विकासन्युज

एनसीसी बैंकको विशेष साधारणसभा वैशाख १५ गते, ५० प्रतिशत हकप्रद दिने प्रस्ताव

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको विशेष साधारणसभा वैशाख १५ गते हुने भएको छ । सो प्रयोजनको लागि बैंकले वैशाख ६ गते कम्पनीको बुक क्लोज गर्ने भएको छ । साथै, सभाले बैैंक सञ्चालक समितिको ५० प्रतिशत(२ बराबर १ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावलाई पारित गर्ने भएको छ । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । बोनस बाहेक ५० प्रतिशत हकप्रद पश्चात बैंकको पूँजी ७ अर्ब नाघ्ने छ । बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता करिब ४६४ रुपैयाँमा कारोबार भइरहेको छ ।

बैशाख ७ गते देखि नेपाल १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला

काठमाडौं । बैशाख ७ गतेदेखि राजधानीको भृकुटीमण्डपमा १३ औं अन्तराष्ट्रिय औद्योगीक व्यापार मेलाको आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने मेला बैशाख ११ गतेसम्म सञ्चालन हुनेछ । बैज्ञानिक खोज र अनुसन्धान आर्थिक विकासका लागि, उद्योगमा प्रविधि प्रतिष्थापन पुस्ता हस्तान्तरण्का लागि भन्ने नारासहित आयोजना हुने मेलालाई विज्ञान तथा प्रविधि मन्त्रालय र उद्योग मन्त्रालयले सहयोग गरेका छन् । मेलामा तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको र समग्र राष्ट्रका मौलिक औद्योगिक उत्पादनको प्रदर्शनी र व्यापार समेत गरिनेछ । यसका अलावा चीन, भारत, पाकिस्तान र वंगलादेश लगायतका औद्योगिक उत्पादनहरुको समेत प्रदर्शनी हुने सुनिश्चित भएको छ । मेलामा २३६ वटा स्टलहरु रहनेछन् । जसमा ६० जना भन्दा बढी नविन प्रविधि अनुसन्धानकर्ताहरु सहितको नवीनतम प्रविधि प्याभिलियन, ३५ वटा स्टलको महिला उद्यमशिलता प्याभिलियन, १० वटा स्टलको बन तथा कृषि सहज कार्यक्रमको प्याभिलियन, खाद्यान्नका स्टलहरु र बाँकीमा औद्योगिक उत्पादनहरु राखिनेछन् । प्रदर्शनीको एक लाख भन्दा बढीले अवलोकन गर्ने र करिव ६ करोडको आर्थिक कारोवार हुने लक्ष्य लिइएको महासंघका अध्यक्ष श्याम प्रसाद गिरिले बताए ।

यती डेभलपमेन्ट बैंकको साधारणसभा वैशाख २२ गते, के के छन् विशेष प्रस्ताव ?

काठमाडौं । यती डेभलपमेन्ट बैंकको १५औँ वार्षिक साधारणसभा आगामी वैशाख २२ गते हुने भएको छ । उक्त निर्णय कम्पनीको ३५८औँ सञ्चालक समितिको बैठकले गरेको हो । उक्त सभामा कम्पनीले यती डेभलपमेण्ट बैंकमा महालक्ष्मी विकास बैंक लिमिटेड गाभ्ने गरी एक आपसमा गाभ्ने/गाभिने(मर्जर) सम्बन्धी विशेष प्रस्ताव लैजाँदै छ । उक्त मर्जर पश्चात बन्ने विकास बैंकको नाम महालक्ष्मी विकास बैंक लिमिटेड रहने बैंकले जनाएको छ । हाल यती डेभलपमेन्ट बैंकको चुक्ता पूँजी एक अर्ब ३२ करोड रुपैयाँ रहेको छ । त्यस्तै सोही बैंकमा गाभिन लागेको महालक्ष्मी विकास बैंकको चुक्ता पूँजी एक अर्ब १५ करोड रुपैयाँ रहेको छ । मर्ज पश्चात बन्ने महालक्ष्मी विकास बैंकको चुक्ता पूँजी २ अर्ब ४८ करोड रुपैयाँ नाघ्ने छ ।

टिसीएल ब्राण्डको नयाँ वर्ष योजना, टिभी र फ्रिज खरिदमा क्यास ब्याक अफर

काठमाडौं । विश्वकै उत्कृष्ट ब्राण्ड द्धारा सम्मानित टिसीएलले यस नयाँ वर्ष २०७४ लाई लक्षित गर्दै क्यास ब्याक तथा उपहारको वर्षा योजना ल्याएको छ । उक्त योजना अन्तर्गत ग्राहकले कम्पनीको एलइडी टिभी र चेष्ट खरिदमा १५ हजार रुपैयाँसम्मको क्यास ब्याक पाउने छन् । साथै, वासिङ मेसिनको खरिदमा सिजीको स्प्रे आइरन तथा एसीमा फ्रि इन्ष्टलेसनको सुविधा पाउने कम्पनीले जनाएको छ । नेपालका लागि टिसीएल ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत इओएल प्रा. लि.ले गर्दै आएको छ ।

सिनर्जी पावरको सेयर रजिष्ट्रारमा काठमाडौं क्यापिटल मार्केट नियुक्त

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले सेयर रजिष्ट्रारमा काठमाडौ प्लाजामा रहेको काठमाडौ क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । उक्त नियुक्त सम्बन्धि सम्झौता पश्चात कम्पनीको सेयर रजिष्ट्रेशन सम्बन्धि सम्पूर्ण कार्य काठमाडौं क्यापिटल मार्केटबाट गरिने छ ।

महासंघमा ज्ञानेन्द्रलाल प्रधानले रचे नयाँ इतिहास, पहिलो कोषाध्यक्षमा निर्विरोध

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधान निर्वाचित भएका छन् । महासंघको नव निर्वाचित कार्य समितिको पहिलो बैठकले प्रधानलाई कोषाध्यक्षमा सर्व सम्मतिले निर्वाचित गरेको हो । प्रधान महासंघकै इतिहासको पहिलो कोषाध्यक्ष बन्न सफल भएका छन् । बिधान संसोधनपछि व्यवस्था गरिएको कोषाध्यक्ष पदमा उनी निर्विरोध भएका हुन् । सुरुमा एसोसियट तर्फको उपाध्यक्षको उम्मेदवार बन्ने तयारी गरेका प्रधान अन्तिममा कोषाध्यक्षको उम्मेदवार बनेका थिए । अब निजी क्षेत्रको सबै भन्दा ठुलो छाता संगठनको हिसाब किताब प्रधानले हेर्नेछन् । लामो समयदेखि महासंघमा आवद्ध प्रधान अघिल्लो कार्य समितिमा उर्जा समितिका सभापति थिए ।

पाँच बर्षपछि विदेशबाट फलाम ल्याउनै नपर्ने, नवलपरासीले यसरी बनाउँदैछ आत्मनिर्भर

नवलपरासी । उद्योग मन्त्री नविन्द्रराज जोशीले पाँच बर्ष भित्रमा फलाममा देश आत्मनिर्भर हुने घोषणा गरेका छन् । नवलपरासीको हुप्सेकोट गाउँपालिका – ५ पोखरीमा फलाम खानीको बिस्तृत भौगर्भिक अध्ययन तथा सर्भे कार्यको निरिक्षण गर्दै उनले आगामी पाँच बर्ष भित्र फलाममा आत्मनिर्भर बन्ने घोषणा गरेका हुन् । वि.स २०६६/०६७ सालमा कोइला खानीको अन्वेषणको क्रममा यहाँ फलाम खानी भएको पत्ता लागेको थियो । यो फलाम खानी देशकै ठुलो फलाम खानी भएकाले समृद्धिको आधार पनि यहाँबाट तय हुने मन्त्री जोशीले बताए । पूर्व पश्चिम राजमार्गको डण्डाबाट २१ किलोमिटर भित्र रहेको यो फलाम खानी १३०० मिटर अग्लो क्षेत्रमा फैलिएको छ । यहाँ आउने पूर्वाधार विकासमा सरकार लागेकाले सडक , खानेपानी, बिद्युतीकरणमा सरकारको ध्यान गएको उनले बताए । फलामको प्रशोधन यही ठाउँमा गर्ने भएकाले पाँच हजार मान्छेले ३५ बर्ष सम्म रोजगार पाउने समेत उनले बताए । यहाँको स्टिल उद्योगले पहिलो रोजगार दिन्छ त्यसमा स्थानीय गाउँलेलाई प्राथमिकता हुन्छ, उनले भने–‘राष्ट्रको समृद्धिमा ठुलो सहयोग यो खानीले गर्छ त्यसैले यहाँ तीन बर्ष भित्र बिजुली पानीको ब्यवस्था गरेरै छाड्छौं’ । पहिलो पटक खनिज नीति निर्माणको चरणमा मन्त्रालयले काम गरी अगाडि बढाएको छ मन्त्री जोशीले भने–‘नीति बनेपछि उद्योग स्थापना र प्रशोधनको कामले तीब्रता लिन्छ ’ । १० किलोमिटर क्षेत्रमा फैलिएको फलाम खानीलाई पाँच भागमा बिभाजन गरी नीजि क्षेत्रलाई पनि आमन्त्रण गरी काम गरिने उनले बताए । मूल्य निर्धारण गरेपछि राजश्वको ग्यारेन्टी गरी नीजि क्षेत्रलाई पनि सहभागी गराउने उनको भनाई छ । यहाँको पहाडमा नमूना परिक्षणमा ५८ प्रतिसत हेमटाइड रहेकोले यो उत्तम मानिन्छ । राजमार्गबाट नजिक र ठुलो परिमाणमा भएकाले यसको उत्खनन सम्भव भएको अन्वेषणमा खटिएका भूगर्भविद् नारायण बाँस्कोटाले बताए । आर्थिक बर्ष २०७३/०७४ को यो अबधिमा ८३ दिन लगातार काम गरेर ४७ वटा नमूना संकलन सहित हेमटाइड बेड ट्रास भएको र यसको रासायनिक परिक्षण भइरहेको उनले बताए । पोखरीको क्षेत्रमा दुई ठाउँमा ड्रिलिङ्गको काम भइरहेको छ । यसमा ७५ मिटर क्रोइङ्ग गरी नमुना परिक्षण जारी राखिएको छ खानी तथा भूगर्भ बिभाग धातु अन्वेषण शाखाका प्रमुख धर्मराज खड्काले बताए । फलाम खानी सञ्चालनमा आउने खबरले उत्साही भएपनि यसले पार्ने असरलाई सरकारले बेलैमा सम्बोधन गर्न स्थानीय चन्द्रबहादुर रानाले आग्रह गरे । एक बर्ष अगाडि तत्कालिन उद्योग मन्त्री सोमप्रसाद पाण्डेले स्थानीयको मागलाई सम्बोध गरेर खानीको कामलाई अगाडि बढाउने आश्वासन दिएको भएपनि सडक निर्माणको लागि सात करोड रकम मात्र परेको स्थानीय अगुवा नुराचन्द्र पाण्डेले बताए ।

१७ वर्षको हेलिकोप्टर उडानपछि श्रीले भित्र्यायो फिंक्स विंग्सको जहाज, एक महिनाभित्रै नियमित उडान, प्रतिस्पर्धाले यात्रुलाई लाभ हुने

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा पुरानो र संख्यात्मक हिसावले दक्षिण एसियाकै ठूलो हेलिकोप्टर कम्पनी श्री एयरलाइन्सले अब फिंक्स विंग्स जहाजमार्फत आन्तरिक उडानमा नियमित सेवा दिने भएको छ । यो वायुसेवाले एमआई १७ नामक २४ सिट क्षमताका ६ वटा ठूलो हेलिकोप्टर उडान गरिरहेको कम्पनी हो । यस्तो हेलिकोप्टर दक्षिण एसियामै धेरै भएको निजी वायुसेवा कम्पनी हो श्री एयरलाइन्स । यो वायसेवाले पछिल्लो समय एएस ३५० बीथ्री नामका ६ सिट क्षमतका थप २ वटा हेलिकोप्टर पनि उडाइरहेको छ । हेलिकोप्टरमा भएको लामो अनुभवलाई आन्तरिक उडानको नियमित सेवामा प्रयोग गर्ने र ६ महिनाभित्रै अन्तर्राष्ट्रिय उडानमा जाने गरी यो वायुसेवाले जहाज थप गरेको हो । हाल हेलिकोप्टर उडानमा पनि नेपालको एकमात्रै अन्तर्राष्ट्रिय उडानको वायुसेवा हो । यो वायुसेवाले बुधबार राती १० वजे एउटा फिक्स विंग्सको जहाज ल्याउको छ । यो वायुसेवाले बम्बाडियन सीआरजे नामक ५० सिट क्षमताको जहाज ल्याएको हो । यो वायुसेवाले आगामी दुईसाताभित्रै अर्को २ वटा जहाज पनि ल्याउने भएको छ । जापानबाट जहाज आयो, स्लोभानियाबाट थप २ वटा ल्याउँदै यो वायुसेवाले बुधबार जापानबाट उडाएरै एउटा जहाज ल्याएको छ । अब बाँकी दुईवटा पनि तुरुन्तै आउने भएको छ । बाँकी दुईवटा जहाज युरोपेली मुलुक स्लोभानियाबाट आउने श्री एयरलाइन्सका कर्पोरेट प्रवन्धक अनिल मानन्धरले जानकारी दिए । यो वायुसेवाले ल्याएको जहाज ब्राण्ड न्यु भने नभएर केही समय उडान गरेको जहाज भएको उल्लेख छ । यो वायुसेवाले सम्वन्धित वायुसेवाले दिएको क्रुमेम्बर (चालक दल)बाटै जहाज ल्याउनुपर्ने भएकोले पनि दुई साता लाग्ने भएको उल्लेख छ । यो वायुसेवाले हाल ३ वटा जहाजबाट उडान सुरु गर्ने भएको छ । यो वायुसेवाले जहाज तथा उडान व्यवस्थापनसहतिको तयारीसहितमा एक अर्ब लगानी गरेर आन्तरिक वायुसेवा संचालन गर्ने भएको पनि उल्लेख छ । कम्पनीले जहाज ल्याउने, उडान गर्ने, आन्तरिक व्यवस्थापन मिलाउँने, दक्ष जनशक्ति उत्पादन गर्नेसहितका कार्यमा उक्त एक अर्ब रुपैयाँको लगानी हुने उल्लेख छ । मिसन अन्तर्राष्ट्रिय उडानको यो वायुसेवाको मिसन अन्तर्राष्ट्रिय उडान हो । यसले करिब ६ महिना आन्तरिक उडान गरेर अन्तर्राष्ट्रियमा जाने बताएको छ । सीधै अन्तर्राष्ट्रिय उडानको योजना बनाएको थियो । तर, सरकारले आन्तरिक उडानमा व्यवस्थापन मिलाउँदै अन्तर्राष्ट्रिय जान भनेपनि सोही अनुसार वायुसेवाले तयारी गरिरहेको छ । बुधबार ल्याएको जहाजले आन्तरिक व्यवस्थापन मिलाउन र उडान संचालन अनुमति (एओसी)का लागि आवश्यक प्रक्रिया पुर्याउनेपर्ने भएकोले कबिरे एक महिनाभित्रमै उडान सुरु गर्ने भएको छ । उडान सहरी विमानस्थलमा केन्द्रीत जहाज ल्याएर यो वायुसेवाले सहरी क्षेत्रकै विमानस्थलमा उडान केन्द्रत गर्ने भएको छ । यी जहाज काठमाडौंलाई आधार बनाए भद्रपुर, विराटनर, धनगढी, पोखरा, भैरहवासहितका विमानस्थलमा उड्ने पनि श्रीले जानकारी दिएको छ । यो वायुसेवाले एकैपटकमा ५० देखि ७० जना सम्म बोक्न सक्छ । आन्तरिक उडानको यी जहाजले अन्य दुर्गम क्षेत्रमा भने उडान गर्न सक्दैन । त्यसैले श्रीका जहाज आएपछि आन्तरिक वायुसेवाबीच सहरी क्षेत्रका विमानस्थल (सुगम गन्तव्य)मा प्रतिस्पर्धा हुने भएको छ । श्रीले आन्तरिक उडानका लागि ५० सीट क्षमताको सीआरजे २०० र अईआरजे ७०० नामक ७० सिट क्षमतको जहाज मार्फत नियमित उडान गर्न लागेको हो । नेपालमा हाल यस्तै प्रकृतिको जहाज सौर्य एयरले उडाइरहेको छ । नियमित उडानको वायुसेवा नै १० पुग्यो श्रीले उडान सुरु गरेपछि नियमित उडानको वायुसेवाको संख्या १० वटा पुग्ने भएको छ । हाल यति, बुद्ध, सिम्रिक, तारा, सीता, समिट (गोमा), मकालु, सौर्य, एयर काष्टमण्डपले उडान गरिरहेका छन् । यी वायुसेवा एकपछि अर्कोले नयाँ रणनीति बनाउन थालेकोले आन्तरिक उडानमा प्रतिस्पर्धा बढ्ने भएको छ । जसले गर्दा यात्रुलाई लाभ हुने पनि उल्लेख छ ।