दशै तिहारको अवसरमा जेनरल मार्केटिङ्गले ल्यायो नयाँ योजना, खरिदमा डिस्काउन्टका साथै नगद पुरस्कार
काठमाडौं । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले “ यो दशै र तिहारमा भाग्य मनी भए” नामक नयाँ योजना ल्याएको छ । मार्केटिङ्गले नेपालीहरुको महान चाड बडा दशै र तिहार २०७४को उपलक्ष्यमा उक्त योजना ल्याएको हो । यस योजना अन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँ पक्का डिस्काउन्ट पाउने छन् । साथै, स्क्रयाच कार्ड मार्फत १ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म पाउन सक्ने र साप्ताहिक बम्पर लक्की ड्र उपहार स्वरुप एक जनाले १ लाख रुपैयाँ नगद पाउने कम्पनीले जनाएको छ ।
नयाँ स्थानमा विद्युत् उत्पादन सम्भाव्यता अध्ययन गरिने
सुर्खेत । ऊर्जामन्त्री महेन्द्र शाहीले ६ नं प्रदेश विद्युत्को भन्डार भएको बताएका छन् । नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय आज उद्घाटन गर्दै ऊर्जामन्त्री शाहीले ऊर्जाको विकास गर्न कर्णाली र भेरी करिडोरलाई प्राथमिकतामा राखिएको तथा ६ नं प्रदेशका नयाँ स्थानमा विद्युत् उत्पादन गर्न सम्भाव्यता अध्ययनलाई प्राथमिकतामा राखिएको जानकारी दिए । मन्त्री शाहीसहित मन्त्रालयका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोली कर्णाली र भेरी करिडोरको भम्रणमा छ । आज जाजरकोटमा ३३ केभी विद्युत् प्रसारण लाइनको औपचारिक उद्घाटन जाजरकोट सदरमुकाम हुँदैछ । रासस
मञ्जुश्री फाईनान्सको एघारौँ शाखा वीरगञ्ज
काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले आफ्नो एघारौ शाखा कार्यालय पर्सा जिल्लाको वीरगञ्जमा सञ्चालन गरेको छ । फाईनान्सका सञ्चालक समितिका सदस्यहरु कमलकुमार वेगानी तथा चिन्तामणि गौतमले संंयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका छन् । काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यस अघि नारायणगढ, न्युरोड-काठमाडौं, बुटवल, धनगढी, इटहरीे, बिराटनगर, नेपालगञ्ज, धरान तथा पोखरामा शाखाहरु रहेका छन् । हाल कम्पनीको चुक्ता पूँजी ७२ करोड ४३ लाख रुपैयाँ रहेको छ । फाईनान्सले हालसम्म निक्षेप ४ अर्ब ४६ करोड रुपैयाँ तथा कर्जा तर्फ ३ अर्ब ८९ करोड रुपैयाँ परिचालन गरेको छ । यसका साथै फाईनान्सले विप्रेशण, एटीएमसेवा लगायत निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।
नेप्सेमा ८१ करोडको सेयर कारोबार, पाँच कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । आइतबार नेपाल स्टक एक्चेञ्ज(नेप्से)मा ८१ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । बजारमा १६५ कम्पनीको २७ लाख २६ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएकोे छ । नेप्से पनि ४ दशमलब ५१ अंकले उकालो लागेर १६२२ अंकमा पुगेको छ । सो दिन सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ । एकै दिन बैंकको ५ करोड ५२ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको हो । बैंकले आफ्ना लगानीकर्तालाई ३० प्रतिशत बोनस र १८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेपछि बैंकको सेयर कारोबार बढी भएको हो । त्यस्तै, बजारमा ५ कम्पनीका लागानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सिर्जना फाइनान्स, हिमालयन पावर पार्टनर र स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यसैगरी, सुमीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ९.९७ र हिमालयन डिष्टीलरीको ९.९३ प्रतिशतले सेयर मूल्य बढेको छ । बजारमा उत्पादनमूलक समूहको परिसूचक ३२ अंकले बढेको छ । त्यस्तै, विकास बैंक र हाइड्रो समूहको परिसूचक क्रमशः१२ र ११ अंकले उकालो लागेका छन् । उता बीमा, फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः ३४, १ र ६ अंकले ओरालो लागेका छन् ।
जोखिमयुक्त बस्तीका परिवारलाई लाभग्राही सूचीमा राख्न सुरु
काठमाडौं। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जोखिमयुक्त भनी पहिचान भएका बस्तीका भूकम्प प्रभावितलाई लाभग्राहीको सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ । प्राधिकरण कार्यकारी समितिको पछिल्लो बैठकले धादिङको गंगा जमुना गाउँपालिकाका १७ घरधनीलाई लाभग्राही सूचीमा राखेको हो । प्राधिकरणले यसरी लाभग्राही सूचीमा राखेकामा गंगा जमुना गाउँपालिका वडा नं १ रि गाउँका ब्लेक लामा तामाङ, नेमबहादुर तामाङ, सुतमान तामाङ, बलबहादुर तामाङ र चमबहादुर तामाङ छन् । सोही गाउँपालिकाको २ नं वडाका रामबहादुर तामाङ, शिवा तामाङ, गंगाबहादुर तामाङ, फुर्वा लामा तामाङ र दाइबहादुर तामाङ पनि लाभग्राही सूचीमा समावेश भएका छन् । त्यस्तै रक्से लामा तामाङ, मनोज तामाङ, जलबहादुर तामाङ, डेमे लामा तामाङ, सुनबहादुर तामाङ, अमृत तामाङ र खम्बा लामा तामाङ पनि लाभग्राही सूचीमा परेका छन् । जोखिमयुक्त बस्तीबाट स्वेच्छिक रुपमा सुरक्षित स्थानमा सर्न चाहने लाभग्राहीलाई प्राधिकरणको सिफारिसमा सरकारले घडेरी खरिद गर्न दुई लाख रुपैयाँ दिन्छ । बाँकीलाई उपयुक्त जग्गा व्यवस्थापनका लागि पहल गर्न प्राधिकरणले सम्बन्धित जिल्लाका प्रजिअलाई निर्देशन दिइसकेको छ । जोखिमयुक्त बस्तीका बासिन्दालाई जतिसक्दो छिटो सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने पहलस्वरुप तत्कालका लागि १७ परिवारलाई लाभग्राही सूचीमा समावेश गरिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए। जोखिमयुक्त भनी प्राधिकरणले प्रमाणित गरेका स्थानका लाभग्राहीले जग्गा खरिदका लागि दुई लाख रुपैयाँ र निजी आवास पुनःनिर्माणका लागि थप तीन लाख रुपैयाँसमेत पाउनेछन् । प्राधिकरणले हालसम्म १३६ बस्ती स्थानान्तरण गर्नुपर्ने प्रमाणित गरेको छ । तीमध्ये ६० वटा पूर्णरुपमा र बाँकी आंशिक रुपमा सार्नुपर्ने देखिएको छ । जोखिमयुक्त १३६ बस्तीमा दुई हजार ३६१ घरधुरी छन् । प्राधिकरणले पहिलो चरणमा पाँच जिल्लाका पाँच जोखिमयुक्त बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरी नमूना एकीकृत बस्ती निर्माण गर्ने प्रक्रिया पनि अघि बढाएको छ । गोरखाको केरौँजा, सिन्धुपाल्चोकको सेलाङ, रसुवाको खाल्टे, नुवाकोटको उर्लेनी र दोलखाको बोसिम्पा बस्ती यसमा परेका छन् । जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियालाई सहजीकरण गरी तीव्रता दिन प्राधिकरणले परामर्शदातालाई समेत जिल्लामा परिचालन गरिसकेको छ । परामर्शदाताले पहिलो चरणमा नक्साको विस्तृत खाका बनाएर प्राधिकरणमा पेश गरेको छ । रासस
बोर्डले बाइपास गरेपछि सेन्चुरी बैंकका सीईओ तिमल्सिनाले गरे राजीनामा
काठमाडौं । सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुजमणि तिमल्सिनाले राजीनामा गरेका छन् । सञ्चालक समितिले बाइपास गरेर डेपुटी सीईओ जीवन भट्टराईलाई बैंकको महत्वपुर्ण काम लगाएपछि असुन्तुष्टि जनाउदै तिमल्सिनाले एक साता अघि नै सीईओबाट राजीनामा गरेका हुन् । उनको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेको छैन् । सेन्चुरी बैंकका सीईओले राजिनामा गरेको आफुले पनि सुनेको नेपाल राष्ट्र बैंकका सहायक प्रवत्ता राजेन्द्र पण्डितले जानकारी दिए । उनले औपचारिक रुपमा जानकारी आउन बाँकी रहेको बताए । सञ्चालक समितिले तिमल्सिनालाई बाइपास गरेर धमाधम डेपुटी सीईओ भट्टराईमार्फत काम गराएपछि उनले असन्तुष्ठि जनाउदै आएका थिए । बैंकले यस विषयमा जानकारी बाहिर ल्याएको छैन् । सहायक महाप्रवन्धक मनिष तिमल्सिनाले दुई साताअघि नै राजीनामा गरेको बैकका प्रवत्ता शेखरराज वस्ताकोटीले बताए । उनले सीईओको राजीनामाको बारेमा आफुलाई जानकारी नभएको बताए । प्रवत्ता वस्ताकोटीका अनुसार सीईओ तिमल्सिनाको कार्यकाल अझै २ वर्ष बाँकी छ । कान्छो बैंक सेन्चुरीलाई चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याउन दवाव छ । उसको पुँजी ५ अर्ब ४६ करोड रुपैयाँ मात्र छ । सेन्चुरीले अल्पाईन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ति गर्देछ । २ वटा वित्तीय संस्थालाई प्राप्त गरेपछि गत आर्थिक वर्षमा गरेको नाफाबाट बोनस सेयर वितरण गरेर चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । बैंकले गत आवमा ४४ करोड ७४ लाख रुपैयाँ खुदनाफा गरेको छ ।
केमु बन्यो दराज, चार दिने अनलाइन कार्निभलमा कति पाइन्छ छुट ?
काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म दराज डटकम डटएनपीले चार दिने अनलाइन सपिङ कार्निभल सुरु गरेको छ । तत्कालिन केमु डटकम डटएनपीबाट दराज डटकम डट एनपीमा रुपान्तरण भएको उपलक्ष्यमा दोहोरो छुट सहित ‘दराज कार्निभल सेल’ सुरु भएको हो । केमु नेपालको अनलाइन प्लाटफर्ममा अग्रणी स्थानमा रहँदै आएको थियो । आगामी दिनमा उसले दराज ब्राण्डबाट अझै परिष्कृत रुपमा आफ्नो उपस्थिति जनाउन लागेको हो । भदौ १२ देखि १५ गतेसम्म सञ्चालन हुने कार्निभल सेलमा सेवाग्रहीले हरेक सामानको खरिदमा दोहोरो छुट पाउने छन् । दराजले अहिले प्रदान गरिरहेको छुटमा कार्निभल अवधि भर थप १० प्रतिशत छुट दिनेदराजका प्रबन्ध निर्देशक राजिव अमात्यले बताए । कानिर्भल अवधिमा दराज डटकम डटएनपीमा लग इन गरी मोबाइल, विद्युतीय सामग्री, लत्ता कपडा, सौन्दर्यका उत्पादन लगायत दैनिक उपभोग्य सामान खरिद गर्नेले छुट पाउने बताइएको छ । आफुले खरिद गरेको सामान चित्त नबुझेको खण्डमा सेवाग्राहीले सात दिन भित्रमा सामान फिर्ता गर्न सक्ने दराजले जनाएको छ । सबै किसिमका ब्राण्डेड उत्पादन एकै स्थानबाट सेवाग्राहीलाई सुपथ मूल्यमा उपलब्ध गराउने लक्ष्य सहित दराजले नयाँ ब्राण्ड नाम अघि सारेको हो । दराज समुहले नेपाल सहित पाकिस्तान, श्रीलङ्का, बंगलादेश र म्यानमारमा पनि विगत तीन वर्षदेखि आफ्नो सेवा दिंदै आएको छ । पाँच मुलुकमा जनाएको उपस्थितिले अनलाइन प्लेटफर्ममा ठुलो संख्यामा सेवाग्राही आबद्ध हुने दाबी दराज समुहको छ । दराजले परिष्कत रुपको नयाँ वेबसाइट सहित एण्ड्रोइड तथा एप्पल स्टोरमा एप समेत सञ्चालनमा ल्याएको छ । सेवाग्राहीले आफुलाई पायक पर्ने गरी कम्प्युटर तथा मोबाइलबाट सामान खरिद गर्न सकुन भन्नका लागि दराजले सबै प्लेटफर्ममा उपस्थिति जनाएको हो । नेपालमा वस्तु तथा सेवाको विद्युतीय कारोबार प्रणालीको विकासमा प्रतिबद्ध रहेको दराजले आगामी दिनमा पनि यस्ता अनलाइन मेलाको आयोजना गर्ने लक्ष्य लिएको छ । केही समय अघि मात्र दराजले अनलाई मोबाइल सप्ताह आयोजना गरेको थियो ।
हर्न बजाउने १७२ जनालाई कारबाही, ५५७ जनाको प्रेसर हर्न नियन्त्रणमा
चितवन। शहरी क्षेत्रमा हर्न निषेधित क्षेत्र घोषणा भइसकेपछि हर्न बजाउने १७२ जनालाई कारबाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार यही भदौ १ गतेदेखि भरतपुर महानगरपालिकाको चक्रपथ क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । सो क्षेत्र घोषणा गरिएसँगै ट्राफिक प्रहरीले एक हजार १५५ जनालाई सम्झाइ बुझाइ पठाएको छ भने ५५७ जनाको प्रेसर हर्न नियन्त्रणमा लिएको छ । सोही क्रममा दुई हजारप्रति प्रचारप्रसारका सामग्री वितरण गरिएको छ । काठमाडाँै र पोखरापछि चितवनको भरतपुर केन्द्रीय बस टर्मिनल, चौबीसकोठी, नारायणगढ बजार हाइवे, आँपटारी र बाइपास सडक खण्डमा संकटकालीन अवस्थामा बाहेक हर्न निषेध गर्नेे निर्णय भएको छ । भित्री सडकमा पनि हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो । चर्को आवाजका कारण स्वास्थ्यमा प्रत्यक्ष असर परेकाले सवारी साधनले हर्न बजाउन नपाउने गरी निर्णय गरिएको हो । निषेधित ठाउँमा हर्न बजाएमा पहिलो पटकलाई पाँच सय रुपैयाँ, दोस्रो पटकलाई एक हजार रुपैयाँ र तेस्रो पटकका लागि एक हजार पाँच रुपैयाँ सय जरिवाना असुल गरिने छ । रासस