विकासन्युज

सिजीकाे नयाँ वासिङ्ग मेसिनहरु बजारमा, अरुभन्दा ३३ प्रतिशत कम पानीको खपत हुने

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै नयाँ तथा आकर्षक दुईवटा मोडलका वासिङ्ग मेसिनहरु बजारमा ल्याएको छ । उक्त वासिङ्ग मेसिनहरु ७ केजी र ८ केजीमा १२०० आरपीएम र र १४०० आरपीएममा उपलब्ध छन् । कम्पनीका अनुसार लुगा राख्न सजिलो पार्न ठूलो ढोका र ठूलो एलइडी डिस्प्ले भएको यी वासिङ्ग मेसिनहरु निकै नै आकर्षक देखिन्छन् । यसको मूख्य यूएसपी भनेको वाटर म्याजिक क्यूब हो । जस अन्तर्गत सुपरर्स विङ र वाटर क्यूब ड्रम रहेका छन् । यसले अरु वासिङ्ग मेसिनभन्दा ३३ प्रतिशत कम पानीको खपत गर्ने कम्पनीले जनाएको छ ।

ट्रम्प प्रशासनको ‘ग्रीन कार्ड’ लिने नियममाथि कडाई, अबदेखि अन्तर्वार्ता दिनुपर्ने

वासिंटन । अमेरिकाको स्थायी भिसा (ग्रीन कार्ड) लिन चाहनेका लागि जटिलता बढेको छ । अब अमेरिकी आप्रवासनका अधिकारीले ग्रीन कार्ड आवेदकलाई अन्तर्वार्ता लिने भएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यका अनुसार यसले भीसा आवेदन प्रकियामा ढिलाई हुने देखिएको छ । यो नयाँ नीति आगामी अक्टोबर १ तारिखदेखि लागु हुने पोलिटिकोमा उल्लेख छ । शुक्रबार अमेरिकी नागरिकता तथा आप्रवास सेवा (युएससिआइएस)का प्रवक्ता कार्टर ल्याङ्सटनले रोजगार आधारित भिसा लिएको व्यक्तिले स्थायी भिसा आवेदन दिन अन्तर्वार्ता दिनुपर्ने नियम लागु गर्ने पृष्टि गरेका हुन् । शरणार्थिको पारिवारका सदस्यले पनि प्रभिजनल स्टेटसका लागि आवेदन दिदाँ अन्तर्वार्ता दिनुपर्ने हुन्छ । त्यसपछि मात्र ग्रीन कार्ड प्राप्त हुन्छ । यो अनिवार्यरुपमा अन्तर्वार्ता राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अन्तर्गतको हिस्सा हो । यो अन्तर्वार्तालाई ट्रम्पले अमेरिका आउने अप्रवासी तथा आगन्तुक माथि ‘कडा निगरानी’ गर्न ल्याइएका नीतिमध्ये एउटा पाटोको रुपमा लिइएको छ । भविष्यमा भिसाका लागि दायरा अझ बढ्दै जाने ल्याङ्सटनले बताए । उनले भने, ‘यो नीति अमेरिकाको सुरक्षा जोखिम र दंगाबाट बचाउनका लागि अपनाइने वृहत रणनीति अन्तर्गतको पाटो हो ।’ डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार आर्थिक वर्ष २०१५ मा करिब एक लाख ६८ हजार प्रवासीले ग्रीन कार्ड प्राप्त गरेका थिए । जसमध्ये अधिकतम करिब १ लाख २२ हजारले रोजगार भिसाबाट स्थायी नागरिकता पाएका थिए । ट्रम्पले सत्तामा आएपछि एचवानबी भिसामा पनि कडाई गरेका थिए । यसले प्रवासीहरुमा निकै प्रभाव पारेको थियो । एचवानबी भिसा दक्ष मानिसका लागि जारी गरिन्छ । युएससिआइएसका अनुसार यसमा वैज्ञानिक, इञ्जिनियर तथा कंप्यूटर प्रोग्रामर छन्। प्रत्येक वर्ष करिब ६५ हजार मानिस लट्री सिस्टमबाट भिसा प्राप्त गरिरहेका छन् ।

नेपाल इन्स्योरेन्सले ५% बोनस र शतप्रतिशत हकप्रद सेयर जारी गर्दै, भदौ १६ गतेदेखि बुक क्लोज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । उक्त निर्णय भदौ ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले कम्पनीको ६७औँ र ६८औँ वार्षिक साधारणसभा भदौ ३० गते बोलाएको छ । सो प्रयोजनको लागि भदौ १६ गतेदेखि भदौ ३० गतेसम्म कम्पनीको बुक क्लोज हुँदै छ ।

कर्मचारीले कान फुकेपछि मन्त्रीले मागे बाहिरी चक्रपथको विस्तृत कार्ययोजना

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले बाहिरी चक्रपथ आयोजनाको विस्तृत कार्ययोजना मागेका छन् । डिपिआर समेत स्वीकृत भैसकेको आयोजनालाई कार्यान्वयनमा लैजान मन्त्रालयकै केहि कर्मचारीले आनाकानी गरेपछि मन्त्री साहले कार्ययोजना मागेका हुन् । ‘मन्त्रालयका केहि उच्च कर्मचारीले बाहिरी चक्रपथ आयोजना अघि बढाउन चाहेका छैनन्, उनीहरुले नै मन्त्रीको कान फुकिरहेका छन, त्यसैले अब मन्त्रीले कार्ययोजना मागेर आफैं काम अघि बढाउन तयारी थालेका हुन’, शहरी विकास मन्त्रालय उच्च श्रोतले भन्यो । बाहिरी चक्रपथ आयोजनाका अधिकृत ध्रुव सापकोटाले पनि मन्त्रीले विस्तृत कार्ययोजना मागेको जानकारी दिए । ‘मन्त्रीज्यूबाट आयोजना कार्यान्वयनको विस्तृत कार्ययोजना माग भएको छ, हामी केहि दिनभित्रै बुझाउँछौं र मन्त्रीज्यूले काम अघि बढाउने आश्वासन दिनु भएको छ’, आयोजना अधिकृत सापकोटाले भने । शहरी विकास मन्त्री दिपेन्द्र नाथ शर्माले यसअघिे उपभोक्ता समिति गठनको विवरण, अधिग्रहण हुने जमिन, भत्काईने भौतिक संरचनाको विवरण मागेका थिए । बैशाख १३ गते बाहिरी चक्रपथको सतुंगल–चोभार क्षेत्रमा पर्ने ६ दशमलब ६१८ किलोमिटर खण्डको डिपिआर स्विकृत भएको थियो । ६ अर्ब लागतमा ६ दशमलब १६८ किलोमिटर सडक निर्माण लागिएको हो । त्यसका लागि सडकको दाँया बायाँ २५०/२५० मिटर जमिन अधिग्रहण हुनेछ । बाहिरी चक्रपथमा ५० मिटरको सुबिधा सम्पन्न सडक र बाँकी जमिनको व्यवस्थित शहरीकरणको योजना अनुसार बस्ती विकास गरिनेछ । मन्त्रीले स्किवृति गरेसँगै आयोजनाले सार्वजनिक सूचना प्रकाशित गरेर ७ हजार ८ सय रोपनी जमिन अधिग्रहण गर्नेछ । सो खण्डमा ८० वटा घर भत्काउनुपर्ने आयोजनाले जनाएको छ । ती घरहरुको उचित मुआब्जा दिने पनि आयोजनाले अधिकृत सापकोटाले बताए । पाइटल प्रोजेक्टका रुपमा अघि सारिएको यो खण्डको अनुमानित लागत ६ अर्ब ३० करोड रुपैंयाँ रहेको छ । २०६५ सालमा यस्तो लागत जम्मा २ अर्ब ९ करोड रुपैंयाँ मात्रै थियो ।

ओपल सेक्यूरिटिजको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले आइतबार ओपल सेक्यूरिटिज इन्भेष्टमेन्टको सेयर कारोबार रोक्का गरेको छ । धितोपत्र बोर्डलाई नियमन शुल्क नबुझाएको कारणले नेप्सेले उक्त सेक्यूरिटिजकोे कारोबार रोक्का गरेको हो । बोर्डलाई गत वर्षको शुल्क तिरेपछि मात्र यस सेक्यूरिटिज कारोबार खुला हुने छ ।  

डब्लुएफपीद्वारा बाढी प्रभावितलाई खाद्यान्न वितरण

काठमाडौं । संयुक्त राष्ट्र सङ्घ विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी०ले नेपालका बाढी प्रभावित एक लाख ८० हजार व्यक्तिका लागि खाद्यान्न वितरण शुरु गरेको छ । डब्लुएफपीले स्थानीय निकायसँगको समन्वयमा सप्तरी, रौतहट, बाँके र बर्दियामा दुई साताका लागि पुग्ने गरी चामल र दाल वितरण गर्न शुरु गरेको डब्लुएफपीका सञ्चार अधिकृत सीताष्मा थापाले जानकारी दिए । साथै स्थानीय बजार पुनःस्थापन भइसकेका क्षेत्रमा रहेका रौतहट जिल्लाका थप ४० हजार विस्थापितलाई खाद्यान्न खरिदका लागि नगद प्रदान गरिने उनले बताए । सरकारी तथ्यांकअनुसार केही दिनअघिको बाढीबाट तराईका ८० प्रतिशतभन्दा बढी भूभाग डुबान हुँदा त्यहाँ ठूलो संख्यामा घर, सञ्चित खाद्यान्न, गाईबस्तु-चौपाया तथा बालिनालीमा क्षति पुगेको छ । मुलुकको अन्न भण्डारका रुपमा रहेको तराईमा बाढीका कारण धान तथा गहुँको उत्पादनमा समेत असर पर्ने अनुमान गरिएको छ । डब्लुएफपीले कुपोषणबाट बचाउनका लागि सरकार तथा अन्य साझेदार संस्थासँगको सहयोगमा बाढी प्रभावित १३ जिल्लाका १९ हजार ५०० गर्भवती तथा सुत्केरी महिला र छदेखि २३ महिनासम्मका २७ हजार ७०० बालबालिकाका लागि थप २०० मेट्रिक टन प्रशोधित खाद्यान्न उपलब्ध गराउने जनाएको छ । रासस

घर कस्तो बनाउने ? निर्माण सामाग्री के प्रयोग गर्ने ?

कृष्णभक्त दुवाल कृष्णभक्त दुवाल इन्जिनियर हुन् । उनी विगत १० वर्षदेखि खोप इन्जिनियरिङ कलेजमा पढाउँछन् पनि । उनले पुल्चोक इन्जिनियरिङ कलेजबाट नविकरणीय उर्जा विषयमा सन् २००९ मा एमई गरेका छन् । उनको अगुवाईमा इन्टरनेशल ग्रीन डेभलपर्स नेपाल प्रालिले घर निर्माणको नयाँ सामाग्री उत्पादन तथा बजारीकरण गर्दै आएको छ । सो कम्पनीको उनी प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक छन् । आफै इन्जिनियर, आफै मास्टर, अनि निर्माण सामाग्रीको उद्यमी पनि । त्यसैले आधुनिक र गुणस्तरी निर्माणमा जोड दिन्छन् । ‘घर बनाउँदा सुरक्षीत हुनुपर्छ, वातावरण मैत्री निर्माण सामाग्रीको प्रयोगमा हुनुपर्छ । नविकरणीय र किफायति उर्जाको प्रयोग हुनुपर्छ’ उनको सुझाव छ । उनको परिवारले ३३ वर्ष पहिलेदेखि इटाभट्टा व्यवसाय गर्दै आएको छ र अहिले पनि इटा भट्टा चलाउँछन् । आफ्नो परिवारले चलाएको इटाभट्टले प्रदुशण गरेकोले त्यसको विकल्पमा अन्य निर्माण सामाग्री उत्पादनतिर आफू लागेको उनी बताउँछन् । कस्तो घर बनाउने ? उनी पटक पटक विदेश विदेश जान्छन् । कस्तो घर बनाउनु पर्छ ? कस्तो निर्माण सामाग्री नेपालको लागि उपयुक्त हुन्छ ? उनको दिमागमा जहिले पनि रहन्छ । धेरै देशमा धेरै प्रकारको घर देखेका छन् उनले । उनी भन्छन्–जापानमा भूकम्पीय सुरक्षालाई बढी प्राथमिकता दिइन्छ । भूकम्पले नलड्ने सानो र हलुका घर बनाउन जोड दिईन्छ । घर लड्यो भने पनि मान्छे सुरक्षीत रहने किमिमले हलुका निर्माण सामाग्रीको प्रयोगमा जापानीहरुले जोड दिन्छन्’ दुवाल भन्छन्–‘गर्मी वातावरण भएका देशमा घर भित्र तातो हावा छिर्न नदिने उपाय अपनाईन्छ, चिसो वातावरण हुने देशमा घर भित्र कसरी न्यानो बातावरण बन्छ भनेर सोही अनुसार निर्माण सामाग्री प्रयोग गरिन्छ ।’ नेपालका कस्तो निर्माण सामाग्री प्रयोग गर्ने त ? दुवाल भन्छन्–‘नेपालीको पहिलो प्राथमिकता चोर पस्न नसक्ने बलियो घर बनाउनु हो । २०७२ सालको भूकम्प पछि भूकम्पीय सुरक्षालाई पनि नेपालीहरुले प्राथमिकतामा राखेका छन् ।’ उनका अनुसार नेपालीलाई घर भित्र सर्प छिर्ने डर पनि हुन्छ । जंगली जनावर छिर्ने डर पनि हुन्छ । चोर पस्ने डर पनि हुन्छ । जाडो र गर्मीबाट बच्ने घर पनि चाहिन्छ । घर कसरी बनाउने ? प्राकृतिक स्रोत साधान कम प्रयोग गरि निर्माण सामाग्री निर्माणमा विश्वले जोड दिएको छ । तर एशियामा अझै पनि परम्परागत (कन्भेन्सनल) निर्माण सामाग्रीको प्रयोग गरिन्छ । नयाँ घर वातावरण मैत्री, कम उर्जा खपत हुने, बलियो र निर्माण लागत कम हुने घर बनाउनु बुद्धिमानी हुने उनी बताउँछन् । यस्तो घर बनाउन मद्दत पुग्ने गरी आफ्नो कम्पनीले ‘गोर्खा इको प्याजन’ ब्राण्डको निमार्ण समाग्री उत्पादन गरिरहेको उनले बताए । गोर्खा इको प्यानलका सामाग्रीहरु बातावरण मैत्री, घर बनाउन छिटो हुने, सस्तो हुने र ७० वर्षसम्मको ग्यारेन्ट हुने उनी बताउँछन् । प्रदूषण न्युनीकरणका लागि थर्माेकोलबाट बनेको इको प्यालन उचित निर्माण समाग्री भएको उनी बताउँछन् । यसको जडान मजबुद हुन्छ र यो वातावरणमैत्री छ । यसमा सजिलै विद्युतयी उपकरण जडान गर्न कन्सिल वायरिंग तथा बाथरुमको टायलहरु जडान गर्न सकिन्छ । सस्तो र छिटो गोर्खा इको प्यानल निर्माण सामाग्री प्रयोगले गाह्रो बनाउँदा ईटाले भन्दा १५ देखि २० प्रतिशतसम्म सस्तो पर्ने उनी बताउँछन् । यसको प्रयोगबाट साना घर ७ लाख रुपैयाँसम्ममा बन्ने र २२/२५ लाख रुपैयाँ लगानीमा ठूला घर निर्माण हुने उनी बताउँछन् । भवनको संरचना लगायत विभिन्न भाग कारखानामा पहिले नै बनाएर निर्माणस्थलमा लगेर जडान गरिने भएकोले यसको प्रयोगबाट छिटो निर्माण सम्पन्न हुन्छ, किनकि यो चाँंडो जडान गर्न सकिन्छ । कम्पनीले दुई इन्चदेखि नौ इन्च मोटाइसम्मको इको प्यानल उत्पादन गर्दै आएको छ । चौडाई दुईफिट र लम्वाई साढे सात फिटको इको प्यानल जडानमा छिटोछरिटो र मजबुद रहेको कम्पनीको दावी छ । कम्पनीले स्थायी तथा अस्थायी भौतिक संरचनाको भित्री पार्टेशन वाल (गाह्रो) तथा बाहिरी वालमा प्रयोग हुने निर्माण सामाग्रीको उत्पादन गरिरहेको छ । इको प्यानल स्थायी आवासीय घर तथा मल्टिकम्प्लेक्स निर्माणमा पनि प्रयोग हुँंदै आएको छ । कम्पनीका अनुसार गोरखा इको प्यानल स्वदेशी प्रिफ्याव्रिकेटेट इको प्यानल हो । यो परम्परागत निर्माण सामाग्री भन्दा हलुका, चाँंडो जडान गर्न मिल्ने, वातावरण मैत्री, थर्मल इन्स्युलेसन, साउण्ड इन्स्युलेशन, वाटर प्रुफ तथा फायर प्रुफ रहेको छ । यसका उत्पादन हलुका रहेकाले यो भूकम्प प्रतिरोधी समेत छ । इन्टरनेशल ग्रीन डेभलपर्स नेपाल प्रालिले बहराइनस्थित अलखाजा कम्पनी लिमिटेडसँगको संयुक्त लगानीमा सन् २०१४ देखि गोरखा इको प्यानल उत्पादन गर्दै आएको छ । यसले प्रयोग गरेको प्रविधि बहराईनको हो । वहराइनमा विकास भएको प्रविधिमा आधारित यस उद्योगले सुरुमा ५० प्रतिशत बाहिरी मुलुकबाट कच्चा पदार्थ आयात गरी निर्माण थालेको थियो । पछि कम्पनीले पुल्चोक इन्जिनियरिंग क्याम्पससँंगको सहरिसर्चमा नेपाली कच्चा पदार्थको प्रयोग वृद्धि गर्न कम्पनी सफल भएको छ । हाल १० प्रतिशतमात्रै आयातित कच्चा पदार्थ प्रयोग हुने गरेको कम्पनीले जनाएको छ । नयाँ प्रविधि, नयाँ प्रयोग विश्वका विभिन्न मुलुकमा दशकौंदेखि प्रयोग हुँदै आएको यस्तो प्रविधि नेपाल भित्रिएको भने धेरै भएको छैन । नयाँ प्रविधि भएकोले नेपाली समाजमा यसको प्रयोग र बजार विस्तार चूनौति पूर्णछ । आरसीसी घर बनाउँदै आएका नेपालीलाई नयाँ प्रविधि सिकाउँदै जानु पर्ने देखिएको छ । ‘गोर्खा इको प्यानलको पहिलो ग्राहक विदेशमा काम गरेर फर्केका नेपाली हुन् । घर बनाउँदा उनीहरुको पहिलो रोजाई इको प्यानल हुने गरेको छ’ दुवाल भन्छन्–‘छोराछोरी विदेशमा छन् र नेपालमा नयाँ घर बनाउनु छ भनेर उनीहरुले आफ्नो घरको अविभावकलाई इको प्यालन प्रयोग गर्न भन्छन् । छोराछोरीको सुझाव मानेर नयाँ प्रविधि र नयाँ निर्माण सामाग्रीको प्रयोग गर्ने संस्कार विकास हु्ँदै गएको छ ।’ पछिल्लो समय कर्पोरेट आउसहरुमा यसको प्रयोग बढेको छ । ललितपुर बालकुमारीको वेस्टर टावर, कलंकीको नेसनल विजनेस ट्रेड सेन्टर, बानेश्वरको श्रीकृष्ण टावर, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, धुलिखेल अस्पताल, निर्वाचन आयोग, ख्वपः कलेज, लगायतमा गोरखा इको प्यानलको प्रयोग गरेको छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिप्रदी ट्रेडिङ, नर्भिक इन्टरनेशनल हस्पिटल, नोवल एकेडेमी, नेपाली सेना, मेट्रो काठमाडौं हस्पिटल लगायतले गार्खा इको प्यानलका निर्माण समाग्री प्रयोग गरि नयाँ भवन बनाउने तथा पुराना भवनहरु पार्टेशन गर्ने काम गर्दै आएको उनले बताए । गुणस्तरी प्रिफ्याव वा इको प्यानल पनि धेरै प्रकारका हुन्छन् । नेपालीमा प्रिफ्याव भनेपछि त्यसबाट बन्ने संरचना अस्थायी, सस्तो अनि कमसल मात्रै हुन्छन् भन्ने भ्रम छ । जुन सरासर गलत हो । गुणस्तरीय प्रिफ्याबबाट पनि स्थायी एवं टिकाउ संरचनाहरु निर्माण गर्न सकिन्छ । फ्याक्टीमा पहिले बन्ने गुणस्तरीय प्रिफ्याबबाट गगनचुम्बी भबनहरु, स्थायी घरहरु, विद्यालय, अफिस, हस्पिटल आदि इत्यादि सजिलै र छिटोछरितो निर्माण गर्न सकिन्छ । यो भ्रमलाई चिर्दै गोरखा इको प्यानलको प्रयोग देशको विभिन्न भागमा आवासयी घर, व्यापारिक भबन, मल्टिकम्प्लेक्स, हस्पिटललगायतमा प्रयोग हुँंदै आएको छ । दुवालका अनुसार कम्पनीको उत्पादनको माग पनि बढ्दो छ । कम्पनीले आईएसओ ९००१ः २०१५ चिन्ह प्राप्त गरेको गरिसकेको छ । भूकम्पीय सुरक्षा इटाको सट्टा प्रिफ्यावका वालहरु लगाउने हो भने भूकम्पीय दृष्टिकोणले जोखिम कम हुने इन्जियर दुवाल बताउँछन् । किनकि इटा भन्दा यो हलुका छ । कम भार परेर भूकम्पीय दृष्टिकोणले यो कम जोखिमपूर्ण हुने भएको हो । त्यति मात्रै होइन, यसको प्रयोगले घरको निर्माण लागत पनि हुन जान्छ । बजार विस्तार भक्तपुरमा कारखाना रहेको यसको उत्पादन देशैभरि ठाउँंठाउँंमा रहेको डिलर्समार्फत उपलव्ध छ । हालसम्म काठमाडौं, भक्तपुर, ललितपुरलगायत उपत्यका बाहिरका विराटनगर, इटहरी, हेटौडा, चितवन, पोखरा, दाङ्ग, धनगढीमा यसका डिलर्सहरु रहेका छन् । भक्तापुरमा उत्पादित यी निर्माण सामाग्री पूर्वमा झापादेखि पश्चिममा नेपालगञ्गजम्म बिक्री हुन्छ । यसरी निर्माण सामाग्री ढुवानी गर्दा २/३ प्रतिशत महँगो हुने गरेको उनले बताए ।

सुर्या लाइफले १० प्रतिशत बोनस र ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले आर्थिक बर्ष २०७२/७३ को नाफाबाट १० प्रतिशत बोनस सेयर अर्थात ६ करोठ ५६ लाख रुपैंयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । बोनस सेयर वितरण गरेपछि हुने पुँजीको ४० प्रतिशतका दरले हकप्रद सेयर पनि निष्काशन गर्ने कम्पनीले जनाएको छ । बोनस सेयर र हकप्रद सेयर सम्बन्धी प्रस्तावलाई भदौ २७ गते हुने साधारण सभाबाट पारित गरेर कार्यान्वयनमा लैजाने कम्पनीले जनाएको छ ।