विकासन्युज

यूनाईटेड इन्स्योरेन्सको अध्यक्षमा उदयकृष्ण उपाध्याय नियुक्त

काठमाडौं । यूनाईटेड इन्स्योरेन्सको अध्यक्षमा उदयकृष्ण उपाध्याय नियुक्त भएका छन् । गत पुस ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उपाध्यायलाई सो पदमा नियुक्त गरेको हो । नवनियुक्त उपाध्यायले आगामी ४ वर्षसम्म यस कम्पनीको अध्यक्षको कार्यभार सम्हाल्नेछन् ।

बोनस सेयरपछि कनकाई विकास बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । कनकाई विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ६.१५७११३ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता १५६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २२८ रुपैयाँ रहेको थियो । हाल यस बैंकको चुक्ता पुँजी ४७ करोड १० लाख रुपैयाँ रहेको छ । मंगलबार कम्पनीको सेयर प्रतिकित्ता १५२ रुपैयाँको हाराहारीमा किनबेच भइरहेको छ ।

मेलम्चीको सुरुङमा चट्टानी अवरोधः एक दिन खन्ने, अर्काे दिन अड्याउने

काठमाडौं । हामीले चट्टानी अडानलाई कडा रोकावटका रुपमा बुझ्ने गरेका छौं तर मेलम्ची खानेपानी आयोजनाको सुरुङमा भने कमजोर चट्टानले नै अवरोध गरिरहेको छ । मेलम्चीको सुरुङ अझै ४८८.५९ मिटर खन्न बाँकी छ । जनवरी १ तारिख देखि एक दिन सुरुङ खन्ने र अर्काे दिन अड्याउने काम भैरहेको छ । जसले गर्दा मार्च २६ मा सुरुङ खनिसक्ने आयोजनाको लक्ष्यमै धक्का लाग्ने सम्भावना देखिन्छ । ‘कमजोर चट्टानका कारण एक दिन खन्ने र एक दिन अड्याउने काम गरिरहेका छौं, कमजोर चट्टानले काममा अवरोध गरिरहेको छ ।’, मेलम्ची आयोजनाका सूचना अधिकारी राजेन्द्र प्रसाद पन्तले विकासन्युजसँग भने । पन्तका अनुसार सिन्धुदेखि ग्याल्थुमसँगको सुरुङमा कमजोर चट्टान देखिएकाले समस्या देखिएको हो । सुरुङ खनि सकिएको ठाउँमा ३ किलोमिटर फिनिसिङको काम सम्पन्न भएको छ । | फिनिसिङका लागि ८ वटा मेसिन ल्याईएको छ । ती मेसिनहरुको उपयोगले ३ महिना भित्रै फिनिसिङ गर्ने योजना रहेको पनि पन्तले जानकारी दिए । मुहानमा पानी फर्काउन डाइभर्ससन बाँध र इन्टेक बनाउने काम अबको ६ महिनाभित्र सम्पन्न गर्ने तालिकासहित काम अघि बढेको पनि उनले जानकारी दिए । मुहानमा बाँध बनाउन नसकिए पाइप राखेरै भएपनि नयाँ बर्षमा राजधानी बासीका धारामा पानी ल्याउने तयारी गरिएको पनि उनले जानकारी दिए ।

नेपालमा सञ्चालित १५ भारतीय स्कुल बन्द गर्न सिफारिस, मोडर्न इण्डियन, डिएभी, रुपिज र राय स्कुलहरुमा नेपालीले पढ्न नपाउने

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका १५ वटा भारतीय विद्यालयहरु बन्द गर्न उच्चस्तरिय शिक्षा आयोगले सिफारिस गरेको छ । आयोगले कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयलाई नियमन र व्यवस्थित गर्ने स्पष्ट नीति नदेखिएकाले त्यस्ता विद्यालयलाई क्रमशः बन्द गराउने प्रस्ताव गरेको हो ।   आयोगको विज्ञ समूहले तयारी गरी गत पुस ४ गते आयोगका अध्यक्ष एवं उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई बुझाइएको प्रतिवेदनमा भनिएको छ, “कूटनीतिक नियोग तथा विदेशीले गैह्रकानुनी रुपमा बलमिचाइपूर्वक विद्यालयहरु खोलेका छन्, यससम्बन्धी स्पष्ट मापदण्ड तोकी त्यस्ता विद्यालयको सङ्ख्या तोकिनुपर्छ ।” आयोगले कूटनीतिक नियोगको प्रयोजनका लागि खोलिएका विद्यालयमा नेपाली विद्यार्थीलाई प्रवेश निषेध गर्ने तथा विदेशी पाठ्यक्रम पढाउन क्रमशः बन्द गराउने सुझाव पनि दिएको छ । विश्व व्यापार संगठनको सदस्य भए पनि कक्षा १२ सम्म बहुद्देशीय विद्यालय भित्र्याउन नपाउने प्रावधान छ । कूटनीतिक नियोगका लागि एक एक मात्रै विद्यालय खोल्न पाइने प्रावधान शिक्षा ऐन (आठौँ संशोधन) मा समेत छ । तर हाल भारतीय दूतावासको केन्द्रीय विद्यालयसहित भारतको माध्यमिक शिक्षा केन्द्रीय बोर्ड (सिबीएसइ) को सम्बन्धनमा १४ विद्यालय नेपालमा सञ्चालित छन् । हाल जोरपाटीमा राय स्कुल, ललितपुरको डिएभी सुशील केडिया विश्व भारती, बाफलको रूपिज इन्टरनेसन, बाँसबारीको चाँदवाग, डिएभी विराटनगर, डिएभी वीरगञ्ज, डिपिएस वीरगञ्ज, डिपिएस विराटनर, डिपिएस धरान, भारतीय केन्द्रीय विद्यालय र पोखराको जनमैत्री विद्यालय, मोर्डन इण्डियन स्कुल र आलोक विद्यालय रहेका छन् । यस्ता विद्यालयमा हाल करीब ८० प्रतिशतसम्म नेपाली विद्यार्थी अध्ययनरत रहेको पाइएको छ । यसैगरी बेलायती विश्वविद्यालयको सम्बन्धमा ‘ए लेभल’ र ‘ओ लेभल’ का शिक्षालय सञ्चालित छन् । सिबीएसइअन्तर्गत प्रदेश नं २ मा थप २० विद्यालय खुल्ने तयारी छ । तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पालामा विदेशी शिक्षण संस्थाको सम्बन्धनका विद्यालयलाई व्यवस्थित गर्न कार्यदल गठन गरी प्राप्त सुझावानुसार ती विद्यालयलाई भौतिक पूर्वाधारको मापदण्डसहित १५ लाख धरौटी लिई दर्ताको प्रक्रियामा ल्याइएको थियो । गत भदौ १९ गते मन्त्रिपरिषद्बाट शिक्षामन्त्री श्रेष्ठको अध्यक्षतामा गठित ६५ सदस्यीय आयोगको कार्यावधि यही माघ १९ सम्म छ । आयोगको भदौ ३० को पहिलो बैठकले गठन गरेको विज्ञ समूहले हालसम्मको कार्य प्रगति र विद्यालय शिक्षाको सुधारका लागि विभिन्न प्रारम्भिक सुझाव प्रस्तुत गरेको थियो । विदेशी विश्वविद्यालय एवं शिक्षण संस्थाको सम्बन्धन तथा ‘लर्निङ सेन्टर’का रूपमा मन्त्रालयको अनुमति प्राप्त गरी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थामा विद्यार्थी भर्ना गर्दा वा अध्ययन अध्यापन गर्दा गराउँदा मन्त्रालयबाट अनुमति प्रदान गरिएको शैक्षिक कार्यक्रममा मात्र भर्ना गराउन मन्त्रालयले सूचना पनि जारी गरेको छ । मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले आयोगको सो सिफारिश प्रारम्भिक भएकाले थप छलफल गरी निष्कर्षमा पुगिने बताए । उनले भने,“हालको कानुनमा पनि एक कूटनीतिक नियोगले एक विद्यालय मात्र खोल्न पाउने भनिएको छ, नयाँ खोल्ने अनुमति दिइएको छैन, मूल समस्या पुरानालाई के गर्ने भन्ने हो ।” सिबीएसइको सम्बन्धमा सञ्चालित राय स्कुलका प्रिन्सिपल केपी पाण्डेले नेपालको कानुनबमोजित दर्ता भई चलिआएका विगतमा खोलिएका यस्ता विद्यालय बन्द गर्न नहुने तर नयाँ खुल्नेका लागि नेपाल सरकारले बनाउने नीति मान्य हुने बताए । उनले सिबीएसइका सम्बन्धमा नेपालमा पढ्न नपाउने नेपाल सरकारले नीति बनाएको खण्डमा भारतमा पढ्ने नेपाली विद्यार्थीले समकक्षता नपाउने नीति भारत सरकारले बनाइदिएमा समस्या पर्ने टिप्पणी गरे ।

२ वाणिज्य बैंकको २ अर्बको म्युचअल फण्ड बिक्री आजदेखि खुला, २२ प्रतिशतसम्म प्रतिफल दिने

काठमाडौं । दुई वाणिज्य बैंकले (आज) मंगलबारदेखि २ अर्ब रुपैयाँ बराबरको म्युचअल फण्ड बिक्री खुला गरेको छन् । एनआईसी एसिया बैंक र सिटिजन्स बैंक इन्टरनेसन लिमिटेडले प्रति इकाई १० रुपैयाँ दरका २० करोड इकाई म्युचअल फण्ड आजदेखि बिक्री खुला गरेका हुन् । एनआईसी एसियाले १ अर्ब रुपैयाँको एनआईसी एसिया ग्रोथ फण्ड र सिटिजन्सले पनि १ अर्ब रुपैयाँकै सिटिजन्स म्युचअल फण्ड १ निष्कासन गरेको हो । दुबै म्युचअल फण्डको अवधि ७ वर्ष रहेको छ । एनआईसी एसियाले वार्षिक औसत १६ प्रतिशत र सिटिजन्स म्युचअलले वार्षिक औसत २२ प्रतिशत भन्दा बढी लाभांश दिने प्रक्षेपण गरिएको छ । ग्रोथ फण्डको योजना व्यवस्थापक एनआईसी क्यपिटल लिमिटेड र सिटिन्जन्सको सीबीआइएल क्यापिटल लिमिटेड रहेका छन् । दुबै फण्डले लगानीकर्तालाई राम्रो प्रतिफल दिने बताएका छन् । फण्डले बढी प्रतिफल दिने सीबीआइएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहाल बताउछन् । सिटिजन्स म्युचअल फण्डले पहिलो वर्ष ७.४, दोसो वर्ष १७, तेस्रो वर्ष १५.१८, चौथो वर्ष २०, पाँचौ वर्ष १९.८५, छैठौ वर्ष ३८.५ र सातौ वर्ष ३८.२ प्रतिशत प्रतिफल दिने छ । अन्तिम वर्ष फण्ड बिक्री गरेर रकम लगानीकर्तालाई बितरण हुनेछ । सिटिजन्स म्युचअल फण्डले पहिलो वर्ष २ करोड ३७ लाख २६ हजार रुपैयाँ नगद लाभांश दिने छ । त्यसपछि दोस्रो वर्ष २ करोड ९८ लाख, तेस्रो वर्ष ४ करोड ९ लाख, चौथो वर्ष ९ करोड १ लाख पाँचौ वर्ष ४ करोड २१ लाख, छैठौ वर्ष १८ करोड ९९ लाख र सातौ वर्ष बढेर २५करोड ३७ लाख रुपैयाँ लाभांश दिने सीबीआईएलले जनाएको छ । सीबीआईएलले कुल इकाई मध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख सिटिजन्स बैंकलाई सुरक्षति गरी साढे ८ करोड इकाई बिक्रीका लागि खुला गरेको छ । फण्ड निष्कासन बन्द माघ १७ गते हुनेछ सीबीआईएलले जानकारी दिएको छ । न्युनतम १ सयदेखि अधिकतम २० लाख इकाईका लागि आवेदन दिन पाउने छ । अधिकतम साढे १२ करोड इकाईसम्म सकारिने सीबीआईएलले जनाएको छ । फण्डको नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भई कारोबार गर्न सकिने छ । इकाइ अंकित मूल्यका आधारमा लाभांश वितरण गर्ने र संचित नाफालाई पुनः लगानीका लागि उपयोग गरिने जानकारी दिइएको छ । यस्तै एनआईसी एसिया ग्रोथ फण्डले वार्षिक १६.१३ प्रतिशतसम्म प्रतिफल दिने भएको छ । उसले सार्वजनिक गरेको लगानी आब्हानपत्रमा ७ वर्ष अवधिको योजनाले पहिलो वर्ष १५.७५, दोस्रो वर्ष १६.१४ र त्यसपछिका वर्षमा १६.१३ प्रतिशत लाभांश दिने प्रतिवद्धता जनाएको छ । ग्रोथ फण्डले सुरुको वर्षमा १० करोड रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । त्यसपछिका वर्षमा ११ करोड, १२ करोड, १३ करोड १४ करोड र छैठौ वर्षमा १५ करोड रुपैयाँ नगद लाभांश बाड्ने एनआईसीले जनाएको छ । लाभांश दिन ग्रोथ फण्डले पहिलो वर्ष १८ करोड ७५ लाख रुपैयाँ आम्दानी गर्नेछ । त्यसपछिको बढ्दै गएर अन्तिम वर्षमा आम्दानी बढेर २५ करोड ३८ लाख ८३ हजार रुपैयाँ पुग्नेछ । ग्रोथ फण्डले पहिलो वर्ष १५ करोड ५६ लाख ८४ हजार रुपैयाँ नाफा गर्ने छ । त्यसपछि लगातार नाफा बढाउने प्रक्षेपण गरेको छ । लगानीकर्ताले ग्रोथ फण्डका लागि न्युनतम १ सय र अधिकतम २० लाख ईकाइसम्मलाई आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । ग्रोथ फण्डको निष्कासन छिटो बन्द हुने मिति माघ ८ र ढिलोमा माघ २१ गतेसम्म हुने छ । ग्रोथ फण्ड कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत अर्थात १ करोड ५० लाख कोष प्रवद्र्धक एनआईसी एसिया बैंकलाई सुरक्षित राखी ८ करोड ५० लाख कित्ता बिक्रीका लागि खुला गरिएको छ । आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट इकाई खरिद गर्न पाइने व्यवस्था गरिएको छ । योजनाका इकाइ नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भई कारोबार हुने छ । खुदनाफा वितरण र संचित नाफा पुनः लगानी गर्ने योजना रहेको बैंकले जनाएको छ ।    

मोबाइल भित्र्याएर मात्रै हुदैन, अबको आवश्यकता ‘रिएक्सपोर्ट’

काठमाडौं। पछिल्लो समय मुलुकमा मोबाइलको आयात बढिरहेको छ । विभिन्न मुलुकहरुबाट विभिन्न ब्राण्डका मोबाइलहरु भित्रिनेक्रम बढेको हो । पुनःनिर्यात गर्ने हालसम्म कुनै प्राबधान नभएको मोबाइल व्यवसायीहरुको भनाइ छ । मोबाइल इम्पोटर्स एशोसिएशन नेपालका अध्यक्ष दिपक मलहोत्राले नेपालमा अहिले लाखौंको संख्यामा मोबाइल भित्रिने गरेको बताए । ‘ती मोबाइलहरुलाई रिएक्सपोर्ट गर्ने चलन हालसम्म छैन,’ उनले भने । सेकेन्डहेन्ड मोबाइललाई पुनःनिर्यात गर्नु पर्ने आवश्यकता रहेको उनको भनाइ छ । पुनःनिर्यात गर्न सकिने भएपनि अहिलेसम्म कुनै उचित प्राबधान नभएको उनको गुनासो छ । मुलुकबाट पुननिर्यात गर्न सके इलेक्ट्रोनिक्स फोहोरको मात्रा घटाउनका साथैै व्यापार घाटालाई समेत केही मात्रामा न्यूनिकरण गर्न सकिने उनको बुझाइ छ । ‘नेपालमा मोबाइल औपचारिक तथा अनौपचारिक रुपमा भित्रने गरेको छ,’ उनले भने ‘ती सबै किसिमका मोबाइलहरुलाई पुननिर्यात गर्नका लागि छुट्टै किसिमको मापदण्ड आवश्यक छ, मार्केट अपरेटिङ प्राइज (एमओपी) तोक्न पर्छ ।’ सोमबार काठमाडौंको पाको न्यूरोड स्थित ताम्राकार मोबाइल कम्प्लेक्समा भएको केटिएम मोबाइलको ग्रान्ड ओपनिङमा सेकेन्डहेन्ड मोबाइलाई निर्यात गर्न पर्नेमा अध्यक्ष मलहोत्राले जोड दिएका थिए । त्यस्तै केटिएम मोबाइलका निर्देशक कृष्ण पराजुलीले शोरुममा जुनसुकै किसिमका पुराना मोबाइहरु निश्चित अबधिसम्म एक्सचेन्ज गरिने बताए । ‘पुराना मोबाइलहरुको अन्तराष्ट्रिय स्तरका भ्यालूएटरहले मूल्यांकन गरेको उचित मूल्यको आधारमा नयाँ मोबाइल खरिद गर्नको लागि सुविधा उपलब्ध गराइनेछ,’ उनले भने ।

महिन्द्रा फ्रि मेगा सर्भिस क्याम्प मेला सकियो

काठमाडाै । महिन्द्रा फ्रि मेगा सर्भिस क्याम्पको मेला गत शुक्रबार सकिएको छ । सोमबार अर्थात २४ गतेदेखि सुरु भएको थियो । महेन्द्र गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गतको बालाजू अटोवर्कसले महिन्द्राफोर ह्वील गाडीहरु वर्कसपबाट एकै साथ फ्रि सर्भिसिङ्गको व्यवस्था गरेको थियो । मेलामा निःशुल्क सर्भिसिङ्गको साथै स्पेयर पार्टस, लुब्रिकेन्ट तथा अन्य एक्सोसरिजमा पनि विशेष छुटको व्यवस्था मिलाइएको थियो । कम्पनीले स्पेयर पार्टसखरिदमा १२,लुब्रिकेन्टमा १५ प्रतिशत र एक्सोसरिजको खरिदमा विशेष छुटको व्यवस्था मिलाएको जानकारी दिएको छ । कम्पनीले मेलामा ग्राहकहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो । जसमा आँखा, ब्लडप्रेसर, सुगर तथा अन्य साधारण उपचारका सेवाहरु प्रदानगरिएको थियो । मेलामा महिन्द्रा गाडीहरुलाई दक्ष प्राविधिकहरुले विभिन्न ७५ जाँचगरेका थिए । यो सर्भिस सेवा विशेष रुपमा सफल भएको छ । सयौंको संख्यामा महिन्द्रा गाडि धनीहरुको उपस्थिति रहेको थियो । बिक्री पछिको उत्कृष्ट सेवाले गर्दा ग्राहकहरुलाई अन्तर्राष्ट्रिय ब्रान्ड एक्पेरियन्स प्राप्त भएको छ ।

कैलाश सिरोहिया विरुद्ध सुमार्गीले छेडे ‘कर्पोेरेट वार’, पीडितहरुलाई एक हुन आव्हान

काठमाडौं । मुक्ति श्री प्रालीका अध्यक्ष अजयराज सुमार्गीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध कर्पाेरेट वार घोषणा गरेका छन् ।सिरोहियाले मिडियाको आडमा उद्योगी व्यवसायीसँग बार्गेनिङ गरेकाले उनका विरुद्ध कर्पाेरेट वार घोषणा गरेको सुमार्गीले  बताएका हुन् । सिरोहियाले उद्योगी व्यवसायीसँग ‘गोल्डेन सेयर’ मागेर मिडियाको दुरुपयोग गरेकाले सबै पीडित उद्योगी एक हुने समय आएको पनि उनले बताएका छन् । ‘नेपालमा अहिले प्रचलित तर खासै चर्चामा नआएको आर्थिक पदावली छ, गोल्डेन सेयर । यो त्यस्तो सुनौलो सेयर हो, जुन कुनै पनि ठूलो व्यवसाय सञ्चालन गर्दा मिडिया प्रोटेक्सनका लागि कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई केहि प्रतिशत नजराना वापत दिनुपर्छ, निज सिरोहियाले मसँग सेयरको सट्टा पुरानौ मोलमा जग्गा फिर्ता मागे’, सुमार्गीले आरोप लगाए । सुमार्गीले सिरोहिया पीडित सबै उद्योगी व्यवसायीहरु अझै तैँ चुप मैँ चुपको अवस्थामा रहको तर केहि समयभित्रै उनीहरु पनि एकजुट हुने दावी पनि गरे । ‘निज सिरोहियाको कोपभाजनमा परेका कतिपय व्यवसायिक प्रतिष्ठानहरु अहिले तैँ चुप मैँ चुपको अवस्थामा छन किन भने कान्तिपुरले उनीहरुमाथी पनि अपराध गर्न सक्छन’, सुमार्गीले भने । सुमार्गीले सिरोहियाका विरुद्ध आफुले आवाज उठाउन खोज्दा ठुलै समुहले सहयोगका लागि प्रतिवद्धता व्यक्त गरेको दावी पनि गरे । ओहो कैलाशको विरुद्धमा बोल्ने भन्दै ठुलै समाजले मलाई सहयोग गर्न खोजेको छ, आखिर सबै प्रताडित छ रहेछन नी । कालोलाई कालै प्रमाणि गरिन्छ’, सुमार्गीले उद्घोष गरे । आफु गलत भएमो नंग्याउन चुनौती पनि दिए । ‘म गलत छु भने नंग्याउनुस, ठिक छु भने तथ्या बाहिर ल्याउनुस्, तपाई भित्र रहेको मान्छे नेपाली होकी होइन छुट्याउनुस’, समार्गीले भने । उनले २०७१ असोज २५ गते राती सोल्टी होटलमा आफुसँग सिरोहियाले २ करोडको ब्ल्याक मेलिङ गरेको आरोप पनि लगाए । सोल्टीमा सिरोहियाले रक्सी खाएको बिल समेत आफुले तिरेको बताउँदै उनले भने डेरामा बस्ने नेपालीहरुले प्रगति गर्नै नहुने सोँचमा रहेको आरोप पनि लगाए ।