विकासन्युज

सडकमा सेनाः ६०१ किलोमिटर सडक धमाधम

काठमाडौं । नेपाली सेनाले ६०१ किलो मिटर सडक निर्माणको काम तिब्र गतिमा अघि बढाईरहेको छ । सरकारले रणनीतिक महत्वका सडकहरुको निर्माण गर्ने जिम्मेवारी नेपाली सेनालाई दिने गरेको छ । ‘कठिन भौगोलिक बनोट भएका रणनीतिक महत्वका सडकहरु हाम्रै सिफारिसमा नेपाली सेनालाई दिने गरिएको हो, अहिले उत्तर दक्षिण करिडोरका केहि सडकमा सेनाले काम गरिरहेको छ’, सडक विभागका महानिर्देशक गोपाल सिग्देलले भने । सिग्देलका अनुसार नेपाली सेनालाई कठिन भुगोल भएका सडकको ट्रयाक खोल्ने जिम्मेवारी दिने गरिएको हो । यद्यपी पछिल्लो पटक सेनाले काठमाडौं–निजगढ फास्ट ट्रयाकको भने पुरै निर्माण गर्ने जिम्मेवारी पाएको छ । बैशाख २१ गतेको मन्त्रिपरिषद बैठकले ७६.२ किलोमिटर लामो फास्ट ट्रयाक चार बर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित नेपाली सेनालाई दिएको हो । यी हुन सेनाले धमाधम बनाईरहेका सडक कर्णाली करिडोर १९६.३४ किलोमिटर जाजरकोट–डोल्पा–दुनै ११८ किलोमिटर कालिगण्डकी करिडोर ७६ किलोमिटर बेनिघाट–आरुघाट–लार्के भञ्ज्याङ ११८ किलोमिटर मैलुङ–स्याफ्रुबेसी १७ किलोमिटर काठमाडौं–निजगढ फास्ट ट्रयाक ७६.२ किलोमिटर नेपाली सेनाले यस अघि २०४५ सालमै अरनिको राजमार्गको बाह्रबिसे सडक खण्ड निर्माण गरेको थियो भने २०५० सालमा त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा पनि काम गरेको थियो । त्यस्तै, २०६५ सालमा सप्तकोशीमा आएको बाढीका कारण सडकमा क्षतिपुगेपछि वैकल्पिक मार्गको निर्माण पनि सेनाले नै सम्पन्न गरेको थियो । २०७१ सालमा सिन्धुपाल्चोकको जुरेमा पहिरो खसेर बनेको कृतिम तालको पानी सहज ढंगले निकास गराएको थियो । त्यस बाहेक सेनाले इम्जा ताल ७ करोड लिटर पानी घटाएर विस्फोटनबाट जोगाएको थियो । नेपाली सेनाको इञ्जिनियरिङ विभागका प्राबिधिक उप रथी योगेन्द्र बहादुर खाँणले देशको विकासमा सेनाले आफ्नो दायीत्व कुशलता पुर्वक निर्वाह गरेको बताउँछन् । उनले उत्तरदक्षिण करिडोरका सडकहरुको ट्रयाक खोल्ने कार्य तोकिएको समयमै सम्पन्न गर्ने र फास्ट ट्रयाकको निर्माण पनि आगामी ४ बर्षभित्रै पुरा गर्ने बताए । ‘फास्ट ट्रयाकको निर्माण आगामी चार बर्षभित्रै सम्पन्न गर्ने लक्ष्य र कार्ययोजनासहित काम अघि बढाएका छौं’, उप रथी खाँणले भने । सांसद गुरु बुर्लाकोटीले नेपाली सेनाको क्षमतालाई अभिवृद्धि गरेर विकास निर्माणको अन्य काममा समेत लगाउनुपर्ने धारणा राखे । संसदको विकास समिति बैठकमा बोल्दै उनले भने–‘सेनाले पेट्रोल पम्प चलाउने र व्यापार गर्ने काम छाडेर अब विकासका काम ध्यान दिनुपर्छ, विकासका काममा सेनाको सहयोग अपरिहार्य भएको छ ।’

दशैंमा सनराइज बैंकको ८ शाखा सञ्चालनमा, कुन शाखा कहिले खुल्ला हुन्छ ?

काठमाडौं । दशैंको अवसरमा सनराइज बैंकले सार्वजनिक बिदाका दिनहरुमा समेत आफ्ना शाखाहरु खुल्ला गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवा सुविधाको लागि सार्वजनिक बिदाका दिन पनि नगद काउन्टर खुल्ला गर्न लागेको हो । सो अवधिमा यस बैंकले आफ्ना ८ शाखाहरु सञ्चालनमा ल्याउन लागेको छ । बैंकले काठमाडौंका तीन शाखा र काठमाडौं बाहिरका ५ शाखाहरु गरि जम्मा ८ वटा शाखा सञ्चालनमा ल्याउन लागेको हो । साथै, यस बैंकको मेट्रो पार्क, उत्तरढोका, लाजिम्पाट स्थित मलेसिया भिएलएन एक्सटेन्सन काउन्टरको सेवा पनि बैंकको काठमाडौंको गैह्रिधारा शाखाबाट उपलब्ध गराउने भएको छ । उक्त सेवा असोज ११ तथा असोज १६ देखि २० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बैंकको यस शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई क्यापिटलले १६ प्रतिशत नगद लाभांश दिने, १० प्रतिशत बोनस पनि

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले आफ्ना सेयरधनीलाई १६ दशमलब ३१६ प्रतिशत नगद लाभांश दिने भएको छ । साथै, कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर दिने विशेष प्रस्ताव राखेको छ । उक्त सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्न कम्पनीले आगामी असोज २७ गते कम्पनीको १०औँ वार्षिक साधारणसभा बोलाएको छ । साथै, कम्पनीले आफ्नो चुक्ता पूँजी बढाई ३० करोड रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ ।

वरुण हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले ५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई सो लाभाँश दिने प्रस्ताव गरेको हो । साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरण हुने कम्पनीले जनाएको छ । कम्पनीको १३ औ र १४ औं वार्षिक साधारणसभा असोज २७ गते गर्ने भएको छ । यस्तै १ बराबर १ हकप्रद सेयर वितरण हुने कम्पनीले जनाएको छ ।

यूनियन लाइफ इन्स्योरेन्सले हिजो अनुमति पायो, भोलिबाट सञ्चालनमा आउने

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले हिजो (बुधबार) बीमा समितिबाट कारोबार सञ्चालन अनुमति पाएको छ । यस कम्पनीले भोलि (शुक्रबार) औपचारिक रुपमा कारोबार शुरु गर्ने तयारी गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले जानकारी दिए ।   बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागार्इले नयाँ बानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयको उद्घाटन गरी कारोबार शुभारम्भ गर्ने कम्पनीको तयारी छ । २ अर्ब १५ कराेड रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीका प्रवद्र्धकमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, टिवडेवाल ग्रुप र राजेश हार्डवेयर ग्रुपको लगानी रहेको छ । हाल यस कम्पनीमा ३ जना मात्र रहेको सञ्चालक समिति छ । कम्पनीको अध्यक्षमा सुलभ अग्रवाल रहेका छन् भने शेखर गोल्छा र सन्दीप अग्रगाल (गाडिया) सञ्चालक रहेका छन् ।

लोडसेडिङ हटाउने कुलेखानी जलासय १५१९ मिटर मात्र भरियो, अझै ११ मिटर बाँकी

काठमाडौं । नेपालको एक मात्र ऊर्जा संचिती (पावर व्याकअप) को रुपमा रहेको कुलेखानी जलासयमा पानीको सतह १ हजार ५१९ मिटर नाघेको छ । जलासयको सतह बढ्ने क्रम जारी रहेकाले १ हजार ५२३ मिटर नाघने अनुमान प्राधिकरणको छ । यो वर्ष कुलेखानी वरपर क्षेत्रमा पर्याप्त वर्षा हुन नसक्दा पानीको सतह अपेक्षाकृत बढ्न सकेको छैन् । जलसायको क्षमता १ हजार ५३० मिटरसम्म छ । अझै ११ मिटर पानी भरिन बाँकी छ । यो वर्ष पनि पानीको सतह गत वर्षको जतिकै हुने नेपाल विद्युत प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख विष्णु श्रेष्ठले बताए । १ हजार ५२३ मिटर नाघने उनको भनाई छ । वर्षाको पानी संचित गरेर सुख्खायाममा बिजुली उत्पादन गर्न कुलेखानी निर्माण भएको हो । कुलेखानी दोस्रो र तेस्रोको जडित क्षमता ९२ मेगावाट । १४ मेगावाटको तेस्रो आयोजना निर्माणधिन छ । यो आर्थिक वर्षमा सकिने लक्ष्य लिइएको छ । यो समेत गरी कुलेखानीको जडित क्षमता १०६ मेगावाट पुग्ने छ । बाँध कमजोर हुदै भूकम्पले गर्दा बाँधमा केही असर गरेरकाले बाँध कमजोर भएको प्रमुख श्रेष्ठ बताउछन् । बाँध कमजोर भएकाले १ हजार ५२५ मिटर भन्दा बढी पानी नथेग्ने संभावना रहेको उनको भनाई छ । आयोजना पुरानो भएको र भूकम्पले हल्लाउदा बाँधमा असर पुगेको छ । आउदो सुख्खायाममा लोडसेडिङ नहुने प्राधिकरणले बताएको छ ।  

प्रेस काउन्सिलद्धारा ४० जनालार्इ पत्रकार पुरस्कार दिने घोषणा, पुरस्कार राशी १० हजारदेखि १ लाख ५ हजारसम्म

काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न १० विधामा ४० जना पत्रकारहरुलाई पुरस्कार तथा सम्मान दिने भएको छ । प्रेस काउन्सिलले ४८ औं वार्षिकउत्सवको अवसरका उनीहरुलाई प्रतिव्यक्ति १० हजार देखि १ लाख ५ हजार रुपैयाँसम्मको नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । काउन्सिलले गोपाददास पत्रकारिता पुरस्कार रुपन्देशीका वालकृष्ण चापागाईलाई दिने भएको छ । त्यस्तै, सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार धर्मेन्द्र झालाई दिने भएको छ । दुबै पुरस्कारको राशी १ लाख ५० हजार रुपैयाँ रहेको छ । पुरस्कृत हुने पत्रकारहरुको सूचि निम्न अनुसार रहेको छ । उनीहरुलाई असाेज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कृत गर्ने कार्यक्रम रहेको प्रेस काउन्सिल नेपालले जनाएको छ ।

जगडोलमा तेस्रो संबिधन दिवस माइयाे, सरसफाइ कार्यक्रममा १३ वटै वडाका जनप्रतिनिधिहरु सहभागी

काठमाण्डौ । संविधान दिवसको उपलक्ष्यमा काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलमा स्थानिय जगडोल रेसिडेन्ट ग्रुप र सुगम बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा भिभिद सरसफाईका कार्यक्रम तथा जनचेतनामुलक सामाग्रीहरु गाउँका विभिन्न स्थानहरुमा टास गरि मनाएको छ । कार्यक्रममा आयोजक सस्थाले बिहानदेखि आवस्यक स्थानहरुमा डस्ट्बिन समेत राखि साँझ जगडोल झण्डा पार्कमा दीप प्रज्वलन गरि समापन गरेको थियो । संबिधानको सफलताको कामना गरौ । आफ्नो टोल सफा गरौं भन्ने नाराका साथ स्थानीय टोललाई सफा र सभ्य बनाउने उद्देस्यले बु.न.पा का मेयर उद्दव खेरेलले सार्वजनिक आह्वान गरेका छन् । सोही अवसरमा बुढानिलकण्ठ नगरपालिकाको सबै वडाहरुमा बिभिद सरसफाईका कार्यक्रमहरु र बेलुका दीप प्रज्वलनका कार्यक्रमहरु आयोजना गरि संविधान दिवस मनाईएको थियो । नगरपालिकाको १३ वटै वडाका जनप्रतिनिधिहरु मार्फत नगरपालिका भरी रहेका स्थानिय संस्था, बिद्यालय, सहकारी संस्था, पेसागत समूह, महिला समूह, राजनितिक दल लागायत विभिन्न क्षेत्र सगँ आवद्ध रहेका ब्यक्तिहरु स्वस्वफुर्त रुपमा सहभागि भएका थियो । कार्यक्रमलाई समापन गर्दै जगडोल रेसिडेन्ट ग्रुपका अध्यक्ष राजेश पौडेलले संबिधानको सफलताको लागि सम्पूर्ण नेपालीहरुमा शुभकामना दिएका थिए ।