सामसङको ‘ग्यालेक्सी ए८ प्लस’ नेपाली बजारमा, मूल्य ५९ हजार ९९० रुपैयाँ
काठमाडौं । सामसङले हालै ‘ग्यालेक्सी ए८ प्लस’ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । आकर्षक डिजाइन तथा थुप्रै विशेषताहरु भएको यस फोनको मूल्य बजारमा ५९ हजार ९९० रुपैयाँ ताेकिएकाे छ । उक्त ग्यालेक्सी ए८ प्लसमा ६ जिबी र्याम, ६४ जिबी इन्टरनल मेमोरि तथा अतिरिक्त मेमोरिकार्डको प्रयोग गरी २५६ जिबीसम्म बढाउन सकिने क्षमता रहेको छ । यो सामसङको पहिलो डुयल क्यामरा युक्त स्मार्टफोन हो । यसमा ठूलो डिस्प्ले तथा एग्रोनोमिक डिजाइन रहेको छ । कम्पनीका अनुसार ग्यालेक्सी ए८ प्लस फोनमा ठूलो स्क्रिन रहेको छ, जुन अगाडि तथा पछाडि एग्रोनोमिक कर्भ ग्लास रहेको छ । आकर्षक ग्लास तथा मेटल फ्रेममा उपलब्ध यो फोनमा सहजै रुपमा हेर्न वा फोनमा भएका सामग्रीहरुसँग सहजै रुपमा अन्तक्र्रिया गर्न सकिन्छ । १८ः५ः९ रेसियोको डिस्पेले गर्दा ग्राहकले पूरै स्क्रिनमा सिनेमाको जीवन्त अनुभव प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । सामसङ ग्यालेक्सीको ए८ प्लसमा १६ मेगा पिक्सल तथा ८ मेगापिक्सलका क्यामरा रहेका छन् । यसमा एफ १.९ को डुयल क्यामरा, १६ मेगा पिक्सल एफ १.७ रियर क्यामरा लगायत थुप्रै विशेषता रहेको छ । साथै, यस फोनलाई अनलक नै नगरी मोबाइलमा आएका जानकारीहरुको विवरण प्राप्त गर्न सकिन्छ । यो आइपी६८ बाट प्रमाणित र धुलो तथा पानी प्रतिरोधी बनेको छ । ए सिरिजमा पहिलो पटक गियर भिआर पनि प्रयोग गर्न सकिने उक्त फोन कालो र सुनौलो गरी दुई रंगमा नेपाली बजारमा उपलब्ध छ ।
नेपाल बैंकको ६ महिनाको प्रगतिले लगानीकर्तालाई लोभ्यायो, ४ करोड २७ लाखको सेयर कारोबार
काठमाडौं । सेयर बजार ७ अंकले बढ्दा लगानीकर्ता नेपाल बैंकमा झम्मिएका छन् । बिहीबार मात्रै यस बैंकको ४ करोड २७ लाख ८० हजार रूपैयाँ सेयर कारोबार भएको छ । जुन रकम उक्त दिनको कारोबारका हिसावले सबैभन्दा बढी हाे । चालु आर्थिक वर्षको ६ महिनामा राम्रो नाफा गरेपछि लगानीकर्ताको आकर्षण नेपाल बैंकमा परेको हो । चालु आवको पुससम्म बैंकले १ अर्ब ६७ करोड रुपैयाँ खुदनाफा गरेको छ । नाफाको हिसावमा नेपाल बैंक चाथौ स्थानमा छ । बिहीबार नेपाल बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता ३६५ रुपैयाँमा कारोबार भएको छ । साे दिन बैंकको १ लाख १७ हजार ३३८ कित्ता सेयर किनबेच भएको छ । बैंकको सेयर सस्तो हुनुका साथै राम्रो प्रतिफल दिने आशामा लगानीकर्ताको आर्कषण बढेको एक ब्रोकरले बताए । “नाफा बाहेक बैंकको सेयर कारोबार बढ्नु अन्य कुनै कारण देखिएको छैन” उनले भने । एक महिनाको सेयर कारोबार हेर्दा नेपाल बैंकको सेयर मूल्य बढ्दै गएकाे देखिन्छ । यस्तै लक्ष्मी बैंकको पनि प्रतिकित्ता २७९ मा ३ करोड ३४ लाख २२ हजार रुपैयाँमा सेयर किनबेच भएको छ । यस्तै तेस्रो स्थानमा सानिमामाई हाइड्रोपावर कम्पनी लिमिटेड छ । सानिमाको प्रतिकित्ता ३१९ रुपैयाँमा २ करोड ८५ लाख ६८ रुपैयाँको सेयर किनबेच भएको छ । सानिमाईको सेयर मूल्य घटेका छ । संस्थापक सेयर सबै साधारण भएपछि एक महिनादेखि सानिमामाईको बढी सेयर कारोबार भएको छ । समग्रमा बिहीबारको बजार ७ दशमलब ०३ अंकले बढेर १४११ .५२ अंकमा पुगेको छ । सो दिनको बजारमा कुल १५७ कम्पनीका ४१ करोड ७० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, साेही दिन जलविद्युत बाहेक बैंक, वित्त, होटल, बीमा, लघुवित्त र उत्पादन सबै समूहको परिसूचक उकालाे लागेका छन् । सबैभन्दा बढी बीमा समूहकाे सूचक १६ अंकले उकालाे लागेका छ भने जलविद्युत समूह १.४९ अंकले घटेको छ ।
व्यापारमा मुलुकलाई दैनिक पौने ३ अर्ब घाटा
काठमाडौं । अहिले व्यापार घाटा बढेर दैनिक २ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अबधिमा मुलुकको व्यापार घाटा ४ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ । जबकी गएको आर्थिक २०७३/०७४ को सोही अबधिमा उक्त घाटा ४ खर्ब २७ अर्ब रुपैयाँ मात्रै थियो । गएको वर्षभन्दा यस वर्ष साढे १५ प्रतिशत घाटा बढेको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा देखिन्छ । निर्यातभन्दा आयात बढेकोले व्यापार घाट पनि बढेको हो । त्यस्तै वितेको ६ महिनामा ५ खर्ब ३५ अर्ब रुपैयाँको विभिन्न मुलुकहरुदेखि आयात भएको देखिन्छ । गएको वर्ष सोही अबधिमा ४ खर्ब ६३ अर्ब रुपैयाँको मात्रै आयात भएको थियो । तुलनात्मक रुपमा गएको वर्षभन्दा यो वर्ष १५ प्रतिशत आयात बृद्धि भएको छ । यसैबीच गएको वर्षको तुलनामा केही मात्रामा निर्यात बढेको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ४१ अर्ब १६ करोड रुपैयाँको निर्यात भएकोमा गएको सोही अबधिमा ३६ अर्ब १९ करोड रुपैयाँको मात्र निर्यात भएको थियो । गएको वर्षभन्दा यस बर्ष १३ प्रतिशत निर्यात बढेको छ । विभागको अनुसार हाल निर्यातभन्दा आयातको अन्तर १३ गुणा छ । जुन गएको वर्षभन्दा बढी हो । गएको वर्ष सोही अबधिमा उक्त अन्तर १२.८ प्रतिशत थियो । त्यस्तै कुल व्यापारमा आयातको हिस्सा ९३ प्रतिशत छ ।
एनएमबिले ल्यायो डिलाइट सेभिङ अकाउन्ट योजना, जुनसुकै बैंकको एटिएमबाट पैसा झिक्दा शुल्क नलाग्ने
काठमाडौं । एनएमबि बैंकले नेपालको एकमात्र विशेष सुबिधा भएको “एनएमबि डिलाइट सेभिङ अकाउन्ट” नामक नयाँ योजना ल्याएको छ । उक्त योजना अन्तर्गत ग्राहले यस बैंकको डिलाइट सेभिङ अकाउन्टको एटीएम कार्डमार्फत जुनसुकै बैंक तथा वित्तीय संस्थाका एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने बैंकले जनाएको छ । यसका साथै, निशुल्क मोबाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग तथा आर्कषक ब्याजदर यस डिलाइट सेभिङ अकाउन्टको अन्य बिशेषताहरु हुन् । हाल यस बैंकले ९४ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ ।
ज्योति विकास बैंकको नयाँ शाखा ठमेलमा
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय ठमेलमा उद्घाटन गरेको छ । बिहीबार एक कार्यक्रमका बिच काठमाडौं नगरपालिकाका अध्यक्ष ख्यामराज तिवारी तथा बैंकका अध्यक्ष हरीचन्द्र खड्काले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् । बिहीबार बिहान बैंकका कर्मचारीले ठमेल सरसफाई कार्यक्रम गरे पश्चात उक्त शाखाको उद्घाटन भएको हो । साथै, बैंकले निकट भविष्यमानै १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य राखेको छ । हाल बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एबीबीएस सेवा समेत उपलब्ध गराएको छ । हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ्को सीईओमा दिनेशलाल श्रेष्ठ नियुक्त
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेशलाल श्रेष्ठ नियुक्त भएका छन् । गत माघ १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई फाइनान्सको सिईओमा नियुक्त गरेको हो । उक्त सञ्चालक समितिले आगामी ४ वर्षको लागि फाइनान्सको सीईओ पदमा श्रेष्ठलाई नियुक्त गरेको हो । नवनियुक्त सीईओ श्रेष्ठले माघ १७ गतेदेखि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालिसकेका छन् ।
विश्व बैंकले नेपाललाई दिने सहायता रणनीति बनाउँदै, आगामी वर्षदेखि सहयोग रकम बढ्ने
काठमाडौं । विकास साझेदार विश्व बैंकले आगामी ४ वर्षका लागि नेपाललाई दिने ऋण सहयोगको विषयमा छलफल थालेको छ । आगामी सन् २०१९ देखि ०२२ सम्म ४ वर्षका लागि नेपालका विभिन्न विकास आयोजनामा गर्न सकिने सहयोगको विषयमा विश्व बैंकले सरोकारवालासंग छलफल थालेको हो । सन् २०१४ देखि सुरु भएको बैंकको ५ वर्षे नेपाल सहायता रणनीति (कन्ट्रि पार्टनरसिप फ्रेमवर्क) को समय यो वर्ष सकिदै छ । आगामी वर्षदेखि रणनीति ४ वर्षकाे बनाउने भएको छ । आगामी वर्षदेखि नेपाललाई दिने नयाँ सहयोग रणनीति बनाउनका लागि छलफल सुरु भएको अर्थ मन्त्रालय अन्तराष्ट्रिय आर्थिक समन्वय सहायता महाशाखाका उपसचिव टेकबहादुर खत्रीले बताए । उनका अनुसार आगामी वर्षदेखि सहायता रकम बढ्ने संभावना छ । अहिले छलफल चलिरहेको खत्रीको भनाई छ । “विश्व बैंकले जति पनि सहयोग गर्न तयार छ, तर हामीले खर्च गर्न सकेका छैनौ उनले भने । खत्रीकाअनुसार बैंकले हाल छलफल गरिरहेको छ । दाताले दिएको सहयोग खर्च हुन सकेको छैन । विश्व बैंकले मुलत पुर्वाधार र सामाजिक गरी ६ वटा क्षेत्रमा सहयोग गर्दै आएको छ । उसले ऊर्जा, प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठुलो सहयोग गर्दै आएको छ । बैंकले नेपाललाई विभिन्न किसिमको विकास आयोजना सञ्चालन गर्न वार्षिक ४० करोड अमेरिकी डलर (करिव ४० अर्ब रुपैयाँ) सहयोगको प्रतिवद्धता गर्दै आएको छ । आगामी वर्षदेखि सहयोग बढाउने तयारी बैंकको रहेको छ । बैंकले ५ वर्षयता नेपाललाई दिँदै आएको अर्बौ रुपैयाँ अनुदान कटौती गरेको छ । बैंकले नेपाललाई सहुलियत दरमा ऋण सहयोग गर्दै आएको छ । विश्व बैंकले ऋण सहयोग गरेवापत सेवा शुल्क र प्रतिवद्धता शुल्क मात्र लिँदै आएको छ । बैंकले भूकम्पबाट भत्किएका विद्यालयलाई ठुलो रकम सहयोग गरेको छ । विश्व बैंकले हालसम्म भूकम्पबाट भत्केका घर बनाउन, शिक्षा क्षेत्र विकास, कावेली ए जलविद्युत आयोजना, नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजना, गरिवी निवारण कोष, कावेली प्रसारणलाइन, मानव विकास र सामाजिक, सडक क्षेत्र सुधार, टेलिकम, नारायणी र महाकाली सिंचाइ जस्ता वृहत आयोजनामा सहयोग गरेको छ ।
नाडेप लघुवित्तले ४ करोड ८० लाखको आइपीओ जारी गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले ४ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको छ । संस्थाले अंकित मूल्य १०० रुपैयाँका दरले ४ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । संस्थाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ले गर्ने छ । यस संस्थाले चुक्ता पुँजी वृद्धि गर्ने क्रममा सो मात्राको साधारण सेयर जारी गर्न लागेको हो ।