विकासन्युज

क्रिसमस र नयाँ वर्षमा कुलप्याडको उपहार, ३ वटा स्मार्टफोनको मूल्य घटाउने

काठमाडौं । क्रिसमस र नयाँ वर्ष बोन्नाजाको अवसरमा कुलप्याड नेपालको ३ वटा स्मार्टफोनका मोडलहरुको मूल्य घटाउने निर्णय गरेको छ । कम्पनीका अनुसार यो अफर डिसेम्बर ४ देखि कुलवान(४ं६४ जीबी)नोट थ्रि यस र एन एक्स वानमा सिमित अवधिको लागि लागू हुनेछ । कुलवान १ नेपालकै पहिलो १३ं१३ एमपी डवल रियर क्यामेरा सेटअप भएको उत्कृष्ट स्मार्टफोन सेगमेन्टमा पर्दछ । कुलवान १ नोट थ्रि यसले यसको सुन्दर, उत्कृष्ट आइडी डिजाइनको लागि ई आई यस ए अवार्ड जित्न सफलभएको छ भने यसको पावर, पर्फेमेन्स ले राम्रो प्रभाव पारेको छ । कुलवान १ मा ३ हजार रुपैयाँको छुट दिइएको छ भने नोट थ्री एसमा दुई हजार रुपैयाँसम्मको छुट दिइएको छ । त्यस्तै एनएक्स वानलाई १२ सय ३० रुपैयाँ छुट दिइएको कम्पनीले जानकारी दिएको छ । यस बोन्नाजाअन्तर्गत अर्को मोडल कुलप्याड एन एक्स वान रहेको छ जसले फोरजी फोनको लक्जरी ल्याउने उद्देश्यले सस्तो मूल्यमा बजारमा उपलब्ध भईरहेको छ । डिसेम्बर २०१७को अन्त्य देखी कुलप्याड नेपालर जे आई पिएलले केही नयाँ फोन सानदार सुबिधाका साथ बजारमा ल्याउने योजना गरेको छ । जे आईपिएल र जयमा इन्टरकन्टिनेन्टल प्रा. लि. कुलप्याड स्मार्टफोनको एक मात्र आधिकारिक बिक्रेता तथा बजार प्रवर्धक हो । जे आई पिएल ले नयाँ प्रविधीद्वारा उत्कृष्ट सुविधा सही ठाउँमा दिने उद्देश्य राखेको छ । त्यसैले कुलप्याड नेपालले हालै काठमाडौंमा सुसज्जित सर्भिस सेन्टरको उद्घाटन गरेको छ ।

छक्कबहादुरले छक्क पार्दै काका भतिजालाई हराए, लामा ४७ मतले अगाडि

काठमाडौं । विसं २०४६ को राजनीतिक परिवर्तनपछि हरेक पटकको हुम्लाको निर्वाचनमा नयाँ र नसोचेको परिणाम प्राप्त हुँदै आएको छ । प्रत्येक निर्वाचनमा फरक फरक परिणाम आएका कारण र राजनीतिक दलले जनप्रभावी नेतालाई चिन्न नसक्दा त्यस्तो परिणाम आउने गरेको हो । यस पटकको निर्वाचनमा पनि हुम्लाको निर्वाचनमा यस्तै भयो । संयोग पनि कस्तो पर्यो भने स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छक्कबहादुर लामा नेपाली काँग्रेसको लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धनलाई छक्याउँदै प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षबाट निर्वाचित भएका छन् । उनले वाम गठबन्धनका छिमीदोर्जे लामा र काँग्रेसका मंगलबहादुर शाहीलाई पाखा लगाउँदै विजयको झण्डा फहराएका हुन्। उनले आठ हजार ४९१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी शाहीले आठ हजार ४४४ मत प्राप्त गरेका छन् । वाम गठबन्धनका उम्मेदवार छिमीदोर्जे लामाले भने दुई हजार ७०० मत प्राप्त गरेका छन् । विजयी लामा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हुन् । वाम गठबन्धनले उनलाई टिकट नदिई छिमीदोर्जेलाई आधिकारिक उम्मेदवार बनायो । अन्तिम समयसम्म पनि आधिकारिक उम्मेदवारलाई सघाउन गठबन्धनले अधिकतम प्रयास ग¥यो तर लामाले मान्दै मानेनन् । हल्ला पनि चल्यो, वाम गठबन्धनका आधिकारिक उम्मेदवारले छक्कबहादुरलाई नै समर्थन गरे । न त उनले आफ्नो उम्मेदवारी फिर्ता लिए, न त वाम गठबन्धन नै टसको मस भयो । अन्त्यमा आफ्ना निकटतम प्रतिद्वन्द्वी भन्दा ४७ मत बढी ल्याएर लामाले इतिहास कायम गरेका छन् । नवनिर्वाचित सांसद् लामा तिनै व्यक्ति हुन् जसले २०४८ सालको निर्वाचनमा काका चक्रबहादुर शाही र २०७४ को निर्वाचनमा भतिजा मंगलबहादुरलाई पराजित भए । हुम्लाका पत्रकार तथा विज्ञ डा दीपेन्द्र रोकायाका अनुसार २०४८ सालको संसदीय निर्वाचनमा काँग्रेसका चक्रबहादुरलाई सात मतले पारजित गरेका लामाले यस पटक उनका भतिजा मंगललाई ४७ मतान्तरले पराजित गरेका हुन् । हुम्लाको इतिहासमा २०५१ मा काँग्रेसका चक्रबहादुर र २०५६ मा एमालेका गोरखबहादुर बोगटी प्रतिनिधिसभा सदस्यमा निर्वाचत भएका थिए । यस्तै २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा तत्कालीन नेकपा(माओवादी)का कर्णजीत बुढाथोकी विजयी हुँदा २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसका जीवनबहादुर शाही सभासद् बने । तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट निर्वाचित हुने नौ सांसदमध्ये छक्कबहादुर एक थिए । रोल्पाका कृष्णबहादुर महरा र बर्मन बुढा जस्तै चर्चित सांसद्का रुपमा लामालाई लिइन्थो । संविधानअनुसार प्रदेश नं ६ को हिमाली जिल्ला हुम्ला सडक सञ्जालको पहुँचबाट अझै पनि टाढा छ । हुम्लीको सडक सपना पूरा गर्ने एकसूत्रीय योजनामा छक्कबहादुर चुनावी मैदानमा खडा भएका हुन् । हुम्लाका स्थापित नेता लामा तिब्बती, चिनियाँ, नेपाली, हिन्दी र अग्रेजी भाषाका जानकार हुन । कानुनमा स्नातक छक्कबहादुर त्रिविमा समाजशास्त्र संकायमा स्तातकोत्तरका विद्यार्थीसमेत हुन् । तत्कालीन राजाको सरकारमा सहायक मन्त्री बनेका लामा शान्ति प्रक्रियाको सुरुवातपछि माओवादीमा प्रवेश गरेका छन् । नवर्निाचित सांसद लामाले पार्टीले टिकट नदिए पनि जनताले आफूलाई विजयी गराएका छन् भन्दै आफूसम्बद्ध पार्टीबाट बाहिर नजाने प्रतिक्रिया दिए । हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने, सिमीकोट विमानस्थलको स्तरोन्नति गर्ने तथा नेपाल चीन हिल्सा नाकालाई अन्तर्राष्ट्रियस्तरको नाकाका रुपमा विस्तार गर्ने आफ्नो कार्ययोजना अगाडि सारेको र जनताले आफ्नो कार्ययोजनाको अनुमोदन गरेको जिकिर गरेका छन् । माथिल्लो हुम्लालाई पशुपालन र व्यापार, मध्य हुम्लालाई फलफूल र जडीबुटी खेती र तल्लो हुम्लालाई कृषि तथा व्यापारिक क्षेत्रमा विकास गर्ने लक्ष्यका साथ मत मागेका थिए । हुम्लाका जानकार डा रोकायाले भने, “पार्टीले लामालाई टिकट नदिएर अन्याय गरे पनि हुम्ली जनताले न्याय गरेका छन् । सत्यको जीत हुन्छ भन्ने कुरा प्रष्ट भएको छ ।” हुम्लाका प्रजिअ लक्ष्मीप्रसाद बाँस्कोटाका अनुसार जिल्लामा कूल २७ हजार ४३५ मतदाता भएकामा २२ हजार मतदान भएको थियो । प्रतिनिधिसभामा एक स्वतन्त्रसहित सात राजनीतिक दलको सहभागिता थियो भने प्रदेशमा तीन दलले भाग लिएका थिए । प्रजिअ बाँस्कोटाका अनुसार यही मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भई आजै सम्पूर्ण मत परिणामसमेत सार्वजनिक हुने छ । कष्टकर जीवनयापन गर्दै आएका हुम्लीलाई सहज सेवा दिने लक्ष्यका साथ निर्माण भएको चीनको तिब्बत जोड्ने हिल्साको पुल तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ पुस ५ गते उद्घाटन गरेका थिए । सो पुल निर्माणका लागि समेत नवनिर्वाचित सांसद् लामाले पहल गरेका थिए । नवनिर्वाचित छक्कबहादुरसँग कर्णाली करिडोर हिल्सा–सिमीकोट सडक निर्माण, विद्युत् आपूर्तिमा सहजता, हेक्पा र दोजाम खोलाबाट तीन मेगावाटसम्म विद्युत् उत्पादन, मानसरोवर तथा कैलाश पर्वतमा दश प्रवेशद्वार निर्माण, दक्षिणी क्षेत्रमा कृषि उत्पादन वृद्धि र जिल्ला अस्पतालमा भिडियो एक्स–रे सेवा स्थानीय बासिन्दाको माग छ । स्थानीय जनताको माग सम्बोधन गर्न सबैसँग मिलेर काम गर्ने नवनिर्वाचित छक्कबहादुरको भनाइ छ । रासस

चितवनमा प्रचण्डलाई भन्दा विक्रम पाण्डेलाई बढी मत

चितवन । मत गणनाको शुरुवातमा अग्रता लिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन ३ मा पछि परेका छन् । चितवन क्षेत्र नम्बर ३ को जारी मतगणनामा माओवादी केन्द्रका अध्यक्षलाई राप्रपाका उम्मेदवार विक्रम पाण्डेले पछि पारेका हुन् । प्राप्त पछिल्लो मत परिणाम अनुसार राप्रपाका विक्रम पाण्डेले २ सय ७६ मत प्राप्त गरेका छन् । प्रचण्डले १ सय ८६ मत ल्याएका छन् । चितवन ३ मा वामगठबन्धनबाट प्रचण्ड र लोकतान्त्रिक गठबन्धनबाट पाण्डे उम्मेदवार छन् ।

गोरखा-२ मा डा. बाबुराम भट्टराई १६ सय मतले अगाडि

गोरखा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भएको मतगणनानुसार आज अपराह्न ४ बजेसम्म गोरखा–२ मा लोकतान्त्रिक गठबन्धनबाट नयाँ शक्ति पार्टीकाका संयोजक डा बाबुराम भट्टराई एक हजार ५९० मतले वाम गठबन्धनका उम्मेदवार नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठभन्दा अगाडि छन् । बाइस हजार ५६८ मतगणना हुँदा डा भट्टराईले ११ हजार ३४९ र श्रेष्ठले नौ हजार ७४९ मत ल्याएका छन् । गोरखा–२ का दुवै प्रदेशमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अघि छन् । प्रदेश २ ९क० मा नयाँ शक्तिका हरिशरण आचार्यले पाँच हजार ६०३ मत ल्याउँदा माओवादी केन्द्रकी कमला नहर्कीले पाँच हजार ५५६ मत ल्याएका छन् । गोरखा २ (ख) मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी माओवादी केन्द्रभन्दा छ हजार ६५२ मतका साथ अघि छन् । माओवादी केन्द्रका अमर तमुले पाँच हजार २२३ मत ल्याएका छन्। गोरखा–१ मा माओवादी केन्द्रका हरिराज अधिकारीले छ हजार ३५८ र कांग्रेसका चीनकाजी श्रेष्ठले पाँच हजार ४०६ मत ल्याएका छन् । अहिलेसम्म १३ हजार ६३९ मत गणना गरिएको छ । रासस

काठमाडौं ४ मा गगन थापाको अग्रता, राजन भट्टराई १५ मतले पछाडि

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ मा अग्रता हासिल गरेका छन् । पछिल्लो मत परिणाम अनुसार थापाले ४ हजार २०८ मत पाएका छन् । नेकपा एमाले नेता डा राजन भट्टराईले ४ हजार १९३ मत पाएका छन् । भट्टराईको भन्दा थापाले १५ मत बढी ल्याएका छन् । मतगणानाकाे शुरू देखि भट्टरार्इ केही मतले अगाडि थिए ।

मेलम्चीको पाइप बिच्छ्याउन काठमाडाैंमा खनिएका १७० किमि सडक कालोपत्रे गर्न शुरु

काठमाडौं । मेलम्चीको पाइप बिच्छ्याउन खनिएको सडकका पाइप परीक्षण नहुँदै धुलोले कुहिरीमण्डल भएपछि कालोपत्र गर्न थालिएको छ । पाइप बिच्छ्याउन एक वर्षअघि खनिएको सडक कालोपत्र नहुँदा हिउँदमा धुलो र वर्षामा हिलोको समस्या थियो । पाइप परीक्षण सफल भएपछि कालोपत्र गरिनुपर्नेमा उपत्यकाका मुख्य सडकमा आवतजावत गर्न समस्या भएकाले कालोपत्र गर्न थालिएको सडक विभागले जनाएको छ । मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयको समन्वयमा कालोपत्र गर्न शुरु गरिएको विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिए ।  हाल चाबहिल, गौशाला सडकमा कालोपत्र गर्न थालिएको छ । केही भागमा पाइप बिच्छ्याउन बाँकी भए पनि काम सकिएका स्थानमा कालोपत्र शुरु गरिएको क्षेत्रीय निर्देशक शिवहरि सापकोटाले बताए । “जयबागेश्वरी–मित्रपार्क क्षेत्रका केही ठाउँमा पाइप बिच्छ्याउन बाँकी रहेपनि यात्रु एवं स्थानीयवासीले धुलोका कारण आवतजावतमा समस्या भएको गुनासो गरेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा र काठमाडौँ महानगरपालिकाको समन्वयमा कालोपत्र शुरु भएको हो”–उनले भने । लैनचौर, लाजिम्पाट सडकमा पनि धुलोको समस्या बढेकाले यहाँ पनि कालोपत्र शुरु गर्ने तयारी गरिएको निर्देशनालयले जनाएको छ । यो सडकमा विशिष्ट व्यक्तिको आवागमन हुने भएकाले पाइप बिच्छ्याएर पानी परीक्षण गर्न बाँकी भए पनि कालोपत्र गर्न लागिएको हो । आयोजनाले पाइप बिच्छ््याउन खनेका सडकमध्ये ६० किमी सडक कालोपत्र गर्ने जिम्मेवारी सडक विभागलाई दिइएको छ । पाइप बिच्छ्याइएका सडकमध्ये थापाथली–माइतीघर ४०० मिटर र माइतीघर–सिंहदरबार ६०० मिटर सडकको काम मात्र सकेर विभागलाई जिम्मेवारी दिइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए । “महाराजगञ्ज–लाजिम्पाट तीन किमी, चाबहिल–गौशाला एक किमी, थापाथली–माइतीघर–सिंहदरबार एक किमीलगायत सडकको काम सकेर हस्तान्तरण गरिएको छ”–उनले भने । पाइप बिच्छ्याउन खनिएका सडकमध्ये ६० किमी विभाग र ११० किमी निर्देशनालयले कालोपत्र गर्नेछन् । निर्देशनालयले कालोपत्र गर्ने सडकमध्ये हालसम्म १३ किमी सडकको काम सम्पन्न भएको छ । कोटेश्वरमा आठ किमी र बाँकी पाँच किमी अन्यत्र कालोपत्र गरिएको प्रवक्ता ढकालले बताए ।

मुगुमा वाम गठबन्धनका गोपालबहादुर बम विजयी

मुगु । मुगुको प्रतिनिधिसभातर्फ वाम गठबन्धनका गोपालबहादुर बम १३ हजार ३४ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हस्तबहादुर मल्लले नौ हजार ८६१ मत प्राप्त गरेका छन् । त्यस्तै नयाँ शक्ति पार्टीका राजबहादुर भामले ९९ मत प्राप्त गरे । प्रतिनिधिसभाको नतिजा सार्वजनिक भएसँगै अहिले प्रदेशतर्फको मतगणना शुरु भएको छ । रासस

जुम्ला प्रदेश ख मा एमालेका पदमबहादुर रोकाया विजयी

जुम्ला । जुम्ला प्रदेश क्षेत्र नं ९ख० मा वाम गठबन्धनका उम्मेदवार पदमबहादुर रोकाया विजयी भएका छन् ।  नेकपा (एमाले) बाट उम्मेदवारी दिएका रोकायाले १० हजार ४५८ र उनका निकटतम प्रत्याशी नेपाली काँग्रेसका भीमनिधि हमालले पाँच हजार २८० मत ल्याएका छन् । रोकाया २०७० सालको दोस्रो संविधानसभा सदस्यमा काँग्रेसका ललितजंग शाहीबाट ५०० मतले पराजित भएका थिए । सत्ताइस हजार ३४४ मत रहेको सो क्षेत्रमा १७ हजार ८२७ मत खसेको थियो । खसेको कूल मतमा ५४४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिए । विसं २०१० असार १० गते साविकको पाण्डवगुफा ४ सिंजा जुम्लामा जन्मनुभएका रोकायाले जुम्ला बहुमुखी क्याम्पस जुम्लाबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् ।  विसं २०३८ देखि नेकपा (माले)बाट राजनीतिक जीवन शुरुवात गरेका उनी हाल एमालेको राष्ट्रिय हित सुरक्षा प्रबन्धक विभागको सदस्य हुनुहुन्छ । रासस