विकासन्युज

नेपालको संविधान: शान्ति, स्थायित्व र विकासको नयाँ युगको सूत्रपात-प्रधानमन्त्री देउवा

न्यूयोर्क, अमेरिका  ।  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले मुलुकभित्र बहुलवाद र अन्तर्राष्ट्रिय सम्बन्धमा बहुध्रुवीय नीतिलाई अनुशरण गरेको बताएका छन् । ’  संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिन न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री देउवाले बिहीबार कोलम्बिया विश्वविद्यालयमा आयोजित ‘समावेशी लोकतन्त्र र विकासतर्फ नेपालको रुपान्तरण’ विषयक वल्ड लिर्डर्स फोरम (विश्व नेता मञ्च) लाई सम्बोधन गर्दै भने– ‘‘नेपालको यथार्थ बहुलवाद हो र यसको राष्ट्रिय शक्ति ऐक्यबद्ध संस्कृति र यहाँका जनताको धैर्यता हो ।’ यसै विश्वविद्यालयमा उहाँले दुई दशकअघि विश्वका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई सम्बोधन गरेका िथए । नेपालले शान्तिपूर्ण सहअस्तित्वसहितको पञ्चशीलको सिद्धान्तलाई अंगीकार गरी आएको बताउँदै उहाँले यसै सिद्धान्तले अनिश्चय र आरोहअवरोहबीचमा सुमधुर सम्बन्ध कायम राख्न मार्गनिर्देश गर्ने विश्वास प्रकट गरे। शान्ति, प्रगति र समृद्धिका लागि विश्वासको वातावरण निर्माण गर्न क्षेत्रीय सहयोग अपरिहार्य रहेको बताउदै प्रधानमन्त्री देउवाले सहयोग विस्तार तथा सबै पक्षको जीतका लागि ‘कनेक्टिभिटी’ पूर्व सर्त हो भने । उहाँले भने – “ऐतिहासिककालदेखि स्वतन्त्र रहन पाएकामा नेपाल गौरवान्वित छ । नेपालले स्वतन्त्र परराष्ट्र नीतिलाई अनुशरण गर्दा नेपालले कुनै भय र झुकावबिना गुणका आधारमा हरेक मुद्दामा निर्णय लिने गरेको छ ।” सबै पक्षसँग मित्रता कायम गर्नु र शान्ति, प्रगति र समृद्धिका लागि मिलेर काम गर्नु नेपालको लामो समयअघि देखिको नीति रहँदै आएको पनि उहाँले स्मरण दिलाए प्रधानमन्त्री देउवाले भने– “नेपाल आफ्ना मित्रहरुको चिन्ता र चासोप्रति सदा सजग रहेको र आफ्नै चासोमा पनि यसै किसिमको सजगताको अपेक्षा राख्छ ।” “परिवर्तित सन्दर्भमा राष्ट्रसंघको ठूलो भूमिका र जिम्मेवारी रहेको तथ्यलाई नेपालले महसुस गरेको छ, विश्वका चुनौतीको शीघ्रातिशीघ्र सामना गर्ने कार्यलाई अझ प्रभावकारी बनाउन हामीले राष्ट्रसंघको सुधार गर्नैपर्छ” – उनले । विश्वभर जटिल र ध्रवीकृत वातावरण सिर्जना भएको र आर्थिक तथा वित्तीय संकटले भूराजनीतिक प्रतिस्पर्धाका लागि नयाँ सुरक्षा तथा आर्थिक परिवेश खडा गरिदिएको पनि उल्लेख गरे। सन् २००६ मा सरकार र माओवादी विद्रोहीबीचमा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि विद्रोहीले सबै निर्वाचनमा भाग लिएको र सरकारको नेतृत्वसमेत गरेको स्मरण दिलाउँदै उनले भने, ‘‘सन् २००८ मा नेपाली जनताले समावेशी चरित्रको संविधानसभालाई चुनेको र त्यसैले २४० वर्षको राजसंस्थाको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा ग¥यो ।’’ सन् २०१५ को दोस्रो संविधानसभाबाट जनताका प्रतिनिधिले लोकतान्त्रिक तथा समावेशी संविधान जारी गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भने, ‘‘त्यसले शान्ति प्रक्रियालाई टुंग्याएको र समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको मात्र नभई शान्ति, स्थायित्व र विकासको नयाँ युगको सूत्रपात पनि ग¥यो ।’’

राष्ट्रिय बाणिज्य बैंक र नेपाल टेलिकममा ६०९ जनालाई जागिर खुल्यो

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक र नेपाल टेलिकममा ६०९ जनालाई जागिर खुलेको छ ।  राष्ट्रिय बाणिज्य बैंकले ५७१ जनाका लागि जागिर खुलेको हो । बैंकले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरेर सहायक कर्मचारीदेखि मुख्य प्रबन्धकसम्मका पदमा ५७१ जनालाई जागिर खुलाएको हो । नेपाल टेलिकमले पनि सहायक अधिकृतदेखि उप प्रवन्धकसम्मका पदमा ३८ जनालाई जागिर खुलाएको छ । राष्ट्रिय बाणिज्य बैंकले मुख्य प्रवन्धक एक जना, वरिष्ठ प्रवन्धक दुई जना, प्रबन्धक ४ जना, प्रबन्धक सूचना प्रविधि एक जना, उप प्रबन्धक ८ जना, उप प्रबन्धक लेखा ५ जना, सहायक प्रबन्धक ८५ जना, सहायक प्रबन्धक कानुन ६ जना, सहायक प्रबन्धक इन्जिनियर ३ जना, सहायक प्रबन्धक लेखा १६ जना, सहायक प्रबन्धक (कृषि) ७ जना, बरिष्ठ सहायक ५६ जना, बरिष्ठ सहायक खजाञ्ची ३० जना, बरिष्ठ सहायक कम्प्युटर अपरेटर ६ जना, सहायक २४६ जना, सहायक नगद ४० जना, सहायक कम्प्युटर ५५ जना कर्मचारी मागेको हो । नेपाल टेलिकम पनि १७ जना बरिष्ठ इन्जिनियर, ४ जना सहायक स्तरका अधिकृत र ११ जना प्राबिधक माग गरेको हो । बाणिज्य बैंकमा जागिर खान चाहनेले असोज ८ देखि कार्तिक ६ गतेसम्म आवेदन दिन सक्नेछन् भने टेलिकममा असोज ६ गतेदेखि ३० दिनभित्रमै आवेदन दिइसक्नुपर्नेछ ।  

ओम डेभलपमेन्ट बैंकको १० बराबर ३ कित्ता हकप्रद सेयर असोज २३ देखि

काठमाडौं । ओम डेभलपमेन्ट बैंकको १० बराबर ३ कित्ता अनुपातको हकप्रद सेयर असोज २३ गतेदेखि आउने भएको छ । बैंकले चुक्ता पुँजी बढाउने उदेश्यसहित १ सय रुपैंयाँ मूल्यमा ४९ लाख ३१ हजार ८ सय ३५ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंककको हकप्रद सेयरका लागि कात्तिक २६ गतेसम्म आवेदन दिन सकिनेछ । एनआईबिएल क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको बैंकले आफ्ना सबै शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको बिराटनगर, इटहरी, बिरगञ्ज, नेपालगञ्ज र धनगढीबाट आवेदन दिन सकिने जनाएको छ ।

माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङ ब्रेक थ्रु, २० महिनामा बिजुली उत्पादन हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङ खन्ने काम (ब्रेक थ्रु ) सकिएको छ । आयोजनाको सुरुङ खन्ने काम बिहीबार सम्पन्न भएको हो । सुरुङको लम्बाई ४ किलोमिटर छ । ठेकेदार चाइना गेजुवा ग्रुप लिमिटेडले बिहीबार सुरुङ खन्ने काम सकेको आयोजना प्रमुख फडिन्द्र जोशीले बताए । आयोजनाको सिभिलअन्र्तगतको जटिल काम सकिएको उनले जानकारी दिए । आउदो २० महिनामा आयोजनाको काम सम्पन्न हुने जोशीले बताए । हाल सिभिल निर्माणमा ८५ प्रतिशत प्रगति भएको छ । यस्तै हाइड्रोमेकानिकल र इलोक्ट्रोमेकानिकल उपकरण आपूर्ति हुन लागेको जोशीले बताए । उनकाअनसार समग्रमा आयोजनाको काम ६५ प्रतिशत सम्पन्न भएको छ । सन् २०१९ को अप्रिल ३० मा सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढेको र आउदो ३ महिनामा आयोजनाको प्रगति ८५ प्रतिशत पुग्ने जोशीको दावी छ । आयोजनाको पहिरो व्यवस्थापन र ५ किलोमिटर लामो सडक निर्माणको काम नेपाली सेनाले गरिरहेको छ । सेनाले सडक मर्मतको काम सुस्त गतिमा गर्दा आयोजनाको कार्यतालिका प्रभावित भएको छ । ०७२ बैशाख १२ गतेको भूकम्पपछि जटिल अवस्थामा पुगेको आयोजनाको काम सुरु भएपछि मुख्य संरचनाको काम सकिएको छ । आयोजनालाई बजेटको अभाव चाइना एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकसंगको ऋणको समय सकिएर साँवा ब्याज तिर्ने समय सुरु भएपछि उसले ऋणको म्याद थप गर्न इन्कार गरेपछि १५ महिनादेखि ठेकेदार र परामर्शदाताले भुक्तानी नपाएको जोशी बताउछन् । काम हुदै जादा भूकम्पले आयोजनामा ठुलो क्षति पुर्याएपछि काम बन्द भई आयोजना सम्पन्न हुनुअघि नै कर्जाको साँवा ब्याज भुक्तानी गर्ने समय आएपछि थप समस्या आएको हो । १५ महिनादेखि आयोजनाले पैसा पाएको छैन् । ठेकेदार चाइना गेजुवा र परामर्शदाता नर्थवेस्ट हाइड्रोले काम गरिरहेका छन् । ऋणको म्याथ थप्ने विषयमा अर्थ मन्त्रालय र एक्जिम बैंकबीच समझदारी भएको सुनिएको जोशीले जानकारी दिए । उनले चाँडै पैसा आउनेमा आशावादी भएको बताउछन् । यता सरकारले ऋण म्याद ५ वर्ष थपगर्न एक्जिम बैंकलाई पुनः अनुरोध गरिसकेको छ । सरकारले आगामी सन् २०२१ सम्मका लागिकर्जाको म्यादथप्न प्रस्ताव गरेको हो । निर्धारित समयममा आयोजनाको काम नसकिएपछि सरकारले फेरि दुई वर्ष म्याद थपको तयारी गरेको छ । २०७३ असार १५ गतेसम्म अर्थात २०१६ को जुन ३० सम्म सम्पन्न हुने गरी आयोजनाको म्याद दोस्रो पटक थप भएको थियो । आयोजनाको काम सम्पन्न नभएपछि ठेकेदार चाइना गेजुवाले ४ वर्ष म्याद थपको प्रस्ताव गरिसकेको छ । चीनको आर्थिक सहयोगमा निर्माण सुरु भएकाले सिभिल, परामर्शदाता र प्रसारणलाइन निर्माणको ठेकेदार चीनियाँ कम्पनीका छन् । कुल १२ अर्ब ४२ करोड रुपैयाँमा आयोजनाको सिभिल, परामर्शदाता र प्रसारणलाइन निर्माण सम्पन्नगर्ने लक्ष्य लिएको छ । जसअनुसार हालसम्म ५ अर्ब ३९ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाले जानकारी दिएको छ । क्षमता बढाएर ९० बनाउने विषयमा विवाद भएपछि आयोजनाको काम ६ महिना ढिलाइ भएको थियो । सन् २०११ म ३५ महिनामा काम सम्पन्न गर्नेगरी चाइना गेजुवासँग इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (ईपीसी) प्रारुमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको थियो । पछि २६ महिना म्यादथपेर ०७३ असार १५ मा सम्पन्न गर्ने अर्को कार्यतालिका तयार पारिएको थियो । नुवाकोट र रसुवामा रहेको सो आयोजनाबाट वार्षिक ४८ करोड ९७ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।  

खुकुरी कक्टेल्समा निश्चल गुरुङको लेभल ३ डेजा भुमा प्रस्तुत

काठमाडौं । निश्चल गुरुङ, जो अन्तर्राष्ट्रिय रुपमा ख्याति आर्जन गरिसकेका मिक्सोलोजिस्ट हुन्, उनी यही असोज ३ गते लेभल ३ मा आयोजना गरेको एक विशेष साँगीतिक सन्ध्या एवं भेटघाटका लागि हाल काठमाडौं आएका थिए । दि नेपाल डिस्टिलरीज खुकुरी कक्टेल्सको एक हिस्सा स्वरुप निश्चलले रमका पारखीहरुलाई कक्टेल्सको एक जोशमय र कल्पनाशील संसारको यात्रा गराएका छन् । साँगीतिक समूह ज्वाइन्ट फेमिली इन्टरनेशनलको साँगीतिक कार्यक्रमका अलावा यस कार्यक्रममा रम कक्टेल्सको बारेमा जान्ने र यसको रसास्वा दनका साथै अन्य अन्तरक्रियात्मक विविध गतिविधिहरु पनि समावेश गरिएका थिए । खुकुरी कक्टेल्सले आफ्ना पारखी उपभोक्ताहरु र साझेदारहरुलाई खुकुरी कक्टेल्सको रुपमा बिल्कुलै नयाँ अनुभव संगाल्ने मौका दिएको थियो । खुकुरी कक्टेल्स रमको नेपाली परम्परागत स्वादको एक उत्सवहो र ककटेल्सका पारखीहरुको जोशिलो आकाँक्षालाई यसले एक अद्भूत स्वाद प्रदान गर्दै उत्साहित तुल्याएको थियो ।

बिजिमलमा शुरु भयो दशैं तिहार उपहार योजना, मोटरसाइकल देखि र बैंकक भ्रमणको अवसर

काठमाडौं । गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजीमलले दशैंतिहार लक्षित उपहार योजना शुरु गरेको छ । चाडपर्वका बेलाग्राहकलाई सुपथ मूल्यमा उपभोग्यवस्तु उपलब्ध गराउँदै १ हजार रुपैंयाँभन्दा बढीको सामान खरीदमा उपहार बितरणको लक्ष्य सहित मलले असोज २ गतेदेखि योजना शुरु गरेको हो । फ्यान्टास्टिक दशैंतिहार हरेक दिनउपहार योजनाबाट सेवाग्राहीले कुनै न कुनै उपहार पाउने मलले जनाएको छ । चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले उनीहरुलाई कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनका लागि चाडपर्वको उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले बताए । निर्देशक गिरीले भने-‘अन्तर्राष्ट्रियस्तरका विद्युतीय सामाग्रीदेखि लत्ताकपडा लगायतका गुणस्तरीय सामग्री हाम्रा ग्राहक महानुभावहरुलाई सुपथ मुल्यमा उपलब्ध गराउन हामी प्रतिबद्ध छौं । यसमा हाम्रा ग्राहकलाई अभ्यस्त बनाउनका लागि पनि हामीले उपहार कार्यक्रम शुरु गरेका हौं ।’ उपहार योजनामा सहभागी हुन ग्राहकले कम्तीमा एक हजार रुपैंयाको सामान खरिद गर्नु पर्ने उपहार कार्यक्रमका संयोजक हिरामणि तिमल्सिनाले बताए । सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा दैनिक, साप्ताहिक तथा बम्पर उपहारको घोषणा गरिने तिमिल्सिनाले बताए । यो अफर अन्तरगत ग्राहकले दैनिक रुपमा स्मार्ट फोन, १ हजार रुपैंयाको नगद छुट, खाजा तथा अन्य उपहारहरु प्राप्त गर्नसक्ने छन् । त्यसैगरी, साप्ताहिक रुपमा ३२ ईञ्चको सिजि टेलिभिजन, सिजिवासिङ मेशिन, र सिजि साउण्ड बार पनि उपहारको रुपमा पाउन सक्छन् । बम्पर उपहारका रुपमा ग्राहक मध्येबाट एक एक जनाले सुजुकीको जिक्स्चर मोटरसाइकल, सुजुकीकै लेट्स स्कूटर तथा४ रात ५ दिनको बैंकक ट्रिपको अवसर पाउने बताइएको छ । यो उपहार योजना कार्तिक २५गतेसम्म सञ्चालन हुनेछ । मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ताकपडा, श्रृंगार तथा सौन्दर्य सामाग्री, रेष्टुरेण्ट, सिनेमाहल, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा छन् ।

राष्ट्र बैंकमा ३० बर्षे कार्यकाल विवादः व्यवस्थापन र कर्मचारी दुबै एग्रेसिभ

काठमाडौं । ३० बर्षे कार्यकाल कायम राख्ने र हटाउने विवादमा नेपाल राष्ट्र बैंक र कर्मचारी युनियन दुबै एग्रेसिभ देखिएका छन् । कर्मचारीले नटेरेको निष्कर्ष निकाल्दै सञ्चालक समितिबाट ३० बर्षे कार्यकाल हटाउने निर्णय गराएर अघि बढ्नुपर्ने मनस्थितीमा राष्ट्र बैंकको मुल व्यवस्थापन पुगेको छ । तर कर्मचारी युनियनहरुले जबरजस्ती ३० बर्षे कार्यकाल हटाएमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । ‘कर्मचारीलाई बढि महत्व दिईयो, अब व्यवस्थापनले आफ्नो निर्णय गरेर ३० बर्षे कार्यकाल हटाउनु पर्छ’, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले विकासन्युजसँग भने । शिवाकोटीले कुनै पनि संस्थाको हितबारे सोच्ने मुल दायित्व कर्मचारीको नभएर व्यवस्थापनको रहेको दावी गर्दै भने–‘व्यवस्थापनले संस्था सञ्चालनका लागि के गर्दा ठिक हुन्छ भन्ने कुरा कर्मचारीलाई सोधेर निर्णय लिनु पर्दैन, कर्मचारीसँग राय लिएर मात्रै निर्णय गर्ने हो’, डेपुटी गभर्नर शिवाकोटीले भने । काँग्रेस निकट कर्मचारी युनियनको आग्रहमा गभर्नर डा. चिरञ्जीवी नेपालले डेपुटी गनर्भर शिवाकोटी, शिवराज श्रेष्ठ, प्रवक्ता नारायण प्रसाद पौडेल र ३ वटै कर्मचारी युनियनका प्रतिनिधी सदस्य रहेको ‘३० बर्ष उमेर हद हटाउँदा कर्मचारीको वृद्धि विकासमा पर्ने असर र त्यसको समाधानका लागि सुझाव पेश गर्न गठित समिति’ गठन गरेका थिए । तर काँग्रेस र एमाले निकट कर्मचारी युनियनहरुले सञ्चालक समितिबाट अधिकार सम्पन्न समिति गठन गर्नुपर्ने भन्दै शिवकोटी नेतृत्वको समितिलाई अस्विकार गरे । काँग्रेस निकट कर्मचारी युनियनका महासचिव राजिव रेग्मीले ३० बर्षे कार्यकाल हटाउन नहुने पक्षमा आफ्नो संगठन उभिएको बताए । ‘हाम्रो संगठनले ३० बर्षे कार्यकाल हटाउन नहुने स्पष्ट निर्णय गरेको छ, व्यवस्थापनले जबरजस्ती गरेमा हामी आन्दोलनमा जानेछौं’, महासचिव रेग्मीले भने । उनले अधिकार सम्पन्न समिति बनाए ३० बर्षे कार्यकालको सिमा हटाउँदा हुने फाइदा र बेफाइदाहरुको विस्तृत अध्ययन आवश्यक रहेको बताए । उता, एमाले निकट कर्मचारी संघका अध्यक्ष डुण्ढीराज मिश्रले पनि डेपुटी गभर्नर शिवाकोटीको नेतृत्वमा गठन भएको समितिमा आफुहरु सहभागी नहुने स्पष्ट पारिसकेका छन् । उनले सञ्चालक समितिको बैठकबाट ३० बर्षे कार्यकालको सिमा हटाएर अघि बढ्ने तयारी भैरहेको पनि स्पष्ट पारे । यस अघि नै राष्ट्र बैंक सञ्चालक समितिका सदस्य राजमी रेग्मीको संयोजकत्वमा गत असार १८ गते कर्मचारी सेवा नियमावली परिमार्जन एंव संसोधन सुझाव समिति गठन गरेको थियो । सो समितिले कर्मचारीको कार्यकाल ३० बर्ष हुने व्यवस्था परिमार्जन गर्नुपर्ने प्रतिवेदन बुझाएको थियो । आफैंले तयार पारेको प्रतिवेदनमाथी सञ्चालक समितिमा छलफल हुँदा भने रेग्मीले असहमति जनाउँदै आएका छन् । सुरुमा ३० बर्षे कार्यकाल हटाउनुपर्ने प्रतिवेदन बुझाएका रेग्मीले पछि भने कर्मचारी युनियनले असहमति जनाएको भन्दै सञ्चालक समितिमा हस्ताक्षर गर्न अस्विकार गर्दै आएका छन् । श्रोतका अनुसार ३० बर्षे सेवा अवधीको वर्तमान व्यवस्था परिमार्जन गरेर ५८ बर्षे उमेर हद लागु गर्दा २५३ जना कर्मचारीको जागिर अधिकतम ८ बर्षसम्म बढ्नेछ । कार्यकारी निर्देशक रमेश पोखरेल, निमित्त कार्यकारी निर्देशक डा. गोपाल भट्ट, एजेन्द्र लुईटेल, बासुदेव अधिकारी, निर्देशक तथा सहायक प्रवक्ता राजेन्द्र पण्डित, केशब थापा, मुकुन्द महत, निमित्त निर्देशक बलराम पौडेल, रमण नेपाल लगायतले ३० बर्षे सेवा अवधीको वर्तमान व्यवस्था संसोधनका लागि तिब्र लबिङ गरिरहेका थिए ।  

सामसङ्ग डिजिटल प्लाजा अब चुच्चेपाटिमा पनि, उत्कृष्ट उत्पादनहरु पाइने

काठमाडौं । नेपालका लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रालिले अत्याधुनिक र सुविधा सम्पन्न सामसङ्ग डिजिटल प्लाजा बौद्ध–चुच्चेपाटिमा बिहीबार देखि शुभारम्भ गरेको छ । सामसङ्गका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसङ्गका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले सुविधा सम्पन्न सामसङ्ग डिजिटल प्लाजा चुच्चेपाटिमा खोलिएको हो । हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छा र सामसङ्गका ब्रान्ड एम्बेस्डर ज्योत्सना योगीले बिहीबार यस शोरुमको उद्घाटन गरेका हुन् । यो प्लाजाले सामसङ्गका विश्वस्तरिय उत्पादनहरु कर्भड टिभीएस, एलइडी टिभी, मोबाइल फोन, रेफ्रिजेरेटर, वासिङ मेसिन र माइक्रोवेभनस् लगायतका सामसङ्गका सामानहरु विक्री गर्ने छ । काठमाडौं उपत्यका भित्र ८ वटा र उपत्यका बाहिर ५ वटा गरेर हालसम्म १३ वटा सामसङ्ग प्लाजा खुुलिसकेको छ । नयाँ शोरुम शुभारम्भ भएको अवसरमा, हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छाले भने, ‘हामी बौद्ध-चुच्चेपाटिमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै हर्षित भएका छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीेलाई बौद्ध-चुच्चेपाटिमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । हामी देशभरी रहेका हाम्रा ग्राहकहरुकालागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध छौं ।’ नयाँ शोरुमको शुभारम्भ सँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक अफर पनि प्रदान गरेको छ ।