भिरचुङ्माडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण
खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ गाउँपालिकामा गरिएको प्याराग्लाइडिङको परीक्षण सफल भएको छ । पर्यटन प्रवद्र्धन गरी गाउँमै स्वरोजगारको वातावरण सिर्जना गर्ने उद्देश्यले दिप्रुङ गाउँपालिकाले आज बतासेको भिरचुङ्माडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरेको हो । भिरचुङ्माडाँडाबाट उडेको प्याराग्लाइडर बतासेकै सुनकोशी किनारमा रहेको सानो भँडारेघाटमा झार्ने गरी प्याराग्लाइडिङको परीक्षण सफल भएको सो गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए । “प्याराग्लाइडिङ र ¥याफ्टिङका माध्यमबाट गाउँपालिकामा भित्रिने पर्यटकलाई धिप्लुङ झरनासम्म पु¥याउने लक्ष्य छ,” उहाँले भने, “यसले ओझेलमा परेको झरनाको पर्यटन प्रवद्र्धन गर्दै गाउँपालिकालाई आन्तरिक स्रोत पनि जुट्नेछ ।” बतासेको भिरचुङ्माडाँडाबाट एकैसाथ चारवटा प्याराग्लाइडरले प्याराग्लाइडिङ उडान भरेका थिए । बतासेको भिरचुङ्माडाँडामा प्याराग्लाइडिङको सम्भावना बलियो प्रमाणित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एटिसी अफिसर मुकेश डंगोलले बताए । प्याराग्लाइडिङका लागि जिल्लाका अधिकांश ठाउँ सम्भावित रहेकाले यसलाई दीर्घकालीन योजनाका साथ अगाडि बढाइने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । “हाम्रो जिल्ला भौगोलिक रुपमै पर्यटकीयस्थल हो,” उहाँले भने, “भिरचुङ्माडाँडालगायत सम्भावित ठाउँमा प्याराग्लाइडिङको व्यावसायिक उडान गर्न सम्बन्धित निकायमा पहल गर्नेछु ।” यसअघि जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हलेसी, रुपाकोट मझुवागढी नगरपालिकाको खार्मी, हलेसी चुवाचुङ नगरपालिकाको भुम्जुडाँडा लगायतका ठाउँमा पनि अनौपचारिक रुपमा प्याराग्लाइड उडाइएको थियो । खोटाङ पहाडै पहाडले बनेको जिल्ला भएकाले अधिकांश ठाउँमा प्याराग्लाइडिङ व्यवसाय सञ्चालन गर्न सकिने व्यवसायीले बताएका छन् । रासस
नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बन्ने
काठमाडौँ । चितवन र नवलपरासीको गैँडाकोट जोड्ने नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ निर्माण गरिने भएको छ । कर्णाली चिसापानीमा निर्माण गरिएभन्दा अझै अत्याधुनिक प्रविधि प्रयोग गरेर आकर्षक एवम् कलात्मक पुल निर्माण गर्न लागिएको हो । चिनियाँ प्राविधिकको सहयोगमा सडक विभाग मातहतको पुल महाखाशाले उक्त पुल निर्माणको प्रारम्भिक नमूना तयार पारिरहेको छ । उक्त पुल डबल लेनमा निर्माण गरिनेछ । उक्त पुल ५०० मिटर लामो हुनेछ । प्रतिमिटर २० लाख लागतमा एक अर्ब रूपैयाँमा उक्त पुल निर्माणमा खर्च लाग्ने अनुमान गरिएको छ । नारायणी नदीमा निर्माण गरिने उक्त पुल पर्यटकीय रुपमा समेत आकर्षक बन्नेछ । हाल सञ्चालनमा रहेको पुलको ठीक तल्लोपट्टी निर्माण गर्नुपर्ने अवस्था आए दुई लेनको र देवघाट आसपासमा निर्माण गर्नुपर्ने अवस्था आए चार लेनको निर्माण गर्ने तयारीमा विभाग रहेको उपमहानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए । त्यस्तो पुललाई पानीको प्रवाहले केही असर नगर्ने प्राविधिक बुझाइ छ । वातावरणीय दृष्टिकोणले पनि जलचरको संरक्षण हुनेछ । सरकारले चितवन–नवलपरासी जोड्ने सडक र पुललाई शहरी पूर्वाधारमा राखेको खण्डमा पूर्व–पश्चिम राजमार्गलाई देवघाट आसपासबाट मोड्ने तयारीमा रहेको छ । त्यस्तो अवस्था आए पूर्व–पश्चिम राजमार्ग परिवर्तन हुने र पुल चार लेनको निर्माण हुनेछ । पुलमा रातको समयमा आकर्षक बत्तीले सजाउने योजनासमेत बनाइएको छ । साँझ वा बिहानको समयमा विभिन्न धार्मिक भजनसमेत पुलमा सुन्न पाइनेछ । देवघाट हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल भएकाले पनि पुललाई पर्यटकमैत्री बनाउन लागिएको हो । “पुल मानव सभ्यतासँग जोडिएकाले पनि आकर्षक बनाउन खोजिएको हो । पर्यटन प्रवद्र्धन, आर्थिक समृद्धिसँग पुल जोडिएको हुन्छ । हामीले त्यसैलाई ध्यान दिन खोजेका हौँ” उपमहानिर्देशक थापाले भने। नेपालको पर्यटन प्रवद्र्धनमा कर्णाली पुलले महत्वपूर्ण योगदान गरे जस्तैः चितवन नवलपरासी जोड्ने पुललाई पनि त्यस्तै खालको चित्ताकर्षक बनाइनेछ । चिनियाँ प्राविधिकको सहयोगमा उक्त पुल निर्माण गरिनेछ । विभागले वातावरणीय प्रभाव मूल्याङ्कनको तयारी गरेको सिनियर डिभिजनल इन्जिनियर नरेशमान शाक्यले जानकारी दिए । शाक्यका अनुसार हालसम्मकै नयाँ प्रविधिको प्रयोग गरेर पुलको डिजाइन गरिने र नेपाली प्राविधिकलाई सक्षम र सबल बनाउने लक्ष्य राखिएको छ । विभागले चिनियाँ उच्च प्राविधिकलाई निम्त्याएर सीपसमेत सिक्ने र नेपाली प्राविधिकलाई सक्षम बनाउने लक्ष्यसमेत राखिएको सिडिइ शाक्यले बताए । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले पनि सो पुल निर्माणका सम्बन्धमा आवश्यक तयारी गरिरहेको छ । हाल सञ्चालनमा रहेको चितवन–नवलपरासी जोड्ने पुल ४६० मिटर लामो रहेको छ । मादी र सेती नदीमाथि पनि त्यस्तै सिग्नेचर ब्रिज निर्माण गरिने भएको छ । त्यसको समेत डिजाइन भइसकेको सिडिइ शाक्यले जानकारी दिए। कर्णाली नदीमाथि निर्माण गरिएको पुलको प्रविधि तथा ज्ञानको विषयमा नेपाली प्राविधिक जानकार नभएको र केही विषयसमेत थाहा नपाउने अवस्था रहेकाले चितवन–नवलपरासी जोड्ने पुल निर्माणको प्रविधि नेपाली प्राविधिकले समेत सिक्ने अवसर प्रदान गर्न लागिएको हो । कर्णाली पुल नेपालको लामो पुलमध्ये एक हो । सो पुलको निर्माण सन् १९९३ मा भएको हो । सो पुलमा दैनिक २ हजार ५०० आन्तरिक तथा विदेशी पर्यटकले अवलोकन गर्ने गरेका छन् । विशेषगरी भारतीय पर्यटक सो पुल हेर्न आउने गरेका छन् । कर्णाली पुलबाट दैनिक एक हजार ५०० देखि दुई हजार सवारी साधन सञ्चालनमा रहेका छन् । विभागले सडक संरचनाको आधारमा पुललाई पनि व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउने रणनीति अख्तियार गरेको छ । सिडिइ शाक्यले आगामी दिनमा निर्माण गरिने पुल चार लेनको बनाइनेछ ।
विराटनगर जुट मिल्सको अनियमितता छानबिन गर्न माग
विराटनगर । विराटनगर जुट मिल्स रानीको स्वामित्वमा रहेको पुराना मेशिनलगायतका सामग्री बिक्री वितरणमा अविलम्ब रोक्नुपर्ने मिलका पूर्व कर्मचारी एवम् स्थानीय नागरिकले माग गरेका छन् । विराटनगर जुट मिल्स बचाउ अभियान समिति विराटनगर–१६ द्वारा आज यहाँ आयोजित पत्रकारसम्मेलनमा जुट मिल सञ्चालक समितिका अध्यक्षले अनियमित रुपले मिल्सको मेशिन र पार्टपुर्जा बेचबिखन गरेको, जग्गा प्लटिङ गरी बिक्री गर्न खोजेकाले अविलम्ब रोक्नुपर्ने बताएका छन् । अभियानका अध्यक्ष धर्मानन्द सञ्जेलले कानुनीरुपमा बेचिएको मिल्सको शेयर अविलम्ब खारेज गरी सरकारको साबिक ६८ प्रतिशत शेयर कायम गर्नुपर्ने, जुट मिल्सको चलअचल सम्पत्तिको संरक्षण र दीर्घकालीन रुपमा उद्योग सञ्चालन गर्नुपर्ने, हाल कार्यरत कामदार कर्मचारीको बाँकी रहेको रकम भुक्तानी हुनुपर्ने र मिल्समा हाल भइरहेको अनियमिमताका छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने चारबुँदे माग पूरा हुनुपर्ने बताए पत्रकारसम्मेलनमा अभियानका उपाध्यक्ष प्रकाश साहले मिल्स नेपाल सरकारले सञ्चालन गर्नुपर्ने अन्यथा उक्त क्षेत्रमा जुट सङ्ग्रहालय र औद्योगिक क्षेत्र कायम गरी निर्यातमुखी उद्योग स्थापना गर्नुपर्ने बताए। अभियानका सचिव हिमाल शेर्पाले राखेको माग पूरा हुनु नभए शान्तिपूर्ण आन्दोलनका अन्य कार्यक्रमको घोषणा गर्ने पत्रकारलाई जानकारी दिए। रासस
एनआईसी एसिया बैंकको डिबेन्चर मंगलबार बाँडफाँड
काठमाडौं ।एनआईसी एसिया बैंकले ल्याएको डिबेन्चरको मंगलबार बाँडफाँड भएको छ । बैंकले ३ अर्ब रुपैयाँको डिबेन्चर पुस १३ गतेदेखि बिक्री खुल्ला गरेको थियो । डिबेन्चरधनीले सोही मितिबाट अर्धवार्षिक रुपमा ९ प्रतिशत व्याज प्राप्त गर्नेछन् । वार्षिक ९ प्रतिशत ब्याजदर रहेको डिबेन्चर ७ वर्षमा परिपक्व हुनेछ । डिबेन्चरको कारोबार गर्न नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिने बैकले जनाएको छ । सुचिकृत भएपछि डिबेन्चरको दोस्रो बजारमा कारोवार गर्न सकिने छ ।
लाभांश नदिने सानिमामाई हाइड्रोपावरको बढी सेयर कारोबार, यस्तो छ कारण
काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेडको मंगलबार बढी सेयर कारोबार भएको छ ।सानिमाको प्रतिसेयर ४७३ रुपैयाँमा ५ करोड ५२ लाख ७३ हजार रुपैयाँ बराबरको १ लाख १७ हजार १७६ कित्ता सेयर किनबेच भएको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएपनि लगानीकर्ताको भीड सानिमामाईमा लागेको छ । गत आर्थिक वर्षमा सानिमामाईले २९ करोड रुपैयाँ खुदनाफा गरेको थियो । लाभांश ७ प्रतिशत मात्र हुने भएपछि कम्पनीले गत आर्थिक वर्षमा गरेको खुदनाफा संचित कोषमा राखेर १४ मेगावाट क्षमताको मैलुङखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीको साधारणसभा आउदो शुक्रबार हुदैछ । सानिमामाईले सुनकोसी हाइड्रोपावरलाई गाभ्ने प्रस्ताव सभाबाट पारित हुदैछ । कम्पनी गाभ्ने र नयाँ आयोजनामा थप लगानी बढ्ने अनुमानका आधारमा लगानीकर्ताले सानिमामाईको सेयर खरिद गरेका हुन् । कम्पनीको चुक्तापुँजी २ अर्ब ११ करोड रुपैयाँ छ ।
सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा मकवानपुरको फाखेलमा
काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो १८ औँ शाखारहित बैंकिङ्ग सेवा मकवानपुर जिल्लाको फाखेलमा शुरू गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन ईन्द्रसरोवर गाँउपालिका अध्यक्ष जीवन लामाले एक समारोहका बीच गरेका हुन् । सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि धनबीर स्याङतानलाई पोइन्ट अफ सेल मेसिन जीवन लामा र बैंकको फर्पिङ्ग शाखाका प्रवन्धक गोेबिन्द महर्जनले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सहित बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या १८ पुगेको छ । साथै, बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने बैंकको लक्ष्य रहेको छ ।
अग्नि मोटो इन्कको ‘सुनै सुनको वर्षा रानीहारसँगै विदेश यात्रा’ योजनाको विजेता घोषणा
काठमाडौं । महिन्द्रा टु ह्वीलरको आधिकारीक वितरक अग्निमोटो इन्कले “सुनै सुनको वर्षा रानीहारसँगै बिदेश यात्रा” योजनाको बम्पर विजेताको घोषणा गरेको छ । यस योजना अन्तर्गतको लक्की ड्रमा प्रत्येक १५ दिनमा रानीहार प्रदान गर्दै आइएको थियो भने बम्परमा २ परिवारलाई थाइल्याण्डको भ्रमण गर्ने अवसर प्रदान गरिएको थियो । यस योजना अन्तर्गत थाइल्याण्ड भ्रमणको लागि बम्बर विजेता कुपन नं ९९७ हेटौंडाका कल्पना दाहाल तथा कुपन नं ००१ वितामोडका मन्जु खरेल बनेकी छन् । उनको परिवारले ५ दिन ४ रातको प्याकेज सहित बैंकक भ्रमण प्राप्त गरेका छन् । साथै, १५औं दिनको अन्तिम रानिहार विजेता मध्यविन्दुका दल बहादुर खत्री भएकी छन् ।
कतार एयरवेजद्धारा ग्लोबल सेल्स प्रमोशन सञ्चालन, क्याबिन क्लासमा आकर्षक छुट
काठमाडौं । कतार एयरवेजले सन् २०१८ कालागि आफ्नो पहिलो ग्लोबल सेल्स क्याम्पेन ग्लोबल ट्राभल बुटिकको घोषणा गरेको छ । यस योजना अन्तर्गत यात्रुले एयरवेजको क्याविन क्लासेसमा यात्रा गर्दा आकर्षक उपहार तथा छुट पाउन सक्ने कम्पनीले जानकारी दिएको छ । विश्वभरका गणतब्यमा एयरवेजका ईकोनोमी, विजनेस र फस्र्ट क्लास मार्फत यात्रा गर्दा यस सुविधाको फाइदा उठाउन सक्नेछन् । योजना अन्तर्गत छुटका साथै यात्रुले कतार एयरवेज प्रिभलेज क्लब मार्फत १ लाख ओमाइल्स, कतार डुयूटी फ्रि, कतार एयरवेज होलिडेज् तथा विभिन्न आकर्षक उपहारहरु जित्ने अवसर पाउन सक्छन् । योजना मार्फत यात्रुलाई टिकट दरमा ३५ प्रतिशत छुटका साथै विजनेश तथा फर्ष्ट क्लास अन्तर्गत कम्पानियन अफरको समेत फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ । बच्चा सहितका परिवारले योजना अवधिभर किड्स विशेष अफर अन्तर्गत विशेष छुट सुविधाको समेत ब्यवस्था रहेको छ । ‘सन् २०१८को सुरुवात ग्लोबल ट्राभल बुटिक प्रमोशन मार्फत आफ्ना यात्रुलाई विभिन्न छुट तथा अफरका साथमा गर्न पाउँदा हामी निकै गौरवान्वि छौँ’, कतार एयरवेजका चिफ कमर्सियरल अफिसर एहव अमिनले भने ‘अवसरको फाइदा उठाउँदै अफरको भरपूर फाइदा लिन हामी समस्त यात्रु माझ अनुरोध गर्न चाहान्छौँ ।’ सार्वजनिक योजना अन्तर्गत जनावरी ९ देखि १६ सम्म बुकिङ गर्ने यात्रुले हरेक बुकिङमा दोब्बर क्यूमाइल्स जित्न सक्ने कम्पनीले जानकारी दिएको छ । यसरी बुकिङ गरिएका टिकटको अवधि भने ९ जनावरी देखि १० डिसेम्बर २०१८ सम्म हुनेछ । साथै, योजना अवधिभर कतारएयरवेज डट कम मार्फत बुकिङ गर्ने उपभोक्तालाई र्याफलमा सम्मिलित गरिने छ । यसरी र्याफलमा सहभागि मध्यबाट १० भाग्यशाली विजेताले १ लाख क्यूमाइल्सका साथै कतार एयरवेज होलिडेज्का तर्फबाट दूई जनाका लागि ३ रात स्टे अफर सहितका १० होटल भाउचर मध्य १ जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।