । बजेट र मौद्रिक नीतिको समयन्वय भएरै आउने विश्वास व्यक्त गरे । निजी क्षेत्रले दिने सुझाव व्यक्तिगत फाइदाको रुपमा लिने सोचले चाहिने भन्दा बढी कडाई गर्दा आर्थिक क्षेत्र चलायमान हुन नसकेको बताए । ढकालले बजेट स्क्रिप्ट अनुसार कार्यन्वयन हुनुपर्ने बताएका छन् । उच्चस्तरिय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले दिएको सुझाव अनुसार ३० वटा कानुन परिवर्तन भैसकेको बताए । सरकारले बजेटमा हवाई टिकटमा लगाएको भ्याट लगायतका विषयमा हटाउन सुझाव दिएपनि कार्यन्वयन नभएको बताए । आगामी दिनमा सुझाव कार्यन्वयन हुने विश्वास व्यक्त गरे ।
हरित उद्यमलाई बजार देऊ : सांसदसँग युवाको आग्रह
काठमाडौं । हरित अर्थतन्त्र र नीतिगत व्यवस्था सम्बन्धी युवाहरूले सांसदहरूसँग संवाद गरेका छन् । जलवायु परिवर्तनले समाज र वातावरणमा परिरहेका असरलाई न्यूनिकरण गर्ने भूमिकामा काम गरिरहेका युवाहरूले सांसदहरूसँग संवाद गरेका हुन् । बागमती प्रदेशका ७ जिल्लाका युवा सञ्जाल गठन काम गरिरहेका युवाहरूले काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् । उनीहरू प्लाष्टिकको झोलालाई निशेध गर्न कपडाको झोला उत्पादन गर्नेदेखि दुनाटपरी बनाउने काम गर्दा पनि बजार नपाउँदा समस्या भएको गुनोसो गरेका थिए । हामीले वातावरणलाई मध्यनजर गर्दै वातावरण र हावापानी सुहाउँदो उत्पादन गर्दा पनि बजार पाउन समस्या भएको छ, अब सांसदहरूले हाम्रो कामलाई प्रोत्साहन मिल्नेगरी नीति बनाइदिनुपर्यो भन्दै सांसदलाई प्रश्न गरेका थिए । युवाहरूको जवाफमा सांसदहरूले युवाहरूलाई सहज हुने गरी नीति निर्माण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । युवाहरू देश छोडिरहेको बेला आफ्नै ठाउँमा वातावरणलाई मध्यनजर गर्दै काम गरिरहेकोमा खुसी व्यक्त गरे । कार्यक्रममा बोल्दै सांसद शेर बहादुर कुँवरले युवाहरूले गरेको काम प्रंशसनिय भएको बताए । युवाहरूले पर्यावरणलाई ध्यान दिँदै गर्दै सुरु गरेको व्यासलाई बजारसम्म पुर्याउन चुनौती भए पनि प्रयास जारी राख्न आग्रह गरेका थिए । सुरुमा बजार नपाएको सामाग्रीले एक दिन अवश्य बजार पाउने भन्दै निराश नहुन आग्रह गरे । उनले अब वातावरणलाई असर पार्ने भन्दा असर नपार्ने सामग्री प्रयोग गर्न नागरिकलाई सूचित गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मर बहादुर थापाले युवाहरू विद्यालयलाई प्लास्टिक प्रयोगमा बन्देज गराउने काममा सरिक भएको खुसी व्यक्त गरे । कार्यक्रममा सहभागी अन्य सांसदहरूले युवाहरूले उठाएको कुरा गम्भिर र जाहेज रहेको भन्दै नीति बनाउन सरकारलाई दवाव दिने प्रतिवद्धता व्यक्त गरेका थिए । सिविस नेपालले आयोजना गरेको कार्यक्रममा सहभागी युवाहरूले आवश्यक नीति र उत्पादनलाई बजारीकरण गर्न सांसदहरूको ध्यानाकर्षण गराएका थिए ।