ए ओ स्मिथको वाटर हिटर पिहलाे पटक नेपाली बजारमा
काठमाडौं । ए ओ स्मिथले वाटर हिटर र वाटर प्युरिपफायर नेपाली बजारमा ल्याएको छ । विश्वका विभिन्न ६० भन्दा बढी देशमा सामान बिक्री गर्दे आएको स्मिथ कम्पनीले नपालमा पहिलो पटक सामान बिक्री गर्न लागेको हो । ए. ओ. स्मिथको उत्पादन प्रक्षेपण संभावित ग्राहकहरु अध्यायन गरी उत्पादनलाई बजारमा ल्याएको कम्पनीले जनाएको छ । कम्पनीले नेपाली बजारमा छोटो समयमै आफ्नोे उत्पादनले लोकप्रियता हासिल गर्ने विस्वास लिएको छ । कम्पनीले यसअघि संयुक्त राज्य अमेरिका, क्यानाडा, युरोप, चीन, भियतनाम र भारतका बजारहरूमा सामान बिक्री गर्दै आएको छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक भन्छन्- सेयर बजारलाई जुवा घर बनाउनु हुन्न
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गोपाल भट्टले नेपालको सेयर बजारलाई जुवाघर बनाउनु नहुने बताएका छन् । मिडिया इन्टरनेशनलले शुक्रबार राजधानीमा आयोजित ‘नेपालको वर्तमान सेयर बजारको अवस्था र सेयर प्रविधि’ विषयक अन्तरक्र्रिया कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक भट्टले सेयर बजारमा वास्तविक क्षेत्रले नेतृत्व गर्ने गरी विकास गर्नुपर्ने बताए । ‘अहिले नेपालको पुँजी बजार वित्तीय क्षेत्रले नेतृत्व गरिरहेको छ,’ उनले भने, ‘उद्योग, व्यवसाय र सेवा क्षेत्रलाई पनि भित्राउन सके नेपालको सेयर बजार स्थिर बन्नेछ ।’ कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले प्राथमिक बजार प्रविधिको प्रयोगमा निकै अगाडी बढिसकेको भए तापनि दोस्रो बजारमा अझै पनि प्रविधि भित्रिन नसकेको बताए । ‘अन्य मुलुकहरुमा प्राथमिकको तुलनामा दोस्रो बजार प्रविधिको प्रयोगमा निकै अगाडी हुने गरेको छ । नेपालमा भने ठिक विपरीत भइरहेको छ,’ गिरीले भने, आगामी असार/साउनसम्ममा दोस्रो बजारमा पनि प्रविधि भित्र्याउनेछौँ ।’ त्यस्तै, मर्चेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष ध्रुव तिमल्सिनाले प्राथमिक बजारमा सीआस्वा लगायतका प्रविधिका कारण सेयर आवेदन दिन र संकलन गर्न सहज भएको बताए । दोस्रो बजारमा भने अझै पनि ब्रोकरकोमा धाउनुपर्ने बाध्यता रहेको भन्दै उनले छिटोभन्दा छिटो अनलाइन ट्रेडिङको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए । ब्रोकर एसोसिएसनका निवर्तमान अध्यक्ष नरेन्द्र सिजापतिले सेयर ब्रोकरको दायरा फराकिलो बनाई दोस्रो बजारलाई समेत विकसित बनाउनुपर्ने बताए । अहिले प्राथमिक बजारमा मात्रै प्रविधिहरुको विकास भइरहेको औँल्याउँदै उनले दोस्रो बजारमा पनि प्राविधिहरु प्रयोगमा जोड दिनुपर्ने उनको भनाई थियो ।
काठमाडौं धुम्रपान मुक्त शहर, गर्भवती महिलालाई चुरोट बिक्री गरे १५ हजार जरिवाना
काठमाडौं । राजधानी अब धुम्रपान तथा सूर्तिजन्य पदार्थ मुक्त शहर घोषणा भएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले राजधानीलाई धुम्रपान तथा सूर्तिजन्य पदार्थ मुक्त शहर घोषणा गरेका हुन् । यो घोषणसंगै अब काठमाडौं महानगरपालिकाको सार्वजनिक स्थलमा धुम्रपान र सुर्तिजन्य पदार्थको सेवन गर्न पाइने छैन । बिक्रेताले १८ वर्ष नपुगेका र गर्भवति महिलालाई सुर्तिजन्य पदार्थ निःशुल्क वितरण वा बिक्री गरेमा १५ हजार रुपैयाँसम्म जरिवाना लाग्ने छ । सुर्तिजन्य पदार्थ नियन्त्रण ऐनले सार्वजनिक स्थल भनि तोकिएको क्षेत्रमा धुम्रपान तथा सुर्तिजन्य पदार्थको प्रयोग गरे १ सय रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ । त्यसैगरी सूर्तिजन्य पदार्थलाई बिक्रीस्थलमा सजावटका लागि प्रयोग गर्न पाउने छैन । यो अभियान विश्वका विभिन्न ५० वटा शहरहरुमा लागू भैरहेको छ । बुलुम्बर्ग फिलानट्रोपिज, भाइटल स्ट्राटेजिजको सयुंक्त आयोजनामा यो कार्यक्रम राजधानीमा लागू गर्न लागिएको हो । कार्यक्रममा डा.राधिका थपलियाले मानिसले दैनिक ४ सय ग्राम फलफुल र सागपात खानुपर्ने तर ९९ प्रतिशत नेपालीले यो तरिका अपनाउन नसकेको बताइन । हाल नेपालमा ३०.५ प्रतिशत मानिसले धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन गर्ने गरेका छन् । ३६.५ प्रतिशत मानिस अरुले सेवन गरेको धुम्रपानबाट प्रभावित भैरहेका छन् । आयोजकले आगामी १८ महिनासम्म जनचेतना लगायतका विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।
बीमा संस्थानको जलविद्युतमा २ अर्ब ८६ करोड लगानी
काठमाडौँ । सरकार स्वामित्वको राष्ट्रिय बीमा संस्थानले जलविद्युतमा २ अर्ब ८६ करोड रुपैयाँ लगानी गरेको छ । उर्जा संकट समधान गर्न संस्थानले ४५६ मेगाावटको माथिल्लो तामाकोसी, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड र विद्युत उत्पादन कम्पनीमा लगानी गरेको छ । माथिल्लो तामाकोसीमा लगानी गर्ने सम्झौता भई २१ करोड १८ लाख रुपैयाँको सेयर पु“जी र २ अर्ब रुपैयाँ ऋण लगानी गर्ने प्रतिवद्धता अनुरुप हालसम्म १ अर्ब ८० करोड रुपैयाँ लगानी गरिएको संस्थानका निमित्त प्रशासक सुरेन्द्र थापाले बताए । जल बिद्युत लगानी तथा विकास कम्पनीमा संस्थानले १ अर्ब बिद्युत उत्पादन कम्पनीमा ६ करोड ६० लाख रुपैयाँ बराबरको संस्थापक सेयर लगानी गरिएको उनले जानकारी दिए । वित्तीय बजारमा तरलता प्रवाह गर्ने काममा संस्थानले १२ अर्ब रुपैयाँको जीवन बीमा कोष बैंक र वित्तीय संस्थाहरुलाई उपलव्ध गराएको उनले जानकारी दिए । संस्थानको ५१ औं वार्षिक सभामा बोल्दै निमित्त प्रशासक थापाले आर्थिक वर्ष २०६५/०६६ सम्मको साधारणसभा सम्पन्न भई सकेको र आव २०६६/०६७ देखि २०६९/०७० सम्मको लेखा परीक्षण सम्पन्न भएको थापाले बताए ।आ.ब.२०७३/०७४ सम्मको लेखापरीक्षण आगामी चैत्र मसान्तसम्म सम्पन्न हुने गरी कार्ययोजनाका साथ काम अगाडि बढाइएको उनले जानकारी दिए । सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले ग्रामीण जनसमुदायमा बीमाको पहुँच अत्यन्त न्यून रहेकाले पहुँच विस्तारमा जोड दिन सुझाव दिए । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले सरकारी संस्थानका हैसियतले जीवन बीमालाई समावेशी तुल्याई दुर्गम ग्रामीण क्षेत्रसम्म विस्तार गर्नुपर्नेमा जोड दिए ।
मुलकको ७५३ वटै स्थानिय तहमा घरेलु संघ गठन गरिने
काठमाडौं । परिवर्तित राजनैतिक संघारलाई ध्यानमा दिदै मुलुकको ७५३ वटै स्थानिय निकायमा घरेलु तथा साना उद्योग संघ गठन गर्ने तयारी भइरहेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको केन्द्रिय अध्यक्ष श्यामप्रसाद गिरीले सम्पूर्ण ७५३ वटा पालिकामा संघ गठन गर्ने बताए । शुक्रबार राजधानीमा आयोजित काठमाडौंको घरेलु तथा साना उद्योग संघको २२ औं साधानरण सभा तथा १५ औं महिलाहरुको भेटमा उनले संघ मुलुकभरी गठन गर्ने घोषणा गरे । ‘संघलाई पालिका तहमा लैजाने तयारी गरिरहेका छौं,’ उनले भने ‘त्यसको लागि संघको आवश्यक विधान संसोधन हुने क्रम अगाडी बढेको छ ।’ उनका आनुसार विभिन्न पालिका संघहरुले स्थानिय तहमै सक्रिय काम गर्ने र केन्द्रले आवश्यक नीति नियम बनाउने लगायका कार्य गर्नेछ । साधारण सभामा घरेलु तथा साना उद्योग विभागका कार्यकारी निर्देशक शत्रुधनप्रसाद पुडासैनीले महिला उद्यमीहरुको लागि सरकारले छुट्याएको बजेट कम भएको भन्दै बढाउन विभागले पहल गरिरहेको जानकारी दिए । ‘महिला उद्यमीलाई ५ लाखसम्म दिइदै आएको सफ्ट लोन परिवर्ति समयअनुसार केही कम भएको महशुस गरेका छौं, उनले भने ‘त्यसलाई बढाउनको लागि अर्थमन्त्रालयसँग छलफल भइरहेको छं ।’ कार्यक्रममा काठमाडौं घरेलु तथा साना उद्योग संघका अध्यक्ष पदम कुमारी कार्कीले संघमार्फत कठमाडौंका घरेलु तथा साना उद्योगहरुलाई विभिन्न सहयोग पुगको बताइन् । साथै उनले संघले विभिन्न कार्यक्रमहरु समेत गर्दै अघि बढेको जानकारी दिइन् । ‘हामीले विभिन्न महिला उत्थानका कार्यक्रमहरु सञ्चलान गरिरहेका छौं,’ उनले भनिन् ‘कोषबाट आएका रकमहरुलाई विभिन्न पिछडिएका, सिमान्तकृत लगायतका महिलाको लागि शिपमूलक तालिम तथा क्षमता अभिवृद्धिको लागि खर्चिएका छौं ।’ महिला उद्यमहरुलाई आवश्यक सफ्ट लोनको लागि सिफारिस तथा पहल गर्ने काम समेत भइरहेको उनको भनाइ छ । साधानरण सभाको दोस्रो चरणको कार्यक्रममा स्थानिय संरचना अनुसार घरेलु तथा साना उद्योग संघ गठन गर्ने विधान संसोधनमाथि छलफल भएको थियो ।
कम चुहावट हुने १४०० थान अत्याधुनिक ट्रान्सफरमर खरिद गर्दै विद्युत प्राधिकरण, टीबीईले पायो ठेक्का, ६ महिनामा आपूर्ति हुने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चुहावट कम हुने र अत्याधुनिक प्रविधि जडान भएका १ हजार ४ सय थान विद्युतीय ट्रान्सफरमर खरिद गर्न लागेको छ । ट्रान्सफरम खरिदका लागि विद्युत प्राधिकरणले चीन र भारतको संयुक्त कम्पनीलाई ठेक्का दिने तयारी गरेको छ । प्राधिकरणले सबैभन्दा कम दर प्रस्ताव गर्ने टीबीइए इनर्जी प्रालि, भारत र टीबीईए सेङयान ट्रान्सफरम ग्रुप कम्पनी लिमिटेड चाइनालाई ठेक्का दिने आशयपत्र दिएको छ । आशयपत्र दिएको एक साताभित्र संयुक्त कम्पनीसंग ट्रान्सफरमर आपूर्तिको ठेक्का सम्झौता हुने छ । ट्रान्सफरमर ६ महिनामा आपूर्ति हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले करिव ४५ करोड रुपैयाँ अर्थात ४४ लाख ४३ हजार डलरमा सो परिमाणमा ट्रान्सफरमर खरिद गर्न लागेको हो । प्राधिकरणले खरिद गर्न लागेको ट्रान्सफरमरको क्षमता ५०, १००, २०० र ३०० एमबीएको हुनेछ । संयुक्त कम्पनीले चुहावट कम गर्ने सीआरजीओ ३ डी कोर सीएसवाइपी टाइप प्रविधियुक्त ट्रान्सफरमरको आपूर्ति गर्नेछ । नयाँ प्रविधिको ट्रान्सफरमबाट बिजुली चुहावट न्युन हुने र पड्कने जल्ने जस्ता प्राविधिक समस्या धेरै कम आउने भएकाले खरिद गर्न लागेको प्राधिकरण ग्राहक सेवा निर्देशनालयका प्रवन्धक नुतनदेव भट्टराईले जानकारी दिए । नयाँ ट्रान्सफरमर शहरी क्षेत्रमा जडान गर्न उनले बताए । उनले नयाँ आउने ट्रान्सफरम बढी आधुनिक हुनुका साथै प्राविधिक रुपमा मजवतु भएकाले नयाँ प्रविधि जडान गरिएको ट्रान्सफरमर खरिद गर्न लागेको उनले बताए । यसअघि चीनबाट आयात गरिएका विद्युतीय ट्रान्सफरमर भित्र तामाको तारको सट्टा आलुमुनिय भेटिएको थियो । यस्ता ट्रान्सफरमर आपूर्ति गर्ने कम्पनीमाथि सरकारले कार्वाही समेत गरेको छ । हाल प्राविधिक चुहावट १६ प्रतिशत बढी छ ।
सरकारले कर्मचारीलाई विदेश भ्रमणमा जान बन्देज लगायो, स्वीकृत भ्रमण पनि रद्ध
काठमाडौं । सरकारले निजामति कर्मचारीलाई विदेश भ्रमणमा जान बन्देज लगाएको छ । अर्को व्यवस्था नभएसम्मका लागि अध्ययन र अवलोकनलगायत सबै प्रकारका विदेश भ्रमणमा रोक लगाएको अर्थ मन्त्रालयले जनाएको छ । स्वीकृत भएको भ्रमण समेत रोक लगाउन सम्बन्धित मन्त्रालय र विभागलाई जानकारी गराइएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले बिहीबार सबै मन्त्रालयलाई पत्राचार गरी नयाँका अतिरित्त स्वीकृत भ्रमण समेत रोक्न भनेको छ । प्रधानमन्त्री कार्यालयलाई पत्राचार गरेपछि सबै प्रकारका भ्रमण रद्ध गरिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थले आफु मातहतका विभागलाई पत्राचार गरी भ्रमण रोकेको जानकारी गराएको छ । यसअघि मन्त्री, सचिव र सहसचिवलगायतले सरकारी ढुकुटी दोहन गरेर विदेश भ्रमण गरेको भन्दै आलोचना भएको थियो । यसअघि एक दर्जन बढी मन्त्री, यस्तै सचिव र अन्य अधिकृत विदेश भ्रमण विवादित बनेको थियो । अघिल्लो सरकारका पालामा सरकारी ढुकुटीबाट धेरै मन्त्री, सचिव र उच्चसरकारी अधिकारीले विदेश भ्रमण गरेका थिए ।
सानिमा बैंकले गर्यो क्रिकेटर लामिछानेलाई २ वर्षका लागि प्रायोजन
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई सानिमा बैंकले दुई वर्षका लागि थप प्रायोजन गरेको छ । शुक्रबार बैंकले आयोना गरेको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भूवन दाहाल र खेलाडी लामिछानेले दुई वर्षका लागि थप प्रायोजन गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार लामिछानेले अब मासिक रु ४० हजार पाउनेछन् । बैंकले यसअघि उनलाई मासिक रु २० हजार दिँदै आएको थियो । हालै इन्डियन प्रिमियर लिग आइपिएलमा छनोट भएका त्रिकेटर लामिछानेको यो सम्झौता आगामी अप्रिलदेखि लागू हुनेछ । सिइओ दाहालले त्रिकेटर लामिछाने क्रिकेटमा हुनाहार खेलाडी भएकाले प्रोत्साहन स्वरुप उनलाई प्रायोजन गरिएको बताए । कार्यक्रममा सानिमा बैंकका ब्राण्ड एम्बेस्डरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले लामिछाने र राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई सम्मान गरेका थिए ।-रासस