काठमाडौं । जनसंख्या तथा वातावरण मन्त्रालयले १३ वर्षअघि जफत गरेको एचसीएफसी–२२ ग्याँस लिलामी गर्ने भएको छ । एक कम्पनीले अधिकतम ५ मेट्रिक टनसम्म खरिद गर्न गक्ने गरी लिलामी गर्न लागीएको हो ।

सरकारले सन् २००५ मा ठुलो परिमाणमा अवैध ग्याँस पक्राउ गरेको थियो । ‘लामो समयसम्म भण्डारन गरी राख्दा ग्याँस यक्तिकै नष्ट हुन सक्छ । यो ग्याँस सिधै वातावरण जादाँ ओजन तह नास हुने भएकोले मन्त्रिपरिषदको निर्णय अनुसार लिलामी गर्न लागिएको मन्त्रालयका इन्जिनियर तुलसी नारायण महर्जनले बताए ।’
०७१ सालमा सरकारले राजपत्रमा सूचना जारी गरी एक कम्पनीले २ मेट्रिक टन भन्दा बढी ग्याँस ल्याउन नपाउने व्यवस्था गरेको थियो ।बोलपत्रमा भाग लिन कम्पनीले सूचना प्रकाशित भएको मितीले आवश्यक कागजात सहित ३० दिनभित्रमा मन्त्रालयमा आवेदन दिन सक्नेछ ।