नारायणघाटमा यामाहा एफजी२५ ‘राइड आउट’
काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो उत्पादन यामाहा एफजी२५ का राइडरहरुका लागि ‘एड्भेन्चरस’ तथा रोमाञ्चक ‘राइड आउट’को दोस्रो संस्करण आयोजना गरेको छ । यसपटक एफजी२५ राइडरर्सलाई यामाहाले आफ्नो नारायणघाट डिलर नविन अटोबाट उडरक भिल्लामा लगेको थियो । पाँच समूहमा विभाजन गरिएका २५ जना एफजी२५ राइडरलाई ‘टग अफ वार’, ‘पिकिङ द फ्ल्याग’, ‘आर्म रेस्लिङ’ लगायतका सामुहिक टास्क दिइएको थियो । यो संस्करणमा उचित अधिकारी ‘अल्टिमेट स्ट्रिट फाइटर’ घोषित भए । कार्यक्रमको अन्तमा सबै राइडरहरुलाई ‘यामाहा एम्बेसेडर’ घोषणा गरिएको थियो । ‘राइडरहरुप्रति यामाहाले सधैं सहयोगी भाव राख्ने गरेको छ । आजको इभेन्ट हाम्रो लागि यादगार रह्यो । भविष्यमा पनि यामाहाले यसलाई निरन्तरता दिओस् भन्ने चाहन्छौं,’ सहभागी राइडर तथा भ्लगर आशिष काफ्लेले भने । अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि रहेको एफजी२५मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको छ । मोटरसाइकलमाथि नियन्त्रण सहज यसको वजन कम (१४८ केजी) गरिएको छ । यी विशेषताहरुले एफजी२५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’ बनाएको छ । यसमा यामाहाको प्योटेन्टेड ‘ब्लुकोर’ इन्जिन रहेको छ जसले मोटरसाइकलको पर्फमेन्सलाई बढाउनुका साथै इन्धन खपतलाई न्युन गर्छ र यो वातावरणमैत्री बीएस ४ इमिसन स्ट्यान्डार्डमा निर्माण गरिएको छ । एफजी२५ तीन वटा एक्साइटिङ कलर- ‘ब्यालेस्टिक ब्लु’, ‘वारियर ह्वाइट’ र ‘नाइट ब्ल्याक’मा उपलब्ध छ । लन्च भएको छोटो अवधिमै एफजी२५ नेपालमै सबैभन्दा बढी खोजिएको मोटरसाइकल बन्न सफल भएको छ ।
विश्वास गुमाउँदै बुटवल पावर, सेयर मूल्यमा निरन्तर गिरावट, एफपीओ आधा मात्र बिक्री
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) काे सेयर मूल्य निरन्तर ओरालो लागेको छ । आउँदो ५ वर्षमा चीनबाट २ खर्ब रुपैयाँ लगानी ल्याएर थप १ हजार मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीसंग सम्झौतापछि सेयरको मूल्य बढेकोमा थप निष्कासन (एफपीओ) पछि सेयर मूल्य घटेर आइतबार प्रतिकित्ता ५८० मा झरेको छ । एफपीओ निष्कासनपछि बीपीसीले लगानीकर्ताको विश्वास गुमाउँदै गएको छ । निरन्तर घटेपछि सेयर मूल्य एफपीओकाे मूल्यभन्दा ७९ रुपैयाँ मात्र बढी भएको छ । पछिल्लो समयमा बीपीसीको विषयमा विभिन्न टिकाटीप्पणी आएपछि बजारमा मूल्य घटेको हो । बीपीसीले प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । दुई महिना अघिसम्म बीपीसीको सेयर मूल्य प्रतिकित्ता ७४६ रुपैयाँ पुगेको थियो । त्यसपछि क्रमश घट्दै गएको छ । २ महिनाका बीचमा बीपीसीका लगानीकर्ताले १६६ रुपैयाँ गुमाएका छन् । बीपीसीले ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाका लागि २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको एफपीओ ल्याएको हो । २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ । बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने छन् । एफपीओ निष्कासन गरेपछि मात्र बीपीसीले लाभांश घोषणा गर्ने भएको छ । गत आर्थिक वर्षमा बीपीसीले ६४ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो । एफपीओ निष्कासन बन्द छिटोमा माघ १९ गते(गत शुक्रबार)सम्म तोकिएको थियाे । साे अवधिसम्म कम्पनीकाे एफपीओका लागि जम्मा ९२ करोड रुपैयाँ बराबरको आवेदन परेको थियाे । साे एफपीओमा अावेदन दिने मिति छिटोमा आइतबार सकिदै छ । यसकाे अन्तिम मिति फागुन १५ गतेसम्म तोकिएको छ । एफपीओमा न्युनतम १० र बढीमा २० हजार ४ सय कित्तासम्म आवेदन दिन पाउने बीपीसीले जनाएको छ । एफपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी बढेर २ अर्ब २१ करोड ८६ लाख रुपैयाँ पुग्नेछ ।
माथिल्लो तामाकोशीको २ अर्ब ६३ करोडको आईपीओ आउँदै, स्थानीयले एक अर्बको सेयर पाउने
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र सर्वसाधारणका लागि दुई अर्ब ६३ करोड ८५ लाख रूपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको यो आयोजनाले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लावासी र सर्वसाधारणका लागि साधारण सेयर बिक्री गर्न लागेको हो । हाइड्रो पावरका कम्पनी सचिव रामसुन्दर श्रेष्ठका अनुसार आगामी चैतको पहिलो साता साधारण सेयर जारी गर्ने गरी आवश्यक तयारी गरिएको छ । श्रेष्ठका अनुसार आयोजना प्रभावित स्थानीय दोलखावासीलाई कूल पूँजीको १० प्रतिशत बराबरको साधारण सेयर बिक्री गरिने छ । स्थानीय बासिन्दाले रु एक अर्ब पाँच करोड ९० लाख बराबरको रु एक करोड पाँच लाख ९० हजार कित्ता साधारण सेयर पाउने व्यवस्था गरिएको छ । यस्तै, आयोजनाले आमनेपालीलाई कूल पूँजीको १५ प्रतिशत साधारण सेयर बिक्री गर्ने छ । सर्वसाधारणलाई रु एक अर्ब ५८ करोड ८५ लाख बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर बिक्री गरिने छ । स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई छुट्याइएको क्रमशः १० र १५ प्रतिशत साधारण शेयर बिक्री भएपछि मात्रै कर्मचारीलाई बिक्री गरिएको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत गरिने छ । कम्पनीले शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा गत कात्तिकमा नै आवेदन दिएको थियो । एकाध दिनभित्रै त्यसको स्वीकृति प्राप्त हुने कम्पनी सचिव श्रेष्ठको भनाइ छ । बोर्डबाट स्वीकृति प्राप्त भएलगत्तै कम्पनीले आह्वानपत्र सार्वजनिक गर्ने तयारी गरेको छ । शेयरमा आवेदन दिन अनिवार्य रुपमा हितग्राही (डिम्याट खाता) खोल्नुपर्ने छ । सो खाताबिना सेयर भर्न नपाइने भएकाले तत्काल हितग्राही खाता खोल्नसमेत कम्पनीले सर्वसाधारणलाई आग्रह गरेको छ । आयोजनाले स्थानीय बासिन्दालाई अतिप्रभावित, प्रभावित र कम प्रभावित क्षेत्रमा वर्गीकरण गरेको छ । गौरीशंकर गाउँपालिकाको लामाबगर र गोंगर अतिप्रभावित, प्रवेश मार्ग तथा प्रसारण लाइनले छोएका क्षेत्रलाई प्रभावित र आयोजनाले कुनै पनि असर नगर्ने जिल्लाका अन्य भूभागलाई कम प्रभावित क्षेत्रमा राखिएको छ । कम्पनीको तयारीअनुसार स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम ३०० कित्तासम्म शेयरमा आवेदन दिन पाउने छन् । दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अहिलेसम्म भौतिक निर्माण ९४ प्रतिशत सम्पन्न भएको छ । अहिले आयोजनाको सुरुङ मजबुत बनाउने काम भइरहेको प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए । उनका अनुसार ३१० र ३७० मिटर लामो दुई वटा ठाडो सुरुङमा ‘स्टिल लाइनिङ’ को काम शुरु भएको छ । आयोजनाको सबैभन्दा जटिल मानिएको उक्त ठाडो सुरुङ निर्माण सम्पन्न भएपछि आयोजनाको भौतिक प्रगति ९६ प्रतिशतको हाराहारीमा पुग्नेछ । यस्तै, गोंगरदेखि रामेछापको खिम्तीसम्म निर्माण भइरहेको प्रसारण लाइनको काम पनि युद्धस्तरमा अगाडि बढेको छ । कूल २१७ टावरमध्ये अहिलेसम्म १३० टावर निर्माण भइसकेको र अरुको पनि ‘फाउण्डेशन’ को काम सकिएको प्रवक्ता न्यौपानेले जानकारी दिए । आयोजनाले यसअघि नै कर्मचारी सञ्चय कोषका कर्मचारी र पाँच लाखभन्दा बढी सञ्चयकर्तालाई सीमित साधारण सेयर बिक्री गरिसकेको छ । तर बिक्री गरिएको उक्त साधारण सेयर हालसम्म पनि नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत हुन सकेको छैन । कम्पनीले यसअघि नै कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई छुट्याएको २४ प्रतिशत शेयर बाँडफाँड गरिसकेको छ । ३ मेगावाट राष्ट्रिय प्रसारणमा थपियो नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा तीन मेगावाट विद्युत् थप भएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीअनुसार लमजुङ जिल्लामा आयोजनास्थल रहेको मिदिम खोला जलविद्युत् आयोजनाले व्यावसायिक रुपमा विद्युत् उत्पादन शुरु गरेको हो । युनियन हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाले यही माघ १५ गतेदेखि व्यावसायिक रुपमा बिजुली उत्पादन थालेको हो । आयोजनाको जडित क्षमता तीन मेगावाट भएपछि हाल एक मेगावाटको हाराहारीमा मात्रै विद्युत् उत्पादन गरिरहेको छ । आयोजनाको शुरुको लागत रु ५४ करोड रहे पनि निर्माणमा थप समय लागेका कारण बढेर रु ६५ करोड पुगेको जनाइएको छ । प्रवद्र्धक कम्पनी र प्राधिकरणबीच सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । आयोजना लम्जुङको करापु र नाल्मा गाउँको सिमानामा अवस्थित छ । आयोजनाले स्थानीयवासीलाई रु छ करोड ३३ लाख ७४ हजार ५०० बराबरको छ लाख ३३ हजार ७४५ कित्ता साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ । रासस
ग्लोबल आइएमई बैंकको थप २ नयाँ शाखा विस्तार, शाखा संख्या ११५ पुग्यो
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार(आज) देखि पाल्पा जिल्लाको तानसेन तथा काठमाडौं जिल्लाको जोरपाटीमा थप २ नयाँ शाखा विस्तार गरेको छ । बैंकले पाल्पा जिल्लामा पहिलो शाखा कार्यालय खोलेको हो भने काठमाडौं उपत्यका भित्र जोरपाटीमा ३५आैँ शाखा कार्यालय खोलेको हो । यस दुई नयाँ शाखा थप गरेसँगै बैंकको शाखा संख्या ११५ पुगेको छ । बैंकले ७ वटै प्रदेशमा ११५ वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र आजबाट ६८ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
जनता बैंकद्धारा निःशुल्क आँखा सिविर सम्पन्न
काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनता बैंक नेपाल लिमिटेडले शनिबार कैलालिको केलारी गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । धनगढीस्थित धनगढी नेत्रालयसँगको सहकार्यमा उक्त आँखा सिविर सम्पन्न भएको हो । आँखा सिविरमा १२२४ जनाले विशेष ज्ञचिकित्सकबाट आँखा जचाएका थिए । जस मध्ये ३०० जना बिरामीलाई निःशुल्क अपरेशन सेवा दिन धनगढी नेत्रालयमा रिफर गरिएको छ । त्यसैगरी, उक्त सिविरमा करिव १०० बिरामीहरुलाई निःशुल्क चश्मा वितरण गरिएको थियो भने आवश्यकता अनुसारको औषधि निःशुल्क वितरण गरिएको थियो । उल्लेख्य संख्यामा जनसहभागिता रहेको आँखा सिविरमा जनता बैंकका कर्मचारी र स्थानीय प्रहरीहरु समेत गरी करिब ५० जनाले स्वयम् सेवकको भूमिकामा सिविर व्यवस्थापनमा सहयोग गरेका थिए ।
गुराँस लाइफ इन्स्योरेन्सको ४ दिने अभिकर्ता आधारभूत तालिम सम्पन्न
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय बनेपाको आयोजनामा आधा जीवन बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न भएको छ । ४ दिने उक्त आधारभूत तालिममा २० जना सहभागीहरुको उपस्थिति रहेको आधारभूत तालिम संस्थाका मार्केटिङ्ग टिर्पाटमा कार्यरत रमेश न्यौपानेले बताएका छन् । कार्यक्रममा न्यौपानेले बीमा अभिकर्ता भई काम गर्दा ध्यान दिनुपर्ने कुराहरु, जिवन बीमाको आधारभुत अवधारणा तथा अभ्यासहरुको जानकारीका साथसाथै जिवन बीमामा गुराँस लाइफ इन्स्योरेन्सले खेलेको भुमिकाको बारेमा बताएका छन् । शाखा कार्यालय बनेपाका शाखा प्रमुख चण्डिका वाग्लेले अभिकर्ताको गुणस्तर तथा उनीहरुको ज्ञानका स्तरको आधारमा बीमाको ब्यापार बढ्ने तथा अभिकर्ताको समेत आम्दानी हुने बताएका छन् । साथै, उनले बीमा व्यवसायलाई मर्यादित ढङ्गले अगाडी बढाउन बीमा अभिकर्ता आचारसहिंताको अक्षरशः पालना गरी कम्पनीको गरिमालाई उच्च राख्न आग्रह गरेका छन् ।
सेयर बजारमा ४६ करोडको सेयर किनबेच, सबैभन्दा बढी नेपाल बैंकको
काठमाडौं । आइतबारको सेयर बजारमा कुल ४६ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कुल १६३ कम्पनीको ११ लाख ४१ हजार कित्ता सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा बढी नेपाल बैंकको सेयर किनबेच भएको छ । एकैदिन यस बैंकको ७ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । साथै, यस बैंकको सबैभन्दा धेरै सेयर किनबेच भएको छ । कम्पनीको एक लाख ९६ हजार कित्ता सेयर बिक्री भएका छन् । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३६५ रुपैयाँ रहेको छ । सो दिन सबैभन्दा बढी साल्ट ट्रेडिङ कम्पनीका लगानीकर्ताले अघिल्लो दिनको तुलनामा ५.६६ प्रतिशत नाफा कमाएका छन् भने जानकी फाइनान्सका लगानीकर्ताले ६ प्रतिशत गुमाएका छन् । बिकास बैंक, बैंकिङ र अन्य समूह बाहेक बाँकी समूहको सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमाको सूचक ३५ अंकले ओरालो लागेको छ । समग्रमा आइतबारको नेप्से परिसूचक सामान्य १.०१ अंकले घटेर १४१०.५१ अंकमा पुगको छ । जुन अघिल्लो दिनको तुलनामा ०.०७ प्रतिशत घटी हो ।
सरकारले १३ वर्षअघि जफत गरेको एचसीएफसी ग्याँस लिलामी गर्ने
काठमाडौं । जनसंख्या तथा वातावरण मन्त्रालयले १३ वर्षअघि जफत गरेको एचसीएफसी–२२ ग्याँस लिलामी गर्ने भएको छ । एक कम्पनीले अधिकतम ५ मेट्रिक टनसम्म खरिद गर्न गक्ने गरी लिलामी गर्न लागीएको हो । सरकारले सन् २००५ मा ठुलो परिमाणमा अवैध ग्याँस पक्राउ गरेको थियो । ‘लामो समयसम्म भण्डारन गरी राख्दा ग्याँस यक्तिकै नष्ट हुन सक्छ । यो ग्याँस सिधै वातावरण जादाँ ओजन तह नास हुने भएकोले मन्त्रिपरिषदको निर्णय अनुसार लिलामी गर्न लागिएको मन्त्रालयका इन्जिनियर तुलसी नारायण महर्जनले बताए ।’ ०७१ सालमा सरकारले राजपत्रमा सूचना जारी गरी एक कम्पनीले २ मेट्रिक टन भन्दा बढी ग्याँस ल्याउन नपाउने व्यवस्था गरेको थियो ।बोलपत्रमा भाग लिन कम्पनीले सूचना प्रकाशित भएको मितीले आवश्यक कागजात सहित ३० दिनभित्रमा मन्त्रालयमा आवेदन दिन सक्नेछ ।